Comments Add Comment

संसदीय समिति

List Grid
वन फँडानीबारे संसदीय टोलीद्वारा छानबिन शुरु

२३ असार, काठमाडौं । संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन शुरु गरेको छ । वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न कञ्चनपुर पुगेको समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबारबाट छानबिनको काम शुरु गरेको हो । समितिले वैज्ञानिक वन व्यवस्थापन लागि सामुदायिक वन […]

सबै एकल महिलाले भत्ता पाउने गरी कानुन संशोधन गर्न निर्देशन

१२ जेठ, काठमाडौं । प्रतिनिधिसभा कानुन न्या तथा मावअधिकार समितिले सामाजिक सुरक्षा भत्ता सम्बन्धी सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको सोमबार बसेको बैठकले असहाय एकल तथा विधवा महिला र अपांगता भएका व्यक्तिहरुलाई वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सो ऐन संशोधन […]

संसदीय समितिको निर्देशन : एकल महिला र अपाङ्गता भएकाहरुको भत्ता नरोक्नू

९ जेठ, काठमाडौं । संसदीय समितिले ६० वर्षमुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका ६० वर्ष भन्दा मुनिका एकल महिला, फरक क्षमता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा बापतको भत्ता नरोक्न […]

रामनारायण बिडारी भन्छन्- म डराएँ, अब बैठक राख्दिनँ

१ जेठ, काठमाडौं । संसदको विषयगत समितिका बैठक दिनहुँजसो बसिरहेका छन् । बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी विभिन्न ६ वटा विषयगत समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालयले संसद बैठकमा सहभागी हुनेहरूका लागि आचारसंहिता बनाएर लागू गरेको छ । साबुन पानीले हात धुनुपर्ने, ज्वरो परीक्षण गरेर मात्रै प्रवेश गर्नुपर्ने, सामाजिक दुरी कायम गरेर राखिएका […]

संसदीय समितिको निर्देशन : कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाउनू

३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन निर्देशन दिएको छ । समितिको आइतबार र सोमबार बसेको बैठकले नेपाली भूमि अतिक्रमण गरेर भारतीय सेना बसिरहेको भन्दै त्यसलाई हटाउन सरकारलाई निर्देशन दिएको हो । ‘भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन, लिम्पियाधुरा, लिपुलेक कालापानीलगायत क्षेत्रमा नेपालको सुरक्षा र […]

एसईई आन्तरिक मूल्याङ्कनबाटै गर्न सांसदहरुको सुझाव

२४ वैशाख, काठमाडौं । सांसदहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मुल्याङ्कनबाट गर्न सरकारलाई सुझाव दिएका छन् । कोरोना भाइरसको महामारीका कारण परीक्षा अनिश्चित भइरहेका बेला सांसदहरुले आन्तरिक मूल्यांकनबाटै परीक्षा सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई सुझावदिएका हुन् । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सांसद गगनकुमार थापाले एसईई खारेज गर्न सुझाव दिए । ‘यो मौका हो, एसईई […]

संसदीय समितिको निष्कर्ष – लकडाउनको नीति हेरफेर गर्नुपर्छ

१२ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण लामो समयदेखि बस्न नसकिरहेका संसदीय विषयगत समितिका बैठकहरु बस्न थालेका छन् । मन्त्रिपरिषदको बैठक २५ जनासम्म भन्दै बसेको र सामाजिक दुरी कायम गरेकोलाई नजिर मान्दै संसदीय समितिका बैठकहरु पनि बाक्लिन थालेका हुन् । शुक्रबार राष्ट्रियसभाका तीनवटा समिति बैठक बसे । सबैको एउटै निष्कर्ष र सुझाव छ- अब लकडाउनको […]

संसदीय समितिमा पनि कांग्रेसका छाया सभापति

२७ माघ, काठमाडौं । छायाँ सरकारको अभ्यास गरेको प्रमुख विपक्षी नेपाली कांग्रेसले संघीय संसदका विषयगत समितिमा पनि छाया सभापति बनाएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको छाया सभापतिको जिम्मेवारी दिलेन्द्रप्रसाद बडूले पाएका छन् । बडुले छाया सभापतिको हैसियतमा एउटा आन्तरिक बैठकसमेत राखिसकेका छन् । राज्य व्यवस्था समितिको सदस्य डिला संग्रौलाकाअनुसार छाया सभापतिको नेतृत्वमा […]

