Comments Add Comment

कुलमान घिसिङ

List Grid
कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै

२६ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण भदौ २८ गतेपछि कार्यकारी निर्देशकविहीन हुँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा प्रमुखका रुपमा कसको प्रवेश हुन्छ भन्ने जनचासो छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार (आज)सम्म कार्यकारी निर्देशक नियुक्तिको कुनै प्रक्रिया अघि बढाएको छैन […]

कुलमानको ख्याति र सरकारको छटपटी

म विद्यावारिधि गर्न चीन आउँदा नेपाल घुमेर फर्केका अधिकांश चिनियाँ मित्रहरूले सोध्ने प्रश्न एउटै हुन्थ्यो– ‘तिमीहरूको देशमा बिजुली आउनेभन्दा जाने समय बढी हुन्छ, कसरी अध्ययन गर्छौ ?’ मैले उनीहरूलाई अब नेपाल लोडसेडिङमुक्त भइसक्यो भन्दा उनीहरूमध्ये अधिकांशले विश्वास नै गर्न सकेनन् । १८ घण्टासम्मको लोडसेडिङ देखेर आएकाले नपत्याउनु पनि स्वभाविक नै थियो । मैले नेपाल विद्युत […]

के भारतको बिजुलीले नै रोकिरहेको छ लोडसेडिङ ? हेर्नुस् तथ्यांक

१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आलोचकहरुले लगाउने गरेको एउटा आरोप हो, भारतबाट बिजुली किनेर लोडसेडिङ हटाएको छ । घिसिङ अहिले आफ्नो कार्यकालको अन्तिम समयमा रहँदा फेरि यो विषय बाहिर आइरहेको छ । के नेपालमा लोडसेडिङ हट्न भारतको बिजुली नै निर्णायक हो त ? गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको […]

कुलमानले भने-म एक्लैले लोडसेडिङ हटाएको हैन, तथ्यहीन सूचना सम्प्रेषण नगरीदिनुस्

११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे मुख खोलेका छन् । बिहीबार साँझ एक विज्ञप्ति निकालेर आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेका छन् । ‘मेरो ४ […]

बहसमा कुलमान : निरन्तरता ठीक कि क्रमभंगता ?

धेरै होइन, मात्र पाँच वर्षअगाडि फर्केर हेरौं, जतिबेला देश अत्याशलाग्दो अन्धकारभित्र पिल्सिएको थियो, कुशासन र दुरावस्थाबाट सिर्जित अन्धकारमय अवस्था अहिले पनि छ, तर त्यसबेला भौतिकरुपमै देशमा अन्धकार व्याप्त थियो । दैनिक १८ घन्टासम्मको लोडसेडिङमा बाँच्नुपर्दाका दिनहरु अहिले एकादेशको कथा झैं भएका छन् । बिजुली एउटा दुर्लभ र बहुमूल्य चीजजस्तो लाग्थ्यो । हिउँदका दिनमा ५–६ घन्टा […]

कुलमान प्रसंग : लहडमा होइन, तथ्यमा विश्लेषण गरौं

कुलमान घिसिङलाई दोस्रो कार्यकाल नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउनुपर्ने आवाज सर्वसाधारणबाट उठिरहेको छ । यो आवाज तथ्यमा भन्दा बढी लहडमा उठेको देखिन्छ । कुनै पनि निष्कर्ष वा निर्णयमा पुग्नुअघि वस्तुगत विश्लेषण आवश्यक पर्छ । वस्तुगत विश्लेषणका लागि पुष्टि भएका तथ्यांक चाहिन्छ । यसै आधारमा कुलमानबारे विश्लेषण गरौं । कुलमान घिसिङ २०७३ को भदौ ३१ […]

तराजुमा कुलमानका चार वर्ष : के–के गरे ? कहाँ चुके ?

८ भदौ, काठमाडौं । कार्यकाल थपिएन भने अबको २० दिनपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा हुनेछन् । घिसिङको विदा हुने दिन नजिकिएसँगै उनी प्राधिकरणमा दोहोरिनुपर्छ र दोहोरिनु हुँदैन भन्नेखालका दुईथरी तर्कहरु सुनिँदैछन् । प्राधिकरणमा ४ वर्षे नेतृत्व सम्हाल्दा चर्चामा आएका घिसिङ अब बिदा भएर कता जान्छन् र के गर्छन् भन्ने चासो पनि धेरै मानिसहरुमा […]

विद्युत प्राधिकरणको नेतृत्वका लागि दौडधुप

४ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ भदौ २९ गते कार्यकारी निर्देशक भएर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका घिसिङको ४ वर्षे कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ । प्राधिकरणका वर्तमान र पूर्वअधिकारीहरुसँगै अन्य सरकारी अधिकारी पनि घिसिङले छाड्न […]

विद्युतीय सवारीको कर पुनरावलोकन हुन्छ, प्राधिकरणप्रति गर्व छ : ऊर्जामन्त्री

१ भदौ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युतीय सवारीमा लगाइएको कर पुनरावलोकन हुनसक्ने बताएका छन् । विद्युत खपत प्रवर्द्धन गर्ने भनिएको वर्ष सरकारले बजेटमार्फत यसपाला विद्युतीय सवारीमा ठूलो मात्रामा कर बढाएको थियो । मन्त्री पुनले यसबारे अर्थमन्त्री डा. युवराज खतिवडासँग कुरा भएको र विद्युतीय सवारीको करमा पुनरावलोकन हुनसक्ने अवस्था रहेको बताए । […]

कुलमान घिसिङ : एक आभा, एक आशा

निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल । यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार । न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल । अर्थात कुलमान घिसिङ । आफ्नै कर्म, लगाव र सर्मपणले श्रेष्ठ बनायो, उनलाई । आज तीन करोड नेपालीको स्पन्दनमा उनको जीवन–संगीतको धुन बज्छ । कुलमान घिसिङले […]

विद्युत् प्राधिकरणको वार्षिक नाफा ११ अर्ब नाघ्यो, सञ्चित नाफा झण्डै ५ अर्ब

१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरण अव संचित नाफामा पनि गएको छ । प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा […]

४ वर्षमा थप २३.२८ प्रतिशत घरधुरीमा बिजुली पुग्याे

३० साउन, काठमाडौंं । मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड)को विद्युत पुगेको छ । तर, अझै १३ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युतीकरण हुन बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङअनुसार, अहिले ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेमा ठाउँमा सौर्य, […]

कुलमान घिसिङसहित प्राधिकरणका उच्च अधिकारीको पीसीआर नेगेटिभ

३० साउन, काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनीहरूको पीसीआर जाँच गरिएको थियो । प्राधिकरणका एक एन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो । परीक्षणको रिर्पोट शुक्रबार आएको […]

बिजुलीको खपत पुरानै तहमा फर्कियो, प्राधिकरणलाई राहत

२५ असार, काठमाडौं । लकडाउनपछि घटेको विद्युत् खपतको दर पुरानै अवस्थामा फर्किएको छ । लकडाउनपछि उद्योग, कलकारखाना र व्यापार/व्यवसाय बन्द भएपछि बिजुलीको खपत आधा घटेको थियो । घरायसी ग्राहकले मात्रै उपभोग गर्ने अवस्था रहेपछि नेपाल विद्युत् प्राधिकरणले करोडौंको सम्भावित नाफा गुमाउनुपरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले बिजुली खपत गत वर्षको यही […]

कुलमान घिसिङलाई पितृशोक

२२ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुबा कृपासिंह घिसिङको गएराति देहवसान भएको हो । ९८ वर्षका घिसिङ राति शौचालयमा जाँदा बेहोस भएका थिए । मेडिकेयर अस्पतालमा लगिएका उनको राति १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। घिसिङका कुलमानसहित ६ जना छोरा र ३ जना […]

काठमाडौं जिल्लाको सबै शहरी भू-भागमा विजुलीको तार भूमिगत गरिँदै

२५ जेठ, काठमाडौं । अब काठमाडौं जिल्लाको सम्पर्ण शहरी भू-भाग समेटिने गरी तार भूमिगत गरिने भएको छ । हाल दुई वटा मात्रै वितरण केन्द्र अन्तरगतको क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहेपनि अब काठमाडौंको सबै क्षेत्रमा तार भूमिगत गर्न ठेक्का लगाइँदैछ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौंमा बाँकी ५ वटा वितरण केन्द्रअन्तरगत तार भूमिगत […]

तामाकोसीको मुख्य चुनौती पन्छिँदै, जोडियो तल्लो ठाडो सुरुङमा पेनस्टक

११ जेठ, काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने दिशामा लम्किएको छ । आयोजनाको चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम सकिएको आयोजनाका उपप्रवन्धक बिमल गुरुङले जानकारी दिए । यो आयोजनामा लकडाउनमा पनि निरन्तर काम भइरहेको छ । लक्षअनुसार असारसम्म यो आयोजनाको काम सकिनुपर्ने हो । […]

लकडाउनले रोकेन बिजुलीको तार बिछ्याउने काम (फोटोफिचर)

९ जेठ, काठमाडौं । देश लकडाउनमा छ, विकास निर्माणका काम लगभग ठप्प छन् । तर, काठमाडौंमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्न थालेको काम रोकिएको छैन । लकडाउनपछि भएको अन्योलले धेरै भारतीय कामदार घर फर्किएपछि केही दिनसम्म काम नरोकिएको हैन । तर, उपलब्ध प्राविधिक र कामदारलाई परिचालन गर्ने नीति बनाएर नेपाल विद्युत् प्राधिकरणले यो काम […]

बोल कुलमान, एक वचन बोल !

२० माघ, काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा भित्र्याउने कि नभित्र्याउने भन्ने विवाद निकै चर्को बनेको छ । चिया पसलदेखि सामाजिक सञ्जालसम्म एकसे एक विज्ञ उत्पादन भएर माथापच्ची गरिरहेका छन् । एमसीसीमाथि एक टुक नहान्दासम्म कुनै पनि गफले पूर्णता प्राप्त नगर्ने स्थिति छ । यो चर्को कोलाहलबीच यस परियोजनासँग सीधा जोडिएका एक खास […]

२ वर्षपछि भारतको बिजुली चाहिँदैन

२१ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण केही वर्ष अगाडिसम्म अत्यधिक घाटा खाने संस्थानमा गनिन्थ्यो । अर्कोतर्फ १८ घन्टासम्म लोडसेडिङ गरेर आलोचित पनि थियो । तर, कुलमान घिसिङ प्रबन्ध निर्देशक भएपछि यसको भाग्य फेरियो । कुलमानले व्यवस्थापकीय कौशल देखाउँदै देशभरबाट लोडसेडिङ मात्रै हटाएनन्, प्राधिकरणलाई मुनाफामा लगे । पछिल्लो आर्थिक वर्षमा प्राधिकरणले ७ अर्बभन्दा बढी त […]

लक्ष्मीपूजाको दिन कुलमान घिसिङ आफैं भारप्रेषण केन्द्रमा खटिए

११ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमाण्ड) १०८९ मेगावाट पुगेको छ । यसवर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको मात्रै पिक डिमाण्ड ३३१ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ साढे ६ बजे पिक डिमाण्ड रेकर्ड गरेको थियो । यो गत वर्षको तुलनामा १६ […]