+

चितवन राइनोज 2024 Chitwan Rhinos 2024

Coach
उमेश पटवाल
कुशल मल्ल ब्याट्समेन
दीपक बोहरा ब्याट्समेन
सन्तोष कार्की अलराउण्डर
बिपिन रावल विकेट किपर
शरद भेषावकर ब्याट्समेन
सलाहुद्दिन खान ब्याट्समेन
रवि बोपारा अलराउण्डर
हसन एइसाखिल ब्याट्समेन
रञ्जित कुमार अलराउण्डर
निकोल लोफ्टी-इटन ब्याट्समेन
बासिल हमिद अलराउण्डर

चितवन राइनोज 2024

नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रतिस्पर्धा गर्ने बागमती प्रदेशभित्रको काठमाडौंपछि अर्को टोली हो चितवन राइनोज ।

राजधानी काठमाडौं र उपत्यकाको प्रतिनिधित्व काठमाडु गुर्खाजले गर्नेछ भने चितवनले राइनोजले यस प्रदेशको तराई क्षेत्रको प्रतिनित्व गर्नेछ । चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको छ ।

चितवन राइनोजको मार्की खेलाडीमा युवा अलराउण्डर कुशल मल्ल छन् । उनी एनपीएलमा मार्की बन्ने सबैभन्दा कान्छो खेलाडी हुन् । २० वर्षीय कुशल आक्रमक ब्याटिङ र स्पीन बलिङ गर्छन् ।

अर्कोतर्फ चितवनमा हाल खेलिरहेका मध्ये नेपालका सबैभन्दा भेट्रान खेलाडी शरद भेषावकर पनि छन् । नेपालका लागि सन् २०१४ को विश्वकप खेलिसकेका भेषावकर अक्सनमा सुरुमा कसैले नजर नलागएपनि पछि चितवन राइनोजले विसलिस्टबाट अनुबन्ध गरेको थियो ।

कुनै समयमा शरदको कप्तानीमा कुशल मल्लले खेलेका थिए । कुशललाई फ्रेन्चाइजमा शरदले नै ग्रुम गरेका थिए । अहिले कुशल मार्की रहेको टिमले शरदलाई अनुबन्ध गरेको छ । एनपीएलमै नेपाली खेलाडीमध्ये शरद सबैभन्दा अनुभवी र पाका खेलाडी हुन् । सुरुमा कसलै नलिएपनि उनलाई पछि चितवनले लिएको थियो । अनुभव टिमलाई काम लाग्न सक्छ । शरदसँगै राष्ट्रिय टिममा खेलेका ज्ञानेन्द्र मल्ल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक छन् ।

कुशल र शरदसँगै चितवनमा दुई पेस बलर रिजन ढकाल र कमलसिंह ऐरी छन् । रिजन हाल राष्ट्रिय टिममा छन् भने कमलले राष्ट्रिय टिमबाट खेलिसके ।

यस्तै उमेर समूहका दीपक बोहरा, विपिन रावल, रन्जित कुमार जस्ता युवा खेलाडी पनि चितवनमा छन् । राष्ट्रिय टिमबाट नखेलेकामध्ये घरेलु क्रिकेटमा राम्रो अलराउण्डरको रुपमा रहेका अमरसिंह राउटेला पनि चितवनमा छन् ।

कागजमा हेर्दा भने चितवनको टिम कमजोर देखिएको छ ।

चितवन राइनोजको टिम:
ओनर : चितवन मेडिकल कलेज (आयुष न्यौपाने, डा. हरिश न्यौपाने)
मार्की खेलाडी : कुशल मल्ल
अन्य खेलाडी : रिजन ढकाल, कमल सिंह ऐरी, शरद भेषावकर, दिपेश श्रेष्ठ, अमरसिंह राउटेला, दीपक बोहरा, सन्तोष कार्की, गौतम केसी, रन्जित कुमार, विपिन रावल
विदेशी खेलाडी : सोहेल तनविर, लुक बेनकेन्स्टेइन, हसन एइसाखिल, निकोल जान लोफ्टी-इटन, रबि बोपारा
मुख्य प्रशिक्षक : उमेश पटवाल

बलियो पक्ष : मिडल अर्डर ब्याटिङ र पेस बलिङ

चितवनको सबैभन्दा बलियो पक्षको रुपमा मिडल अर्डर र पेस बलिङ रहेको छ ।

मार्की खेलाडी कुशल मल्लसहित अनुभवी शरद भेषावकर, भेट्रान रवि बोपारा र अलराउण्डर जान निकोल लोफ्टी इटन मिडल अर्डरमा छन् । उनीहरुसँग टी२० को राम्रो अनुभव पनि छ । लफ्टी इटनले टीयू मैदानमै टी२०आईमा सबैभन्दा छिटो शतक प्रहार गर्ने कुशल मल्लको कीर्तिमान तोडेका थिए । टप अर्डर कमजोर हुँदा चितवनको इनिङ्स मिडल अर्डरले नै धान्नुपर्नेछ ।

यस्तै पेस अट्याक पनि राम्रो छ । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका दुई पेसर रिजन ढकाल र कमल सिंह ऐरी सहित विदेशी खेलाडी मर्चेन्ट डे ल्याङ पेस बलिङमा हुनेछन् । उनीहरुलाई घरेलु दीपेश श्रेष्ठ र अलराउण्डर अमर सिंह राउटेलाको साथ हुनेछ ।

लेफ्ट ह्याण्ड पेसर रिजनले केही समयअघि राष्ट्रिय टिमसँग लिग टु का लागि क्यानडा र अमेरिका टुर गरेका थिए । पछिल्लो समय उनी राम्रो सम्भावना देखाएका छन् । २०२० मै राष्ट्रिय टोलीमा डेब्यु गरेका कमल भने चोटका कारण केही समय बाहिर रहे । उनी पुनरागमनको पर्खाईमा छन् । दक्षिण अफ्रिकी भेट्रान मर्चेन्ट डे ल्याङसहित रिजन र कमलको पेस अट्याक राम्रो देखिन्छ ।

दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट तीनवटै फर्म्याट खेलिसकका डे ल्याङसँग विश्वका विभिन्न देशका लिग खेलेको अनुभव छ र त्यो अनुभव एनपीएलमा काम लाग्न सक्नेछ ।
डे ल्याङले आईपीएलसहित पीएसएल, सीपीएल, लंका प्रिमियर लिग, भाइटालिटी ब्लास टी२०, दी हन्ड्रेड क्रिकेट, दक्षिण अफ्रिकी टी२० लिग लगायत खेलेको अनुभव छ ।

कमजोर पक्ष : टप अर्डर र स्पीन बलिङ

चितवनको टप अर्डर र स्पीन आक्रमण भने कमजोर देखिएको छ । अक्सनमा चितवनले पेस बलरबाहेक अन्य स्टार खेलाडी अनुबन्ध गर्न सकेन ।

ओपनिङमा खेल्ने सन्तोष कार्की र विपिन रावलसँग ठूलो खेलको अनुभव छैन । यसैले टप अर्डरमा चितवन विदेशी खेलाडीमा निर्भर छ । चितवनले इंग्ल्याण्डका भेट्रान रवि ओपारा, इंग्ल्याण्डका यू१९ टिमका लुक बेनकेन्स्टेइन र अफगानिस्तानका यू१९ टिमका हसन एइसाखिललाई अनुबन्ध गरेको छ ।

लुक र हसनले ओपनिङ गर्न सक्छन् तर ठूलो लिग खेलेका छैनन् । रवि बोपारा विशेषगरी मिडल अर्डरमा खेल्ने गर्छन् । मार्की खेलाडी कुशल मल्लले पनि ओपनिङ गर्न सक्छन तर उनी पछिल्लो समय मिडल अर्डरमा खेल्दै आएका छन् ।

टप अर्डरमा युवा खेलाडी वा विदेशी खेलाडीले खेलेमा राम्रो सुरुवात दिलाउनुपर्ने चुनौती हुनेछ । मिडल अर्डरमा भने कुशलसहित नामिबियाका जान निकोल लोफ्टी इटन, शरद भेषावकर र अमरसिंह राउटेला जस्ता खेलाडी छन् ।

यस्तै स्पीनमा पनि चितवनमा नाम चलेका खेलाडी छैनन् । स्पीनमा युवा स्पीनर रन्जित कुमार छन् भने कुशल मल्ल स्पीन अलराउण्डरको रुपमा खेल्नेछन् । यस्तै ब्याटिङ अलराउण्डर लोफ्टी इटनले लेग ब्रेक बलिङ गर्नेछन् । शरद भेषावकरले पनि पार्ट टाइम स्पीन गर्नेछन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट