Comments Add Comment

टिकटक

List Grid
‘टिकटक र विच्याटमाथिको अमेरिकी प्रतिबन्ध डब्लुटीओको नियम विपरीत’

चिनियाँ मोबाइल एपहरु टिकटक तथा विच्याटमाथि अमेरिकाले लगायको बन्देज विश्व व्यापार संगठनको नियम विपरीत रहेको चीनले दाबी गरेको छ । विश्व व्यापार संगठनको एक बैठकमा बोल्दै चिनियाँ प्रतिनिधिले टिकटक तथा विच्याट माथि अमेरिकाले बन्देज लगाएर डब्लुटीओको नियम उल्लंघन गरेको बताएका हुन् । अमेरिकी सरकारले यी दुई एप अमेरिकामा डाउनलोड गर्न बन्देज लगाउने आदेश जारी गरिसकेको […]

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमा अमेरिकी अदालतको रोक

१२ असोज, काठमाडौं । अमेरिकाका एक न्यायाधीशले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएका छन् । प्रतिबन्ध कार्यान्वयनमा आउनुभन्दा केही समयअघि मात्र वासिङटनको एक जिल्ला अदालतका न्यायाधीशले ट्रम्पको आदेशमा रोक लगाएका हुन् । टिकटकमाथिको  प्रतिबन्धमा रोक लगाउने आदेश जारी गर्नुको कुनै कारण भने उल्लेख गरिएको छैन । […]

बन्द हुनुअघि अमेरिकामा टिकटक र विच्याटको कीर्तिमानी डाउनलोड

काठमाडौं । अमेरिकी सरकारले आज आइतबारदेखि अमेरिकामा चिनियाँ एपहरु टिकटक र विच्याट डाउनलोड गर्नमा बन्देज लगाउँदैछ । अमेरिकामा लोकप्रिय रहेका विच्याट र टिकटक एप आइतबारबाट गुगल प्ले स्टोर तथा एपस्टोरमा उपलब्ध नहुने भएसँगै अमेरिकी प्रयोगकर्ताहरु त्यस अगाडि नै यी एपहरु डाउनलोड गर्न हतारिएका छन् । शुक्रबार अमेरिकामा एकैदिन टिकटक एप २ लाख ४७ हजार पटक […]

अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटमाथि प्रतिबन्ध

काठमाडौं । आगामी आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ । वाणिज्य मन्त्री विल्बर रोसका अनुसार निश्चित सुरक्षाजन्य […]

भारतमा टिकटकजस्तै फिचर भएको भिडियो एप ल्याउँदै युट्युब

युट्युबले भारतमा लोकप्रिय भिडियो एप टिकटकजस्तै फिचर भएको एप ल्याउने भएको छ । युट्युब सर्ट्समा १५ सेकेण्डको भिडियो बनाउन मिल्नेछ र यसमा टिकटकमा भएकाजस्ता अन्य फिचर पनि हुनेछन् । गत जुन महिनामा चीनसँगको सम्बन्ध तनावपूर्ण बनेसँगै भारतले टिकटकलगायतका ५८ चिनियाँ एपमाथि प्रतिबन्धको निर्णय गरेको थियो । त्यतिबेला भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता थिए । यो […]

टिकटकद्वारा माइक्रोसफ्टको प्रस्ताव अस्वीकार

टिकटकले माइक्रोसफ्टले गरेको अमेरिकी सेवा खरिदको प्रस्ताव अस्वीकार गरेको छ । माइक्रोसफ्टले लोकपि्रय भिडियो शेयरिङ्ग एप खरिदको लागि गरेको प्रस्ताव चिनियाँ कम्पनीले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई आफ्नो अमेरिकाको सेवा अमेरिकी कम्पनीलाई नै बिक्री गर्न दिएको अल्टिमेटम मंगलबार सकिँदैछ । यस्तो अवस्थामा माइक्रोसफ्टले आफ्नो प्रस्ताव अस्वीकृत भएको बताएको हो । ट्रम्पको […]

आत्महत्याको भिडियो हटाउने टिकटकको प्रयास

लोकप्रिय भिडियो शेयरिङ प्लाटर्फम टिकटक अहिले एकजना पुरुषले आत्महत्या गरिरहेको भिडियो क्लिप भाइरल भएसँगै चिन्तामा छ । सुरुमा फेसबुकमा शेयर भएको उक्त भिडियो ट्विटर र इन्स्टाग्राम हुँदै टिकटकसम्म आइपुगेको मात्र छैन केही दिनयता तीव्र ढंगले टिकटकमा फैलिरहेको छ । युवापुस्तामाझ अत्यधिक लोकप्रिय एप टिकटकमा उक्त भिडियो अत्यधिक शेयर भएसँगै लाखौँ प्रयोगकर्ताहरुले आफूलाई त्यसबाट आघात पुगेको […]

आईएसपीहरुको टाउको दुखाइ बन्यो टिकटक, ब्यान्डविथ खपत आकाशियो

१५ भदौ, काठमाडौं । नेपालमा अत्यधिक लोकप्रिय बनिरहेको म्युजिकल एप टिकटक इन्टरनेट सेवाप्रदायकहरुका लागि भने टाउकोदुखाईको विषय बनेको छ । टिकटकले हालै गरेको प्राविधिक परिवर्तनका कारण ब्यान्डविथमा अत्यधिक चाप परेपछि उनीहरुलाई इन्टरनेटको माग धान्न मुस्किल परिरहेको छ । चैत ११ को लकडाउनअघि टिकटकको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत ७ जीबीपीएस थियो । लकडाउनपछि यो बढेर १३ जीबीपीएस […]

क्लासिक टेकमा टिकटक सँधैभरी ठिकठाक, ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न कम्पनीको अनुरोध

टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ । नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन् जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक संजालहरुमा शेयर गर्न सकिन्छ । हालै नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुले टिकटकको प्रयोग २५ प्रतिशत भन्दा धेरै बढेसँगै जुलाईको अन्त्यदेखि समस्याहरु भोगिरहेको भन्दै जानकारीहरु बाहिर आएका छन् । अन्य इन्टरनेट सेवा […]

टिकटक खरिद गर्ने वालमार्टको इच्छा

काठमाडौं । लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्न चाहने अमेरिकी कम्पनीहरुको सूचिमा दिग्गज खुद्रा व्यापार कम्पनी वालमार्टसमेत थपिएको छ । टिकटकको अमेरिकी व्यवसाय खरिद गर्नका लागि यसअघि माइक्रोसफ्टले छलफल अगाडि बढाइसकेको छ । त्यस्तै ट्वीटरले समेत टिकटक खरिद गर्ने मनसाय बनाएको खबर आएको थियो । बीबीसीसँगको कुराकानीमा वालमार्टका अधिकारीले अमेरिकास्थित चिनियाँ भिडियो शेयरिङ एप […]

टिकटकका सीईओले दिए राजीनामा

११ भदौ, काठमाडौं । सर्ट भिडियो एप टिकटकका सीईओ केभिन मेयरले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय अमेरिकामा टिकटकबारे देखिएको विवाद चलिरहेको समयमा बिहीबार टिकटकका सीईओको राजीनामा आएको हो । पछिल्लो केही समययता टिकटकबारे अमेरिकामा चर्चा तथा चासो चलिरहेको छ । अमेरिकाले टिकटकमा राष्ट्रिय सुरक्षा जोखिम रहेको भन्दै अमेरिकामा यसको प्रयोगमा रोक लगाउने घोषणा […]

अमेरिकी सरकारको आदेशविरुद्ध अदालत जाँदै टिकटक

काठमाडौं । छोटो भिडियो शेयर गरिने लोकप्रिय एप टिकटक तथा उसको मातृ कम्पनी बाइट डान्ससँग कारोबारमा रोक लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध टिकटकले अदालतको ढोका ढक्ढकाउने भएको छ । यही सोमबार टिकटकले ट्रम्प प्रशासनको आदेशविरुद्ध अदालतमा अपिल गर्ने तयारी गरिरहेको रोयटर्सले उल्लेख गरेको छ । गत अगष्ट ११ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी […]

नेपालीलाई लठ्याउँदै टिकटक, लकडाउनपछि प्रयोग झण्डै दोब्बर

२८ साउन, काठमाडौं । अहिलेको समय यदि तपाईं टिकटकमा हुनुहुन्न भने बुझ्नुस्, तपाईंले धेरै कुरा मिस गरिरहनुभएको छ । ठाडै विज्ञापन गरेको जस्तो सुनिए पनि यो वास्तविकता हो । मनोरञ्जनका लागि मात्र होइन, सूचनाका लागि पनि अपरिहार्य बन्दै गएको छ यो चाइनिज एप । फिल्मका गीत र डाइलगमा लिपसिंक गरेर छोटो भिडियो पोष्ट गर्ने एपका […]

