Comments Add Comment

सुनसरी

List Grid
सुनसरी र धनकुटाका २ जना कोरोना संक्रमितको मृत्यु

३० कात्तिक, काठमाडौं । सुनसरी र धनकुटाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनकुटाको भेडेटारका वर्षीय पुरुष र सुनसरी बराह क्षेत्र नगरपालिकाकी ४४ वर्षीय महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । ७२ वर्षीय पुरुष स्वास्थ्यमा समस्या भएपछि शनिबार अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार राति साढे १० […]

बीपी प्रतिष्ठानमा नौ वर्षीया बालिकासहित २ संक्रमितको मृत्यु

१९ कात्तिक, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिका र धरान–१ सुनसरीकी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । ६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो […]

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा पाँच महिने शिशुको मृत्यु

८ कात्तिक, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनमा मस्तिष्कसम्बन्धी समस्या थियो । उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई […]

कोरोनाबाट सुनसरीका थप एक जनाको मृत्यु

६ कात्तिक, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुनसरीका थप एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१८ का ५६ वर्षीय पुरुषको बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी ३ कात्तिकमा मात्र अस्पताल भर्ना भएका थिए । उनमा हाइपरटेन्सनको पनि समस्या थियो ।

बीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

६ कात्तिक, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ः१० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट, श्वासप्रश्वास लगायतका समस्याबाट पीडित ती पुरुषमा यही कात्तिक ३ गते […]

बीपी प्रतिष्ठानमा ८९ वर्षीय कोरोना संक्रमितको मृत्यु

२६ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनमा उच्च रक्तचापको पनि समस्या थियो । यही असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका उनमा […]

मोरङ-सुनसरीमा कोरोना संक्रमण दर उच्च

२३ असाज, विराटनगर । २१ असोजमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३९० नमुना परीक्षण गर्दा १९७ जनाको रिपोर्ट पोजेटिभ आयो । कोशी अस्पतालमा ४७४ नमुना परीक्षण गर्दा २८१ जनामा संक्रमण पुष्टि भयो । २२ असोजमा धरानमा १७४ नमुना परीक्षण गर्दा ८३ र कोशीमा १९० नमुना परीक्षण गर्दा ७३ जनाको रिपोर्ट पोजेटिभ आयो । नोबेल […]

सुनसरी र सिराहाका दुई संक्रमितको एम्बुलेन्समै मृत्यु

१६ असोज, विराटनगर । मोरङस्थित विराट मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गरेका दुई जना कोरोना संक्रमितको शुक्रबार एम्बुलेन्समै मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि उपचारका लागि विराट मेडिकल कलेज लगिएका सुनसरी खनारका एक वृद्ध र सिराहाका एक पुरुषको एम्बुलेन्समै मृत्यु भएको हो । मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार दुवै जनाको अस्पताल आउँदा […]

सुनसरीका दुई जना कोरोना संक्रमितको विराटनगरमा मृत्यु

१४ असोज, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष र हरिनगर गाउँपालिका–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । सुनसरीको इटहरीबाट उपचारका लागि ल्याइएका वृद्धको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भएको हो । उनलाई बुधबार नै अस्पतालमा भर्ना गरिएको […]

बलात्कारको प्रतिकार गर्दा १२ वर्षीया बालिकाको हत्या !

११ असोज, विराटनगर । सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको आशंका गरिएको छ । बाबु आमा छिमेकमा धामी राखिएको घर गएका बेला बालिकामाथि घरमै बलात्कार प्रयास भएको र त्यसको प्रतिकार गर्दा उनको हत्या भएको प्रहरी स्रोत बताउँछ । हत्यामा संलग्नको आशंकामा प्रहरीले […]

चट्याङ लागेर एक बालिकाको मृत्यु

३१ भदौ, इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै […]

सुनसरीमा चट्याङ लागेर बालिकाको मृत्यु

३० भदौ, काठमाडौं । सुनसरीमा चट्याङ लागेर मगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका-६ रामगञ्ज सिनवारीकी १३ वर्षीया बालिका सुष्मा पासवान रहेकी छन् । खेतमा माछा मार्ने क्रममा चट्याङले लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा […]

सुनसरीमा २१ थुनुवालाई कोरोना संक्रमण

९ भदौ, विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका २१ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार आइतबार स्वाब संकलन गरिएका २१ थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु हत्या, बलात्कार, लागूऔषध, सवारी ज्यानलगायत मुद्धाका प्रतिवादी हुन् । उनीहरुलाई थुनुवाबाटै कोरोना सरेको आशंका […]

भेन्टिलेटरको खोजीमा अस्पताल डुलाउँदा डुलाउँदै वडाध्यक्षको मृत्यु

६ भदौ, विराटनगर । सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए । ‘धरानमा […]

सुनसरीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१८ साउन, काठमाडौं । सुनसरीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका बस्ने ४० वर्षीय दीपक मगर रहेका छन् । इनरुवा नगरपालिका-४ स्थित सडकमा को.१ च ८३०१ नम्बरको जिपले को.२८ प ४२७३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । मोटरसाइकलका चालक समेत रहेका मगरको वीपी […]

सुनसरीमा फेरि गोली चल्यो, एकजना घाइते

३ साउन, विराटनगर । सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन । पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको […]

सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरी र हतियारधारी समूहबीच मुठभेड

२ साउन, विराटनगर । गएराति सुनसरीमा प्रहरी र हतियारधारी समूहबीच गोली हानाहान भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका– ३ पानीट्यांकीमा भारतीय मोटरसाइकलमा आएका आपराधिक समूह र चेकजाँचका लागि खटिएको प्रहरी टोलीबीच गोली हानाहान भएको हो । घटनामा प्रहरीको गोली लागेर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले अनलाइनखबरलाई बताए । […]

सुनसरीमा न्यायाधीशका सुरक्षागार्डले आफैंलाई हाने गोली

१६ असार, विराटनगर । सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकरबहादुर राईको सुरक्षामा खटिएका नेपाल प्रहरी हवल्दार ३५ वर्षका खतिवडाले जिल्ला अदालत सुरसरी परिसरमै आफ्नो कञ्चटमा गोली हानेका हुन् । सोमबार साझ करिब साढे ७ बजे अदालतको छतमा आफैंलाई गोली […]

इनरुवामा आगलागी हुँदा दुई घरमा क्षति 

३२ जेठ, विराटनगर । सुनसरीको सदरमुकाम इनरुवामा आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति पुगेको छ । आइतबार बिहान हनुमान वस्त्रालयबाट सुरु भएको आगोले वस्त्रालय रहेकै घरमा रहेको पसल र सँगै रहेको हार्डवेर पसलमा क्षति पुगको हो । बिहान करिब ५ बजेबाट सुरु भएको आगो पाँचवटा दमकलको सहयोगले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका […]

व्यक्तिगत रिस फेर्न साथीसँग मिलेर भिनाजुको हत्या

१७ जेठ, विराटनगर । पुरानो रिसका कारण नाताले भिनाजु पर्ने कमल राईको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका– ३ का कमल राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नाताले सालो पर्ने बराह क्षेत्र ३ इक्राहीका २२ वर्षीय गणेश लिम्बु र गणेशका साथी १९ वर्षीय प्रदीप राजधामीलाई पक्राउ […]

सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एक डाँकाको मृत्यु

२४ मंसिर, सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार–पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब […]