Comments Add Comment

सेयर बजार

List Grid
सेयर मूल्यबारे जथाभावी अभिव्यक्ति नदिन बोर्डको चेतावनी

६ वैशाख, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक वा कुनै कम्पनी विशेषको सेयर मूल्य बढ्छ वा घट्छ भनेर जथाभावी अभिव्यक्ति नदिन नेपाल धितोपत्र बोर्डले सचेत गराएको छ । केहि विश्लेषक वा सक्रिय लगानीकर्ता भएको भन्दै कुनै कम्पनीको सेयर मूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति दिने गरेको पाइएको भन्दै बोर्डले यस्तो कार्य तत्कालै रोक्न आग्रह […]

सेयर बजारमा दोहोरो अंकको करेक्शन, कारोबार रकममा नयाँ रेकर्ड

५ जेठ, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घढेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ । दिनभर तीव्रउचारचढाव पछि अन्तिममा नेप्से परिसूचक घटेको हो । आइतबार, सोमबार र मंगलबार लगातार बढेको नेप्से बुधबार घटेको हो । लगातार बढेर कुनै एक […]

के हो प्रभु सेलेक्ट फण्ड, कसरी दिने आवेदन ?

४ वैशाख, काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजनाप्रभु सेलेक्ट फण्डकोयहीजेष्ठ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो । यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको […]

सेयर बजारमा नयाँ रेकर्ड, ११ अर्ब नाघ्याे काराेबार रकम

४ जेठ, काठमाडौं । मंगलबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ, जुन हालसम्मकै उच्च हो । बजारमा उल्लास देखिएको भन्दै सेयर लगानीकर्ताहरुले खुसी व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी […]

सेयर ब्रोकर र मर्चेन्ट बैंकलाई धितोपत्र बोर्डको ६ बुँदे निर्देशन

३० वैशाख, काठमाडौं । कोरोना सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको छ । बोर्डले बिहीबार एक निर्देशन जारी गर्दै कर्मचारीहरुलाई वर्क फ्रम होममा लगाउन र सिस्टम चलाउनका लागि बढीमा ३ जनामात्रै कर्मचारी कार्यालयमा खटाउन निर्देशन दिएको छ । कोरोना महामारीका कारण समस्यामा परेका साना […]

सेयर बजार– व्यापार र होटलले गुमाउँदा फाइनान्समा आकर्षण

३० वैशाख, काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । परिसूचक १० दशमलव १३ अंकले २ हजार ६ सय ८४ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रै सुधार देखिएको छ । दिनभर भएका ८६ हजार २ सय ९६ कारोबारबाट २ करोड १९ लाख […]

२७ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ६ अर्ब नजिक

२८ वैशाख, काठमाडौं । मंगलबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेको छ । कारोबार रकम पनि करिब ६ […]

राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य एकैदिन १७५० रुपैयाँले बढ्यो

२७ वैशाख, काठमाडौं । राष्ट्रि बिमा कम्पनी लिमिटेडेको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार एकैदिन १० प्रतिशत (१७५० रुपैयाँ)ले यस कम्पनीको सेयर मूल्य बढेर १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ । यो कम्पनीको संस्थापक समूह तर्फको सेयर मूल्य पनि सोमबार १० प्रतिशतले नै बढेको छ । एकैदिन १ हजार ५ सय […]

आईपीओ पर्‍यो भने कति फाइदा हुन्छ ?

२० वैशाख, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यसमा निकै आकर्षण बढेको हो । धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र […]

नेप्सेमा ऐतिहासिक रेकर्ड

२ वैशाख, काठमाडौं । २०७८ को पहिलो कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचकले ऐतिहासिक नयाँ रेकर्ड राखेको छ । नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेको छ। जुन, हालसम्मकै उच्च हो । नेप्से परिसूचकसँगै सेयर बजार पुँजीकरण समेतले नयाँ रेकर्ड राखेको छ । बिहीबारसम्मको पुँजीकरण […]

कोरोना महामारीमा झन् रेकर्ड नै रेकर्ड

३१ चैत, काठमाडौं । सेयर बजारमा २०७७ सालको अन्तिम कारोबार भएको दिन मंगलबार बजार परिसूचक नेप्से २३ दशमलव २३ अंकले बढेर २७१४ दशमलव ७९ अंकमा पुगेको छ । यो, हालसम्मै उच्च विन्दु हो । अर्थात् नेपाली सेयर बजारले एउटा इतिहास रचेर २०७७ साललाई बिदा गरेको छ । नेप्से परिसूचकमात्रै होइन यो वर्ष दैनिक हुने सेयर […]

सेयर लगानीकर्ताले गर्ने पाँच सामान्य गल्ती

२९ फागुन, काठमाडौं । सेयर बजारमा किन लगानी गरिन्छ ? यसको आधारभूत जवाफ हो, मुनाफा कमाउने । लगानी प्रतिफलकै लागि गरिने भए आफूले गरेको लगानीको सही ठाउँमा भएन भने डुब्छ । यस्तै सेयर बजार एउटा जोखिम भएको लगानी गर्ने ठाउँ हो । सबैले धेरै कमाउने उद्देश्यका साथ सेयर बजामार लगानी गर्छन् । कसैले धेरै कमाउँछन् […]

उच्च सेयर मूल्य भएका ५ कम्पनी : कति दिन्छन् लाभांश ?

२८ फागुन, काठमाडौं । नेपाली सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य कुन कम्पनीको होला ? अंकित मूल्य एक सय रुपैयाँ रहेको सेयर मूल्य कति प्रतिशतले बढेर कति पुग्यो होला ? २७ फागुनको तथ्यांक हेर्ने हो भने नेपाली सेयर बजारको सबैभन्दा धेरै मूल्य हुने कम्पनी युनिलिभर नेपाल लिमिटेड हो । यो कम्पनीको सेयर मूल्य १९ हजार […]

सेयर ग्राफः मोटाएको कि सुन्निएको ?

७ फागुन, काठमाडौं । गत साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ । यो साताको पहिलो दिन आइतबार पनि बजार झिनो […]

के हो ‘स्टक स्प्लीट’ ? यस्ताे छ सेयर मूल्यमा पर्ने सम्भावित असर

१५ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा कम्पनीले सेयर ‘स्प्लीट’ गर्ने प्रस्ताव राख्ने भएको छ । नेपाली सेयर बजारका लागि यो विल्कुलै नयाँ अभ्यास हुनेछ । भएको सेयरलाई खण्डीकरण गरेर संख्या बढाउनु ‘स्टक स्प्लीट’ हो । नेपाल लाइफले १ कित्ता सेयरलाई २ कित्ता बनाउने […]

सेयर बजारमा प्रवेश चाहनेलाई टिप्स : के हो आईपीओ ?

१३ माघ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । डिम्याट खाता प्रयोगकर्ता नै २६ लाख नाघिसके । यो लेख सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषयमा केन्द्रित छ । सेयर बजारमा दुईवटा बजार हुन्छ- प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक वा सिधै दोस्रो बजार प्रवेश गरेर सेयर कारोबार […]

पब्लिक भर्सेस प्रमोटर सेयर : कहीँ नभएको अभ्यास नेपालमा

२६ मंसिर, काठमाडौं । एउटा उखान छ- कहीँ नभएको जात्रा हाँडी गाउँमा । आजको नेपाली वित्तीय क्षेत्रलाई सम्झेर हिजै यो उखान बनेको प्रतित हुन्छ । नेपालका बैंक तथा वित्तीय क्षेत्रका साथै बिमा क्षेत्रमा पनि लगानीकर्ताहरुलाई प्रमोटर (संस्थापक) र अर्को पब्लिक (सर्वसाधारण) समूह भनेर दुई समूहमा विभाजन गरिएको छ । विश्वका अन्य देशमा नभएको अभ्यास नेपालले […]

सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्बको कारोबार

४ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको पुष्टि गरे । उनले भने, ‘यसअघि एकैदिन ४ अर्ब ८५ […]

पुराना सेयर लगानीकर्ताको अनुभव : रक्सीजस्तै नशा लाग्यो !

७ कात्तिक, काठमाडौं । ‘सेयर बजारमा लगानी किन गर्ने ?’ यसको सरल जवाफ हो, ‘नाफा कमाउन ।’ तर, यसबाट नाफाचाहिँ कति कमाइन्छ ? पहिलो प्रश्नको उत्तर जति सहजै मिल्छ, दोस्रोको मिल्दैन । अरु त अरु, विगत ४० वर्षदेखि निरन्तर सेयर बजारमा घोत्लिएका डमरु बल्लभ घिमिरेसँग पनि यसको सीधा उत्तर छैन । आफूले कति कमाएँ वा […]