Comments Add Comment

शेखर कोइराला

List Grid
एमसीसीबारे पूर्वप्रधानमन्त्रीको एकमत हुनुपर्छ : डा. शेखर कोइराला

२ असोज, विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले एमसीसीका बारेमा सहमति गर्न आवश्यक रहेको बताएका हुन् । ‘राष्ट्रिय सहमति बनाउन सकिन्छ भने बनाऔं,’ उनले भने, ‘देशका प्रधानमन्त्रीहरु त एक ठाउँमा बस्नहोस्, सहमति गरेर अघि […]

महाधिवेशनबाट पार्टीभित्रको ‘गुट र गिरोह’ समाप्त गर्नुपर्छ : शेखर कोइराला

१८ भदौ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमा संस्थागत हुँदै गएको गुट र विभाजनको संस्कार हटाउनुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसभित्रको गुटगत राजनीतिले पार्टी कमजोर भएको र आमनिर्वाचनमा पराजय भोग्नुपरेको स्वीकार गर्दै महाधिवेशनबाट नयाँ संस्कार र पद्धति निर्माणमा लाग्नुपर्ने बताए । शुक्रबार महाधिवेशन अन्तर्गत वडा अधिवेशनका दिन एक अपील जारी […]

गण्डकीमा मन्त्रिपरिषद विस्तार गर्दा अक्ष्यम्य भूल भयो : शेखर कोइराला

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मन्त्रिपरिषद विस्तारका क्रममा गण्डकी प्रदेशमा दलित समुदायप्रति अपमान भएको बताएका छन् । शुक्रबार मन्त्रिपरिषद विस्तारका क्रममा सांसद डोबाटे विश्वकर्मा मन्त्री हुने पक्का भए पनि पछि उनको ठाउँमा विन्दुकुमार थापा मन्त्री भएका थिए । त्यस घटनाप्रति इंगित गर्दै डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् […]

शशांक निवासमा तीन कोइरालाको लञ्च मिटिङ

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्न छलफल शुरु भएको छ । १४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वमा दावी गर्दै तयारी तीव्र पारेका छन् । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नेताहरुबीच सहमति नभए आफू नेतृत्वमा दावी गर्ने […]

विमलेन्द्र निधिको निवासमा पुगे शेखर कोइराला

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी निधि र कोइरालाबीच सोमबार दिउँसो भेटवार्ता भएको हो । निधि निवास मध्यवानेश्वरमा दुई नेताबीच आसन्न महाविधेशनका बारेमा छलफल भएको ती नेता निकट स्रोतले बताएको छ । संस्थापन समूहमा रहेका उपसभापति […]

राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा लग्यो : शेखर कोइराला

८ जेठ, काठमाडौं । नेपाली काँग्रेसका नेता डा‌. शेखर कोइरालाले राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि नेता कोइरालाले ट्वीटरमाफृत् प्रतिक्रिया दिँदै संरक्षकबाटै मध्यरातमा संविधान च्यात्ने काम भएको आरोप लगाएका हुन् । ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि […]

यो सरकारलाई हटाएर सर्वदलीय सरकार बनाउनुपर्छ : शेखर कोइराला

३ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिलेको सरकार हटाएर सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार आँखा अस्पतालको उद्‌घाटन गर्दै कोइरालाले यो सरकार रहँदासम्म अराजकता बढ्ने भन्दै सर्वदलीय सरकार बनाउनुपर्ने बताएका हुन् । ‘यो सरकार जति अगाडि बढ्छ त्यत्ति अराजक बढ्छ’ उनले भने, ‘त्यहीं भएर यो सरकारलाई […]

काँग्रेस नेतृत्वमा चुनावी सरकार : शेखर कोइराला

३० चैत, कास्की ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको […]

‘प्रतिपक्षको भूमिका खेल्न नसके राजनीति नगरे हुन्छ’

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०७२ सालमा काठमाडौंमा सम्पन्न १३ औं महाधिवेशनदेखि नै पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताउँदै आएका छन् । २०७४ को आम निर्वाचनमा पराजित भएपछि उनले महाधिवेशन लक्षित कार्यक्रमलाई तीव्रता दिए । १४ औं महाधिवेशनमा कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका उनले जिल्ला दौडाहाका […]

रामकुमारी झाँक्रीको पक्राउ सर्वसत्तावादी र अधिनायकवादी चरित्र : शेखर कोइराला

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाले सरकार जति रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने पनि ठोकुवा गरेका छन् । ‘अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले […]

कांग्रेस केपी ओलीको मतियार बन्दैन : शेखर कोइराला

१३ पुस, विराटनगर । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर संविधानलाई घाइते बनाएको बताउँदै सडकबाटै संसद पुनस्थापना गर्ने बताएका छन् । सोमबार विराटनगरमा आयोजित विरोधसभामा उनले अहिले नेपाली कांग्रेस ओलीको मतियार नबन्ने पनि बताए । ‘नेपाली कांग्रेस केपी ओलीको मतियार बन्न सरकामा जादैन’ उनले भने, ‘जान पनि […]

जोशीसहितका नेतालाई पार्टीबाट निस्कासन गर्नु दुर्भाग्य : कोइराला

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गरिनु दुर्भाग्य भनेका छन् । आधारहीन र मनगढन्ते तर्क अगाडि जोशीसहितका नेताहरुलाई पार्टीबाट निस्कासन गरिएको कोइरालाको भनाइ छ । कांग्रेसको अनुशासन समितिले शनिबार तनहुँका जोशी, कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने […]

