Hello & Good Evening ! आईपीएल २०२५ अन्तर्गत आजको खेलको बल बाइ बल अपडेट लिएर अनलाइनखबर टिमसहित म प्रतिक उपस्थित भइसकेको छु । खेलाडीहरू वार्मअप गरिरहेका छन् । केहीबेरमा टस पनि हुनेछ ।
यी दुई टोलीबीच हालसम्म ४ पटक खेल भएको छ जहाँ हैदराबादले १ खेल जित्दा ३ खेल लखनउले जितेको छ । हैदरबादको एक जित गत सिजन आएको थियो जब टिमले ब्याटिङमा दमदार प्रदर्शन गरेको थियो । हैदराबादमा भएको खेलमा भने दुवै टिमले एक-एक पटक जितेका छन्।
हैदराबादको सपाट पिचले ठूलो स्कोरिङको संकेत गर्ने गरेको छ। दुवै टिमका टप अर्डर ब्याटरहरू राम्रो फर्ममा देखिएका छन्, जसले गर्दा ५००+ रनको कुल स्कोर आज पनि सम्भव देखिन्छ। लखनउ भने बलिङमा केही कम अनुभवी देखिन्छ ।
हैदराबाद र लखनउ दुई फरक अनि विपरित नतिजाका साथ सुरुवात गर्दै प्रतियोगिताको दोस्रो खेलमा आमनेसामने हुँदै छन् । हैदराबादले विस्फोटक यात्रा जारी राख्दै २८६ रन बनाएर राजस्थानलाई पहिलो खेलमा हराएको थियो भने लखनउ रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्ससँग १ विकेटले पराजित भएको थियो ।
खेल तालिका र परिणाम
२०८२ जेठ २०, मंगलबार07:45 PM
रोयल च्यालेन्जर्स बैंग्लुर
WON
१९०/९ (२०.०)
पञ्जाब किङ्स
१८४/७(२०.०)
Narendra Modi Stadium
Royal Challengers Bengaluru beat Punjab Kings by 6 runs
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
सनराइजर्स हैदराबाद (प्लेइङ ११): अभिषेक शर्मा, ट्राभिस हेड, ईशान किशन, नितीश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, अभिनव मनोहर, प्याट कमिन्स (कप्तान), सिमरजीत सिंह, हर्षल पटेल, मोहम्मद शमी।
लखनउ सुपर जायन्ट्स (प्लेइङ ११): एडन मारक्रम, निकोलस पूरन, रिषभ पन्त (विकेटकिपर/कप्तान), अब्दुल समद, डेभिड मिलर, आयुष बडोनी, शार्दुल ठाकुर, रवि बिश्नोई, आवेश खान, दिग्वेश राठी, प्रिन्स यादव।