Comments Add Comment

जापान

List Grid
जापानबाट फर्केर घर्ती दम्पतीले थाले व्यावसायिक कालिजपालन

२८ असोज, गलकोट। कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज […]

विपद्मा सघाएका नेपाली जापान सरकारबाट सम्मानित

२० असोज, काठमाडौं । जापानको तोचिगी प्रान्तमा बस्ने एक नेपालीलाई विपद्को समयमा खेलेको भूमिकाको कदर गर्दै त्यहाँको सरकारले सम्मान गरेको छ । ताइफु नम्बर १९ को भीषण वर्षाको विपत्तिमा विदेशीहरुलाई उद्धार सम्बन्धी जानकारी पुर्‍याउन सहयोग पुर्‍याएको भन्दै जापानको विपद् व्यवस्थापन मन्त्रालय मातहतको निकायले उनलाई सम्मान गरेको एनएचके टेलिभिजनले जनाएको छ । काभ्रेको पाँचखाल नगरपालिका-१० का […]

जापानको प्रधानमन्त्री बने किशिडा

१८ असोज, काठमाडौं । फुमिओ किशिडा आधिकारिकरुपमा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । पूर्व प्रधानमन्त्री योसिहिडे सुगाले बनेको एक वर्षमा आफ्नो पदबाट राजीनामा दिएसँगै उनको स्थानमा किशिडा प्रधानमन्त्री बनेका हुन् । यसअघि सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको आन्तरिक निर्वाचनमा किशिडालाई मुख्य नेताको रुपमा चयन गरिएको थियो । ६४ वर्षीय किशिडासँग अब महामारीको कारण सुस्ताएको अर्थतन्त्रलाई लयमा […]

फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने निश्चित

१३ असोज, काठमाडौं । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत छ । ६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा खोपमन्त्री तारो […]

जापान जान रोकिएका विद्यार्थीलाई पठाउने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ । ‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका छन् । जापानले सीआई पनि गरेको छ । भिसा पठाएको छ, तर जापान जान पाइराखेका छैनन्,’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री […]

यी हुन् संसारकै धेरै उमेरका जुम्ल्याहा दिदी–बहिनी

काठमाडौं । दुईजना जापानी जुम्ल्याहा दिदी–बहिनीले विश्वकै सबैभन्दा धेरै उमेरका जुम्ल्याहाको रुपमा गिनिज बुकमा नाम लेखाएका छन् । यी कीर्तिमानी जुम्ल्याहाको उमेर १०७ वर्ष ३ सय दिन छ । यी दुबै ‘आइडेन्टिकल ट्विन’ अर्थात् देख्नमा पनि उस्तै अनुहार भएका जुम्ल्याहा हुन् । उमेनो सुमियाना र कामे कोदामाले जापानै अर्को जुम्ल्याहा जोडी किन नरिता र जिन […]

जापानका खोपमन्त्री प्रधानमन्त्रीको दौडमा अगाडि

२७ भदौ, काठमाडौं । जापानका खोपमन्त्री तारो कोनो जापानको आगामी प्रधानमन्त्रीमा बलियो उम्मेदवारको रुपमा देखिएका छन् । एक सार्वजनिक सर्वेक्षणले उनी सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टीको प्रमुख बन्ने बलियो सम्भावना रहेको सर्वेक्षणमा सहभागीले बताएका छन् । जापानको निक्की समाचारपत्रले सार्वजनिक गरेको मतसर्वेक्षणअनुसार २७ प्रतिशतले अब पार्टीको प्रमुखमा कोनो हुनपर्ने बताएका छन् । शनिबार प्रकाशित गरिएको […]

वैदेशिक रोजगार : जापान-भियतनामबीचको सम्झौताबाट के सिक्ने ?

जापानले कामदारहरूको अभावलाई सम्बोधन गर्न १ अप्रिल २०१९ बाट नयाँ कानूनलाई अनुमोदन गरी विदेशी कामदार भित्र्याइरहेको छ । जापानले विशेष गरी भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेसिया, कम्बोडिया, थाइल्याण्ड, नेपाल लगायत अन्य देशबाट कामदार लिइरहेको छ । कामदार छनोटको लागि तोकिएको मापदण्ड बमोजिम जापान जान चाहने कामदारले जापानी भाषा र सम्बन्धित काम गर्ने क्षेत्रको सीपको परीक्षा दिएर […]

पार्टी नेतृत्वको चुनावमा नउठ्ने जापानका प्रधानमन्त्रीको घोषणा, प्रधानमन्त्री छाड्ने संकेत

१८ भदौ, काठमाडौं । जापानका प्रधानमन्त्री येसुहिडे सुगाले अब पार्टी नेतृत्वको निर्वाचनमा नउठ्ने बताएका छन् । उनले यो महिनाभित्र प्रधानमन्त्री पद पनि छाड्ने संकेत गरेका छन् । एक वर्षअघि सिन्जो आबेले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सुगा जापानको प्रधानमन्त्री बनेका थिए । पछिल्लो समय उनको लोकप्रियता घट्दै गएसँगै सुगाले यस्तो घोषणा गरेका हुन् । जापान अहिले पनि […]

जापानबाट पाँच लाख ५९ हजार डोज एस्ट्राजेनिका खोप आइपुग्यो

७ भदौ, काठमाडौं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमबार काठमाडौं आइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सोमबार आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा […]

समझदारीको अढाइ वर्षसम्म खुलेन नेपाली श्रमिकलाई जापानको ढोका

३ भदौ, काठमाडौं । जापान-नेपालबीच भएको श्रमिक आपूर्ति सम्बद्ध सहकार्यको समझदारी (एमओसी) कार्यान्वयनमा ढिलाइ भएको छ । २०७५ चैत ११ मा कामदार आपूर्तिबारे सरकारीस्तरमा भएको समझदारी कार्यान्वयनमा भएको ढिलाइले राम्रो गन्तब्यमा काम गर्न जाने थुप्रै नेपाली युवाको योजना पनि भत्किने अवस्था आएको छ । भाषा परीक्षा पास गरेर कोरियामाजस्तै गरी जापान पनि जान पाइने आशमा […]

जापानले अनुदान दिएको खोप शनिबार काठमाडौं आइपुग्ने

२० साउन, काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ […]

ओलम्पिकको एकै संस्करणमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण

१५ साउन काठमाडौं । जापानले आफ्नै देशमा भइरहेको टोकियो ओलम्पिक २०२० मा १७ स्वर्णपदक जितिसकेको छ । यसअघि धेरै स्वर्ण जित्नेमा अगाडि रहने अमेरिका र चीनलाई यस पटक जापानले टक्कर दिइरहेको छ । त्यति मात्र होइन जापानले एकै ओलम्पिकमा सर्वाधिक स्वर्ण समेत जितेको छ । शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा टिममा स्वर्ण जितेपछि जापानले ओलम्पिक […]

ओलम्पिकमा कोभिडबाट बच्न जापानले कस्तो जुक्ति निकाल्यो ?

आज सुक्रबारदेखि विश्व खेल महाकुम्भ अर्थात ओलम्पिक सुरु भएको छ । टोकियो ओलम्पिक आयोजकका ८० जना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । कोभिडको तनाव र सन्त्रासबीच जापानले खेलको आयोजना गर्दैछ । विश्वभरबाट आउने खेलाडी, खेल पदाधिकारी र दर्शकको भिडमा कोभिड फैलन नदिन जापानले कस्तो जुक्ति निकालेको छ त ? कोभिडको भय ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति […]

महामारीकैबीच आजदेखि सुरु हुँदैछ टोकियो ओलम्पिक

८ साउन, काठमाडौं । कोरोना भाइरस को बढ्दो संक्रमणकैबीच विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आजदेखि जापानको राजधानी टोकियोमा औपचारिक रूपमा सुरु हुँदैछ । ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिकका केही खेलहरू दुई दिन अघिदेखि नै सुरू भए पनि उद्घाटन समारोह आज हुन लागेको हो । २०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि […]

जापानले कोभ्याक्समार्फत नेपालसहित एसियाली देशलाई कोरोना खोप दिने

२९ असार, काठमाडौं । जापानले कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप नेपालसहितका मुलकलाई अनुदानमा दिने घोषणा गरेका हुन् । उनले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै विभिन्न […]

जापानमा पहिरोमा परी ८० जना बेपत्ता, खोजीकार्य जारी

२१ असार, काठमाडौं । जापानको समुद्री क्षेत्रमा रहेको सहर अटामीमा पहिरो गएपछि ८० जना बेपत्ता भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार पहिरोको कारण घरहरु भत्किएका छन् भने सडकहरु माटो र ढुङ्गाले पुरिएका छन् । गत शनिबार अटामी सहरका प्रवक्ताले पहिरोको कारण चार जनाको मृत्यु भएको र ११३ जना हराइरहेको बताएका थिए । तर, अहिले […]

टोकियो ओलम्पिक खेल्ने खेलाडी आजदेखि सोल्टी होटलमा बस्ने

१६ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्न जाने नेपाली खेलाडी बुधबारदेखि होटलमा बस्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले ओलम्पिकका लागि छनोट भएका खेलाडीहरु आजदेखि होटल सोल्टीमा बस्ने जानकारी दिए । नेपालबाट यस पटक चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ । जसमा अनिवार्य कोटा […]

विदेश भ्रमणमा जानेका लागि ‘खोप पासपोर्ट’ दिने तयारीमा जापान

२४ जेठ, काठमाडौं । जापानले कोरोनाविरुद्धको खोप लगाएर विदेश भ्रमणमा जाने नागरिकलाई ‘खोप पासपोर्ट’ दिने तयारी गरेको छ । जापानी स्थानीय सञ्चारमाध्यमहरुका अनुसार व्यावसायिक भ्रमण तथा अन्य आर्थिक गतिविधिमा यो योजनाले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । कोरोना खोप लगाएको प्रमाणपत्र दिने र त्यसको आधारमा भ्रमणको अनुमति दिने ‘खोप पासपोर्ट’को सुरुआत धेरै मुलुकले गरिसकेका छन् […]

किन जनप्रिय छन् जापानी प्रहरी ?

प्रहरीलाई समाजले किन आफ्नो ठान्दैन ? जनताका लागि स्थापित प्रहरीहरू किन जनताको प्यारो हुन सक्दैनन् ? जनता र प्रहरीबीच किन विश्वासको वातावरण बन्न सक्दैन ? आफ्नो जीवनको उर्वर समय प्रहरीमा वितेकोले पनि यस्ता प्रश्नले बेला बेलामा नमीठो गरी घोचिरहन्छ । हुनत संसारका अधिकांश देशमा जनताको नजरमा प्रहरीको छवि त्यति राम्रो छैन । अझ हाम्रो जस्तो […]

नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति

२८ वैशाख, काठमाडौं । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यही वैशाख २६ मा सम्पन्न सरोकार भएकाको बैठकले नेपालमा सहयोग गर्न गैह्रआवासीय […]