नेपाली राजनीतिक इतिहासकै दुःखद घटना : कोइराला

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले दुई अध्यादेश जारी गर्ने सरकारको निर्णयलाई नेपाली राजनीतिक इतिहासकै दुःखद घटनाको संज्ञा दिएका छन् । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद (काम, बर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट मंगलबार विज्ञप्ति जारी गर्दै कोइरालो यस्तो आरोप लगाएका […]

गुटको भेला रोक्न शेखर कोइरालालाई देउवा पक्षको दबाब

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले कोरोना संक्रमणबाट जोगिन सभा सम्मेलनहरु रोकिएका बेला गुटको भेला गर्दै हिँडेको भन्दै नेता डा. शेखर कोइरालालाई काठमाडौं फर्किन निर्देशन दिएको छ । कांग्रेस कार्यकर्ता भेटघाट गर्ने क्रममा गोरखा पुगेका डा. कोइरालालाई सभापति शेरबहादुर देउवाको निर्देशनमा प्रवक्ता विश्वप्रकाश शर्माले सबै भेला बैठक रोकेर काठमाडौं फर्किन भनिएको स्रोतले बतायो […]

कांग्रेस महाधिवेशनको मिति सार्नु हुँदैन : शेखर कोइराला

१४ पुस, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाले सोमवार आयोजना गरेको पत्रकार भेटघाटमा उनले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन हुनैपर्ने बताए । रामचन्द्र पौडल समूहको बहिस्कारका बीच ११ पुसमा बसेको कांग्रेस केन्द्रीय […]

पत्रकार राजु बस्नेतलाई रिहा गर्न कांग्रेस नेता कोइरालाको माग

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हिरासतमा राखिएका खोजतलास डटकमका पत्रकार  राजु बस्नेतलाई रिहा गर्न माग गरेका छन् । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ पर्नु दुखद भन्दै उनले यो घटना प्रेस स्वतन्त्रतामाथि बोलिएको धावा र ठाडो हस्तक्षेप भएको बताए । नेता कोइरालाले फरक विचार राखेको कारणले बस्नेतलाई सरकारले पक्राउ गरेको पनि आरोप […]

कोइराला निवासमा शशांक र शेखरको साँठगाँठपछि कांग्रेस तरंगित

६ भदौ, काठमाडौं । पार्टीका महामन्त्री डा. शशांक कोइरालाले विराटनगर पुगेर ‘म र शेखर दा’ मध्ये एकजना सभापतिको उम्मेदवार हुन्छौं’ भनेपछि कांग्रेस तरंगित भएको छ । पछिल्लो समय कांग्रेसको शीर्ष नेतृत्व ओली सरकारविरुद्ध केन्दि्रत भइरहेको थियो । शीर्षनेताहरुको ध्यान सरकारको आलोचनातिर सोझिएकाले कांग्रेसको आन्तरिक विवाद निकै मत्थर भएको थियो । तर, डा. शशांकको अभिव्यक्तिले पार्टीभित्र […]

शशांकले चार मिनेट बोल्दा देउवा र पौडेललाई धक्का

६ भदौ, काठमाडौं । पार्टीका महामन्त्री डा. शशांक कोइरालाले विराटनगर पुगेर ‘म र शेखर दा’ मध्ये एकजना सभापतिको उम्मेदवार हुन्छौं’ भनेपछि कांग्रेस तरंगित भएको छ । पछिल्लो समय कांग्रेसको शीर्ष नेतृत्व ओली सरकारविरुद्ध केन्दि्रत भइरहेको थियो । शीर्षनेताहरुको ध्यान सरकारको आलोचनातिर सोझिएकाले कांग्रेसको आन्तरिक विवाद निकै मत्थर भएको थियो । तर, डा. शशांकको अभिव्यक्तिले पार्टीभित्र […]

शेखर कोइरालाले भने-ओलीजी ट्याउट्याउ नबोल्नुस्

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लोकतान्त्रिक व्यवहार देखाउन सरकारलाई आग्रह गरेका छन् । कांग्रेससँग टकराउन खोजे कम्युनिस्ट आफैं समाप्त हुने उनले बताए । कैलालीमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले सरकारले अधिनायकवादी चरित्र देखाउन थालेको बताए । अपमानजनक अभिव्यक्ति दिँदा कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपरेको भन्दै उनले भने, ‘सरकारका मन्त्रीहरुले यसरी नै राजीनामा […]

ओलीलाई डा. शेखरको सुझावः बीपीको बाटोमा आए राम्रो

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी बाटोमा आउन सुझाव दिएका छन् । ‘बीपीले भनेको समाजवाद प्रजातान्त्रिक समाजवाद हो, लोकतान्त्रिक समाजवाद हो । अहिले ओलीजी के भन्दै हुनुहुन्छ भने म रेल ल्याउँछु’ कांग्रेस नेता कोइरालाले अनलाइनखबरसँग भने- ‘ओलीजी र यो सरकार प्रजातान्त्रिक समाजवादको […]

डा. शेखरको सुझावः ओलीजी बीपीको बाटोमा आइदिए राम्रो

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी बाटोमा आउन सुझाव दिएका छन् । ‘बीपीले भनेको समाजवाद प्रजातान्त्रिक समाजवाद हो, लोकतान्त्रिक समाजवाद हो । अहिले ओलीजी के भन्दै हुनुहुन्छ भने म रेल ल्याउँछु’ कांग्रेस नेता कोइरालाले अनलाइनखबरसँग भने- ‘ओलीजी र यो सरकार प्रजातान्त्रिक समाजवादको […]