कोलकाता नाइट राइडर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । पहिलो खेलको टिमबाट सुनाल नरायन बाहिरिँदा मोइन अली आएका छन् । राजस्थानमा फजलहक फारुकीको स्थानमा वानिन्दु हसरङ्गा आएका छन् ।
यी दुई टोलीबीच अहिलेसम्म भएका २८ खेलमा १४-१४ पटक विजयी भएका छन् । दुई खेल सुपर ओभरमा पुगेका थिए, जसमा राजस्थानले जित निकालेको थियो। गत वर्ष गुवाहाटीमा भएको खेल वर्षाले रद्द भएको थियो तर अर्को खेलमा जस बटलरले शतक बनाउँदा राजस्थानले २२४ रनको लक्ष्य पछ्याएर जित निकालेको थियो ।
कोलकाताको लागि सुनील नरायन र अजिंक्या रहानेले राम्रो खेल देखाए भने राजस्थानका लागि कप्तान संजू सामसनले ब्याटिङमा राम्रो गरे । उनको औंलाको चोटले ब्याटिङमा असर नगर्ने देखियो। ध्रुव जुरेल र शुभम दुबेले पनि केही राम्रो शट खेले, जसले मध्यक्रमको चिन्ता केही कम गरेको छ।
यता राजस्थानका बलरहरूका लागि गुवाहाटीको पिच अलि अनुकूल हुन सक्छ। गत वर्ष यहाँ मध्यम स्कोर भएका थिए र पिच सपाट भए पनि बलरहरूलाई केही मद्दत मिल्न सक्छ। खासगरी पेस बलरहरूले राम्रो लेन्थमा बल गर्नुपर्ने देखिएको छ किनकि पछिल्लो खेलमा जोफ्रा आर्चरले ७६ रन खर्चेर कुनै विकेट लिन सकेनन् जुन आईपीएल इतिहासकै सबैभन्दा खराब बलिङ प्रदर्शन हो।
कोलकाताको मध्यमक्रम बलियो मानिएको थियो तर उनीहरू बेंगलुरुको सामान्य स्पिन बलिङका अगाडि टिक्न सकेनन्। खासगरी टोलीको ब्याटिङ क्रम मिलाउनु पर्ने देखिन्छ। सुनील नरायनले लामो समय ब्याटिङ गर्न सक्छन्, त्यसैले उनलाई तल पठाउनु पर्ने कि भन्ने विचार भइरहेको छ। कप्तान अजिंक्या रहाणेले रिंकु सिंहलाई माथिल्लो क्रममा पठाउने सम्भावना पनि खुला छ।
गत सिजनको शीर्ष-३ टिममध्ये दुई— राजस्थान रोयल्स (RR) र कोलकाता नाइट राइडर्स (KKR) ले यस सिजन आफ्नो पहिलो खेल हारेका छन्। कोलकातालाई रोयल च्यालेन्जर्स बैंगलोरले स्पिन बलिङले हरायो भने राजस्थानलाई सनराइजर्स हैदराबादले बलियो ब्याटिङले पराजित गर्यो। अब यी दुई टोली आफ्नो पहिलो जितको खोजीमा गुवाहाटीमा आमनेसामने हुँदैछन्। दुवै टिमका केही कमजोरीहरू पनि देखिएका छन्।
खेल तालिका र परिणाम
२०८२ जेठ २०, मंगलबार07:45 PM
रोयल च्यालेन्जर्स बैंग्लुर
WON
१९०/९ (२०.०)
पञ्जाब किङ्स
१८४/७(२०.०)
Narendra Modi Stadium
Royal Challengers Bengaluru beat Punjab Kings by 6 runs
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
कोलकाता नाइट राइडर्स (प्लेइङ ११): क्विन्टन डी कक (विकेटकिपर), वेंकटेश अय्यर, अजिंक्य रहाणे (कप्तान), रिंकु सिंह, मोइन अली, आन्द्रे रस्सेल, रामन्दीप सिंह, स्पेन्सर जोन्सन, वैभव अरोरा, हर्षित राणा, वरुण चक्रवर्ती।
राजस्थान रोयल्स (प्लेइङ ११): यशस्वी जायसवाल, सन्जु सामसन, नितिश राना, रियान पराग (कप्तान), ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमाएर, वानिन्दु हसरंगा, जोफ्रा आर्चर, महीश थीक्षाना, तुषार देशपांडे, सन्दीप शर्मा।