Comments Add Comment

अर्थमन्त्री

List Grid
चुरेबाट एक डोको पनि गिट्टी–बालुवा उठाउदैनौं : अर्थमन्त्री पौडेल

२४ जेठ, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चुरेका विषयमा दुश्प्रचार गरिएको बताएका छन् । अर्थमन्त्री पौडेलले चुरे दोहनका पुराना ‘क्ल्प्सि’ (भिडियो) हरु ल्याएर अनावश्यक दुश्प्रचार भइरहेको बताए । बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको उनको आरोप छ । चुरे संरक्षणमा सरकार प्रतिवद्ध भएको भन्दै चुरेबाट एक डोको […]

पौडेलले सम्हाले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी, दुई अस्पताललाई बजेट स्वीकृत

२१ जेठ, काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए । उनले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा […]

आवश्यकताका आधारमा आयोजना छनोट गर्न अर्थमन्त्रीको आग्रह

१० वैशाख, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकताका आधारमा आयोजना छनोट गर्न प्रदेश र स्थानीय तह समक्ष आग्रह गरेको छन् । आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न भन्दै उनले सामार्थ्य भन्दा बाहिरका आयोजना छनोट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताएका छन् । बिहीबार अन्तरसरकारी वित्त परिषद्को छैटौं बैठकमा अर्थमन्त्री […]

अर्थमन्त्रीको कार्यक्रम बिथोलिएको घटनाले रुपन्देहीका सीडीओ र एसपीको सरुवा

१७ चैत, बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ । रुपन्देहीमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउने भएका छन् । घिमिरे २०७७ भदौमा रुपन्देहीमा प्रजिअ भएर आएका थिए । यसैगरी […]

‘सरकारले लकडाउन गर्ने सोच बनाएको छैन’

१२ चैत, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको जोखिम बढेपनि सरकार लकडाउन गर्ने वा सीमा नाका बन्द गर्ने सोचमा नभएको बताएका छन् । बिहीबार न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने कडाईका साथ पालना गराउने उनको भनाइ छ । लकडाउनको चर्चा […]

राजस्व चुहावट रोक्न सरकार कठोर बन्छ : अर्थमन्त्री

१२ चैत, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट रोक्न सरकार कठोर बन्ने बताएका छन् । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बिहीबारको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले चुहावट नियन्त्रण गर्न सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति सरकार कठोर बन्ने बताएका हुन् । ‘राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौं,’ अर्थमन्त्रीले […]

दातालाई अर्थमन्त्रीले भने-राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा असर पार्दैन

९ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा विकसित घटनाक्रमले आर्थिक सुधारका कार्यक्रममा नकारात्मक असर नपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँगको भर्चुअल बैठकमा सहभागी हुँदै अर्थमन्त्री पौडेलले यस्तो बनाएका हुन् । बिहीबार भएको बैठकमा कोषद्धारा प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे छलफल भएको अर्थ […]

सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ : अर्थमन्त्री

२७ पुस, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका सबै समस्या एउटै टेबलमा बसेर हल हुने बताएका छन् । अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफूले गर्नुपर्ने काममा शतप्रतिशत लाग्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । राष्ट्रिय […]

महासंघका पदाधिकारीसँग अर्थमन्त्रीले भने– अवरोध पन्छाएर काम हुन्छ

१७ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिने बतएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले गुनासाहरु भएपनि आफु अवरोध पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा लागिपरेको बताएका हुन् । निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा […]

राजस्व लक्ष्य भेट्टाउने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

८ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि तोकिएको राजस्व लक्ष्य पुरा हुने गरी काम गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयका सचिवहरू, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखलगायत सरोकारवालासँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् । चालु आर्थिक वर्षमा सरकारले १० […]

अर्थमन्त्री र गभर्नरबीच टेलिफोन वार्ता, कर्जा लगानीका विषयमा चासो

४ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय गरेको कर्जा लगानीका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेले चासो राखेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थमन्त्री पौडेलले यसबारे जानकारी लिएका छन् । अर्थमन्त्री र गभर्नरबीच वित्तीय क्षेत्रको पछिल्ले अवस्थाबारे विहान टेलिफोन वार्ता भएको हो । कोरोनाका कारण बैंकहरुको कर्जा लगानी ठप्प भएको […]

युवराज खतिवडा अब ‘डिफ्याक्टो अर्थमन्त्री’

३१ भदौ, काठमाडौं । जननिर्वाचित सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद सदस्य नै नरहेका डा. युवराज खतिवडालाई ६ महिनासम्म अर्थमन्त्री बनाए । अहिले फेरि मन्त्रीसरहको सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकार बनाएर ‘डिफ्याक्टो’ अर्थमन्त्रीको भूमिकामा उभ्याएका छन् । प्राचीन ल्याटिन भाषाबाट अंग्रेजीमा प्रचलनमा आएको ‘डिफ्याक्टो’ शब्दको विधिशास्त्रीय अर्थ हो- कानूनी मान्यता नपाए पनि व्यवहारतः सोहीबमोजिमको […]

