Comments Add Comment

तिहार

List Grid
रानीपोखरीको यमलेश्वर : दाजुबहिनी भेट गराउने संगम

१ मंसिर, काठमाडौं । विसं १७२७ मा राजा प्रताप मल्लले आफ्ना दिवंगत छोरा चक्रवर्तेन्द्र मल्लको सम्झनामा बनाएको रानीपोखरी हरेक वर्ष भाइटीकाको दिन विशेष बन्ने गर्छ । विवाद र अन्योलका कारण भूकम्पमा भत्किएको पाँच वर्षसम्म पनि पुनर्निर्माण हुन नसकेको रानीपोखरी निर्माणकालीन स्वरुप पाएपछि पहिलोपल्ट यसवर्षको भाइटीकामा सोमबार खोल्ने तयारी गरिएको छ । यसैले पनि यो वर्ष […]

सत्मार्गमा अग्रसर हुन तिहारले प्रेरित गरोस् : राष्ट्रपति भण्डारी

१ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सदभाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नाका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने […]

तिहारमा भएन पाल्पाली ढाका टोपी र झिनियाँको ब्यापार

३० कात्तिक, रामपुर । नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन । त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको सङ्ख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । अघिल्ला […]

रेसुङ्गाको गौशालामा सामूहिक गाईपूजा

३० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा गौशालामा आइतबार समूहिक रुपमा गाईपूजा गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा धार्मिक स्थाल रेसुङ्गासँगै रहेको गौशालामा सामूहिक रुपमा गाईपूजा गरिएको हो । विगतका वर्षमा जिल्लाको सदमरमुकाम तम्घाससँगै विभिन्न स्थानबाट गाईको पूजा गर्न रेसुंगा आउनेहरुको भीड लाग्थ्यो । यो वर्ष कोरोना भाइरसको महामारीले पूजा गर्नेहरु घटेका छन् । रेसुङ्गासँगै […]

तिहार : पाषाणकालदेखि हालसम्मको सांस्कृतिक चेत

बर्बर युगमा निर्वस्त्र रनवन डुल्ने पूर्खादेखि विकसित अहिलेको समाजसम्म आइपुग्दा मान्छेका धेरै संस्कृतिहरु परिवर्तन भए । मान्छेको चेतनाले संस्कृतिलाई असर गर्छ, संस्कृतिले समाजलाई सही या गलत मार्गमा हिँडाउँछ । जुन संस्कृति अवैज्ञानिक छ, त्यो बिस्तारै किनारा लाग्दै जान्छ र वैज्ञानिक संस्कृति युगौयुग पर्यन्त जारी रहन्छ । यही युगौयुग पर्यन्त जारी रहने संस्कृतिको सँगालो हो नेपालीहरुले […]

सप्तरंगी पर्व तिहार : यस्तो छ सात विशेषता

सायदै यस्ता चाड होलान्, जसमा थरीथरी रंग पोतिएको होस् । हरेक चाडपर्वको आ–आफ्नै विशेषता र विधी विधान हुन्छन् । आस्था र विज्ञानको सन्तुलन हुन्छ । परम्परा र आधुनिकताको फ्युजन हुन्छ । तर, तिहार वा दिपावली जस्तो विविधता अरु कुनै चाडपर्वमा छैन । तिहार धन–ऐश्वर्यकी देवी लक्ष्मीको पूजा–उपसना गर्ने पर्व । दियो–बत्ती र झिलिमिलीको पर्व । […]

लक्ष्मीपूजा : देश उज्यालो युगतिर मोडिएको दिन

२९ कात्तिक, काठमाडौं । आज लक्ष्मी पूजा, यो पर्वलाई ‘उज्यालोको दिन’ भनिन्छ । आज साँझ र रातमा पनि यो दिन कुनै घरहरुमा बत्ती निभ्दैनन् । तर, चार वर्षअघिसम्म नेपालमा दैनिक १८ घण्टासम्मको लोडसेडिङको भयावह अवस्था थियो । त्यसैले लक्ष्मी पूजाका दिन सबैतिर बत्ती बल्दैन थिए, जहाँ बल्थे, त्यहाँ झ्याप्प–झयाप्प काटिने–आउने गर्थ्यो । चार वर्ष पहिले […]

तिहार समृद्धि र विकाससँग जोडिएको छ

हरेक चाडपर्वको आफ्नै विशिष्ट सांस्कृतिक पक्ष र अर्थ हुन्छ । हामीले गर्ने स–साना कर्म, अनुष्ठानको पनि सांस्कृतिक मर्म हुन्छ । तिहार यस्तै एक विशिष्ट चाड हो, जुन मनाउँदा हामीले थाहै नपाई अनेकौं तवरले संस्कारगत कर्म  गरिरहेका हुन्छौं । कोरोना भाइरसका कारण यो वर्षका चाडपर्व हामीले घरमै मनाउनुपर्ने भएको छ । घरभित्रै सीमित भए पनि हामी […]

कोभिडले थलिएको सुन बजारमा धनत्रयोदशी उत्साह

२८, कात्तिक, काठमाडौं । काठमाडौं बालाजुकी तिर्था गोतामे ठेलम ठेल गर्दै न्यूरोडको एक सुन पसलमा छिरिन् । निकै बेर गहनाहरु नियाँलेर उनले अन्तिममा एउटा चाँदीको सिक्का किनिन् । कोरोनाको उच्च जोखिमका बाबजुद गहना किन्न न्यूरोड पुगेकी उनले भनिन्, ‘आज सुन वा चाँदीका गहना किन्नपर्ने दिन भनेर अफीसबाट यतै आएँ, थामि नसक्नु भिड रहेछ ।’ तिहारको […]

तिहारको तिथि विवाद : कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन किन ?

२८ कात्तिक, काठमाडौं । यो सालको भाइटीका मंसिर १ गते कि २ गते ? विवादले यतिबेला सांस्कृतिक क्षेत्रमा तरंग सिर्जना गरेको छ । पञ्चाङ्ग निर्णायक समितिले ४ दिनमा सम्पन्न हुने गरी तिहारको तिथि तय गरेपछि काठमाडौंका नेवार समुदायले आपत्ति जनाएका छन् । त्यसपछि यो विवाद अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि सतहमा आएको छ । […]

भाइटीकाको लागि मंसिर एक अशुभ छ भन्ने भ्रममा नपरौं – पञ्चाङ्ग निर्णायक समिति

२८ कात्तिक, काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् । मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर […]

तिहारको मुखैमा भारत पस्ने झन् बढे

२८ कात्तिक, कैलाली । कैलालीको नेपाल–भारत सीमा नाकामा भारत पस्नेहरुको लामो लाइन छ । यही लाइनमा छिन् धनगढी उपमहानगरपालिका ७ देवरीयाकी ३० वर्षीया रजिता चौधरी । उनी श्रीमानसँगै मजदुरीका लागि भारत जाँदै छिन् । उनी विगत ४ वर्षदेखि भारतको पुनामा काम गर्छिन् । प्रत्येक वर्ष दशैं र तिहारमा बिदा मिलाएर आउने उनीहरू यस वर्ष लकडाउनले […]

दोस्रो ठूलो चाड तिहार सुरु, आज कागको पूजा गरिँदै

२८ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ । यस वर्ष यमपञ्चक कात्तिक २७ […]

फूलले ढाकिएको इचंगुनारायण (फोटो फिचर)

२७ कात्तिक, काठमाडौं । तिहार सुरु हुने बेलामा काठमाडौंको इचङ्गुनारायणका किसानलाई भ्याइ नभ्याई हुन्छ । उनीहरुको आम्दानी गर्ने मुख्य समय यही हो । फूलखेती गर्ने यहाँका किसान फूल टिप्ने, माला उन्ने र बजार पठाउने काम र्गछन् । स्थानीय नानी गिरी किराना पसल बन्द गरेर फूल टिप्न ब्यस्त छिन् । १८ वर्षदेखि फूल खेती गर्दै आएकी […]

लुम्बिनी प्रदेशमा व्यावसायिक फूल खेती बढ्दै

२७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगरनगरमा १० महिला मिलेर गत वर्ष ६ कट्ठामा सयपत्री फूल खेती शुरु गरे । क्षितिज नमूना कृषक समूहमा आवद्ध उनीहरुले त्यसबाट राम्रो आम्दानी लिए । फूल बेच्न बजारको समस्या भएन । तिहारमा धेरैले बारीमै आएर फूल किने । एउटा माला १५० रुपैयाँसम्ममा बिक्री भयो । पहिलो वर्ष नै […]

यमपञ्चक शुरु, काग तिहार भोलि

२७ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । तिथिको […]

झिलिमिली घर : हे लक्ष्मीले बासै गरुन्

भैलिनी खेल्नेहरु आउँछन् र भाका हाल्न थाल्छन्, ‘हरियो गोबरले लिपेको, लक्ष्मीपूजा पूजा पूजेको ।’ देउसी खेल्नेहरु आउँछन् र भट्याउन थाल्छन्, ‘आहै झिलीमिली झिलिमिली, आहै बत्तीको झिलिमिली ।’ यसबाटै के संकेत मिल्छ भने तिहारमा घर–आँगन सफा गर्ने, सजाउने, दियो–बत्ती बाल्ने, लक्ष्मी पूज्ने । धार्मिक मान्यता छ, औंसीको यो रातमा घरलाई सफासुग्गघर बनाइयो भने, फूलहरुले सजाइयो भने, […]

तिहार बिदा थपियो, २ मंसिरमा पनि सार्वजनिक बिदा

२६ कात्तिक, काठमाडौं । सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषदबाट भएको गृह मन्त्रालयले जनाएको छ । यो वर्ष तिहारमा तिथि विवाद छ । नेपाल पञ्चाङ्ग निर्णायकले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, […]

तिहार बिदामा बैंकहरु नखुल्ने

२६ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै तिहार विदामा बैंक नखोल्ने निर्णय गरेका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले […]

झिलिमिली बत्तीको व्यापार ७० प्रतिशत घट्यो

२५ कात्तिक, काठमाडौं । तिहारमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्तीको व्यापारमा ७० प्रतिशतले गिरावट आएको व्यवसायीहरुले बताएका छन् । तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ । तर यस वर्ष कोरोना संक्रमणको कारण तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा प्रभाव परेको व्यवसायीहरुको भनाइ छ । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले अनलाइनखबरसँग भने, […]

तिहारका बेला पनि बढेन माटोका भाँडाको माग

२४ कात्तिक, काठमाडौं । दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पाला देखि माटाका अन्य भाँडाहरु बनाउन यतिबेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइनभ्याई छ । तर यसवर्ष कोरोना भाइरस महामारीका कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । यस्तै माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु छन् । भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदाय हिजोआज […]