दिल्ली क्यापिटल्स (प्लेइङ XI):जेक फ्रेजर-म्याकगर्क, फाफ डु प्लेसिस, अभिषेक पोरेल (विकेटकिपर), समीर रिज्वी, अक्षर पटेल (कप्तान), ट्रिस्टन स्टब्स, विप्रज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमार
दिल्लीका कप्तान अक्षर पटेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् ।
टस हुँदै छ । दुई कप्तानहरू : अक्षर पटेल र रिषभ पन्त मैदानको बीचमा छन् ।
यसै सिजन दिल्लीमा भित्रिएका केएल राहुल आजको पहिलो खेल नखेल्ने भएका छन् । उनको स्थानमा को खेल्छन् हेर्न रोचक हुनेछ ।
यस मैदानमा पछिल्लोपटक खेलिएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्सले २७२ रन बनाएको थियो । लखनउको कमजोर पेस आक्रमणलाई ध्यानमा राख्दै, दिल्ली क्यापिटल्सले आक्रामक ब्याटिङ गर्ने अवसर पाउनेछ । रोचक कुरा के छ भने, यस मैदानमा खेलिएका दुवै आईपीएल खेलहरू पहिलो ब्याटिङ गर्ने टोलीले जितेका छन्।
आज दिल्ली र लखनउबीचको खेल हुँदै छ । खेलाडीहरू रंगशालामा पुगेर वार्मअपको तयारी गरिरहेका छन् ।
Hello & Welcome ! आईपीएल क्रिकेट २०२५ को तेस्रो दिनको खेलको बल बाइ बल अपडेटका लागि अनलाइनखबर टिमबाट म प्रतिक भट्टको नमस्कार ।
खेल बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । मौसम पूर्णरूपमा क्लियर रहनेछ । टस र बाँकी अपडेटहरू लिएर उपस्थित हुनेछौं ।
रिषभ पन्त र केएल राहुलको टिम 'स्वीच' भएको अवस्थामा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सको टोलीहरूको फेरबदलसँगै प्रशिक्षक टोली पनि परिवर्तन भएको छ। नयाँ योजनाहरू र नयाँ खेलाडीहरू आएका छन्, तर पुराना चिन्ताहरू भने उस्तै छन् – कसरी उत्कृष्ट टोलीहरूमध्ये एक बन्ने ?
सिजन सुरु हुनु अघि नै दुवै टोली खेलाडी अनुपलब्धताको समस्याले प्रभावित छन्। ह्यारी ब्रूक फेरि आईपीएलबाट बाहिरिए, र लखनउले लगानी गरेका धेरै भारतीय तीव्र बलरहरू चोटका कारण अनुपस्थित छन्। यी कारणले गर्दा दिल्ली क्यापिटल्स र चोटग्रस्त लखनउ सुपर जायन्ट्स अहिले सबैभन्दा कमजोर टोलीहरूमध्ये गनिन्छन्।
गत सिजन प्लेअफमा पुग्न असफल भएका यी टोलीहरूसँग यस वर्षको सुरुवात नै जितसहित गर्न मौका छ। यो खेल विशाखापटनममा हुनेछ, जुन दिल्ली क्यापिटल्सको लागि प्रारम्भिक खेलहरूमा होम मैदानको रूपमा प्रयोग हुँदैछ। पछिल्लो पटक यहाँ कोलकाता नाइट राइडर्सले दिल्लीका बलरहरूलाई कठिन परिस्थितिमा पारेका थिए, तर यस पटक दिल्लीले आफ्ना नयाँ बलरसहित लखनउको कमजोर आक्रमणलाई तहसनहस पार्ने लक्ष्य राख्नेछ।
खेल तालिका र परिणाम
२०८२ जेठ २०, मंगलबार07:45 PM
रोयल च्यालेन्जर्स बैंग्लुर
WON
१९०/९ (२०.०)
पञ्जाब किङ्स
१८४/७(२०.०)
Narendra Modi Stadium
Royal Challengers Bengaluru beat Punjab Kings by 6 runs
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
लखनउ सुपर जायन्ट्स (प्लेइङ XI): ऐडन मार्करम, मिचेल मार्श, निकोलस पूरन, आयुष बडोनी, ऋषभ पन्त (विकेटकिपर/कप्तान), डेभिड मिलर, प्रिन्स यादव, दिग्वेश राठी, शहबाज अहमद, शार्दुल ठाकुर, रवी बिश्नोई
दिल्ली क्यापिटल्स (प्लेइङ XI): जेक फ्रेजर-म्याकगर्क, फाफ डु प्लेसिस, अभिषेक पोरेल (विकेटकिपर), समीर रिज्वी, अक्षर पटेल (कप्तान), ट्रिस्टन स्टब्स, विप्रज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमार