Comments Add Comment

उद्धार

List Grid
उद्धारमा खटिएका पाइलटको अनुभव : कोरोनासँग डर लाग्दैन

१७ असार, काठमाडौं । अहिले विभिन्न देशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुको उद्धारको काम धमाधम भइरहेको छ । कम्तिमा दैनिक आधा दर्जन उडानबाट १ हजारदेखि १५ सय नेपाली घर फर्किरहेका छन् । सम्बन्धित मुलुकले टिकट काटेर पठाउने उडान बाहेक स्वदेशी दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजबाट नेपालीको उद्धार भइरहेको छ । यसरी भइरहेको उद्धारमा […]

यसरी भइरहेको छ नेपालीको उद्धार उडान (फोटो फिचर)

१६ असार, काठमाडौं । मंगलबार बिहान ६ बजेदेखि ९ बजेको बीचमा नेपाल एयरलाइन्सका चारवटै जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरे । सोमबार साँझ विभिन्न चार वटा मुलुकमा गएका यी जहाजले एकै बिहान करीव ८ सय नेपाली नागरिकलाई काठमाडौं ल्याए । सोमबार बिहान कुवेत, दुबई, दोहा र क्वालालाम्पुरबाट नेपाल एयरलाइन्सका जहाजले घर फर्कने नेपाली लिएर काठमाडौं अवतरण […]

बेलायतबाट ८३ नेपाली स्वदेश फर्किए

१२ असार,काठमाडौं । कोरोना महामारीका कारण अलपत्र परेका ८३ जना नेपाली शुक्रबार स्‍वदेश फर्किएका छन् । एनआरएन यूकेको पहलमा बेलायतस्थित नेपाली दुतावासले प्रबन्ध गरेको चार्टर्ड फ्लाइटमा उनीहरु स्वदेश फर्किएका हुन् । पहिले स्वदेश फर्कन इच्छुकहरु पनि भाडा सोचे भन्दा महंगो भएका कारण पनि पछिल्लो समयमा नजाने मनस्थितिमा पुगेकाले चार्टर्ड फ्लाइटबाट ८३ जनामात्र फर्किएका एनआरएन यूकेकी […]

सांसदको माग – विदेशमा अलपत्रलाई सरकारी खर्चमा ल्याऊ

३ असार, काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा अप्ठेरोमा परेका नेपालीको निशुल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकमा सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महामारीका कारण घर फर्किन चाहे पनि भाडा तिर्ने पैसा नहुँदा फर्किन नपाएको बताए । सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाए […]

अदालत भन्छ- राज्यकै खर्चमा ल्याऊ, सरकार भन्छ- उडान रद्द !

२ असार, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन ‘उद्धार उडान’का नाममा तय भएका चार्टर फ्लाइटहरु एकपछि अर्को गर्दै स्थगित हुन थालेका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नयाँ तालिका त ल्याउँदैछन् । तर, त्यसअनुसार पनि उडान हुने/नहुने अन्योल छ । यहीवीच, सर्वोच्च अदालतले विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै खर्चमै स्वदेश ल्याउन आदेश […]

‘उद्धार’ को हवाई टिकटमा सरकारको भूमिका खसी व्यापारीजस्तो !

३२ जेठ, काठमाडौं । सरकारले चार दिनअघि विदेशबाट नेपालीलाई उद्धार गर्ने तालिका र भाडादरको सूची निकाल्यो, यो भाडादर देख्नासाथै विदेशमा अलपत्र नेपालीहरू अत्तालिए । त्यही भाडादर तिर्ने हो भने उनीहरूको उद्धार होइन, थप अभरमा पार्ने देखियो । विदेशमा दुःख पाएर बसेका कामदारहरू नअत्तालिउन् पनि किन ? सरकारले ‘उद्धार’का नाममा सरकारले कुनै गन्तव्यमा त चार गुणासम्म […]

भाडादर स्वीकृत गराएर दूतावासले विदेशी एयरलाइन्समार्फत ‘उद्धार’ गर्न सक्ने

३२ जेठ, काठमाडौं । सरकारले अब विदेशी एरलाइन्सलाई पनि अनुमति लिएर नेपाली कामदारको उद्धार गर्न दिने भएको छ । कुनै पनि देशमा रहेका नेपाली दूतावासले कामदारको उद्धारका लागि सम्बन्धित देशका एयरलाइन्ससँग वार्ता गरेर चार्टर्ड उडान तय गर्न सक्ने भएका छन् । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को पछिल्लो निर्णयअनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई मात्र […]

कतारबाट नेपाल फर्कने ५११२ जनाको सूची सार्वजनिक

३१ जेठ, कतार । कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीहरुको पहिलो सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमै रोकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन लागेको दूतावासले जनाएको छ । त्यस्तै राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती […]

प्रवासी नेपालीको प्रश्न : सरकारले उद्धार गर्न खोजेको हो कि व्यापार ?

३० जेठ, काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपालीहरुका लागि  महंगो भाडादर सार्वजनिक गरेपछि त्यसो चर्को विरोध भएको छ । विदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारले तोकेको भाडादरले मर्माहत बनाएको प्रवासी नेपालीहरुको गुनासो छ । विदेशमा अनेकन सास्ती भागेर उद्धारको प्रतिक्षा गरिरहेका धेरैले सरकारले तोकेको भाडा तिर्न नसकिने बताएका छन् । कामबाट निकालिएका, तबल नपाएका, भिसा अवधि […]

‘अलपत्र कामदारले स्वदेश फर्किन डेढ लाख खर्च कसरी गर्ने ?’ 

३० जेठ, काठमाडौं । गैर आवासीय नेपाली संघ, मलेसियाका अध्यक्ष हरि भट्टराईले सरकारले विदेशमा रहेका नेपालीहरुलाई उद्धार गर्छु भनेर व्यापार गर्न खोजेकेा आरोप लगाएका छन् । विदेशमा फसेका आफ्ना नागरिकहरुलाई महंगो शुल्क लिएर सरकारले व्यापार गर्न खोजेको अध्यक्ष भट्टराईले बताए । मलेसियाबाट उद्धार गर्ने सूचीमा रहेका करिब ६ हजार नेपालीहरु सबैको आर्थिक अवस्था कमजोर भएको […]

कुवेतबाट फर्किएका महिला साझा बस चढेर होल्डिङ सेन्टरमा

२९ जेठ, काठमाडौं । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु बिहीबार काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । त्रिभुवन विमानस्थलका अधिकारीहरुले विमानमा १५० जना आएको जानकारी आए पनि यकीन नभएको बताएको छ । विमानस्थलमा  अवतरण गरेपछि उनीहरुलाई होल्डिङ सेन्टरमा लगिएको  छ । काठमाडौंका विभिन्न स्थानमा  निर्माण गरिएको होल्डिङ सेन्टरमा […]

कुवेतबाट ३०० महिला श्रमिक फर्किँदै

२८ जेठ, काठमाडौं । भोलि (बिहीबार) कुवेतबाट करिब ३ सय महिला श्रमिक फर्किने भएका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । उनीहरू आममाफीको प्रक्रियामा सामेल भएकाहरू हुन् । सबै प्रक्रिया टुङ्ग्याएर भोलिका लागि दुई वटा उडान तय भएको कुवेतका लागि नेपाली राजदूत दूर्गाप्रसाद भण्डारीले बताए । बुधबार […]

अमेरिकासहित ३० देशका २४ हजार नेपालीलाई तत्काल उद्दार गर्नुपर्ने (सूचीसहित)

२६ जेठ, काठमाडौं । सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने नागरिकको सूची तय गरेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ । परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार बुझाएका विवरणअनुसार […]

मलेसिया र खाडीका राजदूतको प्रश्न- महंगो चार्टर्ड उडान किन ?

२३ जेठ, काठमाडौं । मलेसिया र अरबलगायतका श्रम गन्तव्य मुलुकमा समस्यामा परेका कामदारहरु स्वदेश फर्काउन  सरकारले शुक्रबारदेखि चार्टर्ड उडान थाल्ने बताएको थियो । तर, सरकारको तयारीमाथि मलेसिया, कतार र साउदी अरेबियामा कार्यरत नेपाली राजदूतहरुले नै गम्भीर प्रश्न उठाएका छन् । अधिकांश कामदाहरुलाई रोजगारदाता कम्पनीले नै टिकट काटेर पठाउनुपर्ने र कतिपयको हातमा टिकटसमेत भइसकेको अवस्थामा सरकारले […]

श्रम गन्तव्य मुलुकका दूतावासहरूको प्रस्ताव–व्यावसायिक उडान नै खोलौं

२३ जेठ, काठमाडौं । प्रमुख श्रम गन्तव्य मुलुकका नेपाली दूतावासहरूले व्यावसायिक उडान खोल्न सरकारसँग प्रस्ताव गरेका छन् । ‘उद्धार’ फ्लाइट भन्ने तर टिकटको मूल्य कामदार आफैँले तिर्नुपर्ने अवस्था आएको भन्दै उनीहरूले व्यावसायिक फ्लाइट सञ्चालन गरेर नै नेपाल जान दिन सुझाएका हुन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र लकडाउनका कारण विदेशमा अप्ठ्यारोमा परेका नागरिकहरूको सरकारले […]

म्यानमारबाट फर्केका नेपाली भन्छन् : काठमाडौं उत्रिनासाथ धर्तीलाई ढोगेँ

२३ जेठ, काठमाडौं । नवलपुर गैँडाकोटका मानबहादुर खत्री आफन्त भेट्न पर्यटक भिसामा तीन महिनाका लागि म्यानमार गएका थिए । म्यानमारमै रहँदा कोरोना महामारीका कारण नेपालमा हवाई उडान बन्द भयो । भिसा अवधि सकिँदा पनि उनी नेपाल आउन पाएनन् । जब सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने निर्णय गर्‍यो, म्यानमारमा रहेकाहरू पहिले स्वदेश फर्किन पाउने […]

काठमाडौं आइपुगे म्यानमारमा रहेका २६ नेपाली [ फोटो फिचर ]

२३ जेठ, काठमाडौं । पहिलो चरणमा सरकारले शुक्रबार म्यानमारमा रहेका नेपालीहरुलाई उद्धार गरेको छ । म्यानमार सेनाको एयरफोर्समार्फत म्यानमारमा रहेका २६ नेपालीलाई शुक्रबार काठमाडौंमा आइपुगेका हुन् । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी)को संयोजनमा उद्दार गरेर ल्याइएका सबैलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा […]

विदेशबाट नेपालीको उद्दार कार्य सुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

२३ जेठ, काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले अनलाइनखबरलाई बताए । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ […]

म्यानमारबाट आएका २६ जनालाई वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगियो

२३ जेठ, काठमाडौं । म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपाली सेनाले वसुन्धारातर्फ लगेको छ । उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो । सैनिक स्रोतका अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको […]

विदेशबाट नेपालीको भोलिदेखि उद्धार, बर्मा र यूएईबाट आउँदैछन् २३६ जना

२२ जेठ,काठमाडौं । कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ। स्रोतका अनुसार बर्मामा कार्यरत नेपालीहरू पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने […]

काठमाडौंमा रोकिएका भारतीय नागरिकको उद्धार

२२ जेठ, काठमाडौं । भारत सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकको उद्धार गरेको छ । उद्धार गरिएकामा धेरैजसो काठमाडौं न्युरोड क्षेत्रका सुन पसलमा कालिगढको काम गर्नेहरु रहेका छन् । उनीहरुलाई काठमाडौंस्थित भारतीय दूतावासले उद्धार गरी भारत पठाएको हो । लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि […]