Comments Add Comment

अमेरिका

List Grid
साइबर हमलापछि अमेरिकी इन्धन आपूर्तिमा आपतकालको घोषणा

२७ वैशाख, वासिंटन । देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि अमेरिकी सरकारले देशभर इन्धन आपूर्तिमा आपतकालको घोषणा गरेको छ । कोरोना महामारीका कारण इन्धन आपूर्तिसम्बन्धी कम्पनीका कर्मचारीहरू घरबाटै काम गरिरहेका छन् । विश्लेषकहरू यही मौका छोपेर ह्याकरहरूले साइबर हमला गरेको विश्लेषण गर्छन् । अहिले अमेरिकाको सबैभन्दा ठूलो पाइपलाइन सेवा अवरुद्ध भएको छ । […]

बाल्टिमोरमा गोलीकाण्ड : एक नेपालीको मृत्यु, एक घाइते

२७ वैशाख, डिसी ।  मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्द गोली प्रहारमा परी एक नेपाली सहित चार जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा संखुवासभा खादवारी न.पा. ६, तल्लो पांठा निवासी करिब २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो […]

अमेरिकाको न्युजर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय शाहको शव फेला

२३ वैशाख, अमेरिका । नेपालको सिराहा जिल्लाबाट अमेरिकाको न्यू जर्सीमा बसोबास गर्ने विद्यार्थी अजय साहको शव फेला परेको छ । गत जनवरीदेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेर पहिचान सार्वजनिक गरेको हो । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ । साह गत जनवरी १८ देखि हराइरहेको उनका […]

अमेरिकाको व्यापार घाटा ५.६ प्रतिशतले वृद्धि

२२ वैशाख, काठमाडौं । संयुक्तराज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् । गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा ७०.५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५.६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य […]

अमेरिकाले ‘शत्रुतापूर्ण रणनीति’ लिएको उत्तर कोरियाको आरोप

१९ वैशाख, काठमाडौं । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो आणविक कार्यक्रममा ‘शत्रुतापूर्ण रणनीति’ अपनाएको आरोप लगाएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले पछिल्लो समय अमेरिकाले दिएको प्रतिक्रियाले अमेरिका ‘शत्रुतापूर्ण रणनीति’ कायम राख्न चाहेको देखिएको बताएको छ । गत साता अमेरिकी राष्ट्रपति बाइडनले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वको सुरक्षाको लागि ठूलो चुनौती रहेको बताएका […]

सक्कली मै हुँ भन्दै एउटै नाम भएका सयौँजना मैदानमा घमासान

काठमाडौँ । अमेरिकाको एरिजोनामा एकजना कलेज पढ्ने विद्यार्थीले गत वर्ष आफ्नै जस्तो नाम भएका सबैजनालाई डाक्दै ग्रुप च्याट सुरु गरे । ती विद्यार्थीको नाम जोश स्वाइन थियो र उनले सबै जोसहरुलाई आफुले खडा गरेको फेसबुक ग्रुपमा आमन्त्रण गरेका थिए । उक्त ग्रुपको नाम थियो “Josh, Josh, Josh, Josh, Josh, Josh, Josh, Josh, Josh,” त्यहीँ समूहसँग […]

आफ्ना नागरिकलाई तत्काल भारत छाड्न अमेरिकाको आग्रह

१६ वैशाख, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकहरुलाई सकेसम्म छिटो भारत छाड्न आग्रह दिएको छ । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण निकै तीव्र गतिमा फैलिरहेको भन्दै अमेरिकाले आग्रह दिएको हो । अमेरिकाको विदेश मन्त्रालयले एडभाइजरी जारी गरेर भारतमा कोरोना संक्रमण निकै गहिरिएको र यहाँको मेडिकल सेवा पर्याप्त नहुन सक्ने बताएको छ । स्वास्थ्य सतर्कता जारी […]

भारतलाई खोप, अक्सिजन र भेन्टिलेटर सहयोग गर्ने अमेरिकाको वचन

१३ वैशाख, काठमाडौं । अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने वचन दिएको छ । आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएलगत्तै अमेरिकाले भारतलाई सहयोग गर्ने वचन दिएको हो । अमेरिकाले भारतलाई खोपको कच्चा पदार्थ, अक्सिजन निर्माण, भेन्टिलेटर, पीपीई किट, र्‍यापिड टेस्ट किट लगायतका […]

जलवायु संकट अब अमेरिकी विदेश र राष्ट्रिय सुरक्षा नीतिको केन्द्रमा

१२ वैशाख, काठमाडौं । जलवायु परिवर्तनको विषयलाई अमेरिकाले अब आफ्नो विदेश र सुरक्षा नीतिको केन्द्रीय विषय बनाउने भएको छ । जनवरी २० मा जो वाइडनले नयाँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेलगत्तै उनले यो विषयलाई प्राथमिकताका साथ उठाएका छन् । यसै सन्दर्भमा यही अप्रिल २२ र २३ गते वाइडनले ४० वटा मुलुकका सरकार र राष्ट्रप्रमुख सम्मिलित जलवायु […]

खोप लगाएका नागरिकलाई पनि भारत भ्रमण नगर्न अमेरिकाको सुझाव

७ वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लिइसकेका नागरिकहरुलाई पनि भारत भ्रमण नगर्न सुझाव दिएको छ । भारतमा कोरोना संक्रमण बढिरहेको भन्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई यस्तो सुझाव दिएको हो । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले एक एडभाइजरी जारी गर्दै भारतमा फैलिरहेको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) बाट कोरोना खोप लिइसकेका मानिस पनि जोखिममा […]

