Comments Add Comment

संसद

List Grid
संसदमा प्रश्न उठ्यो–भैसी कस्तो ब्यायो, दूध कोकोलाई पुग्यो ?

२ फागुन, काठमाडौं । राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले सरकारको एक वर्षे कार्यकाल काण्डैकाण्डमा बितेको बताएकी छन् । सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्माको ‘हेर्दाहेर्दै भैंसी ब्यायो, दूध पनि दियो‘ भन्ने भनाइको खण्डन गरेकी हुन् । ‘हिजो मात्रै प्रधानमन्त्री ज्यूले भैसी पनि ब्यायो, दूध पनि दियो भन्नु हुन्थ्यो । भैसी कस्तो ब्यायो ? […]

संसदबाटै डा. केसीको जित भयोः योगेश भट्टराई

२५ पुस, काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास भएसँगै गोविन्द केसीको जित भएको दाबी गरेका छन् । समितिले बहुमतका आधारमा प्रतिवेदन पास गरेको छ । तर, डा. केसीसँग भएको सहमतिका केही विषय उल्लंघन भएको भन्दै प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् । नेकपाका […]

संसदले कर्मचारी चलाउने कि कर्मचारीले संसद ?

२० पुस, काठमाडौं । संसदीय मामिलाका जानकारहरुले सभामुख कृष्णबहादुर महराको कार्यशैलीलाई देखेर पूर्वसभामुख ओनसरी घर्तीलाई सम्झन थालेका छन् । सभामुख महराभन्दा घर्तीले संसद राम्रोसँग चलाएको चर्चा हुन थालेको छ । यसको एउटा उदाहरण हो– संसदका कर्मचारीहरुको आन्दोलन । संसद सचिवालयका कर्मचारीहरुले असहयोग अन्दोलन सुरु गरेको धेरै भइसक्यो । अहिले संसदले कर्मचारी चलाउनुपर्नेमा कर्मचारीले चाहिँ संसदलाई […]

हिउँदे अधिवेशनमा ‘मन्त्री र प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ प्रभावकारी बनाइने

१० पुस, काठमाडौं । संसदको हिउँदे अधिवेशनमा मन्त्री र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमलाई प्रभावकारी बनाइने सभामुख कृष्णबहादुर महराले बताएका छन् । मंगलबार पत्रकारहरुसँगको भेटमा उनले हिउँदे अधिवेशनमा प्रधानमन्त्रीसँग पनि प्रश्नोत्तर कार्यक्रम सुरु हुने उल्लेख गरे । ‘मन्त्री र प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्यो भने त्यसले जिवन्त ल्याउँछ । सबै प्रस्तावको मन्त्रीहरुले जवाफ दिनुपर्छ’, महराले भने, ‘त्यसकारण प्रश्नोत्तरले राम्रो […]

कर्मचारी अध्यादेश संसद सचिवालयमा, बुधबारदेखि छलफल हुने

१० पुस, काठमाडौं । कर्मचारी समायोजन अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ । बुधबारबाट सुरु हुने संसद बैठकमा यसबारे छलफल हुने छ । सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुरेश अधिकारीले अब अध्यादेश संशोधन नहुने बताए । ‘अध्यादेश संशोधन हुने व्यवस्था नै छैन,’ अधिकारीले भने, ‘अहिले जे छ, त्यहीअनुसार नै कर्मचारी समायोजन हुन्छ ।’ अध्यादेशका […]

कर्मचारीको आन्दोलनले संसद सेवा दिवसको कार्यक्रम स्थगित

२८ मंसिर, काठमाडौं । अतिरित्त भत्ता कटौती भएको विरोधमा संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित भएपछि बाह्रौं संसद सेवा दिवसको कार्यक्रमसमेत स्थगित भएको छ । कार्यक्रम तालिका अनुसार शुक्रबार१२ बजे सभामुख कृष्णबहादुर महराको उपस्थितिमा दिवस मनाउने तयारी थियो । बाह्रौं संसद सेवा दिवस मूल समारोह समितिले तय गरेअनुसार सरसफाइ, हाजिरी जवाफ, ब्याडमिन्टन, चम्चा दौड, घैँटो फुटाउने […]

भत्ता नपाएको विरोधमा संसदका कर्मचारीद्वारा आन्दोलन घोषणा

२६ मंसिर, काठमाडौं । गत साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारीले आन्दोलन घोषणा गरेका छन् । चालु आर्थिक वर्षको बजेटमार्फत अतरिक्त भत्ता कटौती गरिएपछि उनीहरुले भत्ता पाउनुपर्ने माग गर्दै पुस १ देखि असहयोग आन्दोलन गर्ने बताएका हुन् । संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले पुस १ देखि कार्यालय समयबाहेक अन्य समयमा काम […]

मन्त्री भर्सेस संसदीय समिति : कार्यपालिका र व्यवस्थापिकाबीच शक्तिसंघर्ष चर्कियो

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार बसेको संसदको विकास तथा प्रविधि समिति बैठकको निर्णय परिवर्तन गर्न लगाएको विषय यतिखेर चर्चामा छ । र, यो चर्चासँगै राज्यका दुई अंगहरु कार्यपालिका र व्यवस्थापिकावीचको शक्ति संघर्ष सघन बनेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा विभिन्न समितिहरु गठन नहुञ्जेलसम्म मन्त्रीहरु फुक्काफाल जस्तै देखिन्थे । […]

कार्यपालिका र व्यवस्थापिकाबीच शक्तिसंघर्ष चर्कियो

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार बसेको संसदको विकास तथा प्रविधि समिति बैठकको निर्णय परिवर्तन गर्न लगाएको विषय यतिखेर चर्चामा छ । र, यो चर्चासँगै राज्यका दुई अंगहरु कार्यपालिका र व्यवस्थापिकावीचको शक्ति संघर्ष सघन बनेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा विभिन्न समितिहरु गठन नहुञ्जेलसम्म मन्त्रीहरु फुक्काफाल जस्तै देखिन्थे । […]

सांसदले भने : दशैंमा घर जाँदा ‘कोसेली’ लैजान पाइयोस्

२ असोज, काठमाडौं । सांसदहरुले दशैंमा घर जाँदा कोसेली लिएर जानुपर्ने माग गरेका छन् । मंगलबारको संसद बैठकमा सांसदहरुले दशैंमा घर जाँदा जनताहरुले आफूहरुसँग केही अपेक्षा गर्ने भन्दै केही कोसेली लैजान पाउनुपर्ने बताएका हुन् । सांसदहरुले कोसेलीको रुपमा निर्वाचन क्षेत्रमा विकास आयोजनाहरु लिएर जान पाउनुपर्ने बताएका हुन् । पाँचथरबाट निर्वाचित बसन्तकुमार नेम्वाङले आफूहरुले संसदबाट धेरै […]

नेताले विदेशमा गर्ने उपचारको खर्च राज्यले नव्यहोर्ने

२८ भदौ, काठमाडौं । अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर उपचार गराएमा राज्यले खर्च नव्यहोर्ने गरी कानुन बनेको छ ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा थपेको हो । परिर्माजित विधेयक बिहीबार नै संसदमा पेश भएको छ । यो […]

निर्मला हत्याबारे गृहमन्त्रीले संसदमा जवाफ दिने, कांग्रेसको अवरोध हट्यो

२८ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे गृहमन्त्रीले भोलि संसदमा जवाफ दिने सरकारको प्रतिबद्धतापछि संसदको अवरोध हटेको छ । बिहीबार प्रमुख विपक्षी कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेको थियो । दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति […]

महिला हिंसा रोक्ने संसद र सरकारको साझा संकल्प

८ भदौ, काठमाडौं । प्रतिनिधिसभा र सरकारले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना रोक्ने प्रतिवद्धता जनाएको छ । शुक्रबार महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी संकल्पप्रस्तावमाथि लामो छलफलपछि संसदले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । महिला हिंसाविरुद्धको घटना घट्ने भन्दा पनि बढ्ने क्रममा रहेको भन्दै विभिन्न राजनीतिक दलका २२ सांसदले सरकारलाई ३ निर्देशन दिँदै संकल्प […]

सांसदले भने : नेपालमै हुने उपचारका लागि विदेश जानेलाई पैसा नदिऔं

५ भदौ, काठमाडौं । सत्तारुढ र विपक्षी सांसदहरुले नेपालमै सम्भव हुने उपचारका लागि विदेश जाँदा नेताहरुलाई उपचार खर्च नदिन व्यवस्था गर्न माग गरेका छन् । जनस्वास्थ्य सेवा विधेयकमाथि संसदमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारुढ नेकपा र प्रमखु विपक्षी कांग्रेसका सांसदहरुले उपचार खर्चमा कडाइ गर्न माग गरेका हुन् । पूर्वस्वास्थ्यमन्त्री एवं नेकपाका सांसद खगराज अधिकारीले […]

‘नेपालमै सम्भव हुने उपचारका लागि विदेश जाँदा पैसा नदिऔं’

५ भदौ, काठमाडौं । सत्तारुढ र विपक्षी सांसदहरुले नेपालमै सम्भव हुने उपचारका लागि विदेश जाँदा नेताहरुलाई उपचार खर्च नदिन व्यवस्था गर्न माग गरेका छन् । जनस्वास्थ्य सेवा विधेयकमाथि संसदमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारुढ नेकपा र प्रमखु विपक्षी कांग्रेसका सांसदहरुले उपचार खर्चमा कडाइ गर्न माग गरेका हुन् । पूर्वस्वास्थ्यमन्त्री एवं नेकपाका सांसद खगराज अधिकारीले […]

आतंकवादसम्बन्धी विमस्टेक महासन्धी संसदबाट अनुमोदन

४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिमस्टेक महासन्धीलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ । सो महासन्धिका बारेमा सांसद देवप्रसाद गुरुङ, प्रेम सुवाललगायतले आआफ्नो विचार व्यक्त गरेका थिए । गृहमन्त्री थापाले आतङ्कवादको स्वरुपसमेत बदलिएको छ भन्दै सो […]

प्रदेश १ मा संसदीय अभ्यास अपुरोः नोटबुक र तिघ्रा ठटाउँछन् सांसद

२२ साउन, विराटनगर । प्रदेश १ को संसदमा लामो समयदेखि केही फरक दृश्य देखिने गरेको छ । संसदमा बेलाबेलामा विधेयकहरु टेबल भइरहन्छन् । सांसदहरु भने तिघ्रा र नोटबुक ठटाउँदै समर्थन जनाउँछन् । सभामुख प्रदीप भण्डारीबाट संसदमा टेबल भएको विधेयक पारित गर्न राय बुझ्ने क्रम चलिरहन्छ । फेरि सांसदहरु समर्थन जनाउन आफ्नो तिघ्रा र नोटबुक ठटाउँछन् […]

गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएपछि कांग्रेसले गर्‍यो संसद बहिस्कार

१७ साउन, काठमाडौं । गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएको विरोधमा प्रमुख विपक्षी कांग्रेसले बिहीबारको संसद बैठक बहिस्कार गरेको छ । कांग्रेसले यसलाई सांकेतिक भनेको छ र सत्तापक्ष नसच्चिए गम्भीर निर्णय लिने चेतावनी दिएको छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको ‘बलात्कारपछि हत्या’ भएको घटनामा सांसदहरुले उठाएको प्रश्नको गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएका थिए । कांग्रेस […]

गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएपछि कांग्रेसद्वारा संसद बैठक बहिस्कार

१७ साउन, काठमाडौं । गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएको विरोधमा प्रमुख विपक्षी कांग्रेसले बिहीबारको संसद बैठक बहिस्कार गरेको छ । कांग्रेसले यसलाई सांकेतिक भनेको छ र सत्तापक्ष नसच्चिए गम्भीर निर्णय लिने चेतावनी दिएको छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको ‘बलात्कारपछि हत्या’ भएको घटनामा सांसदहरुले उठाएको प्रश्नको गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएका थिए । कांग्रेस […]

कांग्रेसको अवरोधपछि प्रदेश ५ को संसद स्थगित

१३ साउन, बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रदेश ५ को संसद बैठक स्थगित भएको छ । आइतबार बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसकी संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संबैधानिक व्यवस्था रहे पनि अहिलेसम्म एउटै दलको सभामुख र उप सभामुख रहेकोले मुख्यमन्त्रीले जवाफ […]