Comments Add Comment

डोनाल्ड ट्रम्प

List Grid
ट्रम्पको वकिलको घरमा एफबीआईको छापा

१६ वैशाख, काठमाडौं । अमेरिकाको संघीय जाँच व्यूरो (एफबीआई)ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निजी वकिलको घर र कार्यालयमा छापा मारेको छ । ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारिएको र विद्युत्तीय सामग्रीहरु नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । खानतलासी गर्न एफबीआईको टोली बुधबार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु […]

आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म खोल्ने ट्रम्पको तयारी

९ चैत, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ल्याउने तयारी गरेका छन् । ट्रम्पका सल्लाहकार जेसन मिलरले छिट्टै नै ट्रम्प आफ्नै प्लेटफर्मबाट सामाजिक सञ्जालमा फर्किने बताएका हुन् । अब दुईदेखि तीन महिनापछि पूर्वराष्ट्रपति ट्रम्पलाई सामाजिक सञ्जालमा देख्न पाइने उनले फक्स न्युजसँग बताए । यसअघि फेसबुक र ट्विटरले ट्रम्पको एकाउन्टमा प्रतिबन्ध […]

ट्रम्पले भने- मैले नयाँ पार्टी खोल्दिनँ

१७ फागुन, काठमाडौं । ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका छन् । कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन् । ट्रम्पले नयाँ पार्टी खोल्ने अड्कलबाजी भइरहेको बेला उनले त्यसलाई गलत खबर भनेको बीबीसीले जनाएको छ । उनले भनेका छन्, […]

ट्रम्पले फेरि कहिल्यै ट्वीटर चलाउन पाउने छैनन्

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन् । ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन । सिएनबिसीसँग बुधबार कुराकानी गर्दै ट्वीटरका सिएफओ नेड सेगलले ट्रम्पविरुद्ध ट्वीटरले लगाउने प्रतिबन्ध स्थायी भएको प्रष्ट पारेका हुन् । उनले भनेका छन्, ‘हाम्रो नीति भनेकै […]

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ । अमेरिकी संसद भवन -क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो । महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ । […]

दुई साता सर्‍यो ट्रम्पमाथिको महाभियोग प्रक्रिया

११ माघ, काठमाडौं । अमेरिकाको संसद्को माथिल्लो सदन सिनेटका सांसदहरु पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगको प्रक्रिया दुई साता सार्न तयार भएका छन् । राष्ट्रपति जो बाइडनको संसदीय एजेन्डाहरु र क्याबिनेटका मनोनयनलाई प्राथमिकतामा राख्दै यो मुद्दा दुई साता सार्न सांसदहरु तयार भएका हुन् । सिनेटमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका नेता चक स्युमरले फेब्रुअरी ८ बाट ट्रम्पमाथिको […]

विदाई सम्बोधनमा ट्रम्पले भने– हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ

७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् । एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘म बुधबार (आज) नयाँ प्रशासनलाई सत्ता सुम्पिदै छु । तपाईंहरुले बुझ्नुहोस्, हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ ।’ ट्रम्प चार वर्षे कार्यकाल पूरा गरी आज ह्वाइटहाउसबाट […]

ट्वीटरका सीईओ भन्छन्– ट्रम्पमाथि प्रतिबन्ध लगाउनु सही तर खतरानक

१ माघ, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका सीईओ ज्याक डोर्सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउण्टलाई प्रतिबन्ध गर्ने सही निर्णय भएको बताएका छन् । यद्यपि यो घटनामा दुःख व्यक्त गर्दै डोर्सीले असाधारण र अपरिहार्य अवस्थाका कारण ट्रम्पको ट्वीटर अकाउन्ट स्थायीरुपमा बन्द गरिएको बताएका छन् । डोर्सीले ट्रम्पको अकाउन्टमा लगाइएको प्रतिबन्ध असफलता भएको भन्दै उनले यसका लागि हुनुपर्ने […]

गुगलले निलम्बन गरिदियो डोनाल्ड ट्रम्पको युट्युब च्यानल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाउने सोसल मिडियाको सूचिमा युट्युब पनि थपिएको छ । गुगल स्वामित्वको युट्युबले डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई ७ दिनका लागि निलम्बन गरेको छ । जसका कारण अब ट्रम्पको युट्युब च्यानलमा नयाँ भिडियो अपलोड गर्न तथा लाइभ स्ट्रिम गर्न पाइने छैन । तत्कालका लागि ७ दिनको निलम्बन घोषणा गरिएको भएपनि समयावधि लम्बिन […]

अमेरिकामा तल्लो सदनद्वारा ट्रम्पमाथिको महाभियोग प्रस्ताव पारित

१ माघ, काठमाडौं । अमेरिकी संसद्को तल्लो सदनले राष्ट्रपति ट्रम्पमाथिको माहाभियोग प्रस्ताव पारित गरेको छ । बुधबार हाउस अफ रिप्रिजिन्टेटिभ्समा भएको मतदानमा बहुमतले उक्त प्रस्ताव पारित भएको हो । अब उनको महाभियोगबारे माथिल्लो सदन सिनेटमा चर्चा हुनेछ । बुधबार तल्लो सदनमा भएको मतदानमा २३२ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने १९७ सांसद्ले विपक्षमा मतदान […]

अमेरिकी तल्लो सदनबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित 

२९ पुस, काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित गरेको छ । २५ औं संशोधनमार्फत् ट्रम्पलाई हटाउन लागिएको हो । यसअघि उपराष्ट्रपति माइक पेन्सले २५ औं संशोधनतमार्फत् ट्रम्पलाई हटाउने कुनै योजना नरहेको बताएका थिए । यससँगै तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई […]

ट्रम्पमाथिको महाभियोगको प्रस्तावमा सहयोग गर्दै रिपब्लिकनका सांसद

२९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन संसद्मा दर्ता गरिएको महाभियोग प्रस्तावमा ट्रम्पको आफ्नै पार्टीका सांसदहरुले पनि सहयोग गर्ने भएका छन् । रिपब्लिकन पार्टीकी तेस्रो वरिष्ठ सांसद लिज चेनीले गत साता संसद भवनमा भएको हिंसात्मक प्रदर्शनपछि आफूले ट्रम्पविरुद्धको महाभियोगको पक्षमा मतदान गर्ने बताएकी छिन् । अमेरिकी पूर्वराष्ट्रपति डिक चेनीकी छोरी लिज चेनीले […]

ट्रम्पलाई बन्देज लगाएपछि ट्वीटरले गुमायो अढाइ अर्ब डलर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएसँगै सोसल मिडिया कम्पनी ट्वीटरको शेयर मूल्यमा भारी गिरावट आएको छ । सोमबार ट्वीटर कम्पनीको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट आयो । जसका कारण ट्वीटर कम्पनीको बजार मूल्य अढाई अर्ब डलरले घट्न पुगेको छ । अर्थात् डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको घटनापछि ट्वीटरले शेयर मूल्यको गिरावटका कारण […]

डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

२८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्समा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा […]

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी

२७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो । महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ […]

बाइडनको शपथ ग्रहण समारोहमा ट्रम्प सहभागी नहुने

२५ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा हुने जो बाइडनको शपथ ग्रहण समारोहमा सहभागी नहुने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित वाइडनले २० जनवरीदेखि औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन् । ‘जसले मलाई सोधेका छन्, उनीहरुलाई भन्न चाहान्छु, म जनवरी २० मा हुने शपथ ग्रहण समारोहमा सहभागी हुने […]

ट्वीटरले सधैंका लागि बन्द गरिदियो ट्रम्पको अकाउन्ट

२५ पुस, काठमाडौं । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ । ट्वीटरले आफ्नो बयानमा भनेको छ, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र @realDonaldTrump अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो ।’ यसअघि ट्रम्पका […]

शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्ने ट्रम्पको प्रतिबद्धता, संसद् भवनमा भएको आक्रमणको निन्दा

२४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले यस्तो बताएका हुन् । बुधबार ट्रम्पका समर्थकहरुले निर्वाचनमा धाँधली भएको […]

प्रजातन्त्रको रक्षक होइन, भक्षक बनेर विदा हुँदैछन् ट्रम्प 

२४ पुस, काठमाडौं । विश्वमा अमेरिका मात्रै एक त्यस्तो मुलुक हो जसले दुई सय वर्षदेखि निरन्तर र विनाकुनै अवरोध प्रजातान्त्रिक शासन प्रणाली अपनाउँदै आएको छ । विश्वका धेरै मुलुकले अमेरिकाले अपनाएको प्रजातान्त्रिक मोडलको अनुसरण गरिरहेका छन् । आवधिक निर्वाचन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका विषय अमेरिकी विदेश नीतिका महत्वपूर्ण पक्षहरु हुन् । प्रजातन्त्रको […]

अमेरिकी संसदमा ट्रम्प समर्थकको उपद्रो

२३ पुस, काठमाडौं । बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रदर्शनमा उत्रिए । प्रदर्शनकारीहरु बलपूर्वक बैठक हलमा प्रवेश गर्न खोजे । सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बन्यो । प्रहरीले गोली चलायो । गोली लागेर घाइते भएकी एक महिलाको निधन भयो । थप […]

ट्रम्पद्वारा जाँदाजाँदै ८ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं । आगामी २१ जनवरीदेखि पदमुक्त हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ८ वटा चिनिया एपमाथि बन्देज लगाउने कार्यकारी आदेश जारी गरेका छन् । मंगलबार ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै ८ वटा चिनियाँ एपसँगको कारोबारमा बन्देज लगाएका हुन् । यो सँगै अब अमेरिकामा अलिबाबा कम्पनीको अलि पे, टेनसेन्ट कम्पनीको क्यूक्यू वालेटसँगै […]