Comments Add Comment

रियल मड्रिड

List Grid
रियल मड्रिडका नयाँ स्टार – एक भिन्सियसमा दुई रोनाल्डो !

काठमाडौं । क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छाडेर इटाली लागेपछि ग्यारथ बेलका लागि आफूलाई प्रमाणित गर्दै पुनः उदाउने अवसर हुने अनुमान गरिएको थियो । तर, वेल होइन, १८ वर्षका ब्राजिलियन भिन्सियस जुनियर बर्नाबेउको केन्द्रमा छन् । रियल मड्रिड प्रशिक्षक सान्टियागो सोलारीले मात्रै होइन, दर्शकले पनि भिन्सियसमाथिको विश्वास बढाइरहेका छन् । मड्रिडको खेल भइरहेका बेला स्टेडियमदेखि सामाजिक […]

रियल मड्रिडद्वारा लेगानेस पराजित

२६ पुस, काठमाडौं । रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलमा लेगानेसलाई पराजित गरेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको कोपा डेल रे फुटबलको पहिलो लेगमा रियलले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा सर्जियो रामोस, लुकास भाजक्वएज र भिनिसियस जुनियरले गोल गरे । खेलको ४४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रामोसले […]

रियल मड्रिडका प्रशिक्षक भन्छन् : अवस्था जे होस् म लडिरहन्छु

५ कात्तिक, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगीलाई एल क्लासिको अघि नै बर्खास्त गर्ने हल्ला चलिरहेका बेला उनले अवस्था जे भए पनि आफू लडिरहने बताएका छन् । च्याम्पियन्स लिगमा बुधबार राति पौने १ बजे प्लेजेनसँगको खेलअघि गरिएको पत्रकार सम्मेलनमा लोपेटेगीले यस्तो बताएका हुन् । २००१/०२ को सिजन पछि ला लिगामा सबैभन्दा खराब […]

पहिलो इएल क्लासिकोको मिति तोकियो

काठमाडौं । यो सिजनको पहिलो इएल क्लासिकोको मिति तय भएको छ । लिग च्याम्पियन बार्सिलोना र रियल मड्रिड अक्टोबर २८ मा भिड्ने छन् । यो इएल क्लासिकोमा क्रिष्टियानो रोनाल्डो भर्सेस लिओनल मेस्सी हुने छैनन् । यो सिजनको सुरुवातमै रोनाल्डो युभेन्टस गएका छन् । यही साता दुबै क्लबको च्याम्पियन्स लिगको समूह चरणको खेल पनि छ । […]

मेस्सीका लागि च्याम्पियन्स लिग जित्न चाहन्छन् स्वरेज

काठमाडौं । प्रतिद्वन्द्वी रियल मड्रिड लगातार तीन पटक युरोपियन च्याम्पियन बनेपछि बार्सिलानाले यो सिजन उपाधि च्याम्पियन्स लिग जित्ने संकल्प गरेको छ । यदि बार्सिलोनाले यो सफलता पाएमा लुइस स्वरेज आफ्ना स्ट्राइकर पार्टनर लिओनल मेस्सीका लागि खुशी हुनेछन् । उरुग्वेका स्वरेजलाई लाग्छ कि मेस्सी चारभन्दा बढी च्याम्पियन्स लिग उपाधिका हकदार थिए ।’च्याम्पियन्स लिग यस्तो प्रतिस्पर्धा हो, […]

मारियानोले पाए रोनाल्डोको ७ नम्बर जर्सी

१५ भदौ, काठमाडौं । फ्रान्सेली क्लब लायनबाट स्पेनिस क्लब रियल मड्रिड गएका स्ट्राइकर मारियानो मेजिया ७ नम्बर जर्सीमा देखिने भएका छन् । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि खाली रहेको ७ नम्बर जर्सी रियल मड्रिडले मारियानोलाई दिएको हो । रोनाल्डोले क्लब छाडेसँगै ७ नम्बर जर्सी कसले लगाउला भनेर फुटबल समर्थकमाझ बहस चलिरहेको थियो । अप्रत्याशित […]

कस्तो रहला रोनाल्डोबिनाको रियल मड्रिड ?

१७ साउन, काठमाडौं । गत मे महिनामा रियल मड्रिडले लगातार तीन सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेर आधुनिक फुटबलमा नयाँ कीर्तिमान बनायो । उसले पछिल्ला पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि उचालेर विश्व क्लब फुटबलमा आफ्नो दबदबा देखाएको थियो । कीर्तिमानी जितपछि रियल मड्रिडमा रहँदा आफूलाई गर्व लागेको बताएका प्रशिक्षक जिदेदिने जिदानले पदबाट जब […]

एल क्लासिको : अपराजित बार्सिलोना कि रियल मड्रिडको साख ?

२३ वैशाख, काठमाडौं । क्लब फुटबलमै सबैभन्दा ठूलो मानिने एल क्लासिको अर्थात बार्सिलोना र रियल मड्रिडको आज आमने सामने हुँदै छन् । बार्सिलोनाले उपाधि जितिसकेपछि हुन लागेको एल क्लासिको इतिहासकै पहिलो हो । ला लिगामा आज राति साढे १२ बजे बार्सा र मड्रिडको खेल हुँदैछ । सिजनकै अन्तिम एल क्लासिको जितेर बार्सा ला लिगामा अपराजित […]

एल क्लासिको : अपराजित बार्सिलोना कि रियल मड्रिडको साख ?

२३ वैशाख, काठमाडौं । क्लब फुटबलमै सबैभन्दा ठूलो मानिने एल क्लासिको अर्थात बार्सिलोना र रियल मड्रिडको आज आमने सामने हुँदै छन् । बार्सिलोनाले उपाधि जितिसकेपछि हुन लागेको एल क्लासिको इतिहासकै पहिलो हो । ला लिगामा आज राति साढे १२ बजे बार्सा र मड्रिडको खेल हुँदैछ । सिजनकै अन्तिम एल क्लासिको जितेर बार्सा ला लिगामा अपराजित […]

च्याम्पियन्स लिग : रियलको इतिहास कि बायर्नको पुनरागमन ?

१८ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा आज राति स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल प्रवेशको लागि हुने खेल युरोपियन फुटबल प्रतिष्ठासँग जोडिएको छ । खेल रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ । यो सिजन बुण्डेस लिगामा एकछत्र […]

बार्सिलोना खस्किएसँगै ला लिगाले पायो नयाँ जीवन

१८ फागुन, काठमाडौं । केही हप्ता अगाडिसम्म कसैले भेट्टाउन नसक्ने ठाउँमा देखिएको टिम बार्सिलोना अहिले एकाएक खस्किएको छ । पछिल्ला म्याचहरुमा उनीहरुको कमजोर प्रदर्शनका कारण निकटतम प्रतिस्पर्धी एट्लेटिको मड्रिडसँगको अन्तराल आधा कटौती भएको छ । अहिले बार्सिलोना र एट्लेटिको मड्रिडबीच ५ अंकको अन्तराल बाँकी छ । यसका अतिरिक्त, डियगो सिमेओनको टोली क्याम्प नोउको अर्को भ्रमणकर्ता […]

मेरो सन्देशले काम नगरेको भोलिपल्ट रियल मड्रिड छाड्छु : जिदान

  १२ माघ, काठमाडौं । लेगानेससँग पराजित हुँदै कोपा डेल रेबाट बाहिरिएपछि सान्टिएगो बेर्नाबाउ थप समस्यामा देखिएको छ । प्रशिक्षक जिनेदान जिदानको निर्णयबारे पनि प्रश्न उठेको छ । तर, फ्रान्सेली प्रशिक्षकले भनेका छन् कि यदि उनको सन्देशले काम गरेन भने पद छाड्न तयार छन् । डिपोर्टिभोमाथि ७-१ को जितपछि रियल मड्रिड आफ्नो लयमा फर्किन सक्ने […]

पीएसजी भर्सेज मड्रिड : एउटा शिखरमा, अर्को रसातलमा

३ माघ, काठमाडौं । रियल मड्रिड र पेरिस सेन्ट जर्मन  (पीएसजी) च्याम्पियन्स लिगको अन्तिम १६ मा भिड्नुअघि दुई क्लबहरुबीचको अन्तरबारे फुटबल जगतमा बहस भइरहेको छ । यिनीहरु एउटै सौर्य प्रणालीका अंग हुन् वा अत्यन्तै टाढा रहेका दुई भिन्न आकाश गंगाहरुसँग सम्वन्धित छन् भनेर फुटबल पण्डितहरुले पहिल्याउन सकेका छैनन् । १४ फेब्रुअरीमा इस्टाडियो सान्टियागो बेर्नाबेउमा आमनेसामने […]

रियल मड्रिड अन्तिम १६ मा, रोनाल्डोले बनाए अर्को रेकर्ड

६ मंसिर, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को रेकर्ड बनाउँदा साविकको विजेता रियल मड्रिड अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको खेलमा रियल मड्रिडले एपेल निकोसियालाई ६–० को पराकिलो गोल अन्तरले हराएको हो । रियलको जितमा दुई गोल गरेका रोनाल्डोको स्न २०१७ मा च्याम्पियन्स लिगमा गोल संख्या १८ पुगेको छ, जुन एउटा […]

रियल मड्रिडले यो सिजनमाथि विश्वास गर्नुपर्ने ६ कारण

फुटबलमा सबै सम्भव हुन्छ र, यसका लागि कुनै टिम छ भने त्यो हो रियल मड्रिड । जिनेदान जिदानलाई थाहा छ कि यो सिजनमा खेल्न धेरै बाँकी छ र सुरुवातमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग कायम रहेको ७ अंकको दुरी अन्तिम स्टेशन होइन । रियल मड्रिडका समर्थकले किन आश मार्नु हुँदैन, यस्ता छन् ६ कारण । अगष्टको दुई उपाधि […]

बेलको गोलसँगै रियल मड्रिड विजयी

२ असोज, काठमाडौं । ग्यारेथ बलको गोलको मदतमा रियल मड्रिडले रियल सोसिडाडलाई हराएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले ३–१ को जित निकाल्दै रियल सोसिडाडको विजयी यात्रामा रोक लगाएको छ । उसको यो सिजनको पहिलो हार हो । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा रियलले १९ औं मिनेटमा मायोरलको गोलबाट अग्रता लिएको थियो । […]

रियल मड्रिडले जित्यो, बार्सिलोनालाई ५ अंक पछाडि छाड्यो

६ चैत, काठमाडौं । एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम गरेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बिल्बाओको घरेलु मैदानमा भएको खेलमा रियलले २५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । ६५ औं […]

कोपा डेल रे को क्वाटरफाइनलमै शीर्ष टोलीबीचको भेट टर्‍यो

२९ पुस, काठमाडौं । स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटरफाइनलमा प्रतियोगिताका दावेदार टोलीहरुबीचको भेटको संभावना टरेको छ । आज भएको ड्र मा साविक बिजेता बार्सिलोना, रियल मडि्रड र एथ्लेटिको मडि्रडले क्रमसः रियल सोसिडाड, सेल्डा डि भिगो र एइबार प्रतिद्धन्दी पाएका छन् । त्यस्तै अर्को क्वाटरफाइनलमा आल्कोर्कोनले अलाभेससँग प्रतिस्पर्धा गर्नेछ । आल्कोर्कोन स्पेनको […]

रियल मड्रिडले रोनाल्डोसँगको सम्झौता २०२१ सम्म लम्ब्याउने

पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले स्पेनिस महारथी क्लव रियल मड्रिडसँगको सम्झौता नवीकरण गर्ने भएका छन् । अर्को साता हस्ताक्षर हुने भनिएको नयाँ सम्झौता अनुसार जुन २०२१ सम्म रोनाल्डो रियलमै रहनेछन् । जतिबेला उनी ३६ बर्षको हुनेछन् । नयाँ सम्झौताको लागि अन्य सबै विवरण तयार भइसकेपनि उनको सम्झौता अवधि भने अझै पुनर्विचार गर्न सकिने बताइएको छ । […]

रियल मड्रिडको अर्को जित, बार्सिलोनाको रेकर्डसँग बराबरी

३ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले स्पानियोललाई पराजित गरेको छ र, स्पेनिसको माथिल्लो डिभिजनमा लगातार १६ जितको बार्सिलोनाको रेकर्डसँग बराबरी खेलेको छ । क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिनाको  रियल मड्रिडले आइतबार राति भएको खेलमा स्पानियोललाई २-० गोल अन्तरले पराजित गरेको हो । स्पानियोलको घरेलु मैदानमा भएको खेलमा रियलले पहिलो हाफको […]

रियल र एथ्लेटिको मड्रिडमाथि फिफाको प्रतिवन्ध, दुई सिजन खेलाडी किन्न नपाउने

२४ भदौ, काठमाडौं । स्पेनिस दुई ठूला क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिडमाथि खेलाडी अनुवन्ध गर्न प्रतिवन्ध लागेको छ । फिफाले दुई क्लबमाथि अबको दुई सिजन खेलाडी किन्न नपाउने गरी प्रतिवन्ध लगाएको हो । २०१८ को जनवरीसम्म यो कायम रहनेछ । तर, दुबै क्लबसामू खेलसक्वन्धी अदालत जाने मौका छ । यसअघि अर्को स्पेनिस क्लब बार्सिलोनामाथि […]