Comments Add Comment

माधवकुमार नेपाल

List Grid
प्रचण्ड–नेपाल समूहको निष्कर्ष : स्थायी कमिटीको नियमित एजेण्डामा छलफल गरौं

१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । १० असारबाट सुरु भएको स्थायी कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डा थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनपछि नेपाल भारत […]

कोही चोइटिएर जालान् तर कम्युनिस्ट पार्टी फुट्दैन : माधव नेपाल

९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै आन्दोलनलाई समाप्त पार्ने मुर्खता नगर्न नेताहरुलाई चेतावनी दिएका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले भने विधिको पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो भने पतन हुने बताए । ‘यदि […]

नारायणहिटीबाट गणतन्त्र स्मारक हटाउनुपर्छ : माधव नेपाल

८ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटी संग्रहालयबाट गणतन्त्र स्मारक हटाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका नेपालले नारायणहिटी संग्रहालयमा गणतन्त्र स्मारक राख्नु उपयुक्त नहुने बताए । ‘गणतन्त्र स्मारकका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ । जनताको आन्दोलन र सामाजिक आन्दोलनका कुराहरु राख्दै गणतन्त्रको […]

प्रचण्डलाई माधव नेपाल समूहको प्रस्ताव : महाधिवेशनसम्म सहकार्य गरौं

७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधवकुमार नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन सहकार्यको प्रस्ताव राखेको छ । आगामी मंसिरमा महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने प्रधाननमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली ओलीको प्रस्तावको काउन्टरमा नेपाल पक्षले दीर्घकालीन सहकार्यको प्रस्ताव अघि सारेको हो । ओलीसँग सहमति गर्दै प्रचण्ड महाधिवेशनबाट अध्यक्ष बनिहाल्छन् […]

प्रचण्ड र माधव नेपालले ओलीलाई भने : प्रधानमन्त्रीबाट राजीनामा दिनुस्

१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने अडान मात्र दोहोर्‍याएन्, सकेको कदम चाल्न चुनौती दिएका छन् । भोलि शुक्रबारका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा […]

ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, माधवले दाबी नगर्ने

२३ असार, काठमाडौं । स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता प्रधानमन्त्री पदमा अड्किएको छ । प्रचण्डले प्रष्टै शब्दमा ओलीलाई प्रधानमन्त्री पद त्यागेमा अध्यक्ष छाड्नु नपर्ने र यसमा माधव नेपालको पनि समर्थन हुने बताएका छन् । ओलीले राजीनामा दिएमा वा हटाइएमा कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा […]

प्रचण्ड–माधवलाई साक्षी राखेर दोस्रो तहका नेताले भने– कोही भाग्न पाइँदैन !

१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक दर्जन स्थायी कमिटी सदस्यहरु शुक्रबार दिउँसो माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे । नेता नेपालले त्यहीँबाट फोन गरेर कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि बोलाए । बालुवाटारमा बुधबार सम्पन्न सचिवालय बैठकको वास्तविकता बुझ्न भन्दै नेपाल निवासमा स्थायी कमिटी सदस्यहरु भेला भएका थिए । उनीहरुले त्यहाँ कार्यकारी अध्यक्ष प्रचण्ड […]

ओलीका दुई रणनीति : संसदीय दलमा बहुमत पुर्‍याउने, प्रचण्ड–माधवबीच दुरी बढाउने

१६ वैशाख, काठमाडौं । आज बस्ने भनिएको नेकपा सचिवालयको बैठक अनिश्चित बनेको छ । शीर्ष तहमा चर्किएको शक्ति–संघर्षका कारण सचिवालय बैठक अनिश्चित बनेको हो । माधव नेपाल पक्ष र केपी ओली पक्षका नेताहरुबीच सोमबार कोटेश्वरमा भएको छलफलपछि मंगलबार सचिवालयको बैठक बस्ने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिएका थिए । नेता माधव नेपालको निवासमा भएको […]

अध्यादेश टर्‍यो, त्रिशंकु हुँडलो टरेन

१५ वैशाख, काठमाडौं । कोरोना महामारीविरुद्धको अभियानलाई नै बिथोल्ने गरी ल्याइएका दुई अध्यादेश फिर्ता लिइसकेपछि पनि सत्तारुढ नेकपाभित्रको हुँडलो मथ्थर भएन । त्यसयता सरकारमाथिको संकट घट्नुको साटो झन् चुलिएको छ । अध्यादेशमा भएको गल्ती सच्याएपछि सरकारको ध्यान जनताका दैनिक समस्यातर्फ केन्दि्रत हुने धेरैको अनुमान थियो । तर, बैशाख १२, १३, १४ र १५ गते चार […]

संसदीय दलमा रस्साकसी, ओलीलाई १० सांसद नपुग्ने

१५ वैशाख, काठमाडौं । नेकपाभित्रको रस्साकसी सघन छलफलसँगै संसदीय दलको जोड-घटाऊसम्म आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले दुईवटा रणनीति अख्तियार गरेका छन् : एक- माधव नेपाल पक्षलाई फकाउने, दुई- संसदीय दलमा एक्लै बहुमत पुर्‍याउन जोड गर्ने । यसका लागि ओलीलाई करिब १० सांसदको कमी छ । केपी ओलीसँग बिष्णु पौडेल रहँदासम्म उनको […]