नाभाल्नीलाई केही भए त्यसको परिणाम भोग्नुपर्ने रुसलाई अमेरिकाको चेतावनी

६ वैशाख, काठमाडौं । अमेरिकाले रुसको जेलमा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भए त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले सीएनएनसँगको कुराकानीमा रुसलाई यस्तो चेतावनी दिएका हुन् । उनले नाभाल्नीको तत्काल रिहाइ हुनुपर्ने मागसमेत गरेका छन् । सुलिभनले नाभाल्नीमाथिको रुसको आक्रमण मानव अधिकार उल्लंघन मात्र नभई रुसी नागरिकले आवाज […]

अमेरिका, तालिबानसँगको युद्ध र अफगानिस्तानको नियति

५ वैशाख, काठमाडौं । गत बुधबार अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता गर्ने घोषणा गरे । राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट गरेको सम्बोधनमा उनले भनेका थिए, ‘अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला आएको छ ।’ ‘हामी एक कहालीलाग्दो आक्रमणका कारण २० वर्षअघि अफगानिस्तान गएका थियौं । त्यसले हामी सन् २०२१ मा पनि […]

जलवायु परिवर्तन नियन्त्रणका लागि अमेरिका र चीन सहमत

५ वैशाख, काठमाडौं । अमेरिका र चीन जलवायु परिवर्तन नियन्त्रणका लागि अन्य मुलुकसँग सहकार्य गरेर अघि बढ्न तयार भएका छन् । अमेरिकी जलवायु दूत जोन केरी र चिनियाँ समकक्षी सिई जेन्हुआबीच भएको वार्तामा यस्तो सहमति जुटेको हो । वार्तापछि जारी गरिएको विज्ञप्तिमा जलवायु परिवर्तनको समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्नु जरुरी रहेको उल्लेख छ […]

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि लगायो प्रतिबन्ध

३ वैशाख, काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध घोषणा गरेको छ । साइबर आक्रमण र शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाउँदै अमेरिकाले रुसी संस्था र अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । गत वर्षको चर्चित ‘सोलारविन्ड्स’ नामक ह्याकिंगमा रुसी जासुसीको हात रहेको आरोप अमेरिकाले लगाएको छ । यस्तै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको […]

रुसमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

२ वैशाख, काठमाडौं । अमेरिकाले साइबर आक्रमणको प्रयास तथा निर्वाचनमा हस्तक्षेपको विषयलाई लिएर रुसमाथि थप प्रतिबन्धको तयारी गरेको छ । बिहीबार अमेरिकाले रुसी कम्पनी तथा अधिकारीमाथि प्रतिबन्ध घोषणा हुने सम्भावना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ प्रतिबन्ध अनुसार करिब ३० रुसी कम्पनी अमेरिकाको कालोसूचीमा पर्नेछन् भने १० रुसी अधिकारीलाई अमेरिकाबाट देशनिकाला गरिने अनुमान छ […]

अमेरिकामा अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकारी पक्राउ

२ वैशाख, काठमाडौं । अमेरिकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ परेकी छन् । मिनिसोटामा भएको यो घटनामा संलग्न प्रहरी अधिकारी किम पोटरलाई पक्राउ गरिएको हो । उनीमाथि गैरन्यायिक हत्या -सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाउने तयारी भइरहेको छ । सो मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा […]

अफगानिस्तानबाट सैनिक फिर्ताको घोषणा गर्ने अमेरिकाको तयारी

१ वैशाख, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट ११ सेप्टेम्बर अगाडि नै आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गर्ने भएको छ । राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सेना फिर्ता गर्नेबारे घोषणा बुधवार गर्ने बीबीसीले जनाएको छ । यसै महिनाको अन्त्यमा टर्कीमा हुने शान्ति सम्मेलनमा अफगानिस्तानको सरकार र तालिबान सहभागी हुने खबर आएलगत्तै राष्ट्रपति बाइडनले सेना फिर्ताको घोषणा गर्न लागेका […]

अमेरिकी प्रहरीबाट अश्वेत युवक मारिएपछि तनाव, दुई शहरमा कर्फ्यु

३१ चैत, काठमाडौं । अमेरिकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवक मारिएपछि तनाव उत्पन्न भएको छ । तनावकै कारण अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु लगाइएको छ । गत आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटलाई प्रहरीले ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाट बाहिर निकालेर हतकडी लगाउन खोजेको थियो […]

अमेरिकामा ११ करोडभन्दा बढीले लगाए कोरोना खोप

२९ चैत, काठमाडौं । अमेरिकामा ११ करोड ७१ लाखभन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको कम्तीमा एक डोज लगाएका छन् । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अहिलेसम्म अमेरिकामा समग्रमा १८ करोड ३४ लाख डोज कोरोना खोप दिइएको छ । जसमध्ये सात करोड ६ लाखभन्दा बढीले कोरोना खोपको पूरा डोज लिइसकेका छन् […]

अमेरिकामा घरेलु बन्दुकमा रोक लगाउने उद्देश्यले कार्यकारी आदेश जारी

२७ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय हो भन्दै बाइडनले कार्यकारी आदेश जारी गरेको बीबीसीको समाचारमा उल्लेख छ । यो कार्यकारी आदेशलाई संसदबाट स्वीकृत गर्नुपर्ने […]

अमेरिकाको संसद भवन अगाडि आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

२१ चैत, काठमाडौं । अमेरिकाको संसद भवन (युएस क्यापिटल बिल्डिङ) अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण […]