Comments Add Comment

डोनाल्ड ट्रम्प

List Grid
चिनियाँ सेनासँग सम्बन्ध भएका कम्पनीमा लगानी गर्न रोक लगाउने ट्रम्पको निर्णय

२८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ सेनासँग सम्बन्ध भएका कम्पनीमा अमेरिकी लगानीको लागि रोक लगाउने निर्णय गरेको छ । ट्रम्प प्रशासनले बिहीबार चिनियाँ सेनाको स्वामित्व रहेका वा नियन्त्रण रहेका कम्पनीमा अमेरिकी लगानीमा प्रतिबन्धको योजना सार्वजनिक गरेको हो । अहिले अमेरिकाले ल्याएको योजनासँगै चाइना टेलिकम कम्पनी, चाइना मोबाइल कम्पनी र हिकभिजन कम्पनी […]

ट्रम्पले हार स्वीकार नगर्नु ‘लज्जास्पद’ : बाइडन

२६ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले गत साता भएको निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार स्वीकार नगर्नु ‘लज्जास्पद’ भएको बताएका छन् । यद्यपि राष्ट्रपतिमा निर्वाचित भएसँगै बाइडनले विदेशी नेताहरुसँगको वार्ता बढाएका छन् । कसैले पनि अब अमेरिकामा सत्ता परिवर्तन हुनबाट रोक्न नसक्ने उनले दाबी गरेका छन् । […]

ट्रम्पवादी राजनीति : आफ्नै प्रधानमन्त्रीको दम्भ र अभिमान हेरे पुग्छ

अमेरिकी राष्ट्रपति निर्वाचन प्रायः सबैका लागि स्वाभाविक रूचि र चासोको विषय हो । वर्तमान राष्ट्रपतिले फेरि जित्लान् कि नजित्लान्, जितून्/नजितून् जे विचार भएपनि सबैको अवधारणा तिख्खर नै रहेको हो । आफैं नौ वर्ष बसेको, परिवारका सबै सदस्यले उच्च शिक्षाको कम्तीमा एउटा खुडि्कलो त्यहीँबाट पूरा गरेको, छोरी र बुहारी मतदाता पनि भएकाले मेरा लागि पनि यो […]

ट्रम्पले बर्खास्त गरे रक्षामन्त्री

२५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन निर्वाचित भइसके पनि आफ्नो हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् । केही दिनयता ट्रम्प र एस्परका फरक मत सार्वजनिक हुँदै आएका थिए । अब नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको […]

ट्रम्पको बहिगर्मनपछि विश्वमा पर्न सक्ने ६ प्रभाव

अमेरिकाको इतिहासमै डोनाल्ड ट्रम्प अनौठो किसिमका राष्ट्रपति भए । व्यापारिक पृष्ठभूमिका उनी एकदमै स्वार्थी र आत्मकेन्द्रित व्यक्ति हुन् । सिद्धान्तविहीन ट्रम्पले कुनै नैतिकता पनि देखाएनन् । जे गर्दा आफूलाई व्यक्तिगत फाइदा हुन्छ, राष्ट्रपति कार्यकालमा त्यही गरे । राष्ट्रपति बनेपछि उनले अमेरिकी नीति पनि आफूलाई फाइदा हुने गरी बनाए । जे गर्दा आफ्नो लोकप्रियता, सम्पत्ति बढ्छ […]

जो बाइडन राष्ट्रपति हुने भएपछि अमेरिकामा रहेका नेपाली खुशी

२४ कात्तिक, वाशिङ्गटन डिसी  । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो बाइडन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स्वास्थ्य बिमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यबद्धता जनाउँदै आएका छन् । सन् २०२० को चुनावमा यी विषय ओझेलमा […]

अमेरिकामा निर्वाचन नतिजाबारे ट्रम्पको पार्टीभित्रै मतभेद

२४ कात्तिक, काठमाडौं । अमेरिाकामा राष्ट्रपति निर्वाचनको नतिजना आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीभित्रै मतभेद सुरु भएको छ । अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले डेमोक्रेटिक पार्टीका जो बाइडनले निर्वाचनमा जित हासिल गरेको भन्दै उनलाई बधाई दिएका छन् । उनले अमेरिकाको निर्वाचन निष्पक्ष भएको बताएका छन् । यद्यपि रिपब्लिकन पार्टीका अन्य केही नेताहरुले भने अझैसम्म पनि […]

डोनाल्ड ट्रम्पले चार वर्षको कार्यकालमा के के गरे ?

२३ कात्तिक, काठमाडौं । आगामी जनवरीबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकाल सकिँदै छ । त्यसपछि जो बाइडनले ४६ औं राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्नेछन् । आफ्नो चार वर्षे कार्यकालमा ट्रम्प धेरै चर्चामा आए, उनले लिएको नीतिका कारण उनी कार्यकालभरि चर्चामा रहे । यहाँ ट्रम्पले आफ्नो चार वर्षको कार्यकालमा विश्वभर चर्चा पाएका केही विषयहरु उल्लेख […]

डोनाल्ड ट्रम्प पराजित हुँदा नेकपा मसाल खुशी !

२३ कात्तिक, काठमाडौं । नेकपा मसालले अमेरिकाको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएकामा खुशी व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार विज्ञप्ति जारी गरी ट्रम्पको पराजयमा प्रसन्नता व्यक्त गरेका हुन् । ‘ट्रम्पले फासीवादी प्रकारको कार्यशैली अपनाएको पृष्ठभूमिमा उनको पराजय स्वागतयोग्य कुरा हो र त्यस्तो फासिष्ट शासकलाई हटाउन महत्वपूर्ण भूमिका खेलेकोमा हामीले अमेरिकी जनतालाई धन्यवाद […]

ट्रम्पको बहिर्गमनले ‘पपुलिष्ट’ राष्ट्रवादी राजनीतिको लहरलाई रोक्ला ?

२३ कात्तिक, काठमाडौं । यस पटकको अमेरिकी राष्ट्रपति निर्वाचनलाई विश्वका राजनीतिक नेता र राजनीतिशास्त्रका पन्डितले नजिकबाट नियालेका थिए । किनभने यस पटकको निर्वाचनको नतिजाले राजनीतिक रुपमा अमेरिकाभित्र मात्र होइन, संसारभर ठूलो प्रभाव पार्दथ्यो । खुला, उदार र बहुपक्षीय सिद्धान्तलाई अंगिकार गर्ने विश्वभरका मानिसहरु डोनाल्ड ट्रम्पले चुनाव हारुन् भन्ने चाहन्थे । अन्तत अनुदार पपुलिष्ट राष्ट्रवादी नेताको […]

ट्रम्प भन्छन्– बाइडनले आफू निर्वाचित भएको घोषणा नगरुन्

२२ कात्तिक, काठमाडौं । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका छन् । राष्ट्रपति पदको निर्वाचनमा बाइडन जित नजिक पुगेका समाचार आइरहेका बेला ट्रम्पले सो चेतावनी दिएका हुन् । ट्विट गर्दै ट्रम्पले लेखेका छन्, ‘बाइडनले राष्ट्रपति पदको दाबी नगरुन् । यस्तो दाबी त म पनि गर्न […]

पेन्सिलभेनियामा पनि बाइडनले ट्रम्पलाई पछि पारे

२१ कात्तिक, काठमाडौं । अमेरिकाका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पेन्सिलभेनियामा पनि डेमोक्रेटिक पार्टीका जो बाइडनले पछि पारेका छन् । २० इलेक्टोरल रहेको पेन्सिलभेनियामा बाइडनले ५ हजार ५९४ मतले अग्रता लिएका हुन् । दि गार्डियनका अनुसार बाइडनले ३२ लाख ९५ हजार ३१९ र ट्रम्पले ३२ लाख ८९ हजार ७२५ मत प्राप्त गरेका छन् […]

आफ्नै पार्टीका नेताहरुले निर्वाचनमा सहयोग नगरेको ट्रम्पका छोराको आरोप

२१ कात्तिक, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई छोराहरुले रिपब्लिकन पार्टीका नेताहरुले नै आफ्ना पितालाई निर्वाचनमा सहयोग नगरेको आरोप लगाएका छन् । अहिले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडन अगाडि देखिएको अवस्थामा उनीहरुले यस्तो आरोप लगाएका हुन् । ट्रम्पका जेठा डोनाल्ड ट्रम्प जुनियरले निर्वाचनमा पार्टी कमजोर भएको बताए । ट्रम्पका अर्का छोरा एरिक […]

अदालतद्वारा मतगणना रोक्ने ट्रम्पको माग खारेज

२१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन प्रतिनिधिहरुले निर्वाचनको फिलाडेल्फियाको मतगणना आपतकालीनरुपमा रोक्न गरेको माग अदालतले खारेज गरिदिएको छ । ब्लूमबर्गका अनुसार अमेरिकाको जिल्ला अदालतका न्यायधीश पाउल डायमण्डले ट्रम्पको निर्वाचन अभियानका प्रतिनिधिले अदालतमा राखेको माग खारेज गर्ने निर्णय गरेका हुन् । ट्रम्पको अभियानका प्रतिनिधिले बिहीबार फिलाडेल्फियाको कन्ट्री बोर्ड अफ इलेक्सनले गलत नियम राखेर ट्रम्पको […]

ट्रम्पलाई ग्रेटाको व्यंग्य – ‘चिल डोनाल्ड चिल’

२१ कात्तिक, काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचनको मतगणनाको नतिजा आउन बाँकी छ । नतिजा आउँदै गर्दा निर्वाचनको विषयमा विवाद पनि सुरु भइसकेको छ । निर्वाचनमा भइरहेको मतगणनाको विषयमा दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले निरन्तर सामाजिक सञ्जाल ट्वीटरमार्फत् आ-आफ्नो प्रतिक्रिया दिइरहेका छन् । यद्यपि ट्रम्प भने बाइडनको तुलनामा ट्वीटरमा धेरै सक्रिय छन् । […]

अमेरिकी च्यानलले ‘झुटो अभिव्यक्ति’ भन्दै बीचमै रोके ट्रम्पको कन्फ्रेन्स

२१ कात्तिक, काठमाडौं । अमेरिकाका केही टेलिभिजन च्यानलहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको विषयमा दिइरहेको आफ्नो अभिव्यक्तिको प्रशारण बीचमै रोकेका छन् । अमेरिकाका एबीसी, सीबीएस र एनबीसी टेलिभिजन च्यानलले ट्रम्पको कन्फ्रेन्स बीचमै रोकेर दर्शकहरुलाई ट्रम्पले झुटो अभिव्यक्ति दिएको बताएका थिए । संवाददताहरुका अनुसार ट्रम्पको कुराबाट उनी ‘पोस्टल भोट’लाई धाँधलीको रुपमा लिइरहेका थिए । ट्रम्पले मतदान हुनुभन्दा अगाडि […]

डेमोक्रेटिक पार्टीको त्यो उत्साह, बाइडनले पाएको यो मत

१९ कात्तिक, काठमाडौं । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प देशभित्रै अलोकप्रिय भएको, अन्तर्राष्ट्रिय छवि धुमलिएको र मत सर्वेक्षणहरु पनि आफू अनुकूल देखिएकाले यस पटक ठूलो अन्तरले निर्वाचन जित्ने अपेक्षा डेमोक्रेटिक पार्टीको थियो । अर्काेतर्फ यस पटक डेमोक्रेटिक पार्टीले उम्मेदवार पनि एक ढिक्का भएर छनोट गरेको थियो । लामो राजनीतिक यात्रा र विदेश नीतिमा लामो अनुभव जो […]

हामीले निर्वाचन जितिसक्यौँ – ट्रम्प

१९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सकिएको निर्वाचन आफूले जितिसकेको दाबी गरेका छन् । बुधबार उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै आफूले निर्वाचन जितिसकेको दाबी गरेका हुन् । उनले धेरै मानिसको मताधिकार खोस्ने प्रयास भइरहेको तर आफूले त्यस्तो हुन नदिने बताएका छन् । उनले आफूहरुले टेक्सास, ओहायो र फ्लोरिडामा विपक्षीहरुले जित्न नसक्ने पहिला […]

टेक्सासमा ट्रम्पलाई महत्वपूर्ण सफलता

१९ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनमाथि टेक्सासमा महत्वपूर्ण जित हासिल गरेका छन् । राष्ट्रपतिको दौडमा निर्णायक मानिएको यो राज्यमा जित हात पारेसँगै ट्रम्पले अहिलेसम्म २१२ इलेक्टोरल कलेज भोट पाएका छन् । यो राज्यमा उनले ३८ इलेक्टोरल भोट पाएका हुन् । टेक्सासमा ९३ प्रतिशत मत गणना सकिँदा […]

फ्लोरिडामा ट्रम्पलाई सफलता

१९ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा निर्णायक मानिएका राज्यमध्येको एक फ्लोरिडामा ट्रम्पलाई सफलता मिलेको छ । २९ इलेक्टोरल कलेज भोट रहेको यो राज्यमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनलाई पराजित गरेका हुन् । ९८ प्रतिशत मतगणना सकिँदा ट्रम्पले ५१ दशमलव २८ प्रतिशत मत पाएका हुन् भने बाइडनको पक्षमा ४७ दशमलव ८२ मत परेको छ […]

संक्रमण विज्ञ फाउचीलाई निस्कासन गर्ने ट्रम्पको चेतावनी

१८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफू पुनः राष्ट्रपतिमा निर्वाचित भएमा संक्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । संक्रमण रोग न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहेका फाउचीलाई ट्रम्पले हटाउने चेतावनी दिएका हुन् । फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रमलाई सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा. फाउचीको […]