Comments Add Comment

काठमाडौं महानगर

List Grid
काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट 

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ […]

सिन्धुपाल्चोकका दुई गाउँपालिकालाई काठमाडौं महानगरले ५०-५० लाख दिने

४ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई ५०-५० लाख रुपैयाँ दिने भएको छ । मेयर विद्यासुन्दर शाक्यले छिमेकी जिल्लाको बाढी र डुवान प्रभावित गाउँपालिकालाई सहयोग गरेको जानकारी दिए । यसअघि बिहीबार नगरसभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै उनले मेलम्ची नगरपालिकालाई दुई […]

महामारी प्रभावित करदातालाई सहुलियत दिने काठमाडौं महानगरको घोषणा

३ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति-तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सार्वजनिक गरेको नीति-तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले कोभिड-१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने भएको छ । सहरी […]

काठमाडौं महानगरले सय बेडको ‘महानगर विशेष अस्पताल’ बनाउने

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले स ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टिकृत सेवासहितको सुविधा सम्पन्न १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । नीति तथा कार्यक्रममा कोभिड-१९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, […]

काठमाडौं महानगरमा दुई दिनमा १८ हजार बढीले लगाए ‘भेरोसेल’ खोप

२७ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम शुरु गरेको हो । महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई शुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ […]

खोप लगाउन जानेलाई काठमाडौं महानगरले यसपटक चिया बिस्कुट नदिने

२५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप लगाउन जाने ज्येष्ठ नागरिकलाई चिया बिस्कुट नदिने भएको छ । अघिल्लो खोप अभियानमा चिया बिस्कुट र आराम गर्ने व्यवस्था समेत गरेको महानगरले संक्रमण फैलिने डरले यस पटक भने चिया बिस्कुट नदिने निर्णय गरेको महानगरकी उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन् । उनले खोप लगाउनेलाई खोप केन्द्रमा आधा घण्टासम्म आराम […]

काठमाडौं महानगरले पाँच नगरपालिकालाई दियो एक–एक करोड

४ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकाका पाँच वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई वटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ । कार्यक्रमपछि महानगरपालिकाले पाँच वटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत हस्तान्तरण गरेको […]

काठमाडौं महानगर : ४ महिनामा कार्यालय खर्च ६२ करोड, विकास खर्च ३३ करोड

८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसार बजेट खर्च गर्न सकेन । प्रशासनिक खर्च घटाउन नसकेको महानगरपालिकाको विकास खर्चको दर भने निरासाजनक छ । महानगरपालिकाले विकासका लागि उच्च दरमा बजेट विनियोजन गरेपनि खर्च गर्न नसक्दा पहिलो चार महिनामा समग्र खर्चको दर नै प्रभावित बन्न पुगको छ । बरु काठमाडौं […]

काठमाडौंलाई मागी खानेहरुको सहरका रुपमा चिनाउने प्रयास नहोस् : मेयर शाक्य

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन् । अभियान्ताहरुले लकडाउनको समयदेखि नै खुलामञ्चमा निःशुल्क खाना खुवाएका छन् । महानगरपालिकाले आफ्नो बेइज्जत भएको भन्दै रोक्न भनेपछि चौतर्फी आलोचना भइरहेको छ । मेयर शाक्य बुधबार पत्रकार सम्मेलन गरी फोहोर, धुलोधुँवा र भिडभाडका बीच स्वास्थ्य […]

काठमाडौं महानगरका सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम

१३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उदेश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने व्यवस्था गरेको हो। महानगरपालिका क्षेत्रभित्र रहेका […]

काठमाडौं महानगरको झिलिमिली कार्यक्रम : ७५ लाख खर्चेर बत्ती जोडिँदै

१४ असार, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले ‘रात्रिकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमुना परीक्षण थालेको छ । यसको सुरूवात माइतीघर मण्डलाबाट गरिएको छ । माइतीघर मण्डलामा अब साँझको सयममा पुग्दा झिलिमिली देख्न पाइनेछ । त्यस क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जोडिएको छ । काठमाडौँ महानगरपालिकाका सह‍सचिव राजेश्वर ज्ञवाली सहरको सौन्दर्य बढाउन काठमाडौँ महानगरपालिकाले रातमा झिलिमिली देखिने […]