Comments Add Comment

डोनाल्ड ट्रम्प

List Grid
ट्वीटरले सधैंका लागि बन्द गरिदियो ट्रम्पको अकाउन्ट

२५ पुस, काठमाडौं । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ । ट्वीटरले आफ्नो बयानमा भनेको छ, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र @realDonaldTrump अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो ।’ यसअघि ट्रम्पका […]

शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्ने ट्रम्पको प्रतिबद्धता, संसद् भवनमा भएको आक्रमणको निन्दा

२४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले यस्तो बताएका हुन् । बुधबार ट्रम्पका समर्थकहरुले निर्वाचनमा धाँधली भएको […]

प्रजातन्त्रको रक्षक होइन, भक्षक बनेर विदा हुँदैछन् ट्रम्प 

२४ पुस, काठमाडौं । विश्वमा अमेरिका मात्रै एक त्यस्तो मुलुक हो जसले दुई सय वर्षदेखि निरन्तर र विनाकुनै अवरोध प्रजातान्त्रिक शासन प्रणाली अपनाउँदै आएको छ । विश्वका धेरै मुलुकले अमेरिकाले अपनाएको प्रजातान्त्रिक मोडलको अनुसरण गरिरहेका छन् । आवधिक निर्वाचन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका विषय अमेरिकी विदेश नीतिका महत्वपूर्ण पक्षहरु हुन् । प्रजातन्त्रको […]

अमेरिकी संसदमा ट्रम्प समर्थकको उपद्रो

२३ पुस, काठमाडौं । बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रदर्शनमा उत्रिए । प्रदर्शनकारीहरु बलपूर्वक बैठक हलमा प्रवेश गर्न खोजे । सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बन्यो । प्रहरीले गोली चलायो । गोली लागेर घाइते भएकी एक महिलाको निधन भयो । थप […]

ट्रम्पद्वारा जाँदाजाँदै ८ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं । आगामी २१ जनवरीदेखि पदमुक्त हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ८ वटा चिनिया एपमाथि बन्देज लगाउने कार्यकारी आदेश जारी गरेका छन् । मंगलबार ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै ८ वटा चिनियाँ एपसँगको कारोबारमा बन्देज लगाएका हुन् । यो सँगै अब अमेरिकामा अलिबाबा कम्पनीको अलि पे, टेनसेन्ट कम्पनीको क्यूक्यू वालेटसँगै […]

आफ्नै बाचा पूरा गर्न ट्रम्पलाई बाइडनको आग्रह

२३ पुस, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसअघि आफैंले गरेको बाचा पूरा गर्न र संविधानको रक्षा गर्न आग्रह गरेका छन् । बुधबार अमेरिकाको राजधानी वासिङटनस्थित क्यापिटोल हिलमा ट्रम्पको उक्साहटमा भएको हिंसात्मक प्रदर्शनपछि बाइडनले यस्तो बताएका हुन् । बाइडनले तत्काल क्यापिटोल हिललाई कब्जामुक्त गर्न पनि आग्रह गरेका छन् । उनले […]

ट्रम्पका फेसबुक र ट्वीटर अकाउन्टमा प्रतिबन्ध

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको वासिङटनस्थित क्यापिटोल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक सञ्जालहरुले अस्थायीरुपमा ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् । सामाजिक सञ्जालमा ट्रम्पले प्रदर्शनकारीहरुलाई घर फर्किन निर्देशन दिनुभन्दा पहिला ‘आई लभ यू’ भन्ने सन्देश पठाएका थिए । ट्रम्पले बारम्बार निर्वाचनमा […]

जर्जियाको मत परिणाम उल्टाउन ट्रम्पले दबाब दिएको अडियो सार्वजनिक

२० पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको चुनावी परिणाम उल्टाउन दबाब दिएको अडियो सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा तरंग सिर्जना भएको छ । जर्जियाबाट जो बाइडनले चुनाव जितेका थिए । तर ट्रम्पले त्यही क्षेत्रबाट आफूलाई ११ हजार ७ सय ८० भोट चाहिएको भन्दै जर्जियाको सेक्रेटरी अफ स्टेट र रिपब्लिकन नेता ब्राड रफेनस्पेर्गरलाई फोन गरेको […]

ट्रम्पद्धारा आप्रवासी भिसामा तीन महिना रोक

१८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ए-१बी, गि्रन कार्ड र आप्रवासी कामदार भिसामा लगाइएको रोकलाई तीन महिना थप गरेका छन् । नयाँ नियम अनुसार सो वर्गमा निवेदन दिनेहरुले आगामी मार्च २१ सम्म अमेरिका प्रवेशका लागि भिसा पाउने छैनन् । विगत एक वर्षदेखि ट्रम्पले पटकपटक म्याद थप गरी सो भिसामा रोक लगाएका छन् । […]

रक्षा विधेयक रोक्न ट्रम्पले लगाएको भिटो अमेरिकी सदनले गर्‍यो रद्द

१८ पुस, काठमाडौं । रक्षा विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भिटो अमेरिकी कंग्रेसले रद्द गरिदिएको छ । यस्तो घटना ट्रम्पको राष्ट्रपति कार्यकालकै पहिलो हो । फ्लोरिडामा पत्नी मेलानियासँग छुट्टी मनाउन गएका ट्रम्प भिटो रद्द भएको सूचना पाएलगत्तै ह्वाइटहाउस फर्किएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकाका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्च […]

अन्ततः कोरोना राहत प्याकेजमा ट्रम्पले गरे हस्ताक्षर

१३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट राहतका संसद्ले पारित गरेको नौ खर्ब डलर राहत प्याकेजको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसअघि ट्रम्पले यो प्याकेज पर्याप्त नरहेको भन्दै यसमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । कोरोना राहत प्याकेज अमेरिकाको २३ खर्ब डलरको खर्चको प्याकेजको एक भाग थियो । जसमध्ये […]

ट्रम्पद्वारा कोरोना राहत प्याकेज अस्वीकार

८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कंग्रेसले पठाएको नौ खर्ब डलरको कोरोना राहत प्याकेजको प्रस्ताव अस्वीकार गरेका छन् । ट्रम्पले कंग्रेसलाई यो प्याकेजमा सुधार गर्दै अमेरिकी नागरिकहरुलाई राहतको रकम बढाउन निर्देशन दिएका छन् । त्यसका साथै उनले यो प्याकेजमा अन्य केही सुधार पनि गरिनुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा […]

के हो अमेरिकी राष्ट्रपतिको ट्रान्जिसन प्रक्रिया ? किन यो महत्वपूर्ण छ ?

१० मंसिर, काठमाडौं । केही साताको खिचातानीपछि अमेरकाको जनरल सर्भिस एड्मिनिस्ट्रिेसन (जीएसए)ले अन्ततः जो बाइडनले राष्ट्रपतिको निर्वाचन जितेको स्वीकार गरेको छ । साथै राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ प्रशासनका लागि ट्रान्जिसन प्रक्रिया सुरु गर्ने अनुमति दिएका छन् । यससँगै बाइडनको प्रशासनको लागि ट्रान्जिसन प्रक्रिया सुरु भएको छ । अमेरिकामा राष्ट्रपति पदमा बस्नुभन्दा पहिला गरिने तयारी निकै […]

बाइडनको ट्रान्जिसन टोलीलाई काम गर्न दिन ट्रम्प तयार

९ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचनमा विजयी भएका जो बाइडनको आधिकारिक ट्रान्जिसन टोलीलाई काम गर्न दिन तयार भएका छन् । यो टोलीले जो बाइडनले आफ्नो पदभार ग्रहण गर्नुअघि उनको लागि तयारी गर्नेछ । जनरल सर्भिसेज एडि्मनिस्ट्रेसन (जीएसए)ले आफूले बाइडनलाई ‘स्पष्ट विजेता’को रुपमा स्वीकार गरेको बताएको छ । ट्रम्पले जीएसएले जे गर्नुपर्ने थियो […]

ट्रम्पलाई हार स्वीकार्न आफ्नै सहयोगीको आग्रह

८ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगीले नै उनलाई नोभेम्बर ३ मा भएको निर्वाचनमा आफ्नो हार स्वीकार गर्न आग्रह गरेका छन् । न्यु जर्सी राज्यका पूर्व गभर्नर क्रिस क्रिस्टेले ट्रम्पको कानुनी टोलीलाई राष्ट्रिय लज्जाको विषय भएको बताएका हुन् । यद्यपि ट्रम्पले भने निरन्तर यो निर्वाचनमा आफ्नो हार अस्वीकार गर्दै आएका छन् । […]

पेन्सिल्भानियामा पनि ट्रम्पलाई धक्का, अदालतद्वारा निर्वाचनमा धाँधलीको मुद्दा खारेज

७ मंसिर, काठमाडौं । अमेरिकाको पेन्सिल्भानियाको अदालतले राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोपसहितको मुद्दा खारेज गरेको छ । न्यायाधीश म्याथ्यु ब्रानले ट्रम्पको निर्वाचन अभियान टोलीले दायर गरेको अवैध भोट गणना गरेको भन्ने आरोपसहितको मुद्दा अयोग्य र यसमा लगाइएको आरोपहरु काल्पनिक रहेको भन्दै खारेज गरिदिएका हुन् । यससँगै पेन्सिल्भानियाको सरकारलाई जो बाइडनलाई विजयी घोषणा गर्न बाटो खुलेको […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेठो छोरालाई कोरोना संक्रमण

६ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेठो छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । रिपोर्ट पोजेटिभ आएपछि ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर आफ्नो क्याबिनमा क्वारेन्टिनमा रहेको बीबीसीले जनाएको छ । उनले कोभिड प्रोटोकल सबै पालना गरेको र हालसम्म कुनै लक्षण नदेखिएको पनि समाचारमा जनाइएको छ । उनकी श्रीमती किम्बर्ली गिलफोयलमा कोरोना संक्रमण छ […]

पुनः मतगणना गर्दा पनि जर्जियामा हारे ट्रम्प

५ मंसिर, काठमाडौं । अमेरिकाको जर्जियामा पुनः मतगणना गर्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प डेमो क्रेटि पार्टीका जो बाइडनसँग पराजित भएका छन् । जर्जियाका निर्वाचन अधिकारीहरुले यसको पुष्टि गरेका हुन् । यसघि गरिएको मतगणनामा पनि बाइडन ट्रम्पभन्दा अगाडि थिए । तर, ट्रम्प पक्षले मतगणनामा आपत्ति जनाउँदै पुनः मतगणनाको माग गरेका थिए । समग्र मतगणनाको नतिजा अनुसार […]

अफगानिस्तान र इराकमा आफ्नो सेनाको संख्या घटाउने अमेरिकाको घोषणा

३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिँदासम्म अफगानिस्तान र इराकबाट उल्लेख्य संख्यामा अमेरिकी सेनाको संख्या घटाउने भएका छन् । अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानमा अमेरिकी सेनाको संख्या ४५ सयबाट घटाएर २५ सयमा झारिनेछ । त्यस्तै इराकमा पनि तीन हजारको संख्यामा रहेको अमेरिकी सेनाको संख्या २५ सयमा झारिनेछ । अमेरिकाका कार्यवाहक रक्षामन्त्री […]

ट्रम्पले हटाए आफ्नो दाबी अस्वीकार गर्ने निर्वाचन अधिकारी

३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक शीर्ष निर्वाचन अधिकारीलाई बर्खास्त गरेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा धाँधली भएको दाबी अस्वीकार गरेको कारण ट्रम्पले उनलाई बर्खास्त गरेका हुन् । ट्रम्पले आफूले साइबर सेक्युरिटी एण्ड इन्फास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सिसा)का प्रमुख क्रिस क्रेब्सले मतदानको विषयमा निकै गलत टिप्पणी गरेको कारण उनलाई हटाइएको बताएका छन् । […]

ट्रम्पले हार स्वीकार नगरे धेरै मानिसको मृत्यु हुन सक्छ : बाइडन

२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जित हासिल गरेका जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्वाचनको नतिजा स्वीकार नगरे धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । डेलावेयरमा बोल्दै बाइडनले ट्रम्पले सहकार्य नगरेको अवस्थामा धेरै मानिसको मृत्यु हुन सक्ने बताएका हुन् । बाइडनले ट्रम्पले निर्वाचनमा आफ्नो हार स्वीकार नगर्नु पूर्णरुपमा गैरजिम्मेवारी रहेको बताए । […]