शुक्रबार, ७ माघ, २०७३
OnlineKhabar.com

स्वास्थ्य/जीवनशैली

सुर्तीजन्य पदार्थ बेच्न छुट्टै पसल खोल्नु पर्ने

६ माघ, काठमाडौं । आगामी चैतदेखि दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने स्थानबाट सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने भएको छ । सुर्तीजन्य पदार्थ बिक्री गर्न छुट्टै पसल खोल्नु पर्नेछ र, यसका लागि सरकारसँग अनुमति पनि लिनु पर्ने छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन २०६८ को दफा ११ (६) कार्यान्वयन...

ग्राण्डी अस्पतालमा अब सम्पूर्ण बालरोग उपचार

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा शुरु गरेको छ । सेवा सुरू गरेको पाँच बर्ष प्रबेश गरेको उपलक्षमा धापासीमा रहेको अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा शुरु गरेको हो । जसअन्तर्गत सातै दिन चौबिसै घण्टा बालरोग बिशेषज्ञको उपलब्धता रहने पेडियाट्रिक इमरजेन्सी बाल आकस्मिक उपचार सेवा, अस्पताल भर्नागरी उपचार गर्नुपर्ने बालबालिकाका लागि समर्पित पेडियाट्रिक बार्ड...

छातीको संक्रमण, लक्षण तथा रोकथामका उपाय

काठमाडाैंमा चिसो बढ्ने क्रम जारी नै छ । चिसोका कारण मानिसमा छातीको संक्रमणको जोखिम पनि बढ्दो छ । यस्ता संक्रमण घट्दो तापक्रमका कारण शरद ऋतु तथा जाडो मौसममा बढी हुने गर्दछ । धेरैजसो छातीका संक्रमण आफैं निको भएर जाने खालको हुन्छ । कुुनै कुनै छातीको संक्रमण जटिलता निम्त्याउनुका साथै मानिसको मृत्यु समेत हुने गर्छ...

नाक बन्द भयो ? यी विधि अपनाउनुस्

रुघा लागेको बेला नाक बन्द भयो भने जसलाई पनि सकस हुन्छ । सास लिन असहज हुने र सुत्दा झनै कष्टप्रद हुने भएकाले जोकोही यसबाट चाँडै मुक्ति चाहन्छन् । बन्द भएको नाक खुलाउनका लागि डाक्टरी दवाई भन्दा घरेलु विधि बढी प्रभावकारी हुन्छन् । यहाँ यस्ता केही विधिहरुबारे जानकारी दिने प्रयास गरिएको छः वाफ लिने चिसोले...

अध्ययन भन्छः हप्ताको एक दिन व्यायाम गरे पर्याप्त

सप्ताहान्तको एक वा दुई सत्रमा सबै व्यायामहरु एकैचोटि गर्ने व्यक्तिहरुले नियमित व्यायाम गर्नेहरुको जत्तिकै लाभ प्राप्त गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । इर्ंग्ल्यान्ड र स्कटल्यान्डमा ६० हजार युवाहरुमाथि गरिएको अध्ययनले साताभरी व्यायाम गर्ने र सप्ताहान्तमा मात्रै गर्नेहरुको मृत्यूको जोखिम उत्तिकै दरमा कम हुने ठहर्‍याएको हो । यो अनुसन्धानको निस्कर्षले प्रत्येक दिन व्यायाम गर्न नभ्याउने र...

अब वीर अस्पतालको आफ्नै फार्मेसी, बजार मूल्यभन्दा दुई गुणा सस्तोमा औषधि पाइने

५ माघ, काठमाडौं । नेपालकै पुरानोे वीर अस्पतालले आजदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य मन्त्रालयले सबै सरकारी अस्पतालहरुमा यथाशीघ्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै अस्पतालले सीमित जनशक्ति र स्रोतसाधनबीच ‘ट्रायल’को रुपमा फार्मेसी सञ्चालनमा ल्याएको हो । फार्मेसी सञ्चालनका लागि आवश्यक पर्ने औषधिको आपूर्तिसँगै थप जनशक्ति परिचालन हुनासाथ आगामी महिनादेखि पूर्ण क्षमताको...

स्वस्थ्य मन्त्रालयद्वारा ६ सय ५८ कर्मचारी माग

५ माघ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले २५ जिल्लामा कर्मचारी पदपूर्तीका लागि आवेदन माग गरेको छ । मन्त्रालयले करार सेवामा ६ सय ५८ जना कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको हो । स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमी, अहेब, ल्याब टेक्निसियनलगायतमा मन्त्रालयले मन्त्रालयले आवेदन खुला गरेको हो । स्थायी पदपूर्ति भएपछि करारमा भएको नियुक्ति स्वतः बदर...

नेपालमा पहिलोपटक ‘ब्याचलर्स इन मिडवाइफ’को पाठपाठन सुरु

४ माघ, काठमाडौं । नेपालमा पहिलो पटक व्याचलर्स इन मिडवाइफसम्बन्धी पठनपाठन सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को आर्थिक सहयोगमा नेपाल सरकारले यही पुस २१ गतेदेखि नेपालमा पहिलो पटक स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान तथा काठमाडौं विश्वविद्यालयमा मिडवाइफसम्बन्धी औपचारिक पठनपाठन सुरु गरेको हो । युएनएफपीएले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालमा...

धुम्रपानबाट मृत्यु हुनेको संख्या वार्षिक ८० लाख !

४ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ) ले सन् २०३० सम्ममा विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या अहिलेको भन्दा एक तिहाइले बढ्ने अनुमान गरेको छ । साथै विश्व अर्थतन्त्रमा धुम्रपानको लागत वार्षिक दश खर्ब अमेरिकी डलर भन्दा बढी रहेको जनाएको छ । सुर्तीजन्य पदार्थको बेचबिखनबाट संकलन हुने यो रकम विश्वव्यापी रुपमा...

महिलाहरुमा प्रजनन समस्या बढ्दो, कानुन पनि कार्यान्वयन भएन

३ माघ, काठमाडौं । नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कानुन भएपनि त्यसको कार्यान्वयन अभावमा थुप्रै महिलाहरुले प्रजनन समस्या भोग्नुपरेको महिला अधिकारकर्मीहरुले बताएका छन् । नेपाल परिवार नियोजन संघले सोमबारदेखि राजधानीमा आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी दुईदिने कार्यशाला गोष्ठीमा बोल्दै अधिकारकर्मी वक्ताहरुले नेपालमा बालविवाह, महिला हिंसाका तथा छाउपडी जस्ता कुरितिजन्य हिंसा अन्त्यका...

आमाको रक्तचापले गर्भको शिशु छोरा कि छोरी निर्धारण गर्छ ?

काठमाडौं । महिलाहरु आफ्नो गर्भमा रहेको शिशुको बारेमा निकै उत्सुक हुन्छन् । गर्भ रहेको सुरुवाती अवस्थादेखि नै गर्भमा छोरा छ कि छोरी भनेर उनीहरु बुझ्न चाहन्छन् । अनुसन्धानकर्ताको एक समूहले हालै गरेको एक प्रारम्भिक अध्ययनले आमाकोे गर्भमा रहेको शिशुको लिङ्ग निर्धारण र आमाको रक्तचापबीच गर्भ रहनु ६ महिना अगावै सम्बन्ध रहने फेला पारेको छ ।...

नेपालमा क्यान्सरको उपचार: हामी कहाँ छौं ?

नेपालीको औसत आयु ७० पुगेको समाचारले हाम्रो स्वास्थ्य सेवामा सुधार आएको देखाउँछ । आजकल झाडा पखाला, मलेरिया, टिबी आदि रोगहरू धेरै जसो अवस्थामा नियन्त्रणमा आउँछन् । उच्च रक्तचाप, मुटु रोग, सुगर रोगहरूका निकै आस लाग्दा औषधीहरू आएका छन् ,जसले गर्दा यी रोगहरू ज्यान लिने रोगबाट बिस्तारै दीर्घ रोग भएका हुन् । अहिलेको स्वास्थ्य विज्ञानको प्रगति...