Comments Add Comment

राष्ट्र बैंक

List Grid
बैंक कर्मचारीको सुरक्षामा ध्यान दिन गभर्नरको ध्यानाकर्षण

१९ वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षमा ध्यान दिन नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराएको छ । कोरोनाको उच्च जोखिम देखिएको र सरकारले यसबाट बच्न निषेधाज्ञा जारी गरेको अवस्थामा कर्मचारीहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्दै गभर्नर अधिकारीको फियनले ध्यानाकर्षण गराएको हो । फियनले राष्ट्र […]

अर्थतन्त्र थप प्रभावित हुने जोखिम बढ्याे : गभर्नर

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले अथैतन्त्र थप प्रभावित हुने बताएका छन् । राष्ट्र बैंक आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीे कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिंदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको बताएका हुन् । […]

कतारको मुद्रा १७ असारदेखि नचल्ने, नेपालीलाई सटही गरिहाल्न राष्ट्र बैंकको आग्रह

८ वैशाख, काठमाडौं । हाल चलनचल्तीमा रहेको चौथो संस्करणको कतारको मुद्रा नचल्ने भएको छ । कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको हो । त्यसैले कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकले नेपालीहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकले त्यस्ता नोट भए आगामी २७ […]

विद्युतीय कारोबारलाई प्राथमिकता दिन राष्ट्र बैंकको निर्देशन

६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना संत्रक्रमणबाट जोगिन भन्दै ९ बुँदे निर्देशन जारी गरेको छ । सोमबार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सकेसम्म विद्युतिय माध्यमबाट कारोबार गर्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै कर्मचारीहरुलाई आवश्यकताका आधारमा समूह विभाजन गरी […]

बैंकिङ क्षेत्रमा तरलता अभावको डर

२२ चैत, काठमाडौं । कोरोनाका बेला लगानी हुन नसकेको रकम यतिबेला धमाधम लगानी हुन थालेसँगै तरलता अभाव हुन्छ कि भन्ने आशंका गर्न थालिएको छ । दुई महिना अघिसम्म दुई खर्ब हाराहारीमा रहेको तरलता अहिले घटेर ५० अर्बमा झरेको छ । एक महिना वित्तीय बजारमा ६५ अर्ब रुपैयाँ हाराहारी तरलता थियो । पछिल्लो एक महिनामा १५ […]

आठ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

१५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ […]

आईपीओमा झेल : सयौँको नाममा एकै व्यक्तिको आवेदन

२२ फागुन, काठमाडौं । ‘निफ्राको आईपीओ २७ बराबर १४२०’ लेखेर शेयर बजार विचार हजार लेखेको ग्रुपमा माघ १६ गते एक व्यक्तिले स्टाटस पोष्ट गरे । ‘हामीलाई पनि यति कित्ता आईपीओ पर्यो’ भन्नेेको त्यो स्टाटसमा कमेन्ट गर्नेहरुको ओइरो लागेको थियो । २७ जनाको नामबाट आवेदन दिदा नेपाल इन्फ्रा स्ट्रक्चर बैंक (निफ्रा)को १ हजार ४२० कित्ता आईपीओ […]

नेपाल बैंकको विवादबारे राष्ट्र बैंक बेखबर !

२ फागुन, काठमाडौं । नेपाल बैंकले वितरण गर्न लागेको लाभांश केही दिन पहिले अर्थमन्त्रालयले रोकिदियो । साधारणसभाबाट पारित भइसकेको र नियमनकारी निकायबाट समेत स्वीकृत पाइसकेको लाभांश रोकिएपछि बैंकका अध्यक्ष बासुदेव अधिकारीले पदबाटै राजीनामा दिए । अधिकारीले अध्यक्ष पदबाट दिएको राजीनामा अर्थमन्त्री विष्णुप्रसाद पौड्यालले २६ माघमा स्वीकृत गरे । राष्ट्र बैंक स्वायत्त नियमनकारी निकाय भए पनि […]

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः अधिकांश पुरानै नीतिलाई निरन्तरता

२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा अधिकांश नीतिहरूलाई निरन्तरता दिएको छ । कोरोनाको समस्या अझै रहेको भन्दै धेरैजसो पुरानै नीतिलाई निरन्तरता दिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । यद्यपि, ऋण पुनर्तालिकीकरण गर्ने सुविधा भने राष्ट्र बैंकले थपिदिएको छ । राष्ट्र बैंकले उद्योग व्यवसायहरूमा अझै समस्यामा रहेको भन्दै एक […]

सनराइज बैंकबाट पौड्यालले किन दिए राजीनामा ?

२८ माघ, काठमाडौं । सनराइज बैंकमा बेलाबेलामा सञ्चालक र व्यवस्थापनबीच बिवाद भइरहने गरेको छ । बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच भएको विवादमा पटक-पटक नेपाल राष्ट्र बैंकले हस्तक्षेपसमेत गर्नु परेको छ । केही महिना पहिले केही सञ्चालकहरुले बैंकका सीईओ जनक शर्मा पौड्याललाई जेजसरी हुन्छ हटाउनै पर्ने रणनीति बनाएका थिए । त्यसबेला बैंकका सञ्चालक नै […]

रेमिट्यान्स ११ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो करिब ५ खर्ब

२६ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा विदेशबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन रिपोर्ट अनुसार रेमिट्यान्स ११.१ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । कोरोनाको त्रास हुनु अगाडिको […]

विदेशी मुद्राको सञ्चिति १५ खर्ब नजिक, १४ महिनाको वस्तु आयात धान्ने

२६ माघ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा विदेशी विनिमय सञ्चिति १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिनामा बढेर ६.६ प्रतिशतले वृद्धि भई २०७७ पुस मसान्तमा १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ […]

धेरै नोटमा हस्ताक्षर गर्ने चाहना छैनः गभर्नर

१६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट धेरै छाप्नु नपरोस् भन्ने चाहना व्यक्त गरेका छन् । शुक्रबार कुलेश्वर फलफूल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै उनले सकेसम्म नोटहरू बजारमा नदेखिऊन् भन्ने  चाहना आफ्नो रहेको बताए । डिजिटल कारोबारले नगद कारोबारलाई निरुत्साहित गरोस् भन्ने आफूले चाहेको उनको भनाइ छ । […]

राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा थापा

४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथलीको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक थापाथली ईकाइको हालै सम्पन्न एकता अधिवेशनले कुमार थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा वासु रिजाल, सचिवमा वेदनिधि (वि.एन.) सापकोटा, […]

आरटीजीएस र मोडुलर डाटा सेन्टर राष्ट्र बैंकलाई हस्तान्तरण

२ माघ, काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) तथा मोडुलर डाटा सेन्टर नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय दातृनिकाय डिएफआईडीको सहयोगमा एक्सेस टू फाइनान्स अन्तर्गत यूकेएड सक्षमसँगको सहकार्यमा २६ भदौ २०७६ देखि आरटीजीएस तथा मोडुलर डाटा सेन्टर सञ्चालनमा थियो । शुक्रबार भने औपचारिक कार्यक्रमको आयोजना गरी यो सिस्टम राष्ट्र बैंकलाई हस्तान्तरढा गरिएको […]

नेपाल क्लियरिङ हाउसले शुरु गर्यो ‘कर्पोरेट पे’ सेवा

२९ पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउसले बैंकहरुले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ सेवा सञ्चालनमा ल्याएको छ । हाउसले ल्याएको ‘कर्पोरेट पे सेवा’को बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरे । २० वटा बैंक तथा वित्तीय संस्थाहरुले सब्सक्राइभ गरिसकेको र केहि बैंहरुले शुरु समेत गरिसकेको हाउसका […]

भोलि शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

२४ पुस, काठमाडौं । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका […]

सेयर धितो कर्जामा आकर्षण– पाँच महिनामै साढे १७ अर्ब लगानी

२३ पुस, काठमाडौं । सेयर धितो कर्जामा आकर्षण देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै करिब साढे १७ अर्ब रुपैयाँ सेयर धितोमा लगानीमा गरेका छन् । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म पनि ५० अर्ब ४१ करोड रुपैयाँमात्रै सेयर धितो कर्जा लगानीमा रहेको थियो । […]

आर्थिक पुनरुत्थान गर्न ल्याइएका कर्जाको पहुँच लक्षित वर्गमा पुर्‍याइने

१७ पुस, काठमाडौं । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ । त्यसका लागि नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले वातावरण मिलाउने र प्रवाह गरिएको कर्जाको विवरण नियमित रुपमा सार्वजनिक गर्ने […]

विदेशी मुद्राको सञ्चिति बढ्यो, १५ महिनाको आयात धान्न पुग्ने

६ पुस, काठमाडौं । विदेशी विनिमय सञ्चितिमा वृद्धि ७ प्रतिशतले वृद्धि भएको छ । २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई २०७७ कात्तिक मसान्तमा १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को चार […]

राष्ट्र बैंकका ‘हाकिम’ बीमा समितिको अध्यक्ष बन्न अयोग्य !

४ पुस, काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईंको चार वर्षे कार्यकाल पुस मसान्तमा सकिँदैछ । अध्यक्षको कार्यकाल सकिने समय नजिकिदै गर्दा आधा दर्जन आकांक्षीहरु शक्तिकेन्द्र धाउन थालेका छन् । अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदले समितिको अध्यक्ष नियुक्त गर्न सकिने व्यवस्था गरेको छ । अहिले बीमा समितिको अध्यक्ष बन्नका लागि शक्तिकेन्द्र धाउनेहरुमा अमेरिकाको […]