Comments Add Comment

कांग्रेस महाधिवेशन

List Grid
यसरी ऐतिहासिक बन्न सक्छ कांग्रेसको १४औं महाधिवेशन

जननायक बीपी कोइरालाले भने जस्तै कांग्रेसलाई सुकिलामुकिलाको मात्र होइन, आम मानिसको बनाउन पार्टीको तल्लो तहदेखि नै संघर्ष गर्न आवश्यक छ । अनि मात्र पार्टी बलियो बन्छ । त्यही संघर्ष गर्ने उपयुक्त थलो पार्टीको महाधिवेशन हो । संविधानको धारा २६९ अनुसार राजनैतिक दलहरूले प्रत्येक पाँच वर्षमा सङ्घीय र प्रदेश तहका पदाधिकारीको निर्वाचन सम्पन्न गर्नुपर्दछ । १३औं […]

विमलेन्द्र, शशांक र प्रकाशमानको निष्कर्ष : महाधिवेशन प्रभावित नहोस्

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन प्रभावित हुन नदिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । सोमबार उपसभापति निधिको निवासमा भएको छलफलपछि उनीहरुले तोकिएकै समयमा महाधिवेशन गराउनुपर्ने निष्कर्ष निकालेका हुन् । विवाद भएका जिल्लाको क्रियाशील सदस्यता विवाद पनि तत्काल टुंगोमा पु¥याउनुपर्ने […]

कांग्रेस महाधिवेशन : मोरङमा देउवा समूहका दुई मात्रै नगर सभापति

१७ असोज, विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका १७ मध्ये १५ पालिकाको नेतृत्वमा संस्थापन इतरपक्ष पुगेको छ । दुई पालिकाको नेतृत्व देउवा पक्षले पाएको छ । कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बुका अनुसार चारवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत नेतृत्व चयन भएका चारमध्ये एक पालिकामा देउवा पक्षका व्यक्ति आएका छन् […]

कांग्रेस नवलपरासीको अधिवेशनमा मिश्रित परिणाम

१२ असोज, बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीको गाउँ/नगर अधिवेशनमा मिश्रित परिणाम आएको छ । नवलपरासीका ७ स्थानीय तहमध्ये तीनवटामा देउवा समूह, दुई/दुईवटा पालिकामा रामचन्द्र पौडेल र शशांक कोइराला समूहले सभापति जितेका छन् । सुनवल र बर्दघाट नगरपालिकाको सभापति रामचन्द्र पौडेल समूहले जितेको छ । रामग्राम नगरपालिका तथा पाल्हिनन्दन र सरावल […]

बैतडीमा दशवटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व

११ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्‍न भएको छ। यहाँका तीन पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको हो भने सातमा निर्वाचन भएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए । दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट नगरसभापतिमा भुवनराज भट्ट निर्वाचित भएका छन् । भट्टले १०४ र उनका प्रतिद्वन्द्वी गजेन्द्रसिंह […]

कांग्रेस महाधिवेशन : थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

१० असोज, काठमाडौं । नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो । योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले जनाएको […]

कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने उद्योगी खगेश्वर बोहराको घोषणा

७ असोज, धनगढी। उद्योगी तथा व्यवसायी खगेश्वर बोहराले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ महेन्द्रनगरमा स्थायी बसोबास गर्दै आएका उद्योगी बोहराले १४ औँ महाधिवेशनमा महाधिवेन प्रतिनिधिमा उम्मेदवारी दिने रहने घोषणा गरेका हुन् । बुधबार साँझ महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोहराले करीब चार दशकदेखि कांग्रेससँग निकट भएर […]

बाँकी जिल्लाको क्रियाशील सदस्यता शनिबारसम्म सार्वजनिक हुन्छ : प्रदीप पौडेल

१ असोज, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन । कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ । बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील […]

समावेशीतर्फ पनि खसआर्यकै बाहुल्य

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रियामा समावेशी प्रतिनिधित्वलाई लिएर असन्तुष्टि देखिएको छ । जनसंख्याका आधारमा प्रतिनिधित्व हुने निर्वाचन निर्देशिकाको व्यवस्थाले विगतमा पाएको सुविधा कटौती गरेको भन्दै दलित, मुस्लिम, अल्पसंख्यक समुदायका नेताहरु असन्तुष्ट छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पदाधिकारीहरुलाई भेटेर निर्वाचन निर्देशिका सच्याउन आग्रह गर्दै आएका […]

म तेस्रो धारबाट कांग्रेस महामन्त्रीको उम्मेदवार

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १३औं अधिवेशनमा प्रदीप पौडेल १ हजार ७०९ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । विद्यार्थी आन्दोलनबाट आएका उनी तेस्रो धार भनिएको कृष्णप्रसाद सिटौला समूहबाट विजयी बनेका थिए । १३ औं महाधिवेशनकै प्यानललाई निरन्तरता दिँदै १४ औं महाधिवेशनमा आफू पार्टी महामन्त्रीको उम्मेदवार बन्ने उनी बताउँछन् । पौडेलसँग अनलाइनखबरकर्मी अमृत […]

कांग्रेसले फेरि संशोधन गर्‍यो महाधिवेशन कार्यतालिका

२५ भदौ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति संयोजक महादेव यादवका अनुसार वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गरिएको हो । संशोधित कार्यतालिका अनुसार […]

कांग्रेस महाधिवेशन कार्यतालिका फेरबदल हुँदै, यस्तो छ प्रस्तावित कार्यतालिका

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनको कार्यतालिका फेरबदल हुने भएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए । उनका अनुसार बाँकी जिल्लाको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गर्नेबारे छलफल भइरहेको छ । ती नेताले भने, […]

कांग्रेस महाधिवेशनमा मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै गोरखामा धर्ना

२५ भदौ, गोरखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै गोरखामा धर्ना कार्यक्रम गरिएको छ । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति गोरखाले शुक्रवार तीनधारेस्थित कांग्रेस पार्टी कार्यालय अगाडि धर्ना दिएको हो । बिहान १० बजेबाट करीब दुई घण्टा धर्ना दिइएको नेपाल मुस्लिम संघ राष्ट्रिय समितिका सचिव रहमतुल्ला मियाँले बताए । […]

पार्टीलाई विधिसम्मत ढंगले चलाउन महामन्त्रीमा मेरो उम्मेदवारी : गगन थापा

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत ढंगले चलाउनका लागि आफूले महामन्त्रीमा उम्मेद्वारी दिएको बताएका छन् । चार वर्षमा पार्टीको अधिवेशन गराउने र नेता कार्यकर्तालाई अनसन बस्नुपर्ने अवस्था आउन नदिन आफूले महामन्त्रीमा उम्मेदवारी दिएको उनको भनाइ छ । सोमबार काठमाडौंमा आयोजित ‘नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व विकास र भूमिका’ […]

‘म सभापतिको उम्मेदवार हुँ’

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसलाई महाधिवेशन लागेको छ । सभापति पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहमा पनि एकमत छैन भने संस्थापनइतर समूह झन् विभाजित छ । १७ भदौमा संस्थापनइतरका चार सभापति आकांक्षीले पत्रकार सम्मेलन गरेर साझा उम्मेदवार दिने बताए । तर त्यहाँ कृष्णप्रसाद सिटौला देखिएनन् […]

कांग्रेस महाधिवेशन : कैलालीको वडा अधिवेशन अनिश्चित

२० भदौ, सुदूरपश्चिम। नेपाली कांग्रेसको १४औँ महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए । पार्टीको जिल्ला सभापति पदका दाबेदार समेत रहेका बमले भने, ‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको छ, केही […]

३५ जिल्लामा मात्रै कांग्रेसको वडा अधिवेशन सम्पन्न

१८ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय […]

‘उपसभापति र महामन्त्रीमध्ये एउटा पदमा मेरो उम्मेदवारी हुन्छ’

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी शुरु भएको छ । सभापतिका आकांक्षीहरु मात्रै होइन, पदाधिकारीहरुका आकांक्षीहरुले पनि उम्मेदवारी घोषणा गर्न थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवा निकट सहमहामन्त्री डा. प्रकाशशरण महतले उम्मेदवारी त घोषणा गरेका छैनन्, तर महामन्त्रीका लागि लबिङ गरिरहेका छन् । भन्छन्, ‘सभापतिमा मेरो दाबी छैन । त्योभन्दा बाँकी उपसभापति […]

‘नेताहरुले सहमति गरुन्, नभए हामीले सभापति छान्नुपर्ने अवस्था आउँछ’

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकाे महामन्त्रीमा गगनकुमार थापा उम्मेदवार बन्ने ‘ओपन सेक्रेट’ जस्तै थियो । कुन समूहको महामन्त्री उम्मेदवार भन्ने मात्र प्रश्न थियो । समूह टुंगो नलाग्दै थापाले आइतबार आफ्नै वडाको क्रियाशील सदस्यहरुको भेला मार्फत महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरे । संस्थापनइतर समूहमा रहेका थापा सभापतिका आकांक्षीहरुबीच छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्छन् । […]

कांग्रेस महाधिवेशन : ३८ जिल्लामै खटिए निर्वाचन अधिकृत (सूचीसहित)

११ भदौ, काठमाडौं । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो । केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले मतदान अधिकृतहरु शुक्रबार नै […]

कांग्रेसमा कसरी जुट्यो सहमति ?

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसमा नीतिगत रुपमा साढे पाँच वर्षभित्रै अधिवेशन सुरु गर्नेमा नेताहरुबीच सहमति भएपनि क्रियाशील सदस्यता पहिला कि मिति तोकेर सदस्यता टुंगो लगाउने भन्नेमा विवाद कायमै थियो । क्रियाशील सदस्यता टुंग्याएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने अडानमा थियो, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष । भदौ १६-१९ सम्मको निर्धारित कार्यतालिकामा महाधिवेशन हुन नसक्नेमा एकमत […]