निष्कर्षमा पुग्न सकेन ओली-माधव समूहको छलफल

१५ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सोमबार नेता नेपालसँग कुराकानी गरेका थिए । लगत्तै दुवै पक्षका दोस्रो तहका नेताहरुले वार्ता गरे, तर सहमति हुन सकेन । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको […]

पार्टी एकतामा आघात पुग्ने काम नगरौं : माधव नेपाल

९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा आघात पुग्ने काम नगर्न आग्रह गरेका छन् । विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको भन्दै उनले पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्ने र पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि […]

नेकपाका शीर्ष नेता एउटै मञ्चमा, नेपाल भन्छन् : आत्तिनु पर्दैन

१५ फागुन, काठमाडौं । बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएका छन् । बागमती प्रदेशस्तरीय भेलामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित छन् । प्रशिक्षणलाई सम्बोधन गर्दै नेता नेपालले मिडियामा […]

माधव नेपाल र बाबुरामविरुद्धको रिटमाथि प्रधानन्यायाधीशको इजलासमा सुनुवाइ हुँदै

२ फागुन, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा सो रिटमाथि सुनुवाइ हुन लागेको हो । न्यौपानेले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि पनि मुद्दा चलाउन […]

माधव र बाबुरामलाई अख्तियारले जोगाएकै हो ?

२६ माघ, काठमाडौं । बालुवाटारस्थित ललितानिवास क्याम्पा र त्यसले चर्चेको ११४ रोपनी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा ‘मन्त्रिपरिषदले सामूहिक रुपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने’ भन्दै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले निर्णय गरेपछि यसबारे दुईथरी प्रतिक्रिया आइरहेका छन् । एकथरीलाई नेपाल र भट्टराई दोषी हुँदाहुँदै […]

माधव नेपालको स्पष्टीकरण : ललिता निवासमा म दोषी छैन

२४ माघ, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय नभएको उनको दाबी छ । ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको […]

नेकपाको सचिवालय अपूर्ण छ, रावल र शाक्यलाई थपौं : नेपाल

२० पुस, धनगढी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सचिवालय अपूर्ण भएको टिप्पणी गरेका छन् । तत्कालीन एमालेका उपाध्यक्षहरुलाई पनि सचिवालयमा ल्याउनुपर्ने उनको भनाइ छ । आइतबार धनगढीमा पुष्पलाल मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेता नेपालले भने, ‘पार्टीको सचिवालय जसरी मिलाउनु पर्ने हो, अलिकति मिलेको छैन ।’ उनले अघि […]

प्रदेश प्रमुख सिफारिसमा माधव नेपाल असहमत

१८ कात्तिक, काठमाडौं । सात जना प्रदेश प्रमुख नियुक्तिसम्बन्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको निर्णयमा बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । नेपालले नोट अफ डिसेन्ट नै लेख्ने बताएका छन् । सोमबार विहान बसेको नेकपा सचिवालय बैठकमा नेपालले प्रदेश प्रमुखका लागि आफ्नो तर्फबाट केही नेताको नाम पेश गरेका थिए । प्रदीप नेपाल, विश्वकान्त मैनाली, […]

कांग्रेस आत्तियो, अब नेकपा सच्चिएला ?

९ असोज, काठमाडौं । नेकपा केन्द्रीय कार्यालयको रेकर्ड हेर्ने हो भने वर्षमा कम्तिमा एक दर्जन साना–ठूला प्रतिनिधिमण्डल चीन गएको भेटिन्छ । चीनमा ७० वर्षदेखि शासन गरिरहेको कम्युनिस्ट पार्टी र ७० वर्षअघि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीबीच त्यहीबेलादेखि नै भाइचारा सम्बन्ध रहँदै आएको छ । नेकपा स्थापनाको चार वर्षपछि नै तत्कालीन महासचिव मनमोहन अधिकारीले चिनियाँ कम्युनिस्ट […]

नेकपा र चीनको सम्बन्ध भ्रातृत्वको हो, कांग्रेस आत्तिनु पर्दैन

७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले नेपालको भ्रमण गर्ने तयारी भइरहेका बेला काठमाडौंमा चिनियाँ चहलपहल एक्कासी बढेको छ । राष्ट्रपति भ्रमणको पूर्वसन्ध्यामा त्यहाँका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको स्टेट काउन्सिलर वाङ यीले दिल्ली भ्रमण रद्द गरेर काठमाडौंमा दुई दिन बिताए । वाङ फर्किएलगत्तै विदेश विभाग प्रमुख सोङ ताओ अहिले […]

माधवसँग केपी चिढिनुका तीन चरण : माधवले गुमाउने केही छैन !

३ भदौ, काठमाडौं । सचिवालय बैठकले आफ्नो तेस्रो वरियता खोसेपछि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘मेरो अपमान गरेर हुर्मत लिन सफल हुनुभएकोमा तपाईलाई बधाइ छ ।’ प्रधानमन्त्री ओलीले ‘त्यसो होइन’ भन्न नभ्याउँदै नेपालले अझ आक्रोशित हुँदै भने, ‘अब तपाईले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाडिहाल्नुस् । नवौं महाधिवेशनको वरियता कायम […]