Comments Add Comment

जनकपुर

List Grid
मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरमा मुख्यमन्त्रीको पुत्ला दहन

११ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा यो विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन् । पुत्ला जलाउने बेला प्रहरीसँग  झडप  भएको थियो । उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको […]

जनकपुरमा अक्सिजन प्लान्टको स्थापना

२ असार, जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधाममा अक्सिजन प्लान्ट स्थापना भएको छ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर २३ मा स्थापना भएको अक्सिजन प्लान्टको मुख्यमन्त्री लालबाबु राउतले बुधबार उद्घाटन गरेका छन् । उद्घाटन गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीसँग जुध्न अक्सिजन महत्वपूर्ण र यसको उत्पादन शुरु गरेकोप्रति उद्योगका सञ्‍चालकलाई धन्यवाद दिए । उनले अब […]

जनकपुरमा बन्द घरभित्र पुरुषको शव भेटियो

१८ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–७ बसहिया रोडको एक घरमा सडेको अवस्थामा एक जनाको शव फेला परेको छ । स्थानीय वैद्यनाथ झाको घरमा बुधबार प्रहरीले सडेगलेको अवस्थामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला पारेको हो । धनुषाका प्रहरीका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार उक्त घर लामो समयदेखि खाली थियो । बाहिरबाट ताला लगाएको घरको ओछ्यानमा सिरकले […]

संक्रमितको मृत्युपछि जनकपुर कोरोना अस्पतालमा तोडफोड, भेन्टिलेटरमा क्षति

२८ वैशाख, जनकपुरधाम । चिकित्सकहरुले लापरबाही गरेको भन्दै एक बिरामीका आफन्तले प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र तोडफोड गरेका छन् । महोत्तरीको जलेश्वर अस्पतालमा उपचार गराइरहेका जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय सुखीचन महतोलाई श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा चिकित्सकको लापरबाही गरेको आरोप लगाउँदै […]

केपी ओलीको दम्भ धरहराभन्दा माथि उक्लिएको छ : माधव नेपाल

१० वैशाख, जनकपुरधाम । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बुधबार भएको भेटले थोरै आश जागेपनि बिहीबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली देखाएको उनले बताए । पार्टी अध्यक्ष ओलीसँग दुई दिन भएको वार्ताको फेहरिस्ता सुनाउँदै नेता नेपालले शुक्रबार जनकपुरधाममा […]

जनकपुर-अयोध्या हवाई उडान गर्ने तयारी

१९ फागुन, काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्याबीच हवाई सेवा सञ्चालनको तयारी सुरु भएको छ । यि दुई शहरलाई जोड्ने गरी निजी वायुसेवा कम्पनी बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । सहजीकरणका लागि प्रदेश २ सरकारसँग समेत आग्रह गरिएको कम्पनीका एक अधिकारीले जानकारी दिए […]

जनकपुरमा पनि प्रचण्ड-माधव समूहको प्रदर्शन

१४ पुस, जनकपुरधाम । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले जनकपुरधाममा पनि प्रदर्शन गरेको छ । नेकपाका प्रचण्ड-माधव पक्षका नेता/कार्यकर्ताहरुले रेल्वे स्टेसनमा भेला भएर विरोध र्‍याली सुरु गरेका थिए । र्‍यालीमा सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध चर्का नारावाजी गरेका थिए । विरोध र्‍याली भानु चोक, शिव चोक हुँदै नगरको विभिन्न […]

जनकपुरमा ओलीको समर्थनमा मोटरसाइकल र्‍याली

७ पुस, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मंगलबार जनकपुरधाममा मोटरसाइकल र्‍याली प्रदर्शन भएको छ । नेकपाका नेता महेश बस्नेतको अगुवाईमा भएको मोटरसाइकल र्‍यालीका सहभागीले ‘अघि बढ केपी बा, साथ दिन तयार छौं, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए । जनकपुरधामको मुजेलिया नजिकबाट निकालिएको मोटरसाइकल र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा […]

यस वर्ष विवाह पञ्चमीमा विधिमात्रै पुर्‍याइने, अयोध्याबाट जन्ती नआउने

२६ मंसिर, जनकपुरधाम । कोरोना भाइरसको कहरकाबीच बिभिन्न धार्मिक गतिविधि हुन नसकेको जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी पनि प्रभावित हुने भएको छ । प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुन्थ्यो । तर यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक देखिएको छैन । यस पटक विवाह पञ्चमी […]

जनकपुर ल्याबमा कोरोना पोजेटिभ, हेटौंडामा नेगेटिभ

१६ असार, रौतहट । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कोरोना पोजेटिभ भएको रिपोर्ट दिएपछि सोमबार साँझ रौतहट जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरु तनावमा परे । स्वास्थ्य कार्यालयका ४ कर्मचारी र एक जना गैर सरकारी संस्थाकी कर्मचारी गरी ५ जनामै पोजेटिभ आएको भनेपछि पुनः स्वाब संकलन गरेर रातारात बागमती प्रदेशको प्रयोगशाला हेटौंडामा जाँचका लागि पठाइयो । तर हेटौंडामा […]

स्वाब संकलनपछि पनि भागेका थिए जनकपुरका संक्रमित

११ जेठ, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसन कक्षबाट आइतबार बिहान भागेका सर्लाहीका संक्रमित यसअघि स्वाब संकलन गर्दा पनि फरार भएको खुलेको छ । जनकपुरधाममै स्वाब संकलन गरिएपछि उनी भागेर घर गएका थिए । ३१ वैशाखमा आएको रिपोर्टमा संक्रमित भएको खुलेपछि उनलाई सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलस्थित घरबाट फेला पारी आइसोलेसनमा ल्याइएको थियो । वैशाखको तेस्रो […]

जनकपुरमा पैसा फालेको घटना : गलत नियत नदेखिएको प्रहरीको निष्कर्ष

७ वैशाख, काठमाडौं । जनकपुर उपमहानगर-६, महावीर चोकमा शुक्रबार १० रुपैयाँको १५ वटा नोट देखियो । केहीअघि दुई जना मुस्लिम महिलाले पैसाको बिटो बोकेर हिँडेको देखेका स्थानीयले पैसाबाट कोरोना भाइरस फैलाउन खोजेको आशंका गरे । क्लोज सर्किट क्यामरा (सीसीटीभी) का आधारमा उनीहरू आमुना खातुन र अलिना खातुन भएको खुल्यो । प्रहरीले यी  नन्दभाउजूलाई नियन्त्रणमा लियो […]

दाइजोमा पाएको मोटरसाइकलको निहुँमा श्रीमतीको हत्या

७ मंसिर, जनकपुरधाम । दाइजो स्वरुप दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै महिलाको हत्या गरिएको छ । जिल्लाको मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरमा २२ बर्षीया कुसुम मण्डलको उनकै श्रीमानले हत्या गरिएको हो । कुमुमका बुवा जिवछ मण्डलका अनुसार मोटरसाइकल नामसारी गराउन भन्दै प्रकाशले पटकपटक श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए । उनी भन्छन्, ‘आर्थिक अभावका गर्न तत्काल […]

प्रदेश २ को राजधानी जनकपुरमै रहन्छ  : कांग्रेस नेता निधि

१६ माघ, गौशाला । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश २ को राजधानी जनकपुरमै रहने बताएका छन् । उनले प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने पनि दावी गरे । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित काङ्ग्रेस पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जचुकालिको भवन प्रदेश सरकारका लागि उपयुक्त रहेकाले प्रदेश […]

ठूलो परिमाणको रकमसहित जनकपुरमा ४ हुन्डी कारोबारी समातिए

२२ पुस, काठमाडौैं । प्रहरी जनकपुर उपमहानगरपालिका–११, किशोरीनगरबाट ठूलो रकमसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको संयुक्त टोलीले हुन्डी कारोबार गर्न लागिएको ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना कारोबारीलाई पक्राउ गरेको हो । प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालका […]

जनकपुरमा योगीः विमानमा जन्ती, ३६ व्यञ्जन खान्की !

२६ मंसिर, जनकपुरधाम । विवाहपञ्चमीमा जन्तीका रुपमा प्रमुख अतिथि बनेका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था गरिएको छ भने दिवा भोजमा ३६ व्यञ्जनको प्रवन्ध गरिएको छ । योगी आदित्यनाथ नौ सिट क्षमताको निजी विमान चढेर बिहान सवा १० बजे जन्तीका जनकपुर विमानस्थलमा उत्रिएपछि उनी कारगेड सुरक्षामा सीधै जानकी मन्दिर दर्शनका […]

जनकपुरमा योगीः विमानमा जन्ती, ३६ व्यञ्जन खान्की !

२६ मंसिर, जनकपुरधाम । विवाहपञ्चमीमा जन्तीका रुपमा प्रमुख अतिथि बनेका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था गरिएको छ भने दिवा भोजमा ३६ व्यञ्जनको प्रवन्ध गरिएको छ । योगी आदित्यनाथ नौ सिट क्षमताको निजी विमान चढेर बिहान सवा १० बजे जन्तीका जनकपुर विमानस्थलमा उत्रिएपछि उनी कारगेड सुरक्षामा सीधै जानकी मन्दिर दर्शनका […]

‘बेहुली’ बन्यो जनकपुरधाम !

२६ मंसिर, जनकपुरधाम । सांस्कृतिक नगरी जनकपुरधाममा आज विवाह पञ्चमी महोत्सव हुँदैछ । राम-सीताको विवाह महोत्सवमा सहभागी हुन उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती लिएर जनकपुर आउँदैछन् । त्रेता युगका भगवान राम र सीताको विवाहसँग सम्बन्धित छ जनकपुरको विवाह पञ्चमी महोत्सव । बिहेका लागि रामको जन्मस्थल अयोध्याबाट सीताको जन्मस्थल जनकपुरमा जन्ती आउने गर्दछन् । आजै स्वयम्बर […]

जनकपुरमा प्रहरी र स्थानीय युवाबीच झडप

३० जेठ, जनकपुरधाम । जनकपुर अस्पताल प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केही युवालाई पक्राउ गरेपछि जनकपुरमा प्रहरी र स्थानीय युवाबीच झडप भएको छ । युवाहरू बुधबार बिहानैदेखि जनकपुरका भानुचोक र जनकचोकमा नाराजुलुसमा उत्रिएपछि स्थिति तनावपूर्ण भएको छ । प्रदर्शनका क्रममा स्थिति उग्र बन्ने देखेपछि १० भन्दा बढी युवाहरुलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले […]

मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर सांसदहरुको चर्काचर्की

१ जेठ, जनकपुरधाम । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति प्रदेशसभामा चर्काचर्की भएको छ । मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले मुख्यमन्त्रीको अभिव्यक्तिको बचाउ गरे भने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले विरोध जनाएका छन् । जनकपुरमा भएको नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा […]

मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

१ जेठ, जनकपुरधाम । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति प्रदेशसभामा चर्काचर्की भएको छ । मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले मुख्यमन्त्रीको अभिव्यक्तिको बचाउ गरे भने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले विरोध जनाएका छन् । जनकपुरमा भएको नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा […]