Comments Add Comment

विजनेश -विचार

List Grid
‘देशभित्रै गिट्टी–बालुवाको अभाव छ, निकासीमा हतार किन ?’

२१ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत  ढुङ्गा, गिट्टी र बालुवा निकासी खुला गरेपछि  चुरेको दोहन हुने र तराईं मरुभूमीकरण हुने भन्दै चौतर्फी विरोध भइरहेको छ । सरकार नजिकका केही मानिसले यो निर्णयको बचाउ गरे पनि क्रसर व्यवसायीनै सरकारको निर्णय परिपक्व नभएको बताइरहेका छन् । क्रसर उद्योगको उचित व्यवस्थापन नगरी निकासीको घोषणा […]

उद्घाटन र शिलान्यास: ‘न्युज साइकल’मा रहिरहने प्रयास

पछिल्ला दिनमा बढेको उद्घाटन र शिलान्यासको हतारो समाचारमा छाइरहने चाहनाबाट बढी उत्प्रेरित छ । जनातामाझ उत्पात विकास भएको भनेर दाबी गरिएको छ, तर काम त्यसरी भएकै छैन । त्यही भएर पनि तयारी नसकिएको वा काम नभएकै किन नहोस् उद्घाटन र शिलान्यास गरेर ‘न्युज साइकल’मा रहिरहने प्रयास हुँदैछ । आयोजनाहरूको काम समयमा सकिएको छैन । गुणस्तरमा […]

‘ठूला आयोजनाले राजनीतिक अभिभावकत्व पाउन सकेनन्’

विकास आयोजनालाई हामीले देशको चार दशकको राजनीतिक अवस्थासँग जोडेर हेर्नुपर्छ । यो ४० वर्षमा हाम्रो देशको र अरू देशको राजनीतिक अवस्था कस्तो रहृयो हेरौं न । पछिल्लो ४० वर्षमा नेपालमा ठूल्ठूला राजनीतिक उथलपुथल, सरकार अदलीबदली, द्वन्द्व अनि सत्ता परिवर्तन जस्ता घटना धेरै भए । जसका कारण देशले ठूलो आर्थिक फड्को मार्न सकेन । देशको प्रधान […]

‘राजनीतिक लुछाचुँडीबाट आयोजना जोगाउनु चुनौतीपूर्ण’

बहुदलीय व्यवस्था आइसकेपछि नेपालमा भोटको राजनीति शुरू भयो । भोट सुरक्षित गर्न राज्यको स्रोत र साधनमाथि सरकार संचालन गर्नेहरूले अधिकार जमाउन थाले । सीमित मात्रामा रहेको स्रोत-साधनलाई राजनीतिक दलहरूले आफू अनुकूल केवल भोट र निर्वाचनको प्रयोजनका लागि मात्र वितरण गर्न शुरू गरे । ६/६ महीनामा सरकार अदल-बदल हुने र हरेक सरकारपिच्छे नयाँ आयोजना घोषणा हुन […]

बीमा कम्पनीको पूँजी वृद्धि योजना र तत्काल चाल्नुपर्ने कदम

जोखिममा आधारित पूँजी कोष कायम गर्न लगाई बीमा कम्पनीहरुलाई आन्तरिक रुपमा सबल र सक्षम बनाउने सोच नियामक निकायले बनाउन थालेको छ । यही सोचबाट फाइदा उठाउन तथा पूँजी वृद्धिलाई आधार बनाएर बीमा कम्पनीहरुले हकप्रद सेयरमार्फत ठूलै चलखेल सुरु गर्न सक्ने संभावना बढ्न थालेको देखिन्छ । कम्पनीका मुख्य सञ्चालनकर्ता र ठूला लगानीकर्ताहरुले हकप्रद निर्णय पूर्व इन्साइडर […]

इन्धन व्यवस्थापनमा विकृत प्रवृत्ति र अर्थतन्त्रमा ‘साइड इफेक्ट’

इन्धनको व्यवस्थापनमा देखिएको विकृत प्रवृत्तिले अर्थतन्त्रमा साइड इफेक्ट देखाएको छ । पेट्रोल र डिजल समेतका जैविक (फोसिल) इन्धन समेतका वस्तु अहिले जनताको दिनचर्या, विकास निर्माण, दैनिकी, स्वास्थ्य, उद्योग व्यवसाय, यातायात र कृषि क्षेत्र समेतको लागि अनिवार्य र आधरभूत उपभोग्य वस्तु बनेको छ । यसको खरिद बिक्री गर्ने एकाधिकार नेपाल आयल निगमले पाएको छ । यसमा […]

एकल बिमा शुल्कमा बेथितिः अभिकर्ता मालामाल, कम्पनीलाई नोक्सान

बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिको कमजोर नीतिको फाइदा उठाउँदै जीवन बिमा कम्पनीहरुले एकल बिमा शुल्कमा मनपरी गर्ने गरेको पाइएको छ । केहि नयाँ र केही पुराना बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले बिमाका अभिकर्ताहरुसँग मिलेर कम्पनीलाई नोक्सान हुने गरी बिमा गर्ने गरेको पाइएको हो । बिमा व्यवसाय धेरै देखाउन केही बिमा कम्पनीहरुले एकल बिमा शुल्क […]

विदेशी लगानी : उपभोक्तालाई फाइदा कि बेफाइदा ?

विदेशी लगानी भएको कम्पनी एनसेल नेपालमा नआउञ्जेल नेपालमा आम मानिसको पहुँचमा मोबाइल–फोन थिएन । एउटा सर्वसाधारण व्यक्तिले नेपाल टेलिकमको ‘सीम’ प्राप्त गर्नु पहाड फोर्नुजत्तिकै ठूलो चुनौती थियो । सामान्य मानिसले चाहेर पनि सीमकार्ड पाउन नसकिने अवस्था थियो । भनसुन गर्नुपर्ने, फारम भरेको महिनौं दिनपछि मात्र पाइने । एकदशक अघिसम्म नमस्तेको सीम प्रयोग गर्नु ‘स्टाटस मार्क’जस्तै थियो नेपालमा । २०६३ सालतिर होला मैले काठमाडौं मास्टर्स पढ्दै गर्दा ‘युटिएल कम्पनी’को मोबाइल एकदिनभरि लाइन […]

ढड्डा प्रणालीदेखि डिजिटल बैङ्कसम्मको यात्रा

कुनै समय टाट पल्टिने अवस्थामा पुगिसकेको राष्ट्रिय वाणिज्य बैङ्कको वित्तीय सूचकाङ्क आज सन्तोषजनक अवस्थामा पुगी सक्षम बैङ्कका रूपमा बजारमा प्रतिस्पर्धा गरिरहेको छ । वि.सं.२०२२ साल माघ १० गते तत्कालीन राजा महेन्द्रबाट उद्घाटन गरिएको यस बैङ्कले ५५ वर्ष पूरा गरी आजबाट ५६ औं वर्षमा प्रवेश गर्दासम्म देशको वित्तीय स्रोतको उच्चतम परिचालनबाट आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य […]

वैदेशिक लगानीले कृषिमा घात गर्छ

कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने सरकारको निर्णयलाई म खेतीपाति माथिको प्रतिगमन मान्छु । नेपालमा यस्तो प्रतिगमन ५० वर्षमा धेरै पटक भएको छ । नेपालको कृषि आधुनिक, व्यवसायिक र विकसित हुनु पर्नेमा यतिका समय यस्तै प्रतिगमनका रोकिएको छ । ५० लाखभन्दा बढी युवा किसान विदेश पलायन हुने कृषि यसैगरी भएको हो । जसका कारण […]

कृषिमा विदेशी लगानी : २६ वर्ष स्वीकार्य, अहिले किन बिरोध ?

मुलुकको अर्थ व्यवस्थालाई सबल, गतिशील एवं प्रतिस्पर्धात्मक बनाउन विदेशी लगानी भित्र्याउन जरुरी भएको भन्दै २०४९ सालमा पहलो पटक विदेशी लगानी एवं प्रविधि हस्तान्तरण ऐन आएको थियो । २०४९ कात्तिक २७ गते लालमोहर लागेको उक्त ऐनको अनुसूची खण्डको दफा ३ को उपदफा ४ मा विदेशी लगानी गर्न स्वीकृति नहुने उद्योगहरुबारे उल्लेख थियो । विदेशी लगानी रोकिएको […]

कृषकको अनुदान कि अनुदानको कृषक ?

सामान्य अर्थमा भन्ने हो भने किसान भन्नाले किनेर सामान नखाने भन्ने अर्थमा बुझ्न सकिन्छ । तर, हाम्रो देश नेपालमा किसान भन्नाले आफूसँग भएको जग्गामा आफ्नो सीप, ज्ञान, मिहेनत तथा आर्थिक लगानी गरी खेतीपाती/अन्नबाली, तरकारीबाली वा आफ्नो जीवनशैली पूरा गर्न आफूलाई आवश्यक पर्ने बाली उत्पादन गर्ने व्यक्तिलाई बुझिन्छ । प्रदेश १ सरकारको कार्यविधिअनुसार कृषि अनुदान भन्नाले […]

अधिक तरलता र कर्जाको गुणस्तर

कोभिड-१९ को नकारात्मक प्रभावले गर्दा हामी सबै असहज स्थितिबाट गुज्रिरहेका छौं । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएता पनि केही क्षेत्र बाहेक अधिकांश क्षेत्रहरु हाल संचालनमा आएकाले आशाको सञ्चार भएको छ । व्यवसाय पुनरुत्थानको लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम ब्याजदर, कर्जाको पनर्तालिकीकरण र पूनरसंरचनाको व्यवस्था आदिका कारण पनि हाम्रो अर्थतन्त्र […]

मुख्य आर्थिक परिसूचकको वर्तमान अवस्था

कुनै पनि देशको वर्तमान अवस्था कस्तो छ भनी निर्धारण गर्नका लागि विश्वव्यापी मान्यताअनुरुप केही आर्थिक परिसूचकहरु हुन्छन् । प्रमुख आर्थिक परिसूचकहरु र नेपालको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा यहाँ चर्चा गर्न खोजिएको छ। प्रमुख आर्थिक परिसूचकहरुमा कुल ग्राहस्थ उत्पादन, आर्थिक बृद्धिदर पूँजीबजार, रोजगारको अबस्था, उपभोक्ता मुल्य सूचांक, उत्पादक मुल्य सूचांक, ब्यापार संतुलन, ब्याजदर, मुद्रास्फीति दर, तलब […]

नेपालमा यसकारण चाहिन्छ छुट्टै हवाई सुरक्षा बल

संस्कृति, पर्यटन तथा  नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा बल गठन गर्न सम्बन्धित पक्षसँग समन्वय भइरहेको विषय सार्वजनिक गर्नु भएको छ । यो कार्यान्वयन गर्ने तहमै अगाडि बढेको हो भने ज्यादै सह्रानीय पहल हो । विगतमा पनि यस्तो पहल नभएको होइन । तर यसलाई गम्भिर रुपले लिएर अगाडि बढाउन नेतृत्वले जोडबल गर्न […]

‘कृषिमा बैंकको लगानी १० होइन, २५ प्रतिशत हुनुपर्ने थियो’

कोभिडका कारण नेपाल राष्ट्र बैंकले कर्जा तिर्नका लागि समय थपिदिएको छ । लामो समय बन्द भए पनि अहिले व्यापार–व्यवसायहरु खुला हुन थालिसकेको अवस्था छ । उद्योगहरु पनि विस्तारै पूर्ण क्षमतामा सञ्चालन हुन थालिसककेका समाचारहरु आउन थालेका छन् । हुन त कोभिडको संक्रमण भने दिनप्रतिदिन बढ्दो छ । कोभिड बढेपनि मान्छेले यसलाई पार्ट अफ द लाइफको […]

विश्व अर्थतन्त्र : ऋणको दलदल र बढ्दो गरिबी

कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र ऋणको दलदल र बढ्दो गरिबीमा रुमल्लिएको छ । यसले मानव जातिको अस्तित्वलाई नै संकटमा पार्ने देखिएको छ । त्यतिमात्र होइन, पूँजीवादी अर्थ-राजनीतिको सम्पन्नतालाई अब्यवस्था, अपूर्णता र संकट थोपरिरहेको छ । यस्तो लाग्छ, यो व्यवस्था भित्रभित्रै मक्किसकेको छ, ढल्नमात्र बाँकी छ । पैसा भए पुग्छ भन्ने पूँजीवादी सोचाई एवं मान्यतालाई भत्काइदिएको […]

नेपालमा स्टार्ट अप व्यवसाय किन असफल हुन्छन् ?

कोइला खानीबाट निस्कने कच्चा हीरा चम्किलो बन्न र लाखौं करोडौं मूल्यको हुन धेरै चोट खाइसकेको हुन्छ । हिमालबाट निस्कने पत्थर निरन्तरको ठक्कर र संघर्षपछि मात्र पूजनीय शालिकग्राम बन्छ । मान्छेलाई पनि सफलताको शिखरमा पुग्न अनेकौं असफलताको लडाइँ लड्नुपर्छ । हरेक सफल काम र व्यक्तिको पछाडि संघर्ष र असफलताको इतिहास हुन्छ । आज हामी नवप्रवर्तन व्यवसाय […]

‘अपेक्षा अनुरुप काम भएन, प्रधानमन्त्रीको छायामा पर्नुभयो’

नेपाल राजतन्त्रबाट गणतन्त्रमा गएको, एकात्मकताबाट संघीयतामा गएको, जुन परिवर्तन आएको छ लोकतान्त्रिक परिवर्तन र अर्थतन्त्रको त्यहि ढङ्गले पुरानै सामन्ति, अर्धसामन्ति अर्थात, निर्वाहमुखी कृषि प्रधान अर्थतन्त्र थियो । त्यसलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्न संरचनात्मक परिवर्तन चाहिन्छ, एक प्रकारले विशेष धक्का दिनुपर्छ । यसका लागि उपयुक्त बेला आएको थियो । केपी ओली नेतृत्वमा सुविधाप्राप्त जुन बहुमतको सरकार […]

‘अर्थमन्त्री खतिवडाको वास्तविक मूल्यांकन दुई वर्षपछि’

अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडाले आर्थिक वृद्धिलाई माथि उकास्ने गरी काम गर्न सक्नुभएन । उहाँ मन्त्री भएर आउँदा नै ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्रक्षेपित थियो । नतिजा त्यस्तै आयो । त्यसपछिका वर्षमा पनि जसरी आर्थिक वृद्धि हात पानुपर्ने हो, त्यो हुन सकेन । उहाँले आउँदा आउँदै श्वेतपत्र जारी गरेर अर्थतन्त्रको अवस्थाबारे बोल्नुभयो । त्यसमाथि […]

बैंकको मर्जरमा समेट्न छुटेका कर्मचारीका पीडा

कुनै दुई वा दुईभन्दा बढी संगठित संस्थाहरुको दुरदृष्टि, उदेश्य र लक्ष्यलाई मनन्  गरी एकै किसिमले एकीकृत रुपमा अगाडि बढ्न उपलब्ध जनशक्ति, कार्यप्रणालि अनि नवीनतम प्रविधिको ठूलो भूमिका रहेको हुन्छ। कार्यसम्पादन अनि उत्पादकत्व एक आपसमा अन्तरनिहीत छन् । मानव संसाधन पुँजी तब सृजना हुन्छ, जब त्यहाँ व्याक्तिगत एवम् संस्थागत लक्ष्य, उद्देश्य, अनुसासन, प्रोत्साहन, वृत्तिबिकास, अनुगमन तथा नियन्त्रणमा पारस्परिक  सम्बन्ध हुने गर्दछ। रास्ट्र बैंकको मर्जर नीति […]