Comments Add Comment

सेयर बजार

List Grid
नेप्सेलाई पनि अर्थले सोध्यो स्पष्टीकरण

१४ साउन, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिवादका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई पनि स्पष्टीकरण सोधेको छ । यस अघि मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई यो विष्यामा स्पष्टीकरण सोधेको थियो । अध्यक्ष ढुंगानाले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न […]

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

१४ साउन, काठमाडौं । भित्री सूचनाको आधारमा सेयर कारोबार  (इन्साइडर ट्रेडिङ) को आरोप लागेपछि नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टकोसेयर रहेको फेला परेपछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो । बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष […]

सानिमा लाइफको ६० लाख कित्ता आईपीओ आउँदै

१४ साउन, काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्सले आगामी २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन […]

जीवन विकास लघुवित्तको सेयर एक घण्टामा ७० कित्ता किनबेच

१४ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) सूचीकृत पश्चात बिहीबार पहिलो कारोबार भएको छ । यस संस्थाको ६० लाख ८४ हजार कित्ता आईपीओ बुधबार सूचीकृत भएको थियो । नेपाल स्टक एक्सचेञ्जले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसा देखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा मूल्य तोकेको थियो । तोकिएको अधिकतम […]

एनएलजी इन्स्यारेन्सको सेयर मूल्य समायोजन

१४ साउन, काठमाडौं । एनएलजी इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । एनएलजी इन्स्यारेन्सले दिन लागेको १० प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको हो । बुधबार बन्द भएको कारोबारलाई आधार मान्दै नेपाल स्टक एक्सचेञ्जले १ हजार १ सय ९८ रुपैयाँ १० पैसा मूल्य तोकिदिएको छ । अघिल्लो कारोबार बन्द हुँदासम्म यस कम्पनीको सेयर […]

आजबाट अर्को आईपीओ खुल्यो, कतिसम्म दिने आवेदन ?

१४ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन […]

नेप्से परिसूचक हालसम्मकै उच्च, कारोबार रकम भने घट्याे

१३ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो । यस अघि मंगलबार पनि २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको […]

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

१३ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सले बुधबार जीस्वन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम […]

सबैको लघुवित्तको नाफासँगै खराब कर्जा बढ्यो, प्रति सेयर आम्दानी कति ?

१३ साउन, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले मूनाफा आर्जनमा राम्रो प्रगति गरेको छ । मूनाफा राम्रो वृद्धि गरे पनि यस संस्थाको निस्कृय कर्जा भने बढेको छ । बुधबरा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षभित्र लघुवित्तले ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस लघुवित्तले ३ करोड ४४ […]

नबिल बैंकको डिबेञ्चरमा आवेदन दिने म्याद थपियो

१३ साउन, काठमाडौं । नबिल बैंक लिमिटेडको ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक डिबेञ्चरमा आवेदन दिने समय थप गरिएको छ । तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि समय थप गरिएको हो । नबिल बैंकले साउन १० गतेदेखि डिबेञ्चरको निष्काशन तथा बिक्री खुला गरेको थियो । १३ साउनसम्म आवेदन दिन सकिने भनिएकोमा पर्याप्त आवेदन […]

एचआईडिसीएलको हकप्रदका लागि आवेदन दिनुभयो ?

१३ साउन, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को हकप्रद सेयर खुला भएको छ । गत ५ साउनदेखि यस कम्पनीको हकप्रद सेयरमा आवेदन खुला भएको हो । एचआईडीसीएलका सेयरधनीहरुले १ बराबर एक कित्ताका दरले आवेदन दिन पाउँनेछन् । एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता खुला भएको […]

एनएलजी इन्स्योरेन्सको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

१३ साउन, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको भोलि बुक क्लोज हुने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो । यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश हात पार्नका लागि आज बुधबारसम्म सेयरधनी हुनुपर्ने छ । आजसम्म सेयरधनी भएकाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट […]

३२ कम्पनी प्राइभेटबाट पब्लिक बने, सेयर जारी गर्ने तयारी

१२ साउन, काठमाडौं । प्राथमिक शेयर (आईपीओ) वा एफपीओ निष्कासन गरेर कम्पनीमा सार्वजनिक लगानी भित्र्याउने उद्देश्य सहित विभिन्न क्षेत्रका तीन दर्जन हाराहारी कम्पनीले आफ्नो स्वामित्व परिवर्तन गराएका छन् । आर्थिक वर्ष २०७७/७८ मा त्यस्ता ३२ कम्पनीले स्वामित्व परिवर्तन गरेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । बिजनेस कम्प्लेक्स, रियल स्टेट, सूचनाप्रविधि, सञ्चारमाध्यम, सिमेन्ट उद्योग सहित निजी […]

नेप्से परिसूचक र कारोबार दुबै घट्यो

११ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा पनि गिरावट देखिएको छ । सोमबार दोस्रो बजारमा २२३ कम्पनीको […]

सेयर बजारमा दोहोरो रेकर्ड, लगानीमा कति जोखिम ?

१० साउन, काठमाडौं । आइतबार सेयर बजार ५४.३१ अंकले बढेर नेप्से परिसूचक ३०५८.६३ मा पुगेर रेकर्ड कायम भएको छ । आइतबार बजार पूँजीकरण ३८ अर्बले बढेर ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ पुगेको छ । लाभांशको आशामा लगानीकर्ताहरु वाणिज्य बैंकको शेयरमा आकषिर्त भएपछि बजारमा उछाल आएको हो । बजारको वृद्धिलाई जानकारहरुले बुलिस […]

विवरण बुझाउन सूचीकृत कम्पनीहरुलाई नेप्सेको निर्देशन

१० साउन, काठमाडौं । सूचीकृत कम्पनीलाई आवश्यक विवरण उपलब्ध गराउन नेप्सेले निर्देशन दिएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संस्थाहरुले वर्गिकरणका लागि विवरण माग गरिएको नेपल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । तोकेको ढाँचामा फारमभरी, कम्पनीको क्रेडिट रेटिङ गराएको मिति र अवधिसमेत जनाईसाउन १७ गतेभित्र पेश गर्न नेप्सेले निर्देशन […]

टेलिकमलाई उछिन्दै बजार पुँजीकरणमा नम्बर एक बन्यो नबिल

८ साउन,काठमाडौं । नेपाल टेलिकमलाई उछिन्दै नबिल बैंक बजार पुँजीकरणमा पहिलो स्थानमा उक्लिएको छ । साताको अन्तिम कारोबार दिन नबिल बैंकको सेयर मूल्यमा आएको सुधारपछि पुँजीकरणमा नबिल एक नम्बर बनेको हो । बिहीबारको कारोबारपछि बैंकको बजार पुँजीकरण १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार रुपैयाँ कायम भएको छ । १३ करोड ४८ […]

ब्रोकर कमिसन र करको दर घटाउन अर्थमन्त्रीसँग सेयर लगानीकर्ताको माग

८ साउन, काठमाडौं । पुँजी बजार लगानीकर्ता दुई संगठनले ब्रोकर कमिशन र करको दर घटाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले शुक्रबार संयुक्त रुपमा भेटेर अर्थमन्त्री जनार्दन शर्मालाई यस्तो सुझाव दिएका हुन् । ब्रोकर कमिसन घटाउनुपर्ने, पुँजीगत लाभकरको दर घटाउनु पर्ने लगायतका सात बुँदे सुझाव नवनियुक्त अर्थमन्त्रीलाई बुझाइएको […]

लक्ष्मी इक्विटी फण्डले तोक्यो बुक क्लोज मिति

८ साउन, काठमाडौं । साउन ७ गते आकर्षक लाभांश घोषणा गरेको लक्ष्मी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनाका लागि बुक क्लोज मिति तोकेको छ । नगद लाभांश वितरणका लागि साउन १५ गते एक दिन बुकक्लोज गर्ने कम्पनीले जनाएको छ । अब साउन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरु लाभांशको हकदार हुनेछन् । आर्थिक वर्ष २०७७/७८ […]

एचआईडीसीएलको हकप्रद साउन २५सम्म भर्न पाइने

५ असार, काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आजदेखि ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले एक बरारबर एक अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन सकिने छ । जेठ २७ गतेसम्म […]

लक्ष्मी उन्नति कोषले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने

५ साउन, काठमाडौं । लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको नाफाबाट आफ्नो सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट इकाई धनीलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले लाभांशबारे निर्णय गरेको हो । लक्ष्मी बैंकले प्रवर्द्धन गरेको लक्ष्मी उन्नति […]