Comments Add Comment

प्रिमियर लिग

List Grid
लेस्टर घरेलु मैदानमा न्युकासलसँग पराजित

२५ वैशाख, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको लेस्टर सिटी न्यूकासल युनाइटेडसँग ४-२ ले पराजित भएको छ । शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लेस्टरको अभियानमा यस हारले केही धक्का लागेको छ भने न्यूकासल जितपछि रेलिगेसनबाट सुरक्षित बनेको छ । लेस्टरलाई उसैको मैदानमा हराउन न्यूकासलका लागि कलमु विल्सनले दुई […]

म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

२२ वैशाख, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलो पटक युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । रियाद महारेजको दुई गोल मद्दतमा सिटीले सेमिफाइनल दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले पिएसजीलाई […]

पुनरागमन जितसहित वेष्टहमको युरोपेली सपना कायम

२१ वैशाख, काठमाडौं । प्रिमियर लिगको पछिल्लो खेलमा वेष्टहमले बर्नलीलाई २-१ ले पराजित गर्दै अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ । बर्नलीको मैदानमा सोमबार राति भएको खेलमा मिचेल एन्टोनिओले दुई गोल गरेपछि वेष्टहमले बर्नलीविरुद्ध पुनरागमन जित हात पारेको हो । खेलको १२औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई पहिले अग्रता […]

म्यानचेष्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित

२० वैशाख, काठमाडौं । प्रिमियर लिग फुटबलअन्तर्गत दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र छैटौं स्थानको लिभरपुलबीचको खेल स्थगित गरिएको छ । युनाइटेड र लिभरपुलबीचको आइतबार ओल्ड ट्राफोर्डमा हुने तय थियो । तर युनाइटेडका समर्थकहरु खेलअघि मैदान भित्र पसेर नाराबाजी गर्दै विरोध जनाएपछि खेल स्थगित गरिएको प्रिमियर लिगले जनाएको छ । ओल्डट्राफोर्डमा सुरक्षाको नियम तोडेपछि पुलिस, दुवै […]

शीर्ष चारमा पकड बनाउँदै चेल्सी

१९ वैशाख, काठमाडौं । चेल्सीले प्रिमियर लिगमा फुलहमलाई २-० ले पराजित गर्दै शीर्ष चारमा पकड बनाएको छ । काई हाभार्टले दुई गोल गरेपछि चेल्सीले गएराति घरेलु मैदानमा सहज जित हात पारेको हो । खेलको १०औं मिनेटमै मासोन माउन्टको पासमा हाभार्टले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ४९औं मिनेटमा टिमो वेर्नरको पासमा हाभार्टले व्यक्तिगत दोस्रो […]

लेस्टरको पुनरागमन जित

१४ वैशाख, काठमाडौं । प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन जित हात पारेको छ । सोमबार राति भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेष्टरले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको हो । लेष्टरको मैदानमा भएको खेलको १२औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । पहिलो […]

घरेलु मैदानमा लिभरपुलको लगातार पाँचौ हार

२१ फागुन, काठमाडौं । साविक विजेता लिभरपुलले यस सिजन प्रिमियर लिगमा खराब प्रदर्शनलाई निरन्तरता दिँदा घरेलु मैदानमा लगातार पाँचौ हार व्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल चेल्सीसँग १-० ले पराजित भएको हो । मासोन माउन्टले चेल्सीको जितमा एक मात्र गोल गरे । माउन्टले ४२औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । त्यही गोल नै […]

लेस्टरविरुद्ध आर्सनलको पुनरागमन जित

१६ फागुन, काठमाडौं । लण्डन क्लब आर्सनलले प्रिमियर लिगमा लेस्टर सिटी विरुद्ध पुनरागमन जित हात पारेको छ । आइतबार एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्सनलले तेस्रो स्थानको लेस्टरलाई ३-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलको छैटौं मिनेटमै युरी थिलेमान्सले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर ३९ औं मिनेटमा आर्सनलका लागि […]

टोटनहमलाई हराउँदै वेष्टहम चौथो स्थानमा उक्लियो

९ फागुन, काठमाडौं । टोटनहम हट्सपरलाई पाजित गर्दै वेष्टहम युनाइटेड प्रिमियर लिगको अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । आइतबार भएको लण्डन डर्बी खेलमा वेष्टहमले टोटनहमलाई २-१ ले पराजित गरेको हो । घरेलु मैदानमा वेष्टहमलाई जित दिलाउन मिचेल एन्टोनिओ र जेस लिनगार्डले एक/एक गोल गरे । टोटनहमका लागि लुकास माउराले एक गोल फर्काए । खेलको पाँचौ […]

टोटनहमको पोष्टमा सिटीको ३ गोल, शीर्ष स्थानमा ७ अंकको अग्रता

२ फागुन, काठमाडौं । लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा टोटनहमलाई ३-० ले पराजित गरेको छ । इकाए गुन्डागोनको दुई गोल मद्दतमा सिटीले सहज जित हात पारेको हो । सिटीका लागि रोड्रीले अर्को एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा गुन्डागोनले ५०औं र ६६औं मिनेटमा गोल गरे । त्यसअघि रोड्रीले २३औं मिनेटमा गोल गरेका […]

साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

२६ माघ, काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ । इल्के गुन्डागोनको दुई गोल मद्दतमा लिग लिडर सिटीले लिभरपुललाई उसैको मैदानमा ४-१ ले पराजित गरेको हो । सिटीले सन् २००३ पछि लिभरपुललाई एनफिल्डमा पराजित गरेको हो । यस्तै सिटीका म्यानेजर पेप ग्वार्डिओलाले पनि पहिलो पटक एनफिल्डमा जित हात […]

सालाहको दुई गोलमा लिभरपुलको जित, तेस्रो स्थानमा उक्लियो

१९ माघ, काठमाडौं । मोहम्मद सालाहको दुई गोल मद्दतमा साविक विजता लिभरपुलले प्रिमियर लिगमा वेष्टह्यामलाई ३-१ ले पराजित गरेको छ । सहज जितपछि लिभरपुल अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जित दिलाउन सालाहले दुई गोल गर्दा जर्जिनियो विज्नाल्डमले एक गोल गरे । वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए । […]

म्यानचेष्टर सिटी विजयी, युनाइटेड र आर्सनलले अंक बाँडे

१८ माघ काठमाडौं । प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले जित हात पार्दा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । युनाइटेडले आर्सनलसँग बराबरी खेलेपछि सिटीले ३ अंकको अग्रता समेत बनाएको छ । शनिबार भएको खेलमा सिटीले सिटीले शेफिल्ड युनाइटेडलाई १-० ले पराजित गर्‍यो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रिएल जेससले खेलको नवौं […]

टोटनहमलाई हराउँदै लिभरपुल चौथो स्थानमा उक्लियो

१६ माघ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साविक विजेता लिभरपुलले टोटनहमलाई पराजित गरेको छ । जितपछि लिभरपुल एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लेको छ । लिभरपुलका लागि रोवर्टो फिरमिनो, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र साडियो मानेले गोल गरे । टोटनहमका लागि पिएरे एमिली होजवर्गले एक गोल फर्काए । घरेलु मैदानमा टोटनहमले तेस्रो मिनेटमै […]

पुछारको शेफिल्डसँग म्यानचेष्टर युनाइटेड स्तब्ध

१५ माघ काठमाठौं । प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड अंक तालिकामा पुछारमा रहेको शेफिल्ड युनाइटेडसँग पराजित भएको छ घरेलु मैदान ओल्डट्राफोर्डमै युनाइटेड शेफिल्डसँग २-१ ले पराजित भएको हो । यस सिजन शेफिल्डको यो दोस्रो जित हो । खेलको २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा शेफिल्डले अग्रता […]

वेष्टब्रोमको पोष्टमा ५ गोल गर्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

१४ माघ, काठमाडौं । वेष्टब्रोमलाई पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा सिटीले वेष्टब्रोमलाई उसैको मैदानमा ५-० ले पराजित गरेको हो । सिटीको लागि गुन्डागोनले दुई गोल गरे । यस्तै जाओ कान्सेलो, रियाद महारेज र रहिम स्टर्लिङले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमै गुन्डागोने गोल गर्दै सिटीलाई […]

बर्नलीसँग लिभरपुल पराजित

९ माघ, काठमाडौं । साविक विजेता लिभरपुल प्रिमियर लिगको पछिल्लो खेलमा बर्नलीसंग पराजित भएको छ । गएराति भएको लिगको एक मात्र खेलमा लिभरपुल बर्नलीसँग पराजित भएको हो । एस्ले बार्न्सले दोस्रो हाफमा गरेको एक मात्र गोलमा बर्नलीले लिभरपुललाई उसैको घरेलु मैदान एनफिल्डमा १-० ले पराजित गरेको हो । बार्न्सले ८३औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए […]

युनाइटेड पुनरागमन जितसहित शीर्ष स्थानमा फर्कियो, सिटी दोस्रो स्थानमा

८ माघ, काठमाडौं । फुलहमविरुद्ध पुनरागमन जितसहित म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा फर्केको छ । गएराति भएको खेलमा युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहमलाई उसैको मैदानमा २-१ ले हराएको हो । खेलको पाँचौ मिनेटमै एडेमोला लुकमनले गोल गर्दै फुलहमलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । २१औं […]

ओबामेयाङको दुई गोलमा आर्सनलको सहज जित

६ माघ, काठमाडौं । पिएरे एमरिक ओबामेयाङको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई पराजित गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले न्यूकासललाई ३-० ले हरायो । आर्सनलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । ५०औं मिनेटमा ओबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा बुकाया साकोले गोल गर्दै […]

चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम एफए कपको चौथो चरणमा

२७ पुस, काठमाडौं । प्रिमियर लिग क्लबहरु चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम हट्सपर एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । चेल्सीले चौथो डिभिजन क्लब मोरेकाम्बे, सिटीले दोस्रो डिभिजनको ब्रिमिङहम सिटी र टोटनहमले आठौं श्रेणीको मारिन लाई पराजित गर्दै राउण्ड अफ ३२ मा स्थान पक्का गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले मवरेकाम्बेलाई ४-० ले […]

शीर्ष स्थानको लिभरपुलसँग म्यानचेष्टर युनाइटेडको अंक बराबरी

१८ पुस, काठमाडौं । प्रिमियर लिगमा एस्टन भिल्लालाई पराजित गर्दै म्यानचेष्टर युनाइटेडले लिग लिडर लिभरपुलसग अंक बराबरी गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलको ४०औं मिनेटमा एन्टोनी मार्सियलले आरोन विन बिसाकाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा […]