+
Home Sports Cricket VS

Lucknow Super Giants vs Punjab Kings -

२०८१ चैत १९, मंगलबार
07:45 pm
VS

HERE WE GO !

मिचेल मार्श र एइडेन मार्करम ओपनिङमा आएका छन् । मार्करम स्ट्राइकमा छन् । अर्शदीप सिंहले बलिङको सुरुवात गर्ने छन् ।

लखनउ सुपर जायन्ट्स (प्लेइङ ११): मिचेल मार्श, एडेन मार्कराम, निकोलस पूरण, ऋषभ पन्त (विकेटकिपर/कप्तान), आयुष बडोनी, डेभिड मिलर, अब्दुल समद, दिग्वेश सिंह राठी, शार्दुल ठाकुर, आवेश खान, रवि बिश्नोई।

पञ्जाब किङ्ग्स (प्लेइङ ११): प्रियंश आर्या, प्रभसिमरन सिंह (विकेटकिपर), श्रेयस अय्यर (कप्तान), शशांक सिंह, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, सुर्यांश शेढगे, मार्को जान्सेन, लकी फर्ग्युसन, युजवेन्द्र चहल, अर्शदीप सिंह।

लखनउका कप्तान रिषभ पन्त : हामी पनि बलिङ नै गर्न चाहन्थ्यौं । ब्याटिङ राम्रो गर्नेछौं । समर्थनका लागि धेरैजना आएका छन् । हाम्रो टिममा कुनै परिवर्तन छैन ।
पञ्जाबका कप्तान श्रेयस अय्यर भन्छन् : नयाँ पिच छ, हामी चेज गर्न चाहन्छौं । अवस्था अनुसार खेल्नुपर्छ महत्वपूर्ण कुरा जित नै हो । लकी फर्गुशन टिममा आएका छन् ।
RIGHT ! TOSS TIME !! दुई कप्तानहरू मैदानको बीचमा छन् ।
खेलको टसदेखि लिएर प्लेइङ ११ को अपडेट लिएर साँझमा उपस्थित हुनेछौं ।
अंकतालिकामा २ खेलमा २ अंक जोडेको लखनउ तेस्रो स्थानमा छ भने १ खेलमा २ अंक जोडेको पञ्जाब पाँचौं स्थानमा छ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।
यी दुई टोलीबीच हालसम्म भएका ४ खेलमा लखनउले ३ खेल जितेको छ भने पञ्जाबले १ खेल जितेको छ । गत सिजन लखनउमा भएको खेल घरेलु टोलीले नै जितेको थियो ।
बलरहरूलाई मैदानको छोटो साइड बचाउनको लागि कडा मेहनत गर्नु पर्नेछ। यद्यपि, यो भारतका सबैभन्दा ठूलो मैदानहरूमध्ये एक हो र यसले बलिङ टिमलाई केही राहत दिन सक्छ । म्याचको तीन दिन अघि मैदानमा डिउ धेरै आएको छैन र आज पनि त्यस्तै हुने सम्भावना छ । मौसम भने सामान्य रहने अनुमान छ ।
पञ्जाब किङ्स भने एक हप्ता लामो ब्रेकपछि खेल्दैछ । गत मंगलबार भएको पहिलो खेलमा गुजरात टाइटन्सलाई हराएको पञ्जाबले लखनउविरुद्ध पनि त्यही लय निरन्तरता दिन चाहनेछ । कप्तान श्रेयस अय्यर र शशांक सिंह राम्रो टचमा छन् । ग्लेन म्याक्सवेलबाट महत्वपूर्ण प्रदर्शनको चाहना पञ्जाबले राख्नेछ ।
लखनउले पहिलो खेलमा क्लोज हार बेहोरेपछि दोस्रो खेलमा सनराइजर्स हैदारबादलाई हराएको थियो । टप अर्डरका ब्याटरहरू फर्ममा देखिएका छन् । बलिङ लाइनअप त्यति अनुभवी नदेखिएपनि शार्दुल ठाकुरले राम्रो गरिरहेका छन् । यो मोमेन्टमलाई निरन्तरता दिने लक्ष्यमा लखनउ हुनेछ ।
नमस्कार । लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्सबीचको खेलको बल बाइ बल अपडेट र कमेन्ट्री लिएर अनलाइनखबर टिमसहित म प्रतिक उपस्थित भइसकेको छु । खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । त्यसअघि केही जानकारीहरू दिँदै जानेछौं ।

खेल तालिका र परिणाम