कोङ्दे भ्यू रिर्सोटको जग्गाबारे संसदीय समितिको चासो

२२, माघ, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कोङ्दे भ्यू रिर्सोटको नाममा रहेको जग्गाबारे चासो देखाएको छ । कोङ्दे भ्यू रिर्सोट प्रालिको नाममा रहेको जग्गा दर्ता पास नियम विपरीत भएको भन्दै उपभोक्ता हकहित संरक्षण मञ्च सोलुखुम्बुबाट उजुरी प्राप्त भएको समिति सभापति पूर्णाकुमारी सुवेदीले जानकारी दिइन् । उजुरीबारे चासो गएको र केही […]

वनस्पतिजन्य वस्तु आयातमा क्वारेन्टाइन अनिवार्य

१६ पुस, काठमाडौं । सरकारले वनस्पतिजन्य वस्तुको आयात र निर्यातमा क्यारेन्टाइन (स्वस्थ छ वा छैन भनी गरिने जाँच) प्रमाणपत्र अनिवार्य गर्न कानुन तयार गरेको छ । विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्दै वनस्पति वा वनस्पतिजन्य उपजमा क्वारेन्टाइन अनिवार्य गर्न लागिएको हो । हाल प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भइरहेको विधेयकको दफा […]

बढी शुल्क लिने मेडिकल कलेजलाई कडा निर्देशन दिने तयारी

३ असार, काठमाडौं । बढी शुल्क लिइरहेका मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतगठित उपसमितिले निर्देशन दिने गृहकार्य थालेको छ । मंगलबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद योगेश भट्टराईले केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्न निर्देशन दिनुपर्ने अवस्था रहेको बताए । ‘कतिपय मेडिकल कलेजहरुको सम्बन्धन नै खारेज गर्न […]

संसदीय समितिमा पहिलो पटक झुल्किए देउवा

१ जेठ, काठमाडौं । संसदीय समितिमा सधै गयल हुँदै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक झुल्किएका छन् । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सदस्य रहेका पूर्वप्रधानमन्त्री देउवा पहिलो पटक बुधबार बैठकमा सहभागी भएका हुन् । समितिले बुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको थियो । खानेपानी मन्त्रालयको आगामी आर्थिक वर्षका बजेट तथा […]

‘मिनी संसद’का सभापतिको गुनासो : शीर्ष नेताहरुले मतलब गरेनन्

३ वैशाख, काठमाडौं । संसदीय समितिका सभापतिहरुले बैठकमा उपस्थित हुन गरेको आग्रहलाई शीर्ष नेताहरुले बेवास्ता गरेको गुनासो गरेका छन् । यसबारे सबै पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक र सचेतकको ध्यानाकर्षण समेत गराएका छन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहित सबै समितिका सभापतिहरुको नियमित बैठक बस्ने प्रचलन छ । उक्त बैठकमा शीर्ष नेताहरु संसदीय समितिका […]

‘मिनी संसद’का सभापतिको गुनासो : शीर्ष नेताहरुले मतलब गरेनन्

३ वैशाख, काठमाडौं । संसदीय समितिका सभापतिहरुले बैठकमा उपस्थित हुन गरेको आग्रहलाई शीर्ष नेताहरुले बेवास्ता गरेको गुनासो गरेका छन् । यसबारे सबै पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक र सचेतकको ध्यानाकर्षण समेत गराएका छन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहित सबै समितिका सभापतिहरुको नियमित बैठक बस्ने प्रचलन छ । उक्त बैठकमा शीर्ष नेताहरु संसदीय समितिका […]

प्रचण्ड र देउवामाथि कारवाहीको सिफारिस गर्न किन सक्दैनन् सभापति ?

२२ चैत, काठमाडौं । लगातार पाँचपटक बैठकमा अनुपस्थित हुने शेरबहादुर देउवा र प्रचण्डलाई संसदीय समितिबाट हटाउन सभापतिले सिफारिस गरे भने सभामुख कृष्णवहादुर महराले के गर्लान् ? यो अनुमानित प्रश्न मात्र हुन सक्छ । किनकि, न त संसदीय समितिका सभापतिले त्यो आँट गर्छन्, न सभामुखले नै । आफैंले बनाएको नियम प्रतिनिधिभा र राष्ट्रियसभामा लागु नहुने अवस्था […]

मिनि संसदको हालत : अडियो रेकडिङ्समेत छैन

२८ पुस, काठमाडौं । पुस २५ गते संसदको शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा फरक मत राख्दै कांग्रेस सांसद गगन थापाले भने, ‘मसहितका माननीयहरुको फरक मतलाई सम्बन्धित ठाउँसम्म पुर्‍याइयोस् । सांसद थापाले फरक मत राखेका विषय रेकर्ड भने भइरहेको थिएन । त्यही कारण समितिका सभापति जयपुरी घर्तीले लिखित रुपमै फरक मत राख्न बारम्बार […]

संसदीय समितिको निश्कर्ष–डीपीआरविना निजगढ विमानस्थल निर्माण अगाडि बढाइनु हुँदैन

२८ मंसिर, काठमाडौं । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले डीपीआर विना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाउन नहुने निश्कर्ष निकालेको छ । ईआईए रिपोर्टका आधारमा मात्रै काम भइरहेको तर, डीपीआर तयार नभइ कानुन अनुसार काम अगाडि नबढेकाले त्यसलाई प्रक्रियागत रुपमा जानु उपयुक्त हुने निष्कर्ष समितिको रहेको सचिव सुदर्शन कुईंकेलले बताए । औपचारिक […]

वाइडबडीको छानबिन : घण्टी बाँध्ने जिम्मा मुसालाई !

२६ मंसिर, काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणको छानविन गर्ने जिम्मा कनिष्ट नेताहरुले पाएका छन् । ठूला नेतालाई छानविन उपसमितिमा राख्न खोज्दा ‘म बस्दिनँ’ भन्दै टक्टकिएपछि अब बिरालाको घाँटीमा घण्टी बाँध्ने जिम्मेवारी ‘साना मुसा’हरुले पाएका छन् । महालेखा परीक्षकको ५५ आंै वार्षिक प्रतिवेदनले विमान खरिदमा अनियमिता भएको उल्लेख गरेपछि यो विषय संसदीय समितिहरुमा चर्चाको विषय […]

संसदीय समितिका बैठकमा किन जाँदैनन् सांसद ?

२५ मंसिर, काठमाडौं । संसदको अर्थ समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक मंगलबार बिहान ११ बजेलाई तय भएको थियो । तर, साढे १२ बजेसम्म गणपूरक संख्या नपुगेपछि स्थगित गरियो । बैठकबाट बाहिरिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अर्थसमिति सदस्य डा. बाबुराम भट्टराईले भने, ‘साथीहरुलाई कुरियो । आउँदै हुनुहुन्छ रे फेरि बस्ला ।’ दिउँसो १ […]

क्याबिनेटको निर्णयः बिचौलियालाई ‘बिजनेस’

२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको १६ मंसिरको बैठकले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिद्वारा सञ्चालित खानेपानी तथा सरसफाई आयोजना (फन्डबोर्ड) को विषयमा तत्काल निर्णय लिन खानेपानी मन्त्रालयलाई निर्देशन दियो । समितिकी सभापति कल्याणी खड्का आम जनसरोकारको विषय तथा ६ महिनादेखि विभिन्न आयोजना ठप्प भएकाले यस्तो निर्देशन दिएको बताउँछिन् । […]

संसदीय समितिमा ठट्टाः सडकका खाल्डालाई ‘राष्ट्रिय गौरव’ घोषणा गरौं !

२० मंसिर, काठमाडौं । राजधानीका सडकमा परेका खाल्डाखुल्डी नपुरिएको भन्दै सांसदहरुले सरकारमाथि व्यंग्य गरेका छन् । सडकका खाल्डाखुल्डीलाई पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न सांसदहरुले सरकारलाई भनेको छन् । संघीय संसद अन्तरगत राष्ट्रिय सरोकार समितिका सदस्यहरुले काठमाडौंकै सडकको पनि खाल्डा पुर्ने काममा तत्परता नदेखाएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । बिहीबार […]