Comments Add Comment

अमेरिका

List Grid
अमेरिकामा नौ खर्ब डलरको राहत प्याकेजमा सहमति

६ पुस, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट राहतका लागि नौ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेजका लागि संसदीय नेताहरु सहमत भएका छन् । यसअघि गत मार्चमा महामारीबाट समस्यामा परेको अर्थतन्त्र तथा मानिसहरुलाई राहत प्रदान गर्न अमेरिकाले २३ खर्ब डलरको राहत प्याकेज ल्याएको थियो । अहिले ल्याउन लागिएको नौ खर्ब डलरको राहत अमेरिकाको […]

अमेरिकामा दोस्रो कोरोना खोपलाई अनुमति दिन सिफारिस

३ मंसिर, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो खोप प्रयोगको लागि अनुमति दिन विज्ञहरुले सिफारिस गरेका छन् । बिहीबार फुड एण्ड ड्रग एडि्मनिस्ट्रेसन (एफडीए)का विज्ञहरुले मोडर्नाले विकास गरेको खोप अमेरिकामा प्रयोगका लागि अनुमति दिन सिफारिस गरेका हुन् । बिहीबार बसेको विज्ञहरुको बैठकमा सर्वसम्मतिले मोडर्नाको खोपलाई अनुमति दिन सिफारिस गर्ने निर्णय भएको हो । […]

अमेरिकाको गुनासो : नेपालमा बंगुर र कुखुराको मासु निर्यात गर्न समस्या भयो

२ पुस, काठमाडौं । अमेरिकाले नेपालमा बुंगुर र कुखुराको मासु निर्यात गर्न असहज भएको गुनासो गरेको छ । नेपाल अमेरिका-व्यापार लगानी फ्रेमवर्क सम्झौता (टिफा) अन्तरगतको व्यापार लगानी सम्बन्धी सोमबार सम्पन्न पाँचाैं बार्तामा अमेरिकाले यस्तो गुनासो गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य सुरक्षा तथा क्वरिन्टाइन मापदण्ड सम्बन्धमा नेपालले लिएको नीतिले ती वस्तुको […]

अमेरिकामा पनि फाइजरको कोरोना खोप लगाउनेलाई एलर्जीको समस्या

२ पुस, काठमाडौं । अमेरिकाको अलास्कामा फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका एक स्वास्थ्यकर्मीमा गम्भीर किसिमको एलर्जीको समस्या देखिएको छ । यद्यपि उनको अवस्था अहिले स्थिर रहेको सार्वजनिक स्वास्थ्य अधिकारीहरुले बताएका छन् । बुधबार अधिकारीहरुले दिएको जानकारीअनुसार मंगलबार खोप लिएको केही मिनेटपछि नै स्वास्थ्यकर्मीमा नकारात्मक असर देखिएको थियो । यसअघि […]

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु, पहिलो खोप नर्सलाई

३० मंसिर, काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएकाहरुलाई लगाइदिएर अमेरिकाले सोमबारबाट खोप अभियान सुरु गरेको हो । न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाइएको बीबीसीले जनाएको छ । यी नर्स आईसीयूमा कार्यरत छिन् । अमेरिकाले फाइजर/बायोएनटेक खोप प्रयोगमा ल्याएको छ । फाइजर/बायोएनटेकलाई प्रयोगमा ल्याउन […]

अमेरिकीले सोमबारबाट कोरोना खोप लगाउन पाउने

२८ मंसिर, काठमाडौं । अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । अमेरिकाले फाइजर/बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ । एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो । खोप लगाउन सुरु गर्नुभन्दा अगाडि […]

बाइडन र ह्यारिस बने टाइम म्यागाजिनको पर्सन अफ द इयर

२६ मंसिर, काठमाडौं । अमेरिकाको प्रतिष्ठित टाइम म्यागाजिनले राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडन र उपराष्टपतिमा विजयी भएकी कमला ह्यारिसलाई सन् २०२० को पर्सन अफ द इयर घोषणा गरेको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै टाइम म्यागाजिनले यो घोषणालाई ऐतिहासिक भएको बताएको छ । टाइम म्यागाजिनको पर्सन अफ द इयर बन्ने सूचीमा रहेका वरिष्ठ संक्रामक रोग […]

अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

२५ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ । बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो । अहिले अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा […]

बाइडनद्वारा अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिन मनोनित

२३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनित गरेको अमेरिकी सन्चार माध्यमहरुले जनाएका छन् । यसको औपचारिक घोषणा भने आगामी क्रिसमस अघि मात्र गरिने बाइडनका सहयोगीहरुले बताएका छन् । अमेरिकी सेनाका अवकाशप्राप्त जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए । सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने […]

अमेरिकी नागरिकलाई जागिर नदिएको भन्दै फेसबुकविरुद्ध मुद्दा

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकमाथि अमेरिकी नागरिकहरुलाई जागिरमा विभेद गरेको अभियोग लागेको छ । कर्मचारी भर्नाका क्रममा अमेरिकी नागरिकलाई विभेद गरेको र विदेशी आप्रवासी नागरिकहरुलाई ग्राह्यता दिएको भन्दै अमेरिकाको न्याय मन्त्रालयले फेसबुकविरुद्ध मुद्दा दायर गरेको हो । फेसबुकका २६ सयभन्दा धेरै पदहरुमा भर्ना गर्दा योग्य तथा जागिर खान तयार रहेका अमेरिकीहरुलाई मौका नदिइएको ठहर […]

सयदिन मास्क लगाइराख्न अमेरिकी नागरिकलाई बाइडनको आग्रह

१९ मंसिर, काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफूले पदभार ग्रहण गरेको एकसय दिनसम्म मास्क लगाइराख्न आफ्ना नागरिकलाई आग्रह गर्ने बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मास्क लगाउनु आवश्यक रहेको बाइडनको भनाइ छ । उनले मास्क लगाएर मुख ढाक्नाले कोरोना संक्रमण निकै कम हुने बताए । साथै उनले सरकारी कार्यालयहरुमा पनि मास्क […]

इरानसँग सम्बन्ध रहेको भन्दै अमेरिकाद्वारा रुस र चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

१४ मंसिर, काठमाडौं । अमेरिकाले इरानसँग सम्बन्ध रहेको भन्दै रुस र चीनका चार कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जारी गरेको विज्ञप्तिमा उक्त चार कम्पनीले इरानको मिसाइल कार्यक्रमको विकासको लागि सहयोग गर्दै आएको उल्लेख छ । यी कम्पनीले संवेदनशील प्रविधि र मिसाइल कार्यक्रमका लागि आवश्यक पर्ने उपकरणहरु आपूर्ति गर्दै आएको […]

अमेरिकाको लस एन्जलसमा तीन हप्तासम्म घर बाहिर निस्कन रोक

१४ मंसिर, काठमाडौं । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्ने लगायतका प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो । देशकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको ठाउँको रुपमा चिनिएको लस एन्जलसमा आम मानिसलाई भिडभाड गर्न रोक लगाइएको छ । भिडभाड हुने व्यापार व्यवसाय पूर्ण रुपमा प्रतिवन्ध लगाइएको […]

अमेरिकामा टिकटक बिक्रीको समयसीमा डिसेम्बरसम्म लम्बियो

काठमाडौं । चिनियाँ भिडियो शेयरिङ एप टिकटकको अमेरिकास्थित व्यवसाय बिक्रीका लागि पूर्वनिर्धारित समयसीमा फेरि थप भएको छ । यसअघि अमेरिका सरकारले टिकटकलाई नोभेम्बर २७ सम्मको समयसीमा दिएकोमा त्यसमा १ हप्ता थप गरेको हो । टिकटकको मातृ कम्पनी बाइटडान्सले उक्त समयमा पनि अमेरिकास्थित टिकटकको शाखा बिक्री गर्न नसकेमा लोकप्रिय एप टिकटकले अमेरिकामा प्रतिबन्ध व्यहोर्नुपर्नेछ । टिकटकको […]

आफ्नो समुद्री क्षेत्रमा दखल नदिन अमेरिकालाई रुसको चेतावनी

१० मंसिर, काठमाडौं । रुसले अमेरिकालाई आफ्नो समुद्री क्षेत्रमा दखल नदिन चेतावनी दिएको छ । रुसले आफ्नो समुद्री क्षेत्रमा अमेरिकी जलसेनाको डिस्ट्रोयर छिरेको र आफ्नो वारसिपले त्यसलाई भगाएको दाबी गरेको छ । रुसका अनुसार मंगलबार जापान सागरमा रुसको जोन एस म्याक्केन नामक डिस्ट्रोयर रुसको समुद्री क्षेत्रतर्फ दुई किलोमिटरसम्म छिरेको थियो । रुसी वारसिपले आफ्नो समुद्रबाट नहटे […]

अमेरिकी सेनामा कार्यरत नेपाली युवकको कार दुर्घटनामा मृत्यु

७ मंसिर, काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो । ओक्लाहोमा न्युज फोर अनलाइनका अनुसार दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट लागेका […]

अमेरिका-चीन तनावबीच ह्वाइट हाउस पुगे तिब्बती नेता

७ मंसिर, काठमाडौं । अमेरिका-चीनबीच जारी व्यापारिक तनावबीच तिब्बतको निवार्सित सरकारका प्रमुख लोबसाङ साङ्गेले ह्वाइट हाउसको भ्रमण गरेका छन् । टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार साङ्गेले ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयक रोबर्ट डेस्ट्रोसँग भेटवार्ता गरेका हुन् । तिब्बतको निर्वासित सरकारका कुनै पनि नेताले गरेको पछिल्लो ६ दशकमा यो पहिलो अमेरिकाको आधिकारिक भ्रमण हो । […]

१० वर्षपछि अमेरिकाले भेनेजुयलाका लागि तोक्यो राजदूत

४ मंसिर, काठमाडौं । अमेरिकाले १० वर्षपछि भेनेजुयलाका लागि राजदूत तोकेको छ । लामो समयदेखि सम्बन्ध चिसिएका कारण अमेरिकाले भेनेजुयलामा अमेरिकी कूटनीतिक अधिकारी नियुक्त गरेको थिएन । अमेरिकाको माथिल्लो संसद सिनेटले जेम्स स्टोरीलाई भेनेजुयलाको राजदूत बनाउने निर्णय गरेको हो । सिनेटमा बोलीको मतबाट स्टोरीको नियुक्ति पारित भएको हो । स्टोरीले भेनेजुयलाको छिमेकी मुलुक कोलम्बियाको राजधानी सहरबाट […]

एमसीसीबारे नेकपा प्रतिवेदन अलपत्र, अमेरिकासँग भएन संवाद

४ मंसिर, काठमाडौं । २०७६ माघमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामा रहेका डेढ दर्जनभन्दा बढी प्रावधानप्रति प्रश्न उठाएको थियो । कार्यदलले सम्झौता संविधानभन्दा माथि हुन नहुने, सार्वभौमिकता, समानता हुनुपर्ने लगायतका डेढ दर्जन सुझाव दिएको छ । भदौको अन्तिम साता सम्पन्न पार्टीको स्थायी समिति बैठकले पनि कार्यदलको […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघ्यो

४ मंसिर, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म अमेरिकामा कोरोनाबाट दुई लाख ५० हजार ४८५ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि एक करोड १५ लाख नाघेको छ । संक्रमित संख्या वा मृतक संख्याको […]

अफगानिस्तान र इराकमा आफ्नो सेनाको संख्या घटाउने अमेरिकाको घोषणा

३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिँदासम्म अफगानिस्तान र इराकबाट उल्लेख्य संख्यामा अमेरिकी सेनाको संख्या घटाउने भएका छन् । अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानमा अमेरिकी सेनाको संख्या ४५ सयबाट घटाएर २५ सयमा झारिनेछ । त्यस्तै इराकमा पनि तीन हजारको संख्यामा रहेको अमेरिकी सेनाको संख्या २५ सयमा झारिनेछ । अमेरिकाका कार्यवाहक रक्षामन्त्री […]