Comments Add Comment

जनार्दन शर्मा

List Grid
विकास रणनीति स्पष्ट नहुँदा पूँजीगत बजेट खर्च गर्न समस्या : अर्थमन्त्री शर्मा

५ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकास रणनीति स्पष्ट नभएकाले पूँजीगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन् । अर्थ मन्त्रालयले सबै अधिकार आफैंसँग राख्नाले पनि बजेट खर्चमा समस्या रहेको उनले औंल्याए । मंगलबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री […]

कोरोना नियन्त्रणका लागि अर्थमन्त्रीले मागे विश्व बैंकसँग थप सहयोग

४ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता रहेको बताएका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिनुहुँदै थप सहयोग आवश्यक रहेको बताएका हुन् । ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, उनले भने, […]

होहल्लाकै बीच बजेट पारित गर्नु बाध्यता हो : अर्थमन्त्री शर्मा

४ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने हुने भएकाले प्रतिपक्षको विरोधकै बाबजुद पारित गरेको बताएका छन् । सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको होहल्लाकै बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ । विधेयक पारित भएपछि संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसाग कुरा गर्दै उनले बजेट पारित […]

नेपालमा बजेट बनाउने प्रणाली डरलाग्दो : अर्थमन्त्री

३ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा बजेट बनाउने प्रणाली नै डरलाग्दो रहेको बताएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमा करीब ३ प्रतिशत हाराहारी मात्रै चलाउने क्रममा यस्तो डरलाग्दो तथ्य भेटाएको अर्थमन्त्री शर्माले बताएका हुन् । शुक्रबार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण समारोहमा अर्थमन्त्री शर्माले योजना बनाउने प्रचलन कहाली लाग्दो […]

सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री

३१ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६० औं वार्षिकोत्सव समारोहको भर्चुअल उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो सुझाव दिएका हुन् । ‘सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ,’ उनले भने, ‘उत्पादनशील क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्दै व्यापार घाटा […]

अर्थमन्त्री शर्मालाई कर्मचारीले टेरेनन्, राजस्व दोब्बर बनाउने योजना पेश गर्न पुनः निर्देशन 

३० भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले २८ साउनमा आन्तरिक राजस्व विभागका कर्मचारीसँग बिफ्रिङ लिने क्रममा आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना माग गरेका थिए । उनले राजस्व संकलनको अहिलेकै अवस्थाबाट देश विकास सम्भव नभएको भन्दै यसलाई दोब्बर बनाउने गरी कार्यायोजना पेश गर्न भनेका थिए । तर, उनको निर्देशनलाई विभागकै कर्मचारीले नटेरेको स्वयं अर्थमन्त्री शर्माको अभिव्यक्तिले […]

स्वदेशी उद्योगको प्रोत्साहनका लागि ल्याएको नीतिगत व्यवस्था परिवर्तन हुँदैन : अर्थमन्त्री

२९ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न ल्याएका नीतिगत व्यवस्था परिवर्तन नहुने बताएका छन् । आन्तरिक राजस्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्ने गरी गरिएको व्यवस्था परिवर्तन नहुने बताएका हुन् । ‘मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म […]

कसरी पुग्छ ७ प्रतिशत आर्थिक वृद्धि ? यस्तो छ अर्थमन्त्रीको योजना

२७ भदौ, काठमाडौं । अघिल्लो सरकारले ल्याएको बजेटको आकार घटाएका अर्थमन्त्री जनार्दन शर्माले ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भने बढाएर ७ प्रतिशत पुर्‍याएका छन् । शुक्रबार प्रतिस्थापन संसदमा प्रस्तुत गरेका अर्थमन्त्री आइतबार सो बारेमा स्पष्ट पार्न अर्थ मन्त्रालयमा उपस्थित भएका उनले ७ प्रतिशत आर्थिक वृद्धिका लागि आफ्नो सूत्र सुनाए । जसअनुसार उनी केही समयभित्रै अब […]

बजेट वितरणमुखी होइन, राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको दावी गरेका छन् । आइतबार बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताएका हुन् ।

भन्सार विन्दुमा भेहिकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

२७ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र भेहिकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेहिकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । भेहिकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका […]

एमसीसी उपाध्यक्ष र अर्थमन्त्रीबीच भेटवार्ता

२६ भदौ, काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेकी छिन् । उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भेट भएको हो । बिहीबार काठमाडौं आएकी सुमारले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री […]

बजेटको आकार घट्यो, आर्थिक वृद्धिदरको लक्ष्य बढ्यो

२५ भदौ, काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरेको छ । अर्थसम्बन्धी अध्योदशहरुलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रबार संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार घटाएका छन् । आर्थिक वृद्धिको लक्ष्य भने ०.५ प्रतिशत बढाइएको छ । अर्थमन्त्री शर्माले बजेटको आकार घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ […]

बजेटमा माओवादीको ‘सिग्नेचर डिपार्चर’को लक्षण छैन

बजेट प्रतिस्थापनको ‘अप्रोच’ ठिकठिकै लाग्यो । अलिअलि वामपन्थी गन्ध आएकै छ । सक्ने काम गर्ने, गर्न नसक्ने कुरामा पनि आँट देखाउने काम पनि भएकै छ । राजस्वतर्फ जति सुधार गर्न सकिन्थ्यो, त्यति हिम्मत चाहिं गर्नुभएनछ । बजेट सुनेपछि मलाई के लाग्यो भने आर्थिक दृष्टिकोणमा नेपालका सबै पार्टी एउटै रहेछन् । बाहिर भाषणमा जूनतारा झारे पनि […]

सार्वजनिक संस्थानलाई निजीकरण गरिँदैन : अर्थमन्त्री

२५ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक संस्थानलाई निजीकरण नगरिने बताएका छन् । संसदमा विनियोजन अध्यादेशमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सार्वजनिक संस्थानहरु निजीकरण गरिने नभई व्यवस्थापन सुधारबाट क्षमता बढाउने योजना रहेको बताए । सरकार सार्वजनिक संस्थानको निजीकरणको पक्षमा नरहेको उनले बताए । पछिल्लो समय नेपाल एयरलाइन्सलाई कम्पनी मोडेलमा लैजान शुरु गरिएको प्रक्रियालाई […]

विकास आयोजनामा स्थानीयको लगानी सुनिश्चित गर्नुपर्छ : अर्थमन्त्री

२३ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकास आयोजनाको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्ने बताएका छन् । लगानी बोर्ड नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले आयोजना प्रभावित क्षेत्रका जनतालाई सहभागी नगराउदा निर्माणमा अवरोध हुन सक्ने बताए । सस्तो श्रम शक्ति र अथाह प्राकृृतिक स्रोत साधन नै नेपालको विकासका लागि […]

सकारात्मक परिणाम निकाल्न नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

१४ भदौ, काठमाडौं । अर्थ मन्त्रालयमा सरुवा भई आएका सचिवहरुलाई अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रक सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् । अब अर्थ मन्त्रालयमा उच्च पदस्थ अधिकारीको टीमले पूर्णता पाएको छ । मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीन जना सचिवको विशिष्ट […]

माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँटमा जनार्दन हाबी

९ भदौ, काठमाडौं । पार्टीमा छलफल नै नगरी जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिएका छन् । पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दा प्रचण्डले जनार्दनलाई संगठन विभाग प्रमुख बनाएका हुन् । यसपटक मन्त्री बनाउँदा जस्तो छलफल नै नभई त होइन, तर छलफल गरे पनि सहमति जुटेको […]

‘३७ लाखले सेयर कारोबार गर्छन्, फाइदा १०० जनाले मात्रै लिन्छन्’

यतिबेला नेपालको पुँजीबजार लाखौंको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ । आर्थिक नीति घोषणासँगै करिब साढे २१ अर्बको कारोबार भएको थियो । एकातिर यसले सकारात्मक दिशा लिइरहेको अवस्था छ भने अर्कोतिर पुँजीबजारलाई सही ढंगले नियमन गर्नका लागि र आम जनतालाई यथार्थसमेत सुसूचित गर्नका लागि हामीले थप प्रयास गर्नुपर्ने मैले देखेको छु । यसै […]

श्वेतपत्रमा कुनै आग्रह-पूर्वाग्रह राखिएको छैन : अर्थमन्त्री शर्मा

२८ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह–पूर्वाग्रह नरहेको बताएका छन् । बिहीवार राष्ट्रियसभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदहरुका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह–पूर्वाग्रह र तथ्यांकमा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए । देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका […]

हामीले पनि स्वागत र समर्थन गर्ने बजेट ल्याउनुस्

देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी होइन, अघिल्लो सरकारको तथ्यहीन आलोचना र विरोधमा केन्द्रित आरोपपत्रका रुपमा प्रस्तुत गरिएको छ । बजेट कहाँ ल्याउनु पर्दछ ? कसरी ल्याउनु पर्दछ ? संसद विघटन गर्न हुन्थ्यो वा हुँदैनथ्यो ? अध्यादेशबाट आएको बजेटका बारेमा राज्यका कुन–कुन निकायका कस्ता विश्लेषण वा दृष्टिकोणहरु छन् आदि जस्ता विषयहरुले देशको वर्तमान आर्थिक अवस्थाको […]

पालिका जोड्ने सडक कालोपत्रे प्रदेश सरकारले गर्ने

२८ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहहरुलाई आपसमा जोड्ने सडक कालोपत्रेको काम प्रदेश सरकारले गर्ने बताएका छन् । अघिल्लो सरकारले यस्ता सडक तीन तहको समन्वयमा सञ्चालन गर्ने योजना ल्याएको थियो । तर संघीय सरकार र प्रदेश कसले बजेट विनियोजन गर्ने भन्ने विवादका कारण यो योजना नै अलपत्र परेको थियो । बिहीबार राष्ट्रियसभामा सांसदहरुले […]