+

लुम्बिनी लायन्स 2024 Lumbini Lions 2024

Coach
नन्दन फाडनिस
रोहितकुमार पौडेल ब्याट्समेन
टम मूर्स विकेट किपर
उन्मुक्त चन्द ब्याट्समेन
बेन कटिङ अलराउण्डर
आरिफ खान ब्याट्समेन
साद विन जफर अलराउण्डर
अर्जुन साउद विकेट किपर
आशुतोस घिरैया ब्याट्समेन
विकास आग्री अलराउण्डर
विवेक यादव ब्याट्समेन
सन्दीप जोरा ब्याट्समेन
दिनेश अधिकारी अलराउण्डर

लुम्बिनी लायन्स 2024

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल मार्की प्लेअर रहेको टिम हो लुम्बिनी लायन्स । फर्चुना हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनी लायन्स अक्सनमा भाग्यमानी बन्दा नेपालका राम्रा खेलाडीहरु अनुबन्ध गर्न सफल भएको थियो ।

लुम्बिनीमा रोहितसँगै हाल राष्ट्रिय टिममा रहेका विकेटकिपर ब्याटर अर्जुन साउद छन् । यस्तै राष्ट्रिय टिमबाटै खेलिसकेका सन्दिप जोरा, विवेक यादव र सूर्य तामाङ पनि यसै टिममा छन् । सन्दिप जोराले केही समयअघि हङकङ सिक्सेसमा नेपालको कप्तानी गरेका थिए । विवेकले पनि त्यस प्रतियोगिता खेलेका थिए ।

लुम्बिनीको रोचक संयोग के छ भने रोहितसहित अर्जुन साउद विवेक यादव र सुर्य तामाङले २०२२ मा भएको नेपाल टी२० लिग विराटनगर सुपर किंग्सबाट सँगै खेलेका थिए ।

लुम्बिनीका पाँच खेलाडीसँग राष्ट्रिय टिमबाट खेलिसकेको अनुभव छ । यस्तै तिलक राज भण्डारी र दुर्गेश गुप्ताले नेपालको यू१९ टिमबाट खेलिसकेका छन् । दुवैले गत यू१९ विश्वकप समेत खेलेका थिए ।

आशुतोष घिरैयाले नेपाल ए टिमबाट खेलिसकेका छन् । उनी घरेलु क्रिकेटमा पनि राम्रो खेलिरहेका छन् । यस बाहेक दिनेश अधिकारी, विकास आग्री र अभिषेक गौतमले पनि घरेलु क्रिकेटमा राम्रो खेलिरहेका छन् ।

विदेशी खेलाडीमा लुम्बिनीले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई सुरुमा अनुबन्ध गरेको थियो । सुरुमा डेभिड वार्नर ल्याउने प्रयास गरेको हल्ला चलेपनि लुम्बिनीले बेन कटिङ ल्यायो ।यसबाहेक इंग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्स, भारतबाट यू१९ विश्वकप जितेका र हाल अमेरिकामा खेल्ने उन्मुक्त चन्द र बारबाडोर्सका युवा पेस बलर रामोन सिमोन्ड्स छन् ।

भारतको ए टिमबाट खेलिसकेका उन्मुक्त चन्दले अमेरिका सिफ्ट हुनुअघि मुम्बई, राजस्थान र दिल्लीबाट आईपीएल खेलेका थिए ।

लुम्बिनी लायन्सले लुम्बिनीकै शक्ति गौचनलाई कन्सलट्यान्ट कोच नियुक्त गरेको छ । यसैगरी भारतका नन्दन फाडनिस मुख्य प्रशिक्षकमा छन् । उनी यसअघि नेपाली राष्ट्रिय टिमका कन्सलट्यान्ट प्रशिक्षकको रुपमा काम गरेका थिए ।

लुम्बिनीको अर्को विशेषता भनेको यो टिमसँग महानायक राजेश हमाल पनि जोडिएका छन् । नेपाली सिने जगतकै सबैभन्दा ठूलो स्टार र चर्चित व्यक्ति राजेश हमाले लुम्बिनीको ब्राण्ड एम्बासडर हुन् ।

लुम्बिनी लायन्सको टिम :
ओनर : फर्चुना हेल्थ केयर (इश्वर जिसी)
मार्की प्लेअर : रोहित कुमार पौडेल
अन्य खेलाडी : सन्दिप जोरा, सूर्य तामाङ, अर्जुन साउद, विवेक यादव, आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, दिनेश अधिकारी, विकास आग्री, अभिषेक गौतम
विदेशी खेलाडी : बेन कटिङ, टम मुर्स, उन्मुक्त चन्द, रामोन सिमोन्ड्स
मुख्य प्रशिक्षक : नन्दन फाडनिस
आइकोनिक प्लेखर : अरिफ खान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
ब्राण्ड एम्बासडर : राजेश हमाल

