+

काठमान्डु गुर्खाज 2024 Kathmandu Gurkhas 2024

Team Captain
करण केसी
Coach
बसन्त शाही ठकुरी
धेरै रन लिएका
खेलाडी रन
प्रतिक श्रेष्ठ ब्याट्समेन
कृष्ण कार्की अलराउण्डर
शंकर राना ब्याट्समेन
सुमित महर्जन ब्याट्समेन
राजु रिजाल विकेट किपर
नाथन सोटर अलराउण्डर
डान डौथवेट अलराउण्डर
माइकल लेभिट ब्याट्समेन
साहब आलम ब्याट्समेन
करण केसी ब्याट्समेन
रासिद खान ब्याट्समेन
भिम शार्की ब्याट्समेन

काठमान्डु गुर्खाज 2024

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाज बागमती प्रदेशभित्रको दुईमध्ये एक टोली हो । गुर्खाजले बागमती प्रदेशभित्र काठमाडौं उपत्यकाको प्रतिनिधित्व गर्नेछ ।

जुनसुकै फ्रेन्चाइज खेल हुँदा पनि काठमाडौंको टिम घरेलु टिमको रुपमा रहने गर्छ र स्थानिय समर्थन पनि हुन्छ । त्यसले गर्दा काठमाडौंलाई राम्रो प्रदर्शन गर्ने दबाब पनि हुनेछ ।

काठमान्डु गुर्खाजको मार्की खेलाडीमा राष्ट्रिय टिमका मिडियम पेस बलर करण केसी छन् । करण बाहेक राष्ट्रिय टिमका ब्याटर भिम शार्की छन् । गुर्खाजमा स्टार खेलाडी देखिँदैन । तर वानडे शैलीमा खेल्ने ब्याटरहरु शंकर राना, सुमित महर्जन, राजु रिजाल जस्ता खेलाडी छन् ।

यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका स्पीनर शाहब आलम र यू१९ टिमबाट खेलेका स्पीनर दिपेश कँडेल छन् ।

अक्सनका बेला काठमान्डु गुर्खाजलाई कमजोर टोली भनिएपनि विदेशी खेलाडी अनुबन्धपछि गुर्खाज टोली सन्तुलित देखिएको छ ।

यस्तै काठमाडौंले नेपाली खेलाडीलाई साथ दिन राम्रा विदेशी खेलाडी भित्र्याएको छ । गुर्खाजले एनपीएलका लागि ५ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

जसमा नामिबियाका कप्तान जेरार्ड इरासमस र नेदरल्याण्ड्सका युवा ओपनर माइकल लेभिट छन् । यस्तै इंग्लयाण्डका तीन खेलाडी स्टेफेन इस्कीनाजी, डान डौथवेट, नाथन सोटर छन् ।

काठमान्डु गुर्खाजको मुख्य प्रशिक्षकमा नेपालको पहिलो पुस्ताका अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय टिमका पूर्व सहायक प्रशिक्षक बसन्त शाही ठकुरी छन् । काठमान्डु गुर्खाजका अध्यक्ष उपेन्द्र देवकोटाले एनपीएलको ट्रफी आफ्नै टिमले जित्ने दावी गरेका छन् ।

काठमान्डु गुर्खाजको क्रिकेट एम्बासडरमा नेपाली राष्ट्रिय महिला टिमकी कप्तान इन्दु वर्मा छन् ।

काठमान्डु गुर्खाजको टिम :

ओनर : काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर (केएमजी, मेडिसिटी, याक एण्ड यती)

मार्की प्लेअर : करण केसी

अन्य खेलाडी : भीम शार्की, शाहब आलम, रासिद खान, दिपेश कँडेल, कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ, विवेक केसी

विदेशी खेलाडी : माइकल लेभिट, जेरार्ड एरासमस, स्टेफेन इस्कीनाजी, डान डौथवेट, नाथन सोटर

आइकोनिक प्लेअर : क्रिस कार्की

मुख्य प्रशिक्षक : बसन्त शाही ठकुरी

क्रिकेट ब्रान्ड एमबासडर: इन्दु बर्मा

बलियो पक्ष : टप अर्डर र विदेशी खेलाडी

अक्सनका बेला काठमान्डु गुर्खाज टिमलाई धेरैले कमजोर टिम भनेर चर्चा गरेका थिए । तर काठमाडौं राम्रो विदेशी खेलाडी अनुबन्ध गरेर टिमलाई सन्तुलित बनाउने प्रयास गरेको छ ।

यस पटक काठमाडौंको बलियो पक्ष नै विदेशी खेलाडी देखिएको छ । किनभने नेपालमा आएर अन्तर्राष्ट्रिय खेल खेलिसकेका नामिबयाका कप्तान जेरार्ड इरासमस र नेदरल्याण्ड्सका युवा ब्याटर माइकल लेभिटलाई काठमाडौंले अनुबन्ध गरेको छ । दुवै एसोसिएटमा राम्रो खेलाडी हुन् ।

यस बाहेक बिग बास लिगमा पर्थ स्कोर्चर्सका लागि खेलिसकेका इंग्ल्याण्डका ब्याटर स्टेफेन इस्कीनाजीसहित अलराउण्डर डान डौथवेट र नाथन सोटर विदेशी खेलाडीमा छन् ।

एनपीएलमा एक टिममा चार विदेशी खेलाडी खेलाउन पाउने नियम छ । लेभिट, इस्किनाजी र इरासमस टप अर्डरमा खेल्छन् भने अलराउण्डर डौथवेट र नाथन सोटर मध्ये एक खेलाडी लोअर अर्डरमा खेल्छन् । डौथवेइट पेस बलिङ अलराउण्ड र सोटर स्पीन बलिङ अलराउण्डर हुन् ।

विदेशी खेलाडी थपिएपछि गुर्खाजको टप अर्डर पनि राम्रो देखिएको छ । माइकल लेभिट इस्किनाजीसँगै नेपाली ब्याटर भिम शार्की, सुमित महर्जन र शंकर रानाले विदेशी खेलाडीलाई साथ दिनेछन् ।

कमजोर : पेस बलिङ

स्पीन बलिङमा सन्तुलित देखिएपनि गुर्खाजको पेस बलिङ भने कमजोर देखिन्छ । मार्की प्लेअर करण केसीसहित राशिद खान र कृष्ण कार्की पेस बलिङ अलराउण्डर हुन् ।

करणबाहेक रासिद खान र कृष्ण कार्की राष्ट्रिय टिममा छैनन् । रासिद राष्ट्रिय टिममा पुनरागमन गर्ने योजनामा छन् भने कृष्ण करियरको अन्तिमतिर छन् । अलराउण्डर डौथवेटले पेस बलिङमा सघाउने सक्नेछन् तर समग्रमा पेस अट्याक कमजोर देखिन्छ ।

बरु ब्याटिङमा लोअर अर्डरमा करण र राशिदसँगै डौथवेटले पनि योगदान गर्न सक्छन् । स्पीनमा भने शाहब बलम र युवा दिपेश कँडेल छन् । यो जोडीलाई पार्ट टाइम बलिङ गर्ने नामिबियाका कप्तान इरासमसले सघाउनेछन् ।

टप अर्डरपछिका खेलाडीहरु बलिङ अलराउण्डर रहेकोले फिनिसिङमा पनि काठमाडौं केही कमजोर देखिन्छ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट