मुम्बई इन्डियन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
खेलाडीहरू वार्मअप गर्दै छन् । अब ३० मिनेटमा टस हुनेछ । टसको अपडेट लिएर आउनेछौं । त्यतिन्जेल हाम्रो साइटमा नेपाल सुपर लिग फुटबलको पनि लाइभ अपडेट भइरहेकाले ट्याब स्विच गरेर हेर्न सक्नुहुनेछ ।
खेल चल्दै गर्दा डिउ आउने भएकाले टस जित्ने टोली प्रायः दोस्रो ब्याटिङ रोज्ने सम्भावना रहन्छ । यी दुईबीच भएका ५ खेलमध्ये गुजरातले ३ खेल जितेको छ । अहमदाबादमा भएको तीनवटै खेल गुजरातले जितेको छ जसमा २०२३ को क्वालिफायर २ पनि सामेल छ। अहिलेसम्मको पाँचै खेल पहिला ब्याटिङ गर्ने टोलीले जितेका छन्।
मुम्बई इन्डियन्सले यो कमजोरी अवश्य नै नोट गरेका होलान्, तर योजना मात्र होइन, कार्यान्वयन नै मुख्य हुन्छ। पञ्जाब किंग्सले जस्तै सही बलिङ रणनीति लागू गर्न सक्नुपर्छ।
शुभमन गिलको टोली गुजरात पहिलो खेलमा पराजित भएतापनि जस बटलर, शेर्फान रदरफोर्ड र कागिसो रबाडा जस्ता नयाँ खेलाडीहरूले टोलीलाई थप बलियो बनाएका छन्। तर, उनीहरू अघिल्लो खेलमा वाइड योर्कर बलहरू खेल्न कठिन भएको थियो, जुन व्यशाक विजयकुमारले प्रभावकारी रूपमा प्रयोग गरेका थिए ।
कप्तान हार्दिक पाण्ड्याले अघिल्लो सिजनको अन्तिम खेलमा प्रतिबन्ध बेहोरेकाले पहिलो खेल गुमाएका थिए तर आजदेखि टिममा समावेश हुनेछन् । यो पटक उनी बल र ब्याट दुवैमा मुख्य भूमिकामा हुनेछन्। रोहित शर्माले पहिलो खेलमा शून्य रन बनाए र यस पटक उनले मोहम्मद सिराज र कागिसो रबाडाको सामना गर्नुपर्नेछ। रोहित र रायन रिकेल्टनको सुरुवातले खेलको दिशा निर्धारण गर्न सक्छ। सूर्यकुमार यादव, तिलक वर्मा र पाण्ड्याले राशिद खान र साई किशोरको स्पिन आक्रमणको सामना गर्नुपर्नेछ, तर सुरुवात बलियो हुनु महत्त्वपूर्ण छ।
गुजरात टाइटान्स र मुम्बई इन्डियन्स पहिलो खेलमा हार बेहोरेर दोस्रो खेलमा आमनेसामने हुँदै छन्। गुजरात हाइ स्कोरिङ खेलमा पञ्जाब किङ्ससँग पराजित भएको थियो भने मुम्बई चेन्नई सुपर किङ्ससँग पराजित भएको थियो ।
खेल तालिका र परिणाम
२०८२ जेठ २०, मंगलबार07:45 PM
रोयल च्यालेन्जर्स बैंग्लुर
WON
१९०/९ (२०.०)
पञ्जाब किङ्स
१८४/७(२०.०)
Narendra Modi Stadium
Royal Challengers Bengaluru beat Punjab Kings by 6 runs
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
गुजरात टाइटन्स (प्लेइङ ११): शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर), शेर्फाने रदरफोर्ड, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, रविस्रीनिवासन साई किशोर, कागिसो रबाडा, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण।
मुम्बई इन्डियन्स (प्लेइङ ११): रोहित शर्मा, रायन रिकेल्टन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, हार्दिक पाण्ड्या (कप्तान), नामन धीर, मिचेल स्यान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, मुजीब उर रहमान, सत्यनारायण राजु।