Comments Add Comment

प्रतिनिधि सभा

List Grid
दुवै सदनका बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची

७ असोज, काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक […]

‘मौलिक हक कार्यान्वयन नभए यो संविधान रहनु र नरहनुले अर्थ राख्दैन’

संविधानसभाबाट जारी भएको संविधानले केही चरण पूरा गरिसकेको छ । संविधान कार्यान्वयन हाम्रो अगाडि छ । संविधानसभाबाट रूपान्तरण भएको एउटा चरण । त्यसपछाडि तीनै तहको निर्वाचन अर्को चरण हो । निर्वाचन भएर पनि तीनै तहको स्थानीय सरकार, प्रदेश सभा, संघीय संसद पाँच वर्ष कार्यकालको उत्तरार्द्धमा आइसकेको छ । यस अवधिमा हामीले संविधानमा भएका सबल र […]

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ । कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख मार्फत विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी […]

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्दै

३ साउन, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने छ । करीब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले यस पटक प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च […]

प्रतिनिधि सभा विघटन : आज जवाफी बहसको निरन्तरता र एमिकस क्युरीको राय

२१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा रिट निवेदक तर्फका वकिलहरुको जवाफी बहस सोमबार पनि जारी रहने छ । सोमबार नै एमिकस क्युरीले राय प्रस्तुत गर्ने तयारी पनि छ । संवैधानिक इजलासमा जवाफी बहसका लागि २ घण्टा २ मिनेट बाँकी समय छ । जवाफी बहसका लागि ३ घण्टा समय तय गरिएकोमा निवेदकका […]

प्रतिनिधि सभा विघटन : आजदेखि विपक्षीको बहस

१४ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुँदै छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानून व्यवसायीहरुले बहस गर्न लागेका हुन् । रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस गर्नका लागि १५ घण्टाको समय छुट्याइएको छ । […]

प्रतिनिधि सभा विघटनप्रति सुर्खेतका पाँच राजनीतिक दलको आपत्ति

११ जेठ, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति सुर्खेतका पाँच राजनीतिक दलले आपत्ति जनाएका छन्। दलहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ओलीको कार्यशैली प्रति आपत्ति जनाएका हुन् । ‘जनताको कठोर आन्दोलन, बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानमाथि आघात पुर्‍याएको छ, रातारात संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र […]

१०१ लेखक- साहित्यकारद्वारा प्रतिनिधि सभा विघटनको विरोध

१९ पुस, बुटवल । रूपन्देहीका लेखक तथा साहित्यकारहरूले प्रतिनिधि सभा विघटन संविधानमाथिको कुठाराघात भन्दै खेद प्रकट गरेका छन् । जिल्लाका एक सय एकजना लेखक-साहित्यकारहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन संविधानको मर्म, व्यवस्था र जनआकांक्षा विपरीत रहेको ठहर गरेका हुन् । समाधानका अनेक बन्दोबस्त हुँदाहुँदै […]

संसदमा ५० भन्दा बढी विधेयक अलपत्र

२३ मंसिर, काठमाडौं । संघीय संसदमा ५० भन्दा बढी विधेयक अलपत्र परेका छन् । राजनीतिक विमती र संसदीय समितिको सक्रियताको कमीका कारण दुई वर्षदेखि संसदमा अड्किएका विधेयकको संख्या मात्रै नौ छ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा दर्ता भई वितरण मात्रै गरिएका विधेयकको संख्या सात छ । सभामा प्रस्तुत भएर रोकिएका विधेयक चार वटा छन् […]

सांसदलाई अधिकार – जिम्मेवारी विधायिकी, भूमिका कार्यकारी !

५ असार, काठमाडौं । सांसद विकास कोषका नाममा बजेट दिँदा विधि निर्माण प्रभावित भइरहेका बेला अझ अगाडि बढेर कार्यकारी निर्णयलाई प्रभावित तुल्याउन सक्नेगरी सांसदहरूलाई भूमिका दिइने भएको छ । विधायिकी जिम्मेवारीमा रहेका सांसदहरूलाई कार्यकारी अधिकारमा समेत भूमिका दिने कानुनी व्यवस्थासहितको तीन तहको अन्तर्सम्बन्धसम्बन्धी विधेयक (संघ, प्रदेश र स्थानीय तहको अन्तर्सम्बन्ध व्यवस्थापन) प्रतिवेदन बिहीबार प्रतिनिधि सभामा […]

संसदमा संविधान संशोधन विधेयकमाथि छलफल हुँदै

२७ जेठ, काठमाडौं । प्रतिनिधि सभामा मंगलबार नेपालको अध्यावधिक नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको मंगलबारको संभावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने उल्लेख छ । कानुनमन्त्री तुम्बाहाङफेले लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग […]

अर्थमन्त्री एक नम्बरको विज्ञ, तर बजेट गतिलो आएन

बजेट वार्षिक आय व्ययको अनुमान मात्रै होइन । अहिले त झन् सय वर्षमा एक पटकमा आउने एक अवसर थियो । विभिन्न अध्ययनहरूले ९ ट्रिलियन डलरले विश्व अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ । एसियामा सबैभन्दा ठूलो १३.६ प्रतिशतले हाम्रो अर्थतन्त्र खुम्चिन्छ भनिएको अवस्था छ । हाम्रो ३७ खर्बको जीडीपीमा चार प्रतिशत संकुचन आउने प्रक्षेपण छ । […]

संसदमा आर्थिक सर्वेक्षण पेश हुँदै, संविधान संशोधन विधेयक के हुन्छ ?

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ । आर्थिक सर्वेक्षण पेश भएको पर्सिपल्ट नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा प्रस्तुत हुने छ । हरेक वर्ष जेठ १५ गते बजेट […]