Comments Add Comment

सेयर बजार

List Grid
टेलिकमलाई उछिन्दै बजार पुँजीकरणमा नम्बर एक बन्यो नबिल

८ साउन,काठमाडौं । नेपाल टेलिकमलाई उछिन्दै नबिल बैंक बजार पुँजीकरणमा पहिलो स्थानमा उक्लिएको छ । साताको अन्तिम कारोबार दिन नबिल बैंकको सेयर मूल्यमा आएको सुधारपछि पुँजीकरणमा नबिल एक नम्बर बनेको हो । बिहीबारको कारोबारपछि बैंकको बजार पुँजीकरण १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार रुपैयाँ कायम भएको छ । १३ करोड ४८ […]

ब्रोकर कमिसन र करको दर घटाउन अर्थमन्त्रीसँग सेयर लगानीकर्ताको माग

८ साउन, काठमाडौं । पुँजी बजार लगानीकर्ता दुई संगठनले ब्रोकर कमिशन र करको दर घटाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले शुक्रबार संयुक्त रुपमा भेटेर अर्थमन्त्री जनार्दन शर्मालाई यस्तो सुझाव दिएका हुन् । ब्रोकर कमिसन घटाउनुपर्ने, पुँजीगत लाभकरको दर घटाउनु पर्ने लगायतका सात बुँदे सुझाव नवनियुक्त अर्थमन्त्रीलाई बुझाइएको […]

लक्ष्मी इक्विटी फण्डले तोक्यो बुक क्लोज मिति

८ साउन, काठमाडौं । साउन ७ गते आकर्षक लाभांश घोषणा गरेको लक्ष्मी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनाका लागि बुक क्लोज मिति तोकेको छ । नगद लाभांश वितरणका लागि साउन १५ गते एक दिन बुकक्लोज गर्ने कम्पनीले जनाएको छ । अब साउन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरु लाभांशको हकदार हुनेछन् । आर्थिक वर्ष २०७७/७८ […]

एचआईडीसीएलको हकप्रद साउन २५सम्म भर्न पाइने

५ असार, काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आजदेखि ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले एक बरारबर एक अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन सकिने छ । जेठ २७ गतेसम्म […]

लक्ष्मी उन्नति कोषले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने

५ साउन, काठमाडौं । लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको नाफाबाट आफ्नो सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट इकाई धनीलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले लाभांशबारे निर्णय गरेको हो । लक्ष्मी बैंकले प्रवर्द्धन गरेको लक्ष्मी उन्नति […]

आईपीओ जारी गर्न सामलिङ पावर कम्पनीलाई अनुमति

४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ । बोर्डले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट क्यापिटल रहेको छ ।

मेरो सेयरमा थपियो ‘माइ होल्डिङ’ फिचर, कसरी गर्ने प्रयोग ?

४ साउन, काठमाडौं । मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नामक नयाँ फिचर थपिएको छ । सेयर बिक्री गर्दा उल्लेख गरिने सेयरको बिक्री स्रोत (माइ पर्चेज सोर्स)सँगै नयाँ फिचर ‘माइ होल्डिङ’ थप गरिएको हो । नयाँ आर्थिक वर्षसँगै दोस्रो बजारमा हुने सेयर खरिद बिक्रीको करमा भएको दुई थरी प्रावधानलाई सहजीकरण गर्न यस्तो फिचर थपिएको केन्द्रीय निक्षेप […]

सेयर बजारमा नयाँ रेकर्ड, नप्से परिसूचकले उच्च विन्दु छोयो

४ साउन, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार खुल्ने बित्तिक्कै ५० अंकले बढेको बजारमा नेप्से परिसूचक तीन हजार ३२ अंकमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सवैभन्दा उच्च बिन्दू हो । यसअघि जेठ ३१ गते नेप्से परिसूचक तीन हजार २५ अंकमा पुगेको थियो । त्यसपछिका एक महिना […]

सेयर बजारमा पुँजीगत लाभकरको नयाँ व्यवस्था कार्यान्वयनमा

१ साउन, काठमाडौं । सेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था आज शुक्रबारबाट कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेटले गरेको व्यवस्थाअनुसार अब दुई खाले लगानीकर्तालाई फरक-फरक पुँजीगत लाभकर लाग्ने छ । आइतबारदेखिको सेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्ने छ । बजेटले एक वर्षभन्दा कम […]

मानुषी लघुवित्त र सानिमा लाइफलाई आईपीओ ल्याउन अनुमति

१ साउन,काठमाडौं । धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स लाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको बोर्डका सूचना […]

युनियन लाइफको आईपीओमा हालसम्मकै उच्च आवेदन

२९ असार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा हालसम्मकै धेरै आवेदन परेको छ । ५८ लाख ५ हजार कित्ता सेयरका लागि २१ लाख ८२ हजार ८ सय ५५ वटा आवेदन परेको सीडीएस एण्ड क्लियरिङ हाउसले जनाएको छ । कम्पनीको प्रणालीमा आएको उक्त आवेदन हालसम्मकै सबैभन्दा धेरै भएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । न्यौपानेका […]

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट

२८ असार, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सोमबार बिहान गरेको बाँडफाँटमा ३६ हजार ३४९ जनाले लघुवित्तको सेयर प्राप्त गरेका छन् । जसमध्ये २ जना आवेदकको भागमा थप एक एकसहित ११ कित्ता शेयर प्राप्त गरेको बिक्री प्रबन्धकले जनाएको छ । लघुवित्तले […]

नेप्से परिसूचक ७३ अंकले बढ्याे, कारोबार रकममा पनि सुधार

२७ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आइतबार भने उछाल आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८९८ दशमलव ४३ अंकमा पुगेको छ । नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो । […]

बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी

२७ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकरको काम गर्न अनुमति दिने भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन आवश्यक तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशनसमेत दिइसकेका छन् । बैंकलाई लाइसेन्स दिने वा नदिने विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । बैंक तथा वित्तीय संस्थाहरुको […]

१४ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?

२६ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख सेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद सेयर भने हाइड्रो इलेक्ट्रिसिटी […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै

२६ असार, काठमाडौं । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्काशनका लागि संस्थाले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक […]

साताको सेयर बजार : कुनले कमाए ? कुनले गुमाए ?

२६ असार, काठमाडौं । असारको तेस्रो साता सेयर बजार समग्रमा घटेर बन्द भयो । सातामा भएका पाँच कारोबार मध्ये अन्तिम दिन बिहीबार दोहोरो अंकले बजार बढेर बन्द भएको थियो । बिहीबार बजार बढे पनि बाँकी चार दिन घटेका कारण सातामा नेप्से परिसूचक २७ दशमलव २४ अंकले घटेको छ । अघिल्लो २ हजार ८ सय ५२ […]

समाज लघुवित्तमा लगानीकर्ताको पुँजी १० महिनादेखि बन्धक

२५ असार, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थामा लगानीकर्ताहरुको पुँजी १० महिनादेखि बन्धक बनेको छ । समाज लघुवित्तले १० महिनाअघि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको थियो । आईपीओ जारी गरेर सूचीकृत भएसँगै एकदिन पनि कारोबार हुन नपाई यस संस्थाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरेको थियो । ६ असोजमा मर्जर सम्झौता गरेपनि […]

सेयर ब्रोकर कमिशन घटाउनुपर्छ : छोटेलाल रौनियार

२५ असार, काठमाडौं । इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियारले सेयर किनबेचमा लाग्ने ब्रोकर कमिशन घटाउनु पर्ने बताएका छन् । शुक्रबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको आगामी आर्थिक वर्षका लागि आउने नीति तथा कार्यक्रमका लागि सुझाव दिदै अध्यक्ष रौनियारले अहिले ब्रोकर कमिशन धेरै नै भएको बताए । केहि महिना अघि धितोपत्र बोर्डले कमिशन घटाए पनि […]

‘ब्रोकर कम्पनीले पनि आईपीओ जारी गर्न पाउनुपर्छ’

२५ असार, काठमाडौं । सेयर ब्रोकरहरुले पनि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्न पाउनुपर्ने माग गरेका छन् । शुक्रबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको आगामी आर्थिक वर्षका लागि आउने नीति तथा कार्यक्रमका लागि सुझाव दिदै स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले यस्तो माग गरेका हुन् । स्टक ब्रोकर कम्पनीहरु अहिले निजी कम्पनीहरुको रुपमा सञ्चालनमा […]

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट कहिले हुन्छ ?

२५ असार, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले प्रिअलटमेन्ट सकिएको र आगामी सोमबार आईपीओ बाँडफाँट हुने जानकारी दिए । कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ […]