Comments Add Comment

अमेरिका

List Grid
अमेरिकामा तल्लो सदनद्वारा ट्रम्पमाथिको महाभियोग प्रस्ताव पारित

१ माघ, काठमाडौं । अमेरिकी संसद्को तल्लो सदनले राष्ट्रपति ट्रम्पमाथिको माहाभियोग प्रस्ताव पारित गरेको छ । बुधबार हाउस अफ रिप्रिजिन्टेटिभ्समा भएको मतदानमा बहुमतले उक्त प्रस्ताव पारित भएको हो । अब उनको महाभियोगबारे माथिल्लो सदन सिनेटमा चर्चा हुनेछ । बुधबार तल्लो सदनमा भएको मतदानमा २३२ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने १९७ सांसद्ले विपक्षमा मतदान […]

६७ वर्षपछि अमेरिकामा महिलालाई दिइयो मृत्युदण्ड

२९ पुस, काठमाडौं । अमेरिकामा ६७ वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइएको छ । बुधबार अमेरिकाको इन्डियानामा ५२ वर्षीया लिसा मोन्टगोमरीलाई विषको इन्जेक्सन लगाई मृत्युदण्ड दिइएको हो । सन् २००७ मा उनी एक ‘जघन्य अपराध’को मामिलामा दोषी पाइएकी थिइन् । यो मामिलामा केन्द्रीय अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । मोन्टगोमरीले यसअघि सर्वोच्च अदालतमा मृत्युदण्डमा रोक […]

अमेरिकी अधिकारीको ताइवान भ्रमण स्थगित

२९ पुस, काठमाडौं । अमेरिकाको विदेशमन्त्रालयले संयुक्त राष्ट्रसंघको लागि स्थायी प्रतिनिधि केली क्राफ्टको ताइवान भ्रमण स्थगित भएको बताएको छ । अमेरिकामा राष्ट्रपतिको पद हस्तान्तरणको दिन नजिकिएको कारण केलीको ताइवान भ्रमण स्थगित गरिएको विदेश मन्त्रालयले बताएको छ । अमेरिकाले आफ्ना संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधिलाई ताइवान भ्रमणमा पठाउने निर्णय गरेसँगै चीनले आपत्ति जनाएको थियो । चीनले ताइवानलाई […]

जर्मनी र फ्रान्सबाट आउने सामग्रीमाथि अमेरिकाले लगायो अतिरिक्त भन्सार शुल्क

२८ पुस, काठमाडौं । अमेरिकाले जर्मनी र फ्रान्सबाट आउने विमानका पार्टस् र अन्य उत्पादनमाथि अतिरिक्त भन्सार शुल्क उठाउन थालेको छ । युरोपेली संघ (ईयू)सँगको १६ वर्षको सहुलियतको विवाद नमिलेसँगै अमेरिकाले जर्मनी र फ्रान्सबाट आउने विमानका पार्टस् तथा अन्य सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । युरोपेली विमान निर्माता एयरबसलाई सहुलियत दिएको विषयमा अमेरिकाले आपत्ति […]

अमेरिकाको आतंकवादी समूहको सूचीमा यमनको विद्रोही हुथी

२७ पुस, काठमाडौं । अमेरिकाले यमनको विद्रोही हुथीलाई आतंकवादी संगठनको सूचीमा राख्ने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार यो समूहको कारण मानवी संकट झन् चुलिने भन्दै यो समूहलाई आतंकवादी संगठनको सूचीमा राख्न लागिएको बताएका हुन् । अमेरिकामा अबको १० दिनमा नयाँ प्रशासन आउन लागेको अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको यो निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ […]

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी

२७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो । महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ […]

अमेरिकाद्वारा ताइवानसँगको कूटनीतिक सम्बन्ध खुला

२६ पुस, काठमाडौं । अमेरिकाले ताइवानी अधिकारीहरुसँगको कूटनीतिक सम्पर्कमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक विज्ञप्तिमार्फत् उक्त जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो अन्तिम समयमा चीनलाई चिढ्याउने गरी ताइवानसँगको सम्पर्कको लागि अनुमति दिने निर्णय गरेको हो । अमेरिकामा जनवरी २० मा जो बाइडनले राष्ट्रपतिको शपथ लिनेछन् । […]

अमेरिकाको हिंसात्मक प्रदर्शनमा घाइते प्रहरीको मृत्यु

२४ पुस, काठमाडौं । बुधबार अमेरिकाको संसद् भवन क्यापिटल हिलमा भएको ट्रम्प समर्थकहरुको हिंसात्मक प्रदर्शनको क्रममा घाइते भएका प्रहरी अधिकारीको मृत्यु भएको छ । यससँगै उक्त हिंसामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बुधबार राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनको जितलाई अनुमोदन गर्न कंग्रेसको बैठक बसिरहेको बेला ट्रम्पका समर्थकहरुले क्यापिटल बिल्डिङमा आक्रमण गरेका थिए […]

चिनियाँ मिडिया भन्छन्– हिंसात्मक प्रदर्शनमा अमेरिकी नेतृत्वको असफलता प्रतिबिम्बित

२४ पुस, काठमाडौं । चिनियाँ सञ्चारमाध्यमहरुले बुधबार अमेरिकाको संसद्मा भएको हिंसात्मक प्रदर्शनले अमेरिकी नेतृत्वको असफलता प्रतिबिम्बित भएको बताएका छन् । त्यसका साथै अमेरिकी समाजको गम्भीर विभाजन पनि यो प्रदर्शनले देखाएको भन्दै चीनको सरकारी सञ्चारमाध्यमहरुले सम्पादकीय लेखेका छन् । अमेरिकासँग चीनको तनावपूर्ण सम्बन्ध रहेको अवस्थामा चिनियाँ सञ्चारमाध्यमहरुले अमेरिकी संसद्मा बुधबार भएको घटनाको विषयलाई लिएर अमेरिकाको आलोचना […]

शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्ने ट्रम्पको प्रतिबद्धता, संसद् भवनमा भएको आक्रमणको निन्दा

२४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले यस्तो बताएका हुन् । बुधबार ट्रम्पका समर्थकहरुले निर्वाचनमा धाँधली भएको […]

प्रजातन्त्रको रक्षक होइन, भक्षक बनेर विदा हुँदैछन् ट्रम्प 

२४ पुस, काठमाडौं । विश्वमा अमेरिका मात्रै एक त्यस्तो मुलुक हो जसले दुई सय वर्षदेखि निरन्तर र विनाकुनै अवरोध प्रजातान्त्रिक शासन प्रणाली अपनाउँदै आएको छ । विश्वका धेरै मुलुकले अमेरिकाले अपनाएको प्रजातान्त्रिक मोडलको अनुसरण गरिरहेका छन् । आवधिक निर्वाचन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका विषय अमेरिकी विदेश नीतिका महत्वपूर्ण पक्षहरु हुन् । प्रजातन्त्रको […]

आफ्नै बाचा पूरा गर्न ट्रम्पलाई बाइडनको आग्रह

२३ पुस, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसअघि आफैंले गरेको बाचा पूरा गर्न र संविधानको रक्षा गर्न आग्रह गरेका छन् । बुधबार अमेरिकाको राजधानी वासिङटनस्थित क्यापिटोल हिलमा ट्रम्पको उक्साहटमा भएको हिंसात्मक प्रदर्शनपछि बाइडनले यस्तो बताएका हुन् । बाइडनले तत्काल क्यापिटोल हिललाई कब्जामुक्त गर्न पनि आग्रह गरेका छन् । उनले […]

वाशिङ्टन हिंसा : मृतकको संख्या चार पुग्यो

२३ पुस, काठमाडौं । अमेरिकाको राजधानी सहर वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित भएको औपचारिकताको लागि बुधबार कंग्रेसको बैठक चलिरहेको समयमा क्यापिटल हल बाहिर ट्रम्पका समर्थकहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले उक्त बैठकमा छिर्ने प्रयास गर्दा सुरक्षाकर्मीहरुले उनीहरुलाई रोक्ने प्रयास […]

अमेरिकाको सिनेटमा पनि डेमोक्रेटिक पार्टीको पकड

२३ पुस, काठमाडौं । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा पनि डेमोक्रेटिक पार्टीले आफ्नो नियन्त्रण कायम गरेको छ । जर्जियामा भएको निर्वाचनमा दुई सिट जितेसँगै नवनिर्वाचित राष्ट्रपति जो बाइडनको पार्टीले सिनेटमा पनि आफ्नो पकड कायम गरेको हो । यससँगै एक सय सिटको सिनेटमा ५० सिट रिपब्लिकन पार्टी र बाँकी ५० डेमोक्रेटिक पार्टीले पाएका छन् । तर, […]

ट्रम्पको उक्साहटमा अमेरिकामा हिंसा, एक महिलाको मृत्यु, वाशिङ्टनमा कर्फ्यु

२३ पुस, काठमाडौं । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र […]

अमेरिकी सिनेटमा पनि बहुमतको दिशामा बाइडन

२२ पुस, काठमाडौं । अमेरिकी संसदको माथिल्लो सदन सिनेटका लागि भएको निर्वाचनमा पनि राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनको डेमोक्रेटिक पार्टी आफ्नो नियन्त्रण कायम गर्ने दिशामा देखिएको छ । अहिलेसम्मको नतिजा अनुसार सिनेटमा अहिलेसम्म सिनेटमा रिपब्लिकन पार्टीका सांसदको संख्या ५० पुगेको छ भने डेमोक्रेट सांसदको संख्या ४९ पुगेको छ । जर्जियामा दुई सिटका लागि मंगलबार भएको […]

अलिपेलगायत आठ चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

२२ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलिपेलगायत आठ चिनियाँ एपमाथि प्रतिबन्धको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले अमेरिकामा प्रतिबन्धको लागि कार्यकारी आदेश दिएका एपमा अलिपे, क्युक्यु वालेट, वीच्याटलगायत चर्चित एपहरु छन् । ४५ दिनमा कार्यन्वयनमा आउने यो कार्यकारी आदेशमा यी एपबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम देखिएको उल्लेख गरिएको छ । अमेरिकामा प्रतिबन्ध […]

बाइडनको जित रोक्ने अन्तिम प्रयासमा ११ सिनेटर्स

१९ पुस, काठमाडौं । अमेरिकाको संसद्को माथिल्लो सदन सिनेटका सांसदहरुको एक समूहले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा गडबडीको जाँचका लागि एक आयोग गठन नहुँदासम्म जो बाइडनको जितलाई प्रमाणीकरण नदिने बताएका छन् । टेक्सासका सिनेटर टेड क्रुजको नेतृत्वमा ११ सिनेटरहरुले कुनै प्रमाण नभएको आरोपको जाँचको लागि प्रक्रियामा १० दिन ढिलाइ गरिनुपर्ने माग गरेका छन् । यद्यपि […]

पूरा भएन डिसेम्बरमा दुई करोड मानिसलाई कोरोना खोप दिने अमेरिकाको लक्ष्य

१७ पुस, काठमाडौं । अमेरिकामा डिसेम्बर महिना सकिँदासम्म २८ लाख मानिसहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । अमेरिकाले डिसेम्बर महिनामा दुई करोड मानिलाई कोरोना खोप लगाउने लक्ष्य राखेको थियो । अमेरिकाको अन्य क्षेत्रका साथै नर्सिङ होममा पनि कोरोना खोप कार्यक्रम निकै सुस्त गतिमा अघि बढिरहेको पाइएको छ । जबकी फ्रन्टलाइनमा काम गर्ने मानिसमा […]

अमेरिकामा माथिल्लो सदनले रोक्यो कोरोना राहत बढाउने प्रस्ताव

१६ पुस, काठमाडौं । अमेरिकाको संसद्को माथिल्लो सदन सिनेटले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित बनेका मानिसहरुलाई राहत बढाउने प्रस्ताव रोकेको छ । यसअघि तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले मानिसहरुलाई दिन लागिएको कोरोना राहत ६ सय डलरबाट बढाएर दुई हजार डलर पुर्‍याउने प्रस्ताव सिनेटमा लगेको थियो । राष्ट्रपति ट्रम्पले पनि मानिसहरुलाई कोरोना राहत पर्याप्त नहुने भन्दै दुई […]

अमेरिकामा भेटियो कोरोनाको नयाँ प्रकार

१५ पुस, काठमाडौं । अमेरिकामा पछिल्लो केही समययता भ्रमणको कुनै इतिहास नभएका व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) पाइएको छ । अमेरिकाको कोलोराडो राज्यका एक व्यक्तिमा देखिएको कोरोनाको नयाँ प्रकार बेलायतमा देखिएको नयाँ प्रकारसँग मिल्दोजुल्दो छ । अधिकारीले दिएको जानकारी अनुसार कोरोनाको नयाँ प्रकार देखिएका व्यक्ति अहिले आइसोलेसनमा छन् भने उनको सम्पर्कमा आएका मानिसहरुको […]