बलियो पक्ष : बलियो मिडल अर्डर र नेपाली ब्याटर
अक्सनमा सबैभन्दा भाग्यमानी बनेको लुम्बिनीले राम्रो खेलाडी पाएको थियो । राष्ट्रिय टिमका कप्तान रोहितसहित लुम्बिनीको ब्याटिङ लाइनअप राम्रो छ ।

रोहितसहित नेपालका सन्दीप जोरा, आशुतोष घिरैया, अर्जुन साउद हुँदा ब्याटिङ लाइनअप राम्रो छ । त्यसअमा नेपालका अलराउण्डर विवेक यादवसहित अष्ट्रेलियन अलराउण्डर बेन कटिङ, विकेटकिपर टम मुर्स र उन्मुक्त चन्द थपिँदा अझ राम्रो बन्न सक्छ । टप अर्डरमा आशुतोष र अर्जुन साउद छन् । आशुतोष र उन्मुक्तले ओपनिङ गरेमा अर्जुनले मिडल अर्डरमा पनि ब्याटिङ गर्न सक्छन् । विदेशी खेलाडी टम मुर्स र उन्मुक्तलाई पनि टप वा मिडर अर्डरमा प्रयोग गर्न सकिन्छ ।

यसरी हेर्दा लुम्बिनीले ६ नम्बरसम्म ब्याटर खेलाउन सक्नेछ । त्यसमा अलराउण्डर बेन कटिङ र विवेक यादव लोअर अर्डरमा हुँदा ब्याटिङ अझ सन्तुलित बन्न सक्छ ।

कमजोर पक्ष : बलिङमा अनुभवको कमी
ब्याटिङ लाइनमा बलियो देखिएको लुम्बिनीको बलिङ लाइनअप भने कमजोर देखिन्छ । लुम्बिनीको बलिङ अट्याक कम अनुभवी देखिएको छ । लुम्बिनीमा नेपाल र विदेशी कुनै पनि स्टार बलर छैनन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका स्पीनर सूर्य तामाङ नै लुम्बिनीको मुख्य बलर हुन् । यसैगरी आईसीसी यू१९ टिमबाट खेलिसकेका स्पीनर तिलक राज भण्डारी र पेस बलर दुर्गेश गुप्तालाई लुम्बिनीले अक्सनबाट लिएको थियो ।

ब्याटिङमा राष्ट्रिय टिमबाट खेलेका खेलाडी पाएपनि बलिङमा भने लुम्बिनीले स्टार खेलाडी पाउन सकेन । पेस बलिङ गर्ने दिनेश अधिकारी र विकास आग्रीसँग ठूलो खेलको अनुभव छैन ।

यसबाहेक विदेशी खेलाडीमा वेष्ट इन्डिजका युवा पेस बलर रामो सिमोन्ड्स छन् । यस्तै अलराउण्डर बेन कटिङले पार्ट टाइम पेस बलिङ गर्छन् ।

लुम्बिनी बलिङमा युवा बलर र पार्ट टाइमररमा निर्भर रहनुपर्ने अवस्था छ । कप्तान रोहितले पार्ट टाइम स्पीन गर्न सक्नेछन् भने विवेक पेस बलिङ अलराउण्डरको रुपमा रहनेछन् ।

लुम्बिनी लायन्सको खेलहरू :
डिसेम्बर ४ (मंसिर १९) : विराटनगर किङ्ससँग (दिउँसो १ः१५)
डिसेम्बर ६ (मंसिर २१) : पोखरा एभेन्जर्ससँग (दिउँसो १ः१५)
डिसेम्बर ७ (मंसिर २२) : सुदूरपश्चिम रोयल्ससँग (विहान ९ः१५)
डिसेम्बर ८ (मंसिर २३) : जनकपुर बोल्ट्ससँग (विहान ९ः१५)
डिसेम्बर १० (मंसिर २५) : चितवन राइनोजसँग (विहान ९ः१५)
डिसेम्बर ११ (मंसिर २६) : काठमाण्डु गुर्खाजसँग (दिउँसो १ः१५)
डिसेम्बर १३ (मंसिर २८) : कर्णाली याक्ससँग (विहान ९ः१५)

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट