Comments Add Comment

प्रदर्शन

List Grid
पाथीभरा नाम हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

९ वैशाख, काठमाडौं । किरातीहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ बचाउन माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा मण्डलामा प्रदर्शन गरिएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी अतिक्रमण गरेको भन्दै अभियन्ताहरूले प्रदर्शन गरेका हुन् । किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति, याक्थुङ लेखक संघ, आदिवासी जनजाति साहित्यकार महासंघ तथा उपत्यकाव्यापी सडक विस्तार […]

‘ट्याक्स नलगाउ प्याडमा’ भन्दै काठमाडौंमा प्रदर्शन

२४ फागुन, काठमाडौं । महिनावारीको समयमा लगाउने प्याडमा समेत सरकारले कर लगाएको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संरक्षक समूह नेपालको ब्यानरमा सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । ‘ल्याऔं कमी भ्याटमा, ट्याक्स नलगाउ प्याडमा’, ‘महिनाको महिनावारी, प्याडको लागि सरकार जिम्मेवारी’ लगायत नारा लेखिएका प्लेकार्डसहित किशोरीहरुले प्रदर्शन गरे […]

बलात्कारीलाई कारबाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन

१५ फागुन, कोहलपुर । बलात्कारमा संलग्नलाई तुरुन्त पक्राउ गरी कारबाहीको माग गर्दै शनिबार बाँकेको कोहलपुरमा प्रदर्शन भएको छ । नेपालगञ्जकी एक किशोरीमाथि भएको बलात्कारमा संलग्नलाई लामो समयसम्म पनि पक्राउ गर्न प्रशासन असफल भएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समितिले कोहलपुरमा प्रदर्शन गरेको हो । दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने उक्त संगठनकी कोहलपुर […]

महिला हिंसा र बलात्कारविरुद्ध सप्तरीमा प्रदर्शन

९ फागुन, सप्तरी । देशमा बढिरहेको महिला हिंसा र बलात्कारविरुद्ध आइतबार सप्तरीमा प्रदर्शन गरिएको छ । नेकपा प्रचण्ड–माधव समूह निकट अखिल नेपाल महिला संघले सदरमुकाम राजविराजमा प्रदर्शन गरेको हो । मदननगरस्थित पार्टी कार्यालयबाट निकालिएको महिलाहरुको बिरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महिला […]

विप्लव नेतृत्वको नेकपासहित चार दलीय मोर्चाद्वारा बुटवलमा प्रदर्शन

६ फागुन, बुटवल । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका चार दलको रणनैतिक मोर्चाले संसदीय व्यवस्थाको विकल्पका लागि भन्दै बुटवलमा प्रदर्शन र सभा गरेको छ । माघ २९ गते काठमाडौंमा रणनैतिक मोर्चा घोषणा गरेको उक्त मोर्चाले बुटवलमा पहिलो खुल्ला सभा गरेको हो । प्रतिनिधि सभा विघटनपछि मुलुक यसको पक्ष र विपक्षमा ध्रुवीकृत भइरहेका बेला […]

प्रचण्ड-माधव समूहको विरोधसभालाई १४ नेताले सम्बोधन गर्ने

२८ माघ, काठमाडौं । नेकपा (प्रचण्ड-माधव) समूहले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई १४ जना नेताहरुले सम्बोधन गर्ने भएका छन् । संसद विघटनको विरोधमा आयोजित सभालाई अध्यक्ष प्रचण्ड र माधव नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रघु जी पन्त, देव गुरुङ, जनार्दन शर्माले सम्बोधन गर्ने छन् । यसैगरी सन्तकुमार चौधरी, रामचन्द्र झा, रामकुमारी झाँक्री, महफुज अन्सारी, भानुभक्त […]

कालीकोटमा गृहमन्त्रीविरुद्ध प्रदर्शन

१२ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले कालीकोटमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेकपा ओली समूहले आयोजा गरेको आमसभालाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला समेत रहेको कालिकोटमा गृहमन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन समेत […]

विद्यार्थीद्वारा वीरगञ्ज महानगरपालिका घेराउ

११ माघ, वीरगञ्ज । परीक्षा नजिक आइसक्दा समेत विद्यालयमा विषयगत शिक्षक नभएको भन्दै वीरगञ्जस्थित एक विद्यालयका विद्यार्थीहरुले महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । वीरगञ्ज–१६ नगवास्थित नगवा माविमा अध्ययनरत कक्षा ८,९ र १० का विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । नगवा मावि कक्षा १० मा अध्ययनरत एक विद्यार्थीका अनुसार विद्यालयमा ६ महिनादेखि विज्ञान शिक्षक छैनन् । […]

सरकारविरुद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन

१७ पुस, काठमाडौं । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ । प्रदर्शनमा राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर प्रदर्शनकारी सहभागी छन् । प्रदर्शनपछिको […]

प्रचण्ड-माधव समूहले आज देशभर विरोध प्रदर्शन गर्दै, उपत्यकाका ८ स्थानबाट जुलुस निस्किने

१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट […]

संसद विघटनविरुद्ध प्रचण्ड-माधव नेपाल सडकमा (फोटो फिचर)

१० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । यो समूहबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म पुगेको हो । प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै […]

काठमाडौंमा अमेरिकासहित ९ देशका दूतावास अगाडि प्रदर्शन

२५ मंसिर, काठमाडौं । मानवअधिकारकर्मीहरुले नेपालस्थित नौ वटा दूवातावास अगाडि बिहीबार एकैसाथ प्रदर्शन गरेका छन् । आणविक अस्त्र निषेध सन्धी शीघ्र अनुमोदन गर्न माग गर्दै उनीहरुले काठमाडौंस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र ललितपुरस्थित उत्तर कोरियाली दूतावास अगाडि एकसाथ प्रदर्शन गरेका हुन् । ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पारेर गरिएको प्रदर्शनमा […]

काठमाडौंमा नेविसंघको विरोध प्रदर्शन

१६ कात्तिक, काठमाडौं । भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा र्‍याली र प्रदर्शन गरेको हो । सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले […]

बुटवलमा निषेधित क्षेत्रमै प्रदर्शन

१८ असोज, बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ (राप्ति उपत्यका क्षेत्र) सार्ने प्रस्तावको विरोधमा बुटवलमा दुई दर्जन व्यवसायिक संस्थाहरुले संयुक्त प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालयले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी चार दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको ठाउँमै प्रदर्शन भएको हो । रुपन्देहीलाई राजधानी कायम गर्न माग गर्दै […]

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटो फिचर)

४ असोज, काठमाडौं । डाक्टर गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ । ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ले आइतबार माइतिघर मण्डलामा प्रर्शन गरेको हो । डाक्टर गोविन्द केसी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा अनसन बसेका छन् । यो उनको १९ औं अनसन हो । स्वास्थ्यमा समस्या देखिन थालेपछि डाक्टर केसीलाई शनिबार […]

बेलारुसका राष्ट्रपतिविरुद्ध राजधानी मिन्स्कमा हजारौंको प्रदर्शन

काठमाडौं । बेलारुसको राजधानी मिन्स्कमा राष्ट्रपति लुकासेन्को नेतृत्वको सरकारको विरोधमा ठूलो प्रदर्शन गरिएको छ । राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले चुनावमा धाँदली गरेको आरोपमा हजारौंको संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग्दै मिन्स्कको सडकमा प्रदर्शन गरेका हुन् । अर्कोतर्फ राष्ट्रपति लुकासेन्कोले भने यस विरोध प्रदर्शनलाई दबाउने नीति लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । उनले यो आन्दोलन विदेशीको […]

केपी ओलीका समर्थकलाई कोरोनाको जोखिम छैन ?

२५ असार, काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) भाइरसको महामारीलाई कारण देखाउँदै २५ जनाभन्दा बढी भेला हुन पाउने नीति अख्तियार गरेको छ । तर, सरकारी नीतिको अवज्ञा गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उपत्यकाका ६ ठाउँसहित विभिन्न जिल्लामा प्रदर्शन भए । प्रधानमन्त्रीको समर्थनमा भएका प्रदर्शनहरुमा सुरु–सुरुमा २५ जनाभन्दा कम मानिसहरु देखिए पनि बुधबार सयाै‌ँको संख्यामा […]

प्रधानमन्त्री ओलीको पक्षमा चितवनमा प्रदर्शन

२४ असार, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल कम्युनिस्ट पार्टीभित्रै राजीनामा माग गरिएको विरोधमा चितवनको भरतपुरमा प्रदर्शन गरिएको छ । भरतपुरको चौबिसकोठी क्षेत्रमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गर्दै केपी ओली नेतृत्वको सरकार पाँच वर्ष नै चल्नुपर्ने माग गरे । राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटोसहित प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीले ‘सरकार ढाल्न पाइँदैन’, ‘पार्टी […]

चिनियाँ दूतावास अगाडि प्रदर्शन

२३ असार, काठमाडौं । ‘गो ब्याक चाइना’ भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । ८/१० जनाको समूहले प्रदर्शन गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले नेताहरुसँग भेटवार्ता तीव्र बनाएकी छन् । प्रदर्शनमा सहभागीहरुले राजदूत यान्छीको तस्वीर र ‘गो ब्याक चाइना’ भन्ने प्ले कार्ड बोकेका थिए […]

नागरिकता ऐन संशोधन विधेयकविरुद्ध वीरगञ्जमा प्रदर्शन

६ असार, वीरगञ्ज । नागरिकता ऐन संसोधन विद्येयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीका युवाहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् । युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गर्दै प्रदर्शन गरेका हुन् । सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्न लागिएको उनीहरुको भनँइ […]

युवा, महामारी र नेपाल स्प्रिङ

प्रसिद्ध जापनिज दार्शनिक डाईसाकु ईकेडाले ‘द न्यु ह्युमन रिभुलुसन’ को भोल्युम ३ मा “इतिहास सधैँ युवाहरूले रच्ने गरेका छन्” भनेर लेखेका छन् । युवाहरूद्वारा रचिएका अधिकांश इतिहासहरू भेटिन्छ। त्यसकै एउटा उदारण हो “अरब स्प्रिङ” क्रान्ति । त्यसबखत अरब स्प्रिङमा होमिएका युवाहरू आज हरेक अभियन्ताका लागि उत्प्रेरक बनेको छन् । सन् २०१० डिसेम्बरमा अफ्रिकी मुलुक ट्युनिसियाबाट […]