+
Home Sports Cricket VS

Gujarat Titans vs Punjab Kings -

२०८१ चैत १२, मंगलबार
07:45 pm
VS
गुजरात टाइटन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
सोमबारको खेलमा पञ्जाबबाट गत सिजन खेलेका आशुतोष शर्माले शानदार ब्याटिङ गर्दै दिल्लीलाई खेल जिताएका थिए । पञ्जाबका लागि आज त्यस्तै नायक को बन्ला त ? वा गुजरात घरेलु दर्शकको माझमा विजयी हुनेछ । त्यो हेर्न बाँकी छ ।
खेलाडीहरू मैदानमा पुगिसकेका छन् र अब वार्मअपको तयारी गर्दै छन् । टस सवा ७ मा हुनेछ । टस र टिम अपडेटका साथ हामी केहीबेरमा जानकारी लिएर आउनेछौं ।
नमस्कार । शुभ सन्ध्या । आईपीएल २०२५ को पाँचौं खेलको बल बाइ बल अपडेट लिएर अनलाइनखबर टिमसहित म प्रतिक भट्ट उपस्थित भएको छु ।
यता, नयाँ कप्तान श्रेयस अय्यर र प्रशिक्षक रिक्की पोन्टिङ नेतृत्वको पञ्जाब किंग्सले यसपटक आईपीएल जित्ने लक्ष्य राखेको छ। तर टिमको मुख्य कमजोरी भनेको अनुभवी ब्याटरको अभाव हुन सक्छ । कप्तान श्रेयससँगै शशांक सिंह, जोस इंग्लिस, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ। मंगलबारको खेलका लागि पेपरमा गुजरात केही बलियो देखिए पनि पञ्जाब किंग्सलाई पनि कमजोर भने आँक्न सकिन्न।
गुजरातले जस बटलर, ग्लेन फिलिप्स, कागिसो रबाडा, र मोहम्मद सिराजलाई भित्र्याएर आफ्नो टिम अझ बलियो बनाएको छ। प्रशिक्षक र कप्तान यथावत् रहँदा टिम एकदम स्थिर देखिन्छ। मुख्य चुनौती भनेको बटलर र साई सुदर्शनमध्ये कसलाई ओपनर बनाउने भन्ने रहनेछ ।

खेल तालिका र परिणाम