Comments Add Comment

जुवातास

List Grid
भक्तपुरमा चिया पसलभित्र तास खेल्ने चार जना पक्राउ

२५ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थिमिले तास खेलिरहेको अवस्थामा चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१ का ५२ वर्षीय राजेन्द्रकुमार थापा, ४८ वर्षीय मनोज बानियाँ, ३० वर्षीय विश्व न्यौपाने र खोटाङका ४० वर्षीय नगेन्द्र राई छन् । थिमिका डीएसपी ऋषिराम कँडेलका अनुसार शनिबार साँझ ७ बजे विष्णुप्रसाद घिमिरेको घरमा श्याम […]

मोरङको बेलबारीमा जुवा खेलिरहेका ६ जना पक्राउ

२४ असोज, विराटनगर । मोरङको बेलबारी नगरपालिका वडा नं. ४ गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन् । सो टोलका अशोक राईको घरमा जुवा खेलिरहेकालाई शुक्रबार बेलुका साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका–३ मैनावारी टोल बस्ने ४० वर्षीय रित गुरुङ, बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग […]

विद्यालयभित्र तास खेल्ने प्रधानाध्यापकसहित ११ जना पक्राउ

१२ भदौ, चितवन । कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका  प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो १ बजेतिर […]

दरबारमार्गको होटलमा कौडा खेल्ने २७ जना पक्राउ

३० पुस, काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गको एक होटलमा कौडा खेलिरहेका २७ जनालाई पक्राउ गरेको छ । आइतबार होटल ल्याण्ड मार्कको तेस्रो तलामा कौडा खलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुबाट नगद ३ लाख ८९ हजार ५ सय २० रुपैयाँ, १ सय अमेरिकन डलर र १६ थान कौडा बरामद गरेको […]

ठमेलको अड्डामा प्रहरीको छापा, १३ जुवाडे पक्राउ

१२ कात्तिक, काठमाडौं । तिहार नजिकिँदै गर्दा काठमाडौं चल्ने जुवा अड्डा माथि प्रहरीले कारबाही तीव्र बनाएको छ । यसक्रममा ठमेलको एक जुवा अड्डाबाट १३ जुवाडे रंगेहात पक्राउ परेका छन् । सोह्रखुट्टे बृतको टोलीले ठमेलको एक होटलमा छापा मार्दा १३ जना जुवाडेहरु पक्राउ परेका हुन् । ठमेल स्थित होटल नेपाललयमा संचालित जुवाअड्डाबाट होटल संचालक धादिङ फुखर्कका […]