Comments Add Comment

कुलमान घिसिङ

List Grid
कुलमान र बिजुली

अहिले देशमा कुलमान र बिजुली पर्यायजस्तै भएका छन् । सायद नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनुभन्दा अगाडिसम्म, सम्बन्धित विभागका कर्मचारीबाहेक सामान्य नागरिकमध्ये निकै कमैले मात्र कुलमान घिसिङ भन्ने मान्छेलाई चिनेका थिए । अहिले हाम्रो देशमा बिजुलीबत्ति बाल्ने लगभग सबै नागरिकहरुमाझ कुलमान घिसिङ परिचित छन् । स्वदेशमै भएको समयमा एक हप्ताको लोडसेडिङकै तालिका हेर्नको लागि मात्र […]

‘म राजनीतिमा जाने–नजाने परिस्थितिले तय गर्छ’

१९ असोज, काठमाडौं । विद्युत प्राधिकरणबाट २६ वर्षपछि सेवानिवृत्त भएका कुलमान घिसिङ अहिले अनिच्छित र पट्यारिलो फुर्सदमा छन् । देशका लागि काम गर्ने हुटहुटी मनमा बोकेर घरमा निस्क्रिय बस्नुपर्दा पक्कै पनि उनको व्यग्रता बढीरहेको होला । ६ वर्षअगाडि चिलिमे हाइड्रोपावरबाट प्राधिकरणमा फिर्ता बोलाइँदाका दिनहरु सम्झिरहेका छन् कुलमान । त्यो बेला पनि यस्तै खालको मनोदशामा उनी […]

कुलमानको बहिर्गमनपछि लाइन जाने क्रम बढेको हो ?

५ असोज, काठमाडौं । पछिल्लो समय विद्युत कटौती बढेको गुनासा सामाजिक सञ्जालमा आउन थालेका छन् । पूर्वसूचना नदिई घण्टौं लाइन काटिनुलाई धेरै उपभोक्ताहरुले कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बहिर्गमनसँग जोडेका छन् । आम उपभक्ताको आशंका छ, अब फेरि लोडसेडिङ हुने त होइन ? लाइन काटिने क्रम बढेको गुनासो समाजिक सञ्जालमा चुलिएपछि सरकार पनि दबावमा आएको छ […]

समर्थकलाई कुलमानको आग्रह– पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्

३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् । कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन् । स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले दमनसमेत गर्दै आएको छ । आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको […]

कुलमानको पक्षमा प्रदर्शन गर्ने व्यक्तिमाथि निर्घात कुटपिट

२ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने व्यक्ति घाइते भएका छन् । अनामनगरका मनिष श्रेष्ठ माइतीघरमा प्रहरीले कुटपिट गर्दा घाइते भएका हुन् । प्रदर्शनमा सहभागी बद्रिप्रसाद ढुंगानाले बताएअनुसार प्रहरीको कुटाइबाट घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले भने प्रदर्शनका […]

प्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

२ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख  कुलमान घिसिङको पक्षमा वकालत गर्ने एक जना युवक प्रहरीबाट निर्घात कुटिएका छन् । सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्याैपानेसहितको टोलीले निर्घात कुटपिट गरेको हो । घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गर्न जाने […]

ऊर्जामन्त्रीको सचिवालयले भन्यो– कुलमान छिट्टै प्राधिकरणमा नियुक्त हुने आशा छ

१ असोज, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न राखेको प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा विचाराधीन रहेको जानकारी दिएको छ । प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै उक्त प्रस्तावमाथि मन्त्रिपरिषदले छिट्टै निर्णय गर्नेमा मन्त्री पुनको सचिवालय आशावादी देखिन्छ । […]

गुरु भट्टराईले प्रतिस्पर्धा गर्नुपरेन, कुलमानलाई केले रोक्यो ?

३१ भदौ, काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्ति गर्ने उर्जामन्त्रीको प्रस्तावलाई कार्यसूचीमा राखेनन् । एक मन्त्रीले दिएको जानकारीअनुसार बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले ‘मेरो पनि प्रस्ताव थियो’ भन्दा प्रधानमन्त्रीले ‘कानुनअनुसार बुझौंला’ भन्ने जवाफ दिएका थिए । प्रधानमन्त्रीले कानुनी प्रक्रियाकै कारण घिसिङको नियुक्तिलाई रोकेको संकेत प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य […]

कुलमानका समर्थकलाई माइतीघरमा प्रहरीले लखेट्यो

३१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । समूह समूहमा माइतीघरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सडक छेउमै हस्तक्षेप गरेर लखेटेको छ । प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा पनि हानिएको थियो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भदौ २९ देखि विदाइ भएका छन् । […]

कुलमान घिसिङको पक्षमा बालाजु र जोरपाटीमा प्रदर्शन

३१ भदौ, काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको छ । बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । विभिन्न प्ले-कार्ड समेत बोकेकाहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै चर्को नाराबजी पनि गरेका […]

‘नेपाली जनता मेरो प्रेरणाका स्रोत हुन्’

नेपाल सरकारले  २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो । ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७३/७४ मा ८८.१९, आव ०७४/७५मा […]

जाँदाजाँदै कुलमान घिसिङले दिए तीन प्रष्टीकरण

३० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षे कार्यकाल पूरा गरेका कुलमान घिसिङ गत आइतबार विदा भए । उनलाई पुनः नियुक्त गर्नुपर्ने भन्दै सडक आन्दोलनसमेत भएको छ । उर्जा मन्त्रालयले पनि पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ, तर, निर्णय भएको छैन । विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुले मंगलबार औपचारिक कार्यक्रम नै गरेर […]

प्राधिकरणबाट विदा हुँदै कुलमानले भने : टिममा काम गर्‍यौं, नतिजा आयो

३० भदौ, काठमाडौं । कर्मचारीले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ गरेका छन् । आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन-जानु समान्य प्रक्रिया भएको बताए । कर्मचारीले प्राधिकरणमा रातको १०/१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले […]

कुलमानप्रति अतिरिक्त अनुरागका आयामहरु

हुरी आउँदा निराशावादी गुनासो गर्छ, आशावादीले रोकिने समय कुर्छ, तर नेतृत्वले पाल मिलाउँछ – जोन म्याक्सवेल । अहिलेसम्म नेपाल विद्युत प्राधिकरणको नेतृत्व क-कसले गरे धेरैलाई याद छैन । आफ्नै वा आफूलाई नियुक्त गर्नेहरुका लागि के गर्थे उनीहरु नै जानुन् तर आम उपभोक्ताको नजरमा यसअघिका प्राधिकरण प्रमुखहरुको पहिचान थप अवधिसहितको लोडसेडिङ तालिका सार्वजनिक गर्ने अड्डाको हाकिमभन्दा […]

प्रधानमन्त्रीले रोके कुलमानको नियुक्ति

२९ भदौ, काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ । उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि सोमबारको क्याबिनेटमा यो प्रस्तावले प्रवेश पाएन । सोमबार साँझ बसेको क्याबिनेट बैठकमा कुलमानको विषयमा कुरै नउठेको एक मन्त्रीले जानकारी दिए […]

कुलमानको पुनः नियुक्ति माग्दै माइतीघरमा प्रदर्शन

२९ भदाै, काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।  राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले मैन बत्ती बलेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले आजको मन्त्रिपरिषद बैठकमा कुलमानलाई पुनः […]

कुलमानको पक्षमा कलाकारः राति ५ मिनेट बत्ती निभाएर दबाब दिने अभियान

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले ४ बर्ष बिताए । उनकै कार्यकालमा नेपाल लोडसेडिङमुक्त भयो । १८ घन्टा लामो अन्धकारबाट नेपाल र नेपाली जनतालाई मुक्ति दिएका कुलमानको कार्यकाल सकिएसँगै उनलाई पुनः प्राधिकरणमा नियुक्ति गर्नुपर्ने आवाज जनस्तरबाट सुनिन थालेको छ । कुलमानलाई आज बस्ने मन्त्रिपरिषद्को बैठकले पुनः नियुक्ति गर्ने अपेक्षा आम नागरिकको छ । […]

४ वर्षे कार्यकाल सकाएर बिदा भए कुलमान

२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार राति १२ बजे सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । उनले आइतबार प्राधिकरणमा यो कार्यकालको अन्तिम पटक […]

कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै

२६ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण भदौ २८ गतेपछि कार्यकारी निर्देशकविहीन हुँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा प्रमुखका रुपमा कसको प्रवेश हुन्छ भन्ने जनचासो छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार (आज)सम्म कार्यकारी निर्देशक नियुक्तिको कुनै प्रक्रिया अघि बढाएको छैन […]

कुलमानको ख्याति र सरकारको छटपटी

म विद्यावारिधि गर्न चीन आउँदा नेपाल घुमेर फर्केका अधिकांश चिनियाँ मित्रहरूले सोध्ने प्रश्न एउटै हुन्थ्यो– ‘तिमीहरूको देशमा बिजुली आउनेभन्दा जाने समय बढी हुन्छ, कसरी अध्ययन गर्छौ ?’ मैले उनीहरूलाई अब नेपाल लोडसेडिङमुक्त भइसक्यो भन्दा उनीहरूमध्ये अधिकांशले विश्वास नै गर्न सकेनन् । १८ घण्टासम्मको लोडसेडिङ देखेर आएकाले नपत्याउनु पनि स्वभाविक नै थियो । मैले नेपाल विद्युत […]

के भारतको बिजुलीले नै रोकिरहेको छ लोडसेडिङ ? हेर्नुस् तथ्यांक

१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आलोचकहरुले लगाउने गरेको एउटा आरोप हो, भारतबाट बिजुली किनेर लोडसेडिङ हटाएको छ । घिसिङ अहिले आफ्नो कार्यकालको अन्तिम समयमा रहँदा फेरि यो विषय बाहिर आइरहेको छ । के नेपालमा लोडसेडिङ हट्न भारतको बिजुली नै निर्णायक हो त ? गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको […]