Comments Add Comment

प्रभु साह

List Grid
एमालेको विधान महाधिवेशनमा प्रभु साह नजाने

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने भएको छ । ८बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग कुराकानी गरेका थिए । तर सहमति नजुटकाले विधान महाधिवेशनमा आफूहरु नजाने साहले बताएका छन् । उनले अहिलेको एमाले नेकपाकै निरन्तरता […]

‘संविधानको समीक्षा गर्ने बेला भयो, ढिलो नगरौं’

८ असार, काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने दाबी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालेको रिटमा सर्वोच्च अदालतमा असार ९ गते बुधबारबाट बहस हुँदैछ । विपक्षी गठबन्धनको दाबी छ, १४९ सांसदको हस्ताक्षर भएकाले देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्थ्यो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको दाबी छ, दलको समर्थन […]

प्रभु साह भन्छन् : पदमुक्त गर्ने सर्वोच्चको आदेश अप्रत्यासित

६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहले गैर सांसदलाई मन्त्री पदबाट पदमुक्त गर्ने सर्वोच्चको आदेश अप्रत्यासित र त्रुटिपूर्ण भएको बताएका छन् । सर्वोच्च अदालतले बुधबार सात गैर सांसदलाई पदमुक्त गर्ने आदेश सुनाएको थियो । यो आदेशसँगै साह पनि सहरी विकास मन्त्रीबाट पदमुक्त भएका छन् । अनलाइनखबरलाई प्रतिक्रिया दिँदै एमाले नेता साहले सर्वोच्चको आदेश […]

दल बदलेका चार नेता सांसद र मन्त्रीबाट पदमुक्त

२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुवै पदबाट पदमुक्त भएका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह […]

प्रभु साह भन्छन् – सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय प्रतिगामी

२५ चैत, काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने निर्णयलाई लोकतन्त्रको उपहास भनेर टिप्पणी गरेका छन् । माओवादी केन्द्र त्यागेर एमाले (ओली समूह)बाट मन्त्री बनेका साहसहितका नेतालाई माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेपछि उनको सो भनाइ सार्वजनिक भएको हो । साहले बुधबार फेसबुकमा लेखेका छन्, ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई […]

काठमाडौंभित्र र बाहिर सँगसँगै स्मार्ट सिटी बनाउँछौं : मन्त्री साह

१७ फागुन, काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौंभित्र र बाहिरका स्मार्ट सिटी निर्माणलाई समानान्तर ढंगले अघि बढिरहेको बताएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा आयोजित छलफलमा मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये ३ वटाको काम अगाडि बढेको भन्दै काठमाडौं बाहिरका स्मार्ट सिटीको काम पनि सँगै अघि बढाउने जानकारी दिए । ‘काठमाडौंभित्रका स्मार्ट […]

प्रचण्ड-माधवले प्रधानमन्त्री पद पाउँदैनन् : प्रभु साह

१४ फागुन, पर्सा । शहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री पद नपाउने टिप्पणी गरेका छन् । शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा उनले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने धारणा राखे । प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको आरोप […]

प्रचण्ड मुक्त देश बनाउनुपर्छ : प्रभु साह

१० माघ, रौतहट । शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् । गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए […]

सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो मन्त्री साह सवार गाडी

१८ पुस, जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ । पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् । उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय […]

दुई अध्यक्षीय प्रणाली नेपालमा असफल भइसक्यो : प्रभु साह

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्‍ट पार्टीका केन्द्रीय सदस्य प्रभु साहले नेपालमा दुई अध्यक्षीय प्रणाली असफल भइसकेको भन्दै यस्तो पद्धति नअपनाउन आग्रह गरेका छन् । नेकपाभित्रको विवादमा प्रचण्‍ड-माधव समूहमा रहेका नेता साहले दुई अध्यक्षीय प्रणालीको गल्ती नदोहोर्‍याउन सचेत गराएका छन् । ‘… दुई अध्यक्षीय प्रणालीमा अध्यक्षहरुबीचको आपसी टकरावले आज पार्टी क्षतविक्षत मात्र भएन, सिंगो व्यवस्था […]

माधव नेपाललाई अध्यक्ष बनाउने निर्णयमा प्रभु साहको असहमति

७ पुस, काठमाडौं । माधवकुमार नेपाललाई अध्यक्ष बनाउने नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको निर्णयमा केन्द्रीय कमिटी सदस्य प्रभु साहले विरोध जनाएका छन् । मंगलबार थापाथलीस्थित कार्की पार्टी प्यालेसको बैठकले निर्णय गरेपछि साहले विरोध जनाएका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताए । साहले दुईवटा अध्यक्ष बनाउँदा नौटंकीजस्तो […]

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न विलम्ब गर्नु हुँदैन : प्रभु साह

३ मंसिर, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले गौर हत्याकाण्डमा संलग्न दोषीलाई कारबाही गर्न विलम्ब गर्न नहुने बताएका छन् । रौतहटको बौधीमाई नगरपालिका-४, इनरवारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका साहले रौतहटको कलंकको रुपमा राजपुर बम काण्ड र गौर हत्याकाण्ड रहेको बताए । उनले राजपुर बम […]

केही नेता नेतृत्वको नाम बेचेर ठूलो बन्न खोजे : प्रभु साह

१६ कात्तिक, सप्तरी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पार्टीभित्रका केही नेता आफूलाई ठूलो भनिरहे पनि पार्टीको कुनै काम नगरेको बताएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष साहले पार्टीका प्रदेशका केही नेता फलानाको मान्छे भन्दै आफूलाई ठूलो देखाउन व्यस्त रहेको बताए । ‘म प्रचण्डको मान्छे […]

सांसद प्रभु साहले फिर्ता गरे दसैँ भता

३ कात्तिक, रौतहट । पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले दसैैँ भत्ता बापतको रकम फिर्ता गरेका छन् । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका साहले संघीय संसद सचिवालयमा पत्र पठाउँदै दसैँ भत्ता बापतको रकम फिर्ता गरेको जानकारी गराएका हुन् । ‘अहिलेको अवस्थामा जनप्रतिनिधिलाई दसैँ भता दिनु उपयुक्त मान्दिन,’ साहले भने, […]

नागरिकता विधेयकसम्बन्धी पार्टी निर्णयमा प्रभु साहको असन्तुष्टि 

७ असार, काठमाडौं। नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपाकै नेता प्रभु साहले असन्तुष्टि जनाएका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत […]

प्रभु साह भन्छन्- ओलीको विकल्प प्रचण्डमात्र हुन्

१७ वैशाख, काठमाडौं । सत्तारुढ नेकपाका दुई नम्बर प्रदेश अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प माधव नेपाल हुन नसक्ने बताएका छन् । उनले ओलीको विकल्प प्रचण्डबाहेक अरु हुन नसक्ने बताएका हुन् । पार्टीभित्रको विवादबारे पहिलोपटक मुख खोलेका साहले सचिवालयका नेताहरुले द्वन्द्व होइन, एकतालाई रोज्नुपर्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै साहले भने- […]

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजीनामा

३ भदौ, काठमाडौं । नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए । प्रदेश […]