Comments Add Comment

दुर्घटना

List Grid
पलासे दुर्घटना : ठक्कर दिने जिपका चालक पक्राउ

१० मंसिर, काठमाडौं । प्रहरीले सडक दुर्घटनाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार बस्ने २४ वर्षीय अर्जुन विक रहेका छन् । बनेपाबाट काठमाडौं आउने क्रममा विकले चलाएको जिपले गत मंसिर ५ गते ठक्कर दिँदा भक्तपुर नगरपालिका–९ पलासेका ६५ वर्षीया ललितकुमारी कार्कीको मृत्यु भएको थियो । बाटो क्रस गर्ने क्रममा जिपले […]

बानेश्वर–शान्तिनगर खण्डमा बस, टिपर र कार ठोक्किए

१० मंसिर, काठमाडौं । काठमाडौंको नयाँबानेश्वर–शान्तिनगर खण्डमा बस, टिपर र कार आपसमा ठोक्किएका छन् । गएराति भएको यो दुर्घटनामा टिपर चालक गम्भीर घाइते भएका छन् । गएराति करिब साढे १० बजे बा ७ च ८८१७ नम्बरको कार र बा ३ ख ७१५७ नम्बरको मिनी ट्रक बिजुलीबजारतर्फबाट तिनकुनेतर्फ गइरहेका थिए । बानेश्वर चोकबाट करिब २ सय […]

रोकी राखेको बसमा ट्रक ठोक्किँदा ट्रक चालकको मृत्यु

९ मंसिर, काठमाडौं । कपिलवस्तुमा सडकमा रोकी राखेको बसमा भारतीय नम्बर प्लेटको ट्रक एक्कासी ठोक्किन पुग्दा ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा यूपी ४२ बीटी २३९१ नम्बरको भारतीय ट्रकका चालक भारत अयोध्या दर्शननगर बस्ने ६० वर्षीय मुन्नीलाल चौहान रहेका छन् । बुद्धभूमि नगरपालिका-२ गोरुसिंङ्गे जंगलस्थित सडकमा ना.८ ख २५२५ नम्बरको रोकी राखेको बसमा […]

अमेरिकी सेनामा कार्यरत नेपाली युवकको कार दुर्घटनामा मृत्यु

७ मंसिर, काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो । ओक्लाहोमा न्युज फोर अनलाइनका अनुसार दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट लागेका […]

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

७ मंसिर,बुटवल । बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोती रहेका छन् । बुटवलको नयाँ बसपार्क अगाडि आइतबार दिउँसो ४ बजे लु २ ख १९०५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवारी मानबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल […]

कार र टिपर ठोक्किँदा एकजनाको मृत्यु, तीन जना घाइते       

७ मंसिर, धादिङ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका-५ गलौँदीमा आइतबार बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका-१ का २४ वर्षीय केसीको मृत्यु भएको हो […]

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

७ मंसिर, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक […]

बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

५ मंसिर, काठमाडौं । सप्तरीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ बस्ने २५ वर्षीय सोनु पासवान रहेका छन् । शम्भुनाथ नगरपालिका–८ देवधार पुलस्थित सडकमा ना.५ ख ६६४४ नम्बरको बस र बा.४२ प १४२८ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो एकआपसमा ठोक्किँदा घटनास्थलमै पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ […]

सुर्खेतमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध

५ मंसिर, सुर्खेत । सुर्खेतको बोटेचौरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । शुक्रबार बिहानदेखि नै मृतकका आफन्तले गुर्भाकोटस्थित बोटेचौर बजारमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् । सल्लीबजारबाट मालारानी जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले बिहीबार साँझ ७ बजे ठक्कर दिँदा गुर्भाकोट नगरपालिका– ९, का ४८ वर्षीय धनबहादुर भण्डारीको […]

बिहेबाट फर्किँदै गरेको जीप उत्तरप्रदेशमा दुर्घटना, १४ जनाको मृत्यु

५ मंसिर, काठमाडौं । भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना गएराति भएको हो । चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा […]

बालकलाई ठक्कर दिने मोटरसाइकल चालकलाई पक्राउ नगरेको भन्दै स्थानीय आन्दोलित

३ मंसिर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । बुधबार बिहानदेखि नै मृतक बालकका आफन्तले वीरेन्द्रनगर स्थित जुम्लारोडमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१, का ३ वर्षीय बालक समीर नेपालीको मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले […]

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

३ मंसिर, जलेश्वर । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा बुधबार बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले घटनामा दाजुको मृत्यु भएको र नाम नखुलेको भाइको […]

तनहुँको मानुङडाँडा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते

३ मंसिर, तनहुँ । पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर दमौलीबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया […]

भाइटीकाको दिन भएको दुर्घटनामा बहिनीको मृत्यु, दाजु घाइते

२ मंसिर, काठमाडौं । भाइटीकाको दिन दाङ तुलसीपुरको गुल्म चोकमा भएको सवारी दुर्घटनामा बहिनीको मृत्यु भएको छ भने दाजु गम्भीर घाइते भएका छन् । रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई लु अ क ३९४६ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी मनिषा लामिछानेको मृत्यु भएको छ । उनका दाजु विराज लामिछाने गम्भीर घाइते […]

ट्रकले बसलाई ठक्कर दिँदा एकजनाको मृत्यु

२८ कात्तिक, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकमा ट्रकले बसलाई ठक्कर दिँदा शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार सर्लाही चक्रघटा गाउँपालिकास्थित बेलहीका ४० वर्षीय राज किशोर राय रहेका छन् । हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको ना.२ ख ७५३८ नम्बरको ट्रकले काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना.६ ख १०८५ नम्बरको बसलाई ठक्कर […]

गुल्मीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ७ जना घाइते 

२८ कात्तिक, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–२ मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक खेम गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए । दुर्घटनामा […]

मोटरसाइकलको ठक्करबाट कैलालीमा एकजनाको मृत्यु

२७ कात्तिक, कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका वडानम्बर ३ गोराङ्गेमा से४प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु भएको हो । उनको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी महिलाको टीकापुर अस्पतालमा उपचारका […]

कलंकीमा दुई वटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको […]

दाङ देउखुरीमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

२६ कात्तिक, लमही । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराति ८ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भालुबाङले दिएको जानकारी […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । कपिलवस्तु र सुनसरीमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियास्थित सडकमा रा.१ ख १६९३ नम्बरको टिपरले लु.२९ प ६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका-११ थुनिया बस्ने ४९ वर्षीय सुरेश तेलीको मृत्यु भएको हाे । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई बुद्धपोली क्लिनिक […]

थानकोटमा युवकलाई ठक्कर दिने बस पेप्सीकोलामा भेटियो

२५ कात्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिका–७, थानकोटमा पैदलयात्रुलाई ठक्कर दिएर भागेको गाडी पेप्सिकोलामा भेटिएको छ । मंगलबार बिहान साढे ४ बजे बेबी पाउरोटी कारखाना नजिक तरकारी बोकेर बाटो काट्दै गरेका महादेवस्थानका २५ वर्षीय नविन लोहारलाई ठक्कर दिएको बस पेप्सिकोलामा भेटिएको हो । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार क्लोज सर्किट (सीसी) क्यामराका आधारमा […]