Comments Add Comment

योगेश भट्टराई

List Grid
माधव नेपाल ‘होम सिक’ भएर एमालेमै फर्किन्छन्ः योगेश भट्टराई

१ असोज, पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमालेमै फर्किने बताएका छन् । विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल पनि एमालेमै फर्किने भट्टराईको भनाइ छ । ‘समाजवादी पार्टीका नेता/कार्यकर्ताको मनमा एमाले छ । उहाँहरु एमालेभन्दा बाहिर बस्न सक्नुहुन्न,’ भट्टराईले भने, ‘उहाँहरु एमाले सिक […]

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

१ असोज, पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गरेका छन् । एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी  खोलेका नेपाल एमालेमै फर्किने उनको जिकिर छ । प्रेस चौतारी नेपाल कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौं तर पार्टीभित्र […]

सभामुखले एमालेको कुरै नसुनेकाले समस्या भयो : योगेश भट्टराई

२६ भदौ, काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताए । पार्टी विभाजनअघि नै एमालेले आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेको थियो । […]

सभामुखले निष्पक्ष भूमिका नखेलेकाले विरोध गर्नुपर्‍यो : योगेश भट्टराई

२३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेकाले आफ्नो पार्टीले संसदमा विरोध गर्नुपरेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलले ह्वीप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरुलाई कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले फुटाउन सघाएको आरोप लगाए । […]

देउवाले अध्यादेश फिर्ता लिनुपर्छ, ओली र नेपालले सम्झौता गर्नुपर्छ : योगेश भट्टराई

१ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने बताएका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि प्रतिक्रिया दिंदै उनले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारीगर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र भएको बताएका छन् । विगतको फोहोरी राजनीतिक अध्यासबाट शिक्षा […]

एमाले नेता योगेश भट्टराईलाई मातृशोक

२३ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ । उनकी आमा महेन्द्रादेवी भट्टराईको शनिबार ९५ वर्षको उमेरमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । परिवारका अनुसार उनको अन्तिम संस्कार आइतबार विहान पशुपति आर्यघाटमा गरिनेछ ।  

अखिल र युथ फोर्स खारेज गर्न योगेश भट्टराईको माग

९ साउन, काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाएका छन् । पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि प्रश्न गरेका छन् । ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई […]

योगेश भट्टराईले भने- सर्वोच्चको फैसला स्वागतयोग्य

२८ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराईले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने गरी आदेशको सम्मान गर्ने प्रतिक्रिया दिएका हुन् । उनले बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहतिको एमालेको एकतालाई जोगाउन नेता तथा कार्यकर्तालाई संयमता […]

ओलीले एकतर्फी निर्णय गर्नु दुर्भाग्यपूर्ण : सचिव भट्टराई

१९ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । यसले पार्टी एकताको पक्षमा रहेका देशभरका कार्यकर्ताको मनोविज्ञानमा गम्भीर प्रहार गरेको उनले बताए । आइतबार ताप्लेजुङमा पत्रकारहरुसँग कुरा गर्दै एमाले सचिव भट्टराईले भने, ‘एकपक्षीय निर्णयहरु खारेज गर्नुपर्छ, सहमतिमा फर्किनुपर्छ ।’ पार्टी अध्यक्ष ओली […]

‘सर्वोच्चलाई प्रभावित पार्नुहुन्न, फैसलापछि एमाले एकठाउँ उभिनुपर्छ’

९ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ शुरू भएको छ । कर्णालीका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेश विरुद्ध अध्यक्ष केपी शर्मा ओली ‘भ्याकेट’ मा गएपछि एमालेको एकता प्रयास अन्योलमा देखिन्छ । स्वयं एमालेका नेताहरूले तत्कालका लागि एकता टर्दै गएको बताउन थालेका छन् । तर एकतामा जोड दिंदै आएका नेता योगेश भट्टराई भने […]

अदालतको आदेश एमाले एकताका लागि उत्प्रेरणा : योगेश भट्टराई

८ असार, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अदालतका पछिल्ला आदेशले एमाले एकताको अपरिहार्यतालाई जोड दिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले सर्वोच्चको आदेश एमाले एकताका लागि उत्प्रेरणा नै भएको दावी गरेका छन् । ‘बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’ उनले लेखेका छन् । […]

चार वर्षमा चार पर्यटन मन्त्री : कसले के के गरे ?

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको करिब साढे ३ वर्षको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चार जना मन्त्री फेरिए, करिब ६ महिना प्रधानमन्त्री आफैंले यो मन्त्रालयको जिम्मा लिए । अस्थिर नेतृत्वको परिणाम पर्यटन मन्त्रालयको कार्यप्रगतिमा देखिएको छ । अहिले सबैभन्दा कमजोर कार्यप्रगति भएको मन्त्रालयमा यही पर्छ । यो मन्त्रालयको […]

योगेशले खुट्याए एमाले एकताको समस्या

२६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा व्यक्त गरे । सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘कमरेड केपी ओली […]

योगेश भट्टराईको प्रतिक्रिया : अध्यक्ष ओलीको आह्वान सकारात्मक

२३ जेठ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । यसले कार्यदल स्तरको छलफललाई निरन्तरता दिने बाटो खोलेको उनले बताएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि ६बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ […]

चुहानडाँडामा आडछिरिङको नाम राख्न सुकेटारमा रवीन्द्रलाई जोडियो

१६ जेठ, काठमाडौं । सुकेटार विमानस्थलको नाम फेरेर परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने सरकारी निर्णयको ताप्लेजुङमा विरोध भएको छ । जिल्लामा क्रियाशील सबै राजनीतिक दलले विमानस्थलको नाम परिर्वतन गर्ने सरकारी घोषणा ताप्लेजुङबासी जनताको भावना विपरित भएको बताएका छन् । विमानस्थलको नाम परिर्वतन अस्वीकार्य भएको भक्न्दै जारी गरिएको वक्तव्यमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी […]

सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राख्दा योगेश भट्टराई असन्तुष्ट !

१६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा […]

पार्टी एकता जोगाउनका लागि आजको निर्णय : योगेश भट्टराई

७ जेठ, काठमाडौं । एमाले नेता योगेश भट्टराईले पार्टी एकतालाई जोगाउन आफूले पछिल्लो कदम चालेको बताएका छन् । उनी माधव नेपाल-झलनाथ खनाल पक्षले कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सर्मथन गर्ने गरेको निर्णयको विपक्षमा उभिएका थिए । भट्टराईले देउबाको पक्षमा हस्ताक्षर गरेका थिएनन् । ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज,’ उनले समाजिक सञ्जालमा लेखेका […]

योगेश भट्टराईको प्रस्ताव– राज्यबाट पारिश्रमिक लिने सबैको सुविधा रोकाैं

३० वैशाख, काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता योगेश भट्टराईले कोभिडविरुद्धको लडाइँमा खटेकाहरुबाहेक राज्यबाट पारिश्रमिक लिने सबैको सुविधा स्थगित गर्न सरकारलाई सुझाव दिएका छन् । कोरोना संक्रमित बिरामीका लागि न्युनतम अक्सिजन र बेड पनि दिन नसक्दा लाज लागेको भन्दै उनले सबैको एकमात्र मिसन कोभिड–१९ लाई बनाउनुपर्नेसमेत बताएका छन् । सामाजिक सन्जालमा चार बुँदामा आफ्ना […]

विष्णु पौडेलले भेटे नेपाल समूहका तीन नेता

२३ वैशाख, काठमाडौं । नेकपा एमालेको दोस्रो तहका नेताको सम्वादले तीव्रता पाएको छ । बिहीबार मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरुसँग भेटवार्ता गरेका हुन् । अर्थमन्त्री समेत रहेका पौडेलले सुरुमा योगेश भट्टराईलाई भेटेका थिए । लगतै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरे । […]

पार्टी एकता जोगाउन ओलीलाई योगेशको आग्रह

८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न योगेश भट्टराई बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर भट्टराईले ओलीसँग पार्टी एकता जोगाउन आग्रह गरेका छन् । भट्टराईसहित २७ सांसदलाई ओलीले मंगलबार मात्रै दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका छन् । माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकालेका छन् ।  

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन भद्दा मजाक: योगेश भट्टराई

१९ चैत, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने निर्णय भद्दा मजाक भएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीले बिहीबार भुसाल र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेका थिए । यसबारे ट्वीटरमा प्रतिक्रिया दिँदै भट्टराईले लेखेका छन्, ‘ऋृषिमुनी र वुद्धको ज्ञान भूमि अनि मार्क्सवादको […]