अर्थमन्त्रीले भने-आर्थिक वृद्धि ७ प्रतिशत, २.१ प्रतिशत मात्रै-विश्व बैंक

८ साउन, काठमाडौं ।बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले ‘नेपाल डेभलपमेन्ट अपडेट २०२० प्रतिवेदन’ भर्चुअल सेमिनारमा सार्वजनिक गरे । यो प्रतिवेदनमा विश्व बैंकले सन् २०२१ (२०७७/७८)मा नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशत हाराहारी मात्र रहने प्रक्षेपण गरिएको छ । तर, यही प्रतिवेदन सार्वजनिक गरेपछि अर्थमन्त्री खतिवडाले आगामी वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत हुने रटान दोहोर्‍याए । […]

युरोपमा नेपाली जहाजलाई उडान अनुमति दिन अर्थमन्त्रीको आग्रह

५ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली नागरिक उड्डयनमाथि यूरोपेली यूनियनले लगाएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गरेका छन् । सोमबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडीसँगको भेटमा अर्थमन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन् । कोडी आफ्नो ३ बर्षे कार्यकाल पुरा गरी ब्रसेल्स र्फकन लागेको अवसरमा सोमबार अर्थमन्त्रीसँग विदाई भेट गरेकी हुन् । […]

आर्थिक वृद्धिदर ‘पर्ख र हेर’कै अवस्थामा : अर्थमन्त्री

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आगामी आर्थिक वर्षका लागि बजेटमा राखेको आर्थिक वृद्धिदरको लक्ष्य ‘पर्ख र हेर’कै अवस्थामा रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव’को छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिदरको लक्ष्यमा थप बहसको आवश्यकता नरहेको उल्लेख गरे […]

सेयर बजार खुलाउने पक्षमा अर्थमन्त्री

२६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अब खुलाउनु पर्ने धारणा राखेका छन् । नेपाल धितोपत्र बोर्डको वार्षिकोत्स कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले सेयर बजारलाई लामो समय बन्धक बनाउन नहुने बताएका हुन् । उनले उच्च सुरक्षा सतर्कता अपनाएर बजार खुलाउनु पर्ने बताए । लकडाउन हुनु अगावै बन्द भएको सेयर बजार लकडाउनकै बिचमा […]

बजेटबारे अर्थमन्त्रीको स्पष्टीकरण : फड्को मार्नुअघि दुई पाइला पछि हटेँ

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक विकासका लागि शक्ति सञ्चय गरेर बजेट ल्याएको बताएका छन् । आगामी वर्षको बजेटले ठूलो आर्थिक वृद्धिको जग बसाउने उनको दाबी छ । बिहीबार १४ खर्ब १७ अर्ब ६४ करोडको बजेट संसदमा पेश गरेका अर्थमन्त्री डा. खतिवडाले बजेटको आकार घटाउनुका तीन आधार प्रस्तुत गरे । कोरोनाका कारण […]

अर्थमन्त्रीका विकल्प : ताली खाने कि गाली ?

१४ जेठ, काठमाडौं । फागुन २१ मा पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि डा. युवराज खतिवडाले भनेका थिए, ‘म विकास र सामाजिक न्यायको लडाकु हुँ । मुलुकको रोग, भोक, अन्याय, गरिबी र अभाव अन्त्य नभएसम्म लडिरहन्छु ।’ खतिवडाको कार्यकाल सकिएर रिक्त हुने पदमा वामदेव गौतमलाई नियुक्त गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सिफारिस गरेपछि खतिवडाको […]

आर्थिक वृद्धि २.३ प्रतिशत मात्र, प्रक्षेपण भेट्न पनि मुस्किल

१३ जेठ, काठमाडौं । मंगलबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७५/७६’ को २८ बुँदे कार्यकारी सारांश वाचन गरे । उनले यो वर्ष २.३ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण रहेको संसदलाई जानकारी दिए । गत चैतदेखि मुलुक कोरोना संक्रमणसँग जुधिरहेकाले आर्थिक गतिविधि ठप्प भएको अवस्थामा उच्च अंकको आर्थिक वृद्धि हात पार्न नसकिएको अर्थमन्त्री […]

अर्थमन्त्रीलाई रुपन्देही उद्योग संघको ८ बुँदे पत्र

१४ वैशाख, बुटवल । कोरोना भाइरस (कोभिड-१९)को महामारीले नेपालसहित विश्वव्यापी पारेको असरबाट नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधानमा व्यापक नीतिगत सुधार गर्न रुपन्देही उद्योग संघले माग गरेको छ । अर्थमन्त्री युवराज खतिवडालाई ८ बुँदे सुझावसहितको पत्र पठाउँदै संघले कोरोनाका कारण संकटमा पुगेको अर्थतन्त्रमा सुधारको पहिलो विकल्प जतिसक्दो धेरै लगानी अभिवृद्धि गर्न आग्रह गरेको छ । विश्व […]

‘भोकले मान्छे मर्छ भन्ने हामीलाई पनि थाहा छ, तलब थाप्नेले किनेर खानोस्’

७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भोकबाट मान्छे मर्छ भन्ने कुरा सरकारलाई पनि थाहा भएको बताएका छन् । राहतको लाइनमा सबै मान्छेहरू पुगेपछि पाउनुपर्नेले राहत नपाउने र नपाउनुपर्नेले पाउने स्थिति भइरहेको बताउँदै मन्त्री खतिवडाले भने, ‘नागरिकमा पनि यो चेतना चाहिन्छ ।’ चैत महिनाको तलब थाप्नेहरूलाई बजारबाट किनेर खान अर्थमन्त्री खतिवडाले सुझाव दिएका छन् […]