Comments Add Comment

दुर्घटना

List Grid
ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु   

६ चैत, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा शुक्रबार बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् । प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ना२१प ३७ नम्बरको स्कुटरलाई […]

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते

३ चैत, काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् । कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए । मृत्यु हुनेमा कमलामाइ […]

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

२७ फागुन, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–११ विद्युत चोकमा गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । भे १ क ११०० नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय जयकण मल्लको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका मल्लको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो […]

अछाममा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना, १५ जना घाइते

२६ फागुन, डोटी । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर र्दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् । प्रहरीका अनुसार दुर्गा देवी माध्यमिक विद्यालयका विद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिका–७ नन्देगडाको दुबातल भन्ने ठाउँमा दुर्घटनामा परेको अछामका प्रहरी प्रमुख तुल्सीराम अर्यालले जानकारी दिए । अर्यालका अनुसार उनीहरु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा […]

बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते

२५ फागुन, काठमाडौं । झापामा बस र स्कुटर एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका-९ एलम्बर चोकस्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख २७४६ नम्बरको बस र को ३८ प ४१९४ नम्बरको स्कुटर मंगलबार एकआपसमा ठोक्किँदा इलामको चुलाचुली गाउँपालिका-४ बस्ने ३८ वर्षीय राजेन्द्र देवानको मृत्यु भएको प्रहरीले […]

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२४ फागुन, काठमाडौं । धनकुटाको सहिदभूमि गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–७ चाम्चास्थित भित्री सडकमा ना ५ त १९७१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया मनकुमारी राईको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिएर फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गाडीले ठक्कर दिँदा स्कुटर चालककाे मृत्यु

२३ फागुन, काठमाडौं । पोखराको बुलौदीमा स्कुटरलाई गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । ग ५ प ८३६४ नम्बरको स्कुटरलाई नम्बर नखुलेको सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक धनकुटा शहीद भूमि गाउँपालिका–१ हुगुवा घर भई पोखराको बैदाम बस्ने ४७ वर्षीय जितबहादुर राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी […]

बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

२३ फागुन, सप्तरी । सप्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका-५ तारखोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४० प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रौतहटको देवाही गोनाही नगरपालिका-९ घरहरी निवासी ब्रम्हदेव साह भनिने ६५ वर्षीय रेखा दासको मृत्यु भएको प्रहरीले जनाएको छ । रौतहटकै इटबालस्थित राम मन्दिरका […]

छात्रा मृत्यु प्रकरण : जावलाखेलमा विद्यार्थीहरुको प्रदर्शन

१९ फागुन, काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि विद्यार्थीहरुले ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । ठक्कर दिने चालकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले महानगरीय प्रहरी परिसर जावलाखेल अगाडिको सडकमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । ललितपुरको नख्खुदोबाटोमा आज बिहान स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सिन्धुपाल्चोक घर भइ […]

बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

१८ फागुन, बाँके । बाँकेको कोहलपुरमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार कोहलपुर नगरपालिका-५ किरन नाला नजिक सडकमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ बस्ने २५ वर्षीय […]

धुलिखेलमा कार रेसिङ खेलमा दुर्घटना हुँदा युवकको मृत्यु

१७ फागुन, काठमाडौं । शाहसिक र मनोरञ्जनात्मक भनेर खेलाइएको कार रेसिङमा दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं बौद्ध तिनचुलीका १६ वर्षीय तेञ्जी सेञ्जिङ छन् । दुर्घटनामा किशोरको मृत्यु भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख भुपेन्द्रबहादुर खत्री पनि धुलिखेल नगरपालिकाको बिकट क्षेत्रमा रहेको अल्टिमेट हिमालय मोटरल्याण्डमा पुगेका थिए […]

घाइतेलाई उपचार गर्न पोखरा जाँदै गरेको जिप म्यादीमा दुर्घटना, एकको मृत्यु, चार घाइते

१४ फागुन, बेनी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर पोखरा जाँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप गएराति सडकबाट म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु […]

छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु

१३ फागुन, काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मकवानपुर, बर्दिया, चितवन र सुनसरीमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रकले एक गाडीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । विहीबार बिहान ना ६ ख ४०४४ नम्बरको ट्रकले ना […]

दुर्घटनाका घाइतेको प्रदेश प्रमुखले गरे उद्धार

११ फागुन, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जंगलमा मोटरसाइकल दुर्घटनामा घाइते भएका ४ जनालाई प्रदेश प्रमुख राजेश अहिराजले उद्धार गरी अस्पताल पठाएका छन् । लमहा जंगलको लच्कानजिकै बीआर ३० जे ९३९७ नम्बरको भारतीय र ना ५६ प ७३६५ नम्बरको नेपाली मोटरसाइकल ठोक्किदा जीतबहादुर पहरी, सुरज पहरी, विकास यादव, चित्ररेखा यादव घाइते भएका थिए […]

ट्राफिक चेकिङमा रहेका बेला स्कुटर चालकको दुर्घटनामा मृत्यु

१० फागुन, काठमाडौं । ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि सोमबार दिउँसो ट्राफिक प्रहरीको आकस्मिक चेकिङ थियो । चेकजाँच गरिरहँदा प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटर अगाडि आयो, ट्राफिकले रोक्न संकेत गर्दागर्दै अघि बढ्यो । प्रत्यक्षदर्शी मुकुन्द घिमिरेका अनुसार त्यहाँ उभिएका ट्राफिक प्रहरीले पछाडिबाट स्कुटर तानेर रोक्ने कोशिस गरे । त्यसक्रममा स्कुटर अनियन्त्रित भयो र […]

ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

१० फागुन, काठमाडौं । ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरमा सवार करिब ३३ वर्षीय महिला रहेकी छन् । सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर […]

भ्यानको ठक्करबाट एकजनाको मृत्यु

१० फागुन, वीरगञ्ज । बारामा सवारी र्दुघटनामा परी एकजनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको हो । वीरगञ्ज–कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका– ३ स्थित अस्थायी ट्राफिक प्रहरी कार्यालय अगाडि उनलाई म्याजिक भ्यानले ठक्कर दिएको थियो । कलैयाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना १ ज ८८३९ नम्बरको भ्यानले ना […]

स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु, एकजना घाइते

६ फागुन, बुटवल । रुपन्देहीमा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-११ स्थित कुमारी चाेकमा बसको ठक्करबाट मर्निङवाकमा निस्किएका सोही ठाउँ बस्ने ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको हो । बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया र स्थानीय आरती थापालाई शान्ती नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसले ठक्कर […]

बालकको मृत्यु भएपछि गाउँलेले गाडी जलाए

५ फागुन, सुर्खेत । कालिकोटमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीले ठक्कर दिने गाडी नै जलाइदिएका छन् । भे १ ज ११४९ नम्बरको गाडीले ठक्कर दिदा बुधबार साँझ रास्कोट नगरपालिका–७, सान्नीघाट बजारका तीन वर्षीय प्रेम सिम्खडाको मृत्यु भएको थियो । सिम्खडाको मृत्युपछि आक्रोशित स्थानीयले ठक्कर दिने गाडीनै जलाइदिएका हुन् । घटनास्थलमै बालकको मृत्यु भएपछि […]

गुल्मीमा जीप दुर्घटनामा ३ जनाको मृत्यु, ६ घाइते

५ फागुन, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने दुर्घटनामा परेको हो । दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ […]

कालीकोटमा जिपको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

५ फागुन, कालीकोट । कालीकोटमा जिपको ठक्करबाट तीन वर्षीया बालकको मृत्यु भएको छ । राष्कोट नगरपालिका-६ सान्नीघाटमा भे.१ ज ११४९ नम्बरको जिपले बुधबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने गोविन्द सिम्खडाको ३  वर्षीय छोरा मनोज सिम्खडाको घटनास्थलमै मृत्‍यु भएको हो । जिप चालक इलाम सन्दकपुर गाउँपालिका-३ बस्ने ३५ वर्षीय उमाकान्त पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]