टिकटक खरिद गर्ने ट्विटरको योजना

अमेरिकामा प्रतिबन्धित हुने चरणमा रहेको लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्नका लागि एक पछि अर्को अमेरिकी कम्पनीहरुले रुचि देखाएका छन् । यसअघि माइक्रोसफ्ट कम्पनीले अमेरिकास्थित टिकटकको व्यवसाय खरिद गर्ने सम्झौता गर्न लागेको खबर आएको थियो । माइक्रोसफ्टले टिकटक खरिद गर्ने उक्त हल्लाको टुंगो नलाग्दै अर्को अमेरिकी कम्पनी ट्विटरले टिकटक खरिद गर्ने इच्छा व्यक्त गरेको […]

टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

२३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपहरु टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अब ४५ दिनपछि अमेरिकामा टिकटक र विच्याटमाथि प्रतिबन्ध लाग्नेछ । ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितको लागि यो निर्णय आवश्यक रहेको बताएका छन् । अहिले ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशमा अबको ४५ दिनमा टिकटकको […]

टिकटक खरिद गर्दै माइक्रोसफ्ट कम्पनी, ट्रम्पले गरे समर्थन

अमेरिकी कम्पनी माइक्रोसफ्टका लागि चिनियाँ एप टिकटक खरिद गर्ने मार्ग प्रसस्त भएको छ । अमेरिकामा टिकटकको व्यवसाय खरिद गर्ने माइक्रोसफ्टको योजनाप्रति नकारात्मक रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विरोध फिर्ता लिएसँगै माइक्रोसफ्टका लागि टिकटक किन्ने बाटो खुलेको हो । तथापि ट्रम्पले टिकटकको मातृ कम्पनी बाइटडान्स र माइक्रोसफ्टबीच हुने उक्त सम्झौताका क्रममा अमेरिका सरकारलाई पनि विशेष […]

टिकटक एप अमेरिकी कम्पनीलाई बिक्री गर्न ट्रम्पको अल्टिमेटम

२० साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरिङ एप टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न सेप्टेम्बर १५ सम्मको अल्टिमेटम दिएका छन् । सोमबार उनले ह्वाइट हाउसमा बोल्दै उक्त मितिसम्ममा चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी कम्पनीलाई टिकटक बिक्री नगरे अमेरिकी प्रशासनले उक्त एपमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् । ट्रम्पले टिकटक किन्न इच्छुक देखिएको माइक्रोसफ्टको […]

टिकटकले भन्यो-अमेरिकामा अझै लामो यात्रा गर्नुछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडिया एप टिकटकलाई देशमा प्रतिबन्धित गर्ने चेतावनी दिइरहेको बेला टिकटकले भने अमेरिकामा लामो समयसम्म आफ्नो उपस्थिति रहने आशा व्यक्त गरेको छ । अमेरिकास्थित टिकटककी महाप्रबन्धक भेनेसा पापाजले भनेकी छिन्, ‘हामीले अझै अमेरिकामा लामो समयसम्म रहनु छ ।’ एक भिडियो सन्देशमा पाप्पाजले टिकटक एक सुरक्षित मोबाइल एप्लिकेसन रहेको दाबी गरेकी छिन् […]

टिकटकमाथि जापानमा पनि प्रतिबन्ध !

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै आलोचना भएसँगै जापानको सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ । जापानका आर्थिकमन्त्री […]

आउँदैछ इन्स्टाग्रामको ‘टिकटक’

भिडियो शेयरिङ एप टिकटकको चुलिँदो लोकपि्रयताले विश्वका दिग्गज प्रविधि कम्पनीहरुलाई लोभ्याएकै छ । पछिल्लो समय विवादित बनिरहेको चिनियाँ एप टिकटकको सिको गर्दै लोकप्रिय फो टो शेयरिङ एप इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ ल्याउँदैछ । शुक्रबार एक घोषणा गर्दै टिकटकले आफ्नो भिडियो शेयरिङ फिचर लञ्च गर्ने तयारी गरिरहेको खुलासा गरेको हो । इन्स्टाग्रामको उक्त भिडियो शेयरिङ सर्भिसको नाम […]

टिकटकमाथि पौने २ करोड जरिवाना

बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा भिडियो शेयरिङ एप टिककटमाथि कोरियाले जरिवाना गरेको छ । प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख वन जरिवाना गरेको हो । सो रकम नेपाली रुपैयाँमा गणना गर्दा १ करोड ८५ लाख हुन आउँछ । दक्षिण कोरियाले गरेको उक्त जरिवाना […]