Comments Add Comment

दुर्घटना

List Grid
माडीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

२० साउन, काठमाडौं । चितवनको माडीमा ट्रकको ठक्करबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ की करिब ५ वर्षीया खुश्बु दुरा रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । बगहीबाट बसन्तपुरतर्फ आउँदै गरेको ना ५ ख ६९७९ नम्बरको ट्रकले बगही–बसन्तपुर सडकखण्ड अन्तर्गत गाविन्दबस्तीमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको […]

सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

१८ साउन, जनकपुरधाम । सर्लाहीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज. १ म. २३३ नम्बरको मोटरसाइकल शनिबार राति आपसमा ठोक्किएका थिए । दुर्घटनामा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी […]

मोटरसाइकल दुर्घटनामा प्रदेशसभा सदस्य थापा घाइते

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा मोटरसाइकल दुर्घटनामा घाइते भएकी छिन् । कैलालीको धनगढीबाट जुगेडातर्फ जाँदै गर्दा पछाडीबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए । उनले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको […]

सडक डिभाइडरमा बस ठोक्किँदा एक जनाको मृत्यु

१६ साउन, विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर–इटहरी सडकखण्डमा राखिएको डिभाइडरमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस बिहीबार राति ८ः३० बजेतिर आरती स्ट्रिप्स फ्याक्ट्री अगाडि डिभाइडरमा ठोक्किँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । […]

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

१६ साउन, चितवन । चितवनमा बसको ठक्करबाट एकजना प्रहरी हबल्दारको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती ५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थिए । थापा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको थियोे ।

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु

१२ साउन, धनगढी । कैलालीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका १ बैनियामा ना ६ ख ३२४० नम्बरको ट्रकको ठक्करबाट लम्कीचुहा नगरपालिकाका ६ पिपरकोटिकी २५ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको हो । सोमबार बिहान ट्रकले बोहोरा सवार से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको […]

रुपन्देहीमा ट्रक र जिप ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते

११ साउन, काठमाडौं । रुपन्देहीमा ट्रक र जिप एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका-५ बस्ने ४० वर्षीय होमबहादुर घर्ती मगर रहेका छन् । सैनामैना नगरपालिका-१ वनकट्टामा लु.१ ख ४७९५ नम्बरको ट्रक र लु.२ च २०२१ नम्बरको जिप आइतबार बिहान एकआपसमा ठोक्किँदा होमबहादुर गम्भीर घाइते […]

मकवानपुरमा ट्रक दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते

११ साउन, हेटौंडा । मकवानपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आइतबार बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका […]

रातो बत्तीमा बस कुदेपछि…

५ साउन, काठमाडौं । तिनकुनेमा ट्राफिक लाइटमा गाडी रोकिराखेको वेला सार्वजनिक बस कुध्दा तीन वटा सवारीसधानमा क्षति पुगेको छ । कोटेश्वरबाट तिनकुनेतर्फ आउँदै गरेको बा ३ ख ८६८१ नम्बरको सार्वजनिक बसले एउटै लेनमा रहेको तीन वटा निजी सानो गाडीलाई ठक्कर दिएको हो । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रहरी निरीक्षक राजन लामाका अनुसार घटनामा कोही पनि […]

सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

५ साउन, जनकपुरधाम । सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बरहथवाबाट नयाँ रोडतर्फ जाँदै गरेको बिआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.३८ प. ८०७४ नम्बरको मोटरसाइकल बरहथवा नगरपालिका ६ मा ठक्कर खाएको प्रहरीको भनाइ छ । उक्त दुर्घटनामा बीआर ३० […]

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

४ साउन, दाङ । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, […]

जीप दुर्घटना हुँदा रुपन्देहीमा एक जनाको मृत्यु, ४ घाइते

२८ असार, बुटवल । रुपन्देहीको रुद्रपुरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीपका चालक तिलोत्तमा ११ शिवपुरका ३८ वर्षीय सुरज खड्काको मृत्यु भएको हो । हरैयाबाट फायरलाइनतर्फ जाँदै गरेको बा १५ च ९३८९ नम्बरको जिप अनियन्त्रित भई सडक किनारको सालको रुखमा ठोक्किँदा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले […]

ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

२७ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ शंकरपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा सिद्वार्थ नगरपालिका–१ बेलहियाका २३ वर्षीय संयोग शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । बुटवलबाट भैरहवा जाँदै गरेको ना ५ ख ७८०६ नं.को ट्रकलाई […]

८ महिनाअघि दुर्घटनामा होस गुम्यो, उपचारमा सम्पत्ति

२५ असार, विराटनगर । २०७६ कात्तिक १२ गतेसम्म सुनसरी तरहराका गणेश राईको दैनिकी ठिकठाक थियो । परिवार पाल्ने माध्यम एउटा पसल थियो । छोरा सन्तोषलाई कोरियन भाषा पढाइरहेका थिए । उनी श्रीमती विष्णुलाई पसलमा काम सघाउथे । १२ कात्तिक तिहार परेका कारण उनी घरबाट टेम्पोमा दिदीको घर लेटाङ पुगे । लेटाङबाट घर फर्कदा टेम्पोसँगै लडेका […]

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

२४ असार, काभ्रे । काभ्रे, झापा र कास्कीमा भएमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नं.को गाडी ब्रेक […]

उद्धारमा हिँडेको सेनाको गाडी दुर्घटना

२० असार, बझाङ । केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसीमा गएको पहिरोमा पुरिएकाहरूको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको छ । केदारस्युँ गाउँपालिकाको वडा नम्बर चार बाग्थलामा नजिकै सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन् । गाडीमा १५ जना सवार थिए । अविरल […]

प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२० असार, प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं. ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं. को टिपर दुर्घटना हुँदा वडा नं. ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ […]

रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किँदा बाबु–छोराको मृत्यु

१५ असार,बुटवल । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना-१ का ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५० वर्षीय टेक बहादुर परियार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए । कपिलवस्तुबाट बुटवलतर्फत आउँदै गरेको लु […]

कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

१४ असार, बुटवल । कार दुर्घटनामा परी रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ । आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा […]

ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु

१३ असार, बुटवल । राजमार्गमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा बुटवलमा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कँवार र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रामनगरमा रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान गएराति […]

जिपको ठक्करले मोटरसाइकलमा सवार आमाछोराको मृत्यु

११ असार, सप्तरी । सप्तरीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा आमा छोराको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका ७ स्थित कल्याणपुर बजारमा स १ झ ७८७ नम्बरको जिपले आमा छोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए । मृत्यु […]