Comments Add Comment

अटो

List Grid
टाटा मोटर्सको सोरुममा ‘विन्टर व्लेसिङ’

२७ मंसिर, काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङले जाडोको अवसरमा ‘विन्टर व्लेसिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित सोरुममा शुक्रबारदेखि सुरु भएर आइतवारसम्म संचालन हुने भएको छ। ग्राहकले टाटा मोटर्सका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै […]

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

२५ मंसिर, काठमाडौं । सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट-अफ-आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरुसहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु भएको छ । सर्भिस क्याम्प अवधिमा’एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वाश’निःशुल्क गरिनेछ भने ‘थि्र डी ह्विल अलान्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइनेछ । स्पेयर पार्टस्, इन्जिनआयल र […]

मास प्रिन्टरबाट स्मार्ट लाइन्सेन्स छपाइ सुरु

२५ मंसिर, काठमाडौं । सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको ‘मास प्रिन्टर’ बाट कार्डको छपाइ बल्ल थालेको छ । नेपाल भित्रिएको तीन महिना बित्दा पनि प्रयोगमा नल्याइएको मास प्रिन्टरले यसै हप्ताबाट नियमित प्रिन्टङ थालेको हो । विभागका महानिर्देशक गोगनबहादुर हमाल अब ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्सको छपाइ बसेर सेवाग्राहीलाई वितरण गरिने बताउँछन् । इटालियन कम्पनी […]

पल्सर डेयर भेन्चर राइडर्सले गरे दशरथ रंगशाला सफा

२३ मंसिर काठमाडौं । पल्सर डेयर भेन्चरका राइडर्सले आइतबार नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरकमा १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् । पल्सर डेयर भेन्चर नेपालको सबभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ्ग रियालीटी सो हो र यसको […]

मासिक ४९ हजार किस्तामा कियाको स्पोर्टेज कार

२३ मंसिर, काठमाडौं । कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ । नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो । यो योजना अन्तर्गत मासिक किस्ता ४८ हजार ३८० रुपैयाँ (न्यूनतम) तिरेर कियाको लोकप्रिय स्पोर्टेज कार आफ्नो बनाउन पाइनेछ । […]

टाटा मोटर्सको थ्रीएस वर्कशप हेटौंडामा

२२ मंसिर, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले हेटौँडाको बसामाडीमा थ्रीएस वर्कशप संचालनमा ल्याएको छ । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा सो वर्कशपको उद्घाटन गरे । उक्त उद्घाटन समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी […]

टाटा मोटर्सको चौंथो ग्लोबल सर्भिस क्याम्प, अफर नै अफर !

१९ मंसिर, काठमाडौं ।  नेपालका लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १९ देखि २१ गते सम्म संचालनमा ल्याएको छ । टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिश वाग तथा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जवराले संयुक्तरुपमा उक्त कार्यक्रमको उद्घाटन गरे । समारोहमा टाटा मोटर्स कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिश वागले […]

भृकुटीमण्डपमा यामाहाको महा एक्सचेन्ज मेला सुरु

१८ कात्तिक, काठमाडौं । एमएडब्लु .इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरुलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै यामाहा महाएक्सचेन्ज मेला सुरु गरेको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा २२ मंसिरसम्म ५दिनका लागि संचालन हुनेछ । यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कुटरको प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन पाइनेछ । साथै, […]

बुटवलमा विद्युतीय बस एसेम्बल गर्ने सुन्दरको योजना

१८ मंसिर, बुटवल । नेपालमै पहिलोपटक विद्युतीय बस सञ्चालनमा ल्याएको सुन्दर यातायात प्रालि सञ्चालकहरुै लगानीमा स्थापित सुन्दर अटो इन्जिनियरिङले बुटवलको औद्योगिक क्षेत्रमा विद्युतीय बस उत्पादन (एसेम्बल) गर्ने योजना बनाएको छ । बुटवलको मोतिपुरमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रमा चीनको सिचुवान गुहाङ अटोमोबाइल्स र बीएके कम्पनी तथा सुन्दर यातायात प्रालिले संयुक्त रूपमा विद्युतीय बस उत्पादन गर्ने तयारी […]

चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प मंसिर १९देखि २१ सम्म

१६ मंसिर, काठमाडौं ।  चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प मंसिर १९देखि २१ सम्म हुने भएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टे«डिङ्गले ग्राहकलाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिनका लागि यही १९ देखि २१ मंसिरसम्म चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ को आयोजना गरेको हो । ग्राहकसम्म […]

अग्नि ग्रुपद्वारा विराटनगरमा महिन्द्रा ट्रयाक्टरको थ्रीएस सुविधा

१२ मंसीर, विराटनगर । अग्नि ग्रुपले हालै विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधा सम्पन्न आधिकारिक शोरुम हो । नव स्थापित ट्रयाक्टर शोरुम तथा वर्कशपको अग्नि इंक.का निर्देशक क्याबिनेट श्रेष्ठले नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा […]

यातायातमन्त्री नेम्वाङको निर्देशनः टुटल र पठाओलाई कारबाही नगर्नू

११ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले टुटल र पठाओमाथि पहिलेभन्दा फरक ब्यवहार नगर्न निर्देशन दिएका छन् । मन्त्रालयमा सोमबार सचिव, सहसचिव र यातायात व्यवस्था विभागमा महानिर्देशकलाई बोलाएर मन्त्री नेम्वाङले टुटल र पठाओलाई सेवा सञ्चालनमा अवरोध नगर्न निर्देशन दिएका हुन् । आफूले मन्त्रालय सम्हाल्नानसाथ थालिएको कारवाहीले गलत सन्देश दिन सक्ने उनले […]

जोमसोममा सिप्रदी ट्रेडिङ्गको वर्कशप संचालन

९ मंसिर, काठमाडौं ।  सिप्रदी ट्रेडिङ्ग प्रालीले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीहरूका लागि वर्कशप संचालनमा ल्याएको छ। उक्त वर्कशपको उद्घघाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले गरेका थिए। कार्यक्रममा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद […]

अब ट्याक्सीमा ‘सेडान’ गाडी अनिवार्य, विद्युतीयलाई पनि मान्यता

६ मंसिर, काठमाडौं । अब व्यवसायीले चाहेमा विद्युतीय ट्याक्सी पनि चलाउन पाउने भएका छन् । सरकारले जारी गर्न लागेको ट्याक्सीको नयाँ मापदण्डमा विद्युतीय गाडीलाई पनि ट्याक्सीका रुपमा मान्यता दिन लागिएको  हो । तोकिएको मापण्डभित्रका पेट्रोल गाडी पनि ट्याक्सीमा रुपमा प्रयोग गर्न सकिनेछ । अब आउने नयाँ ट्याक्सी सबै सेडान गाडी मात्रै हुनेछन् । यसअघि ह्याचब्याक […]

महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प सम्पन्न

६ मंसिर, काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले महिन्द्रा फोर ह्वील गाडीहरुका लागि ‘महिन्द्रा केयर फेस्ट २०१९’ सम्पन्न गरेको छ। यो केयर फेस्टको उद्घाटन बालजू अटोवक्र्सका म्यानेजिङ्ग डाइरेक्टर अर्जुनप्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्रि हेड चैतन्य कागलकर, बालाजू अटोवक्र्सका प्रमुख कार्यकारी अधिकृत शशीन्द्र भण्डारी तथा दुई जना ग्राहक […]

टाटा हिटाचीको पार्टस मेला सुरु

३ मंसिर, काठमाडौं ।  टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रालिले देशैभरका आफ्ना शाखा कार्यालयहरुमा पार्टस् मेलाको आयोजना गरेको छ। उक्त पार्टस् मेला यही मंसिर १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ। पार्टस् मेलामा टाटा हिटाचीका सम्पुर्ण गा्रहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यवस्था गरिएको छ। साथै मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस […]

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

३ मंसिर, काठमाडौं । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ -एआरओ) सुरु गरेको छ । नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनुहुनेछ । जेसीबीको नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि दमौली नगरपालिकाका मेयर वैकण्ठ न्यौपानेले गरे । यस […]

टाटा नेक्सन फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्ने भारतको पहिलो र एकमात्र कार

२ मंसिर, काठमाडौं । टाटा मोटर्सको सबैभन्दा मन पराइएको सब-कम्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षासम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । भारतमा फाइभ स्टार प्राप्त गर्ने टाटा नेक्सन एक मात्र कार हो । ग्लोबल एनक्यापले गरेको क्र्यास टेस्टमा नेक्सनको स्ट्रकचर […]

मंसिर २ बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प

१ मंसिर, काठमाडौं ।  नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवर्कस्ले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा केयर फेस्ट २०१९” आयोजना गरेको छ । यो विश्वव्यापी कार्यक्रम मंसिर २ देखि ६ गतेसम्म ५ दिनका लागि नेपाल लगायत २५ विभिन्न देशमा आयोजना हुन लागेको छ, जहाँ महिन्द्रा गाडीका दक्ष […]

सुजुकीको ‘एस–प्रेसो’ नेपालमा, यस्ता छन् विशेषता

१ मंसिर, काठमाडौं ।  नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयूभी ‘एस–प्रेसो’, ‘माई फर्स्ट एसयूभी’ सार्वजनिक गरेको छ । ‘बोल्ड अनि पावरफूल एसयूभी लुक्स’ले गर्दा यो ‘योङ एसयूभी’ अरूभन्दा भिन्न देखिन्छ । ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ […]

कटारीमा यामाहाले संचालन गर्‍यो नयाँ शोरुम

२९ कात्तिक, काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने बाइक यामाहाले शहरमा बढ्दै गरेको यामाहा बाइकहरुको अत्याधिक मागलाई पूरा गर्ने उद्देश्यका साथ यही कात्तिक २७ गतेबाट कटारीमा आफ्नो एक नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । सन्जीव शाहको स्वामित्व रहेको यो नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुनेछन्, जसले गर्दा ग्राहकहरुले […]