Comments Add Comment

विचित्र संसार

List Grid
लकडाउनको बेला पहिलो नजरमै प्यार !

२ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण विश्वभरका अधिकांश मानिसहरु लकडाउनमा छन् । संक्रमणबाट जोगिनका लागि मानिसहरु सामाजिक दूरी कायम राख्न घरमै बसिरहेका छन् । एकातर्फ कोरोनाको त्रास विश्वभर फैलिरहेको बेला मानिसहरु एकातिर दुःखी र निराश छन् । अर्कोतर्फ भने सम्बन्धमा नयाँ अनुभूति भइरहेको छ र लकडाउनका कारण घरमै बसिरहेकाहरुको जिन्दगीमा माया फक्रिरहेको छ […]

आइसोलेसनमा बस्न रुखको टुप्पामा घर

कोरोना भाइरस रोकथामका लागि विश्वका धेरै देशहरूले अहिले लकडाउन गरिरहेका छन् । झण्डै १० हजार संक्रमित रहेको छिमेकी मुलुक भारतमा पनि लकडाउन जारी छ । लकडाउनले काम बन्द भएपछि धेरै मानिसहरू सहरबाट गाउँ फर्किएका छन् भने गाउँका मानिसहरू पनि गाउँभित्रै बन्धकजस्तै बनेका छन् । कोरोना भाइरसको अहिलेसम्म कुनै उपचार छैन । त्यसैले यसको संक्रमणबाट जोगिनका […]

एसियाको सबैभन्दा सानो देशका केही रोचक तथ्य

एसियाको सबैभन्दा ठूलो देश चीन हो भने सबैभन्दा सानो देश कुन हो ? धेरैलाई थाहा नहुन सक्दछ कि एसियाको सबैभन्दा सानो देश हाम्रै दक्षिण एसियाली मुलुक माल्दिभ्स हो । सन् १९६५ मा ब्रिटिस साम्राज्यबाट मुक्त भएको माल्दिभ्समा सन् १९६८ सम्म राजतन्त्र थियो । सन् १९६८ को नोभेम्बर ११ मा ८ सय ५३ वर्ष पुरानो राजतन्त्र […]

लकडाउन सास्ती : सुटकेसमा साथी लुकाउनेदेखि ड्रोनबाट सुर्ती पठाउनेसम्म

कोरोना भाइरस महामारीको लकडाउनका कारण अहिले विश्वको अधिकांश हिस्सा प्रभावित छ र मानिसहरूको सामाजिक जीवन प्रभावित बनिसकेको छ । आफ्नो घरमा साथीसंगी बोलाउने, जमघट गर्ने तथा रमाइलो गर्ने भन्ने कुरा एकादेशको कथा बन्न लागिसक्यो । तर आखिर जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उखान त्यसै बनेको होइन । जब मान्छेले कुनै कुराको इच्छा राख्दछ, त्यसलाई प्राप्त […]

लकडाउनमा कार्टुन हेरेर समय कटाउँदैछ चिम्पान्जी

तपाइँ केवल मान्छेका बच्चाहरुले मात्र टिभीमा कार्टुन हेर्छन् भन्ने सोँच्नुभएको छ भने गलत हुनुहुन्छ । विश्वको सबैभन्दा ठूलो देश रुसमा चिम्पान्जीले समेत कार्टुन हेर्न थालेका छन् । कोरोना भाइरस महामारीको लकडाउनका कारण पर्यटकको आगमन ठप्प भएसँगै दिक्क महसुस गरेका एक वन्यजन्तु पार्कका चिम्पान्जीहरुलाई टेलिभिजनमा कार्टुन देखाउन थालिएको छ । रुसको क्रास्नोयार्स्क रोएभ रुचे नेचर पार्कमा […]

भेट्टियो अनौठो छेपारो : एकसाथ जन्माउँछ बच्चा र अण्डा

वैज्ञानिकहरुले छेपारोको एउटा अनौठो प्रजाति पत्ता लगाएका छन् । सर्पजस्तै जिउडाल रहेको यो छेपारो अहिलेसम्म फेला परेको मध्ये एउटामात्र यस्तो प्रजाति हो जुन एकै पटकमा दुबै प्रकारले प्रजनन गर्न सक्षम छ । अर्थात् यो छेपारोले एकसाथ बच्चा पनि जन्माउन सक्दछ र अण्डा पनि पार्न सक्दछ । जिव वैज्ञानिककाअनुसार साइफोन इक्वालिस प्रजातिको छेपारोले मौसम अनुसार अण्डा […]

ट्वाइलेट पेपर लुकाएको भन्दै आफ्नै आमामाथि मुक्का

काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा विश्वका विभिन्न देशहरुमा घरेलु हिंसाका घटनामा वृद्धि भैरहेको छ । अरु समयमा व्यस्तताका कारण राम्रोसँग एकसाथ समय बिताउन नपाउने परिवारका सदस्यहरुले लकडाउनका कारण दिनभर सँगै बस्न पाएका छन् । यसले परिवारभित्र आत्मीयता बढाएको पक्कै छ । तर परिवारका सदस्यहरुले घरभित्रै एकसाथ लामो समय बिताउनुपर्दा घरेलु हिंसाका घटनामा […]

गधा र जेब्राको संसर्गबाट जन्मियो अनौठो बच्चा

काठमाडौं । प्रजनन क्रियाबाट बच्चा जन्माउनका लागि एउटै प्रजातिका भाले र पोथीबीच संसर्ग भएर गर्भाधान हुनुपर्दछ । तर अफ्रिकी मुलुक केन्यास्थित त्साभो राष्ट्रिय निकुञ्जमा विज्ञानको यो सत्यले फेल खाएको छ । उक्त निकुञ्जभित्र जेब्रा र गधाबीच यौन सम्पर्क भएर गर्भाधान भएसँगै अनौठो बछेडो जन्मिएको छ । गधा र जेब्राको संसर्गबाट जन्मिएको उक्त बच्चाको नाम जंकी […]

पाण्डाको जोडीलाई फाप्यो लकडाउन, १० वर्षको प्रयासपछि बल्ल गर्भाधान

कोरोना भाइरसका कारण विश्वका आधाजसो जनसंख्या लकडाउनको अवस्थामा हुँदा शारीरिक सम्बन्धमा वृद्धि भएको र त्यसका कारण कण्डमको माग आकासिएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आइरहेकै छ । कोरोनाको लकडाउनका कारण युरोपेली अष्ट्रियामा आगामी वर्ष जन्मदर नै बढ्ने अनुमान गरिएको छ । तर कोरोना भाइरसको कारण भएको लकडाउनले केवल मानिसहरूको मात्र यौन गतिविधिमा सकारात्मक प्रभाव पारेको छैन । […]

१० देशमा फैलिएको विश्वकै ठूलो मरुभूमिका ५ रहस्य

सहारा मरुभूमि विश्वको सबैभन्दा ठूलो मरुभूमि हो । यो सबैभन्दा तातो मरुभूमि पनि हो । सहारा मरुभूमिको नाम अरबी शब्द सहराबाट लिइएको हो । जसको अर्थ मरुभूमि भन्ने हुन्छ । अफ्रिकी महादेशको उत्तरी भाग सहारा मरुभूमिले ढाकेको छ । यसको केही हिस्सा एसिया महादेशमा पनि पर्छ । सहारा मरुभूमिका विषयमा केही रोचक तथ्य यस्ता छन्ः […]

सुन्न नसक्ने मान्छेका लागि यी किशोरीले बनाइन् विशेष मास्क

कोरोना भाइरस महामारीबीच अहिले विश्व बजारमा मास्कको हाहाकार छ । स्वास्थ्यकर्मीदेखि आमसर्वसाधारणका लागि कोरोनाभाइरस संक्रमणबाट जोगिने सबैभन्दा प्रमुख एउटा साधन मास्क पनि हो । मास्क अनेक खालका हुन्छन् । कतिपय सामान्यखालका सर्जिकल मास्क त कति विशेष खालका एन ९५ जस्ता मास्क । उता अमेरिकामा कलेज पढ्ने एक किशोरीले चाहिँ कान सुन्न नसक्ने मानिसहरूलाई लक्षित गरी […]

रोग प्रतिरोधी क्षमता बढाउने भन्दै जर्मनीका मेयरले आफैंलाई लगाए कोरोना

अहिले कोरोना भाइरस भन्नेबित्तिकै सबै डराउनुपर्ने अवस्था आएको छ । कोरोना भाइरसबाट बच्नका लागि मानिसहरूले अनेकखालका सावधानीहरू अपनाइरहेका छन् मानिसहरू । तर यो दुनियाँमा एकजना यस्ता मानिस पनि छन्, जसले आफ्नो शरीरको रोग प्रतिरोधी क्षमता बढाउने भन्दै आफैंलाई कोरोना भाइरसबाट संक्रमित बनाएका छन् । जर्मनीको बर्लिन सहरका मेयर स्टिफन भान डसेलले गत बुधबार सञ्चारमाध्यममा दिएको […]

लकडाउनमा बर्थडे सेलिब्रेसन : घरको कम्पाउण्डमै म्याराथन दौडिएर कीर्तिमान

कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका अर्बौं मानिस घरभित्रै बस्न बाध्य छन् । बेलायत पनि कोरोनाको आतंकका कारण लकडाउनको अवस्थामा छ । बन्दाबन्दीको बेला घरबाट बाहिर निस्किन नपाउँदा मानिसले अनेकखालका काम गरेर घरको चौघेराभित्रको बसाइँलाई स्मरणीय बनाउन चाहन्छन् । बेलायतमा एकजना युवकले त आफ्नो घरको ६ मिटर लामो कम्पाउण्डमा दौडिएर म्याराथन पूरा गरी आफ्नो ३२ […]

यो हो गिनिज बुकमा नाम लेखाएको विश्वकै ठूलो वरको रुख

वर आफैंमा लामो आयु भएको तथा विशाल रुख हो । यो वनस्पति विश्वका सबैजसो भागमा पाइन्छ । तर, विश्वको सबैभन्दा ठूलो वरको रुखचाहिँ छिमेकी मुलुक भारतमा रहेको छ । भारतमा रहेको उक्त वरको रुखले विश्वको सबैभन्दा ठूलो वरको रुखको रूपमा गिनिज बुकमा नाम लेखाइसकेको छ । ‘द ग्रेट बानयान ट्री’ भनिने उक्त वरको रुख अढाइ […]

दुनियाँकै ठूलो रोटेपिङ, एकसाथ १९ सय जना घुम्ने

फनपार्कमा हुने रोटेपिङहरूमा कति जनासम्म मानिस एकसाथ चढेर फनफनी घुम्न सक्लान् ? दुनियाँमा एउटा यस्तो रोटेपिङ बन्दैछ, जसमा एकसाथ १९ सय मानिस चढ्न सक्दछन् । संयुक्त अरब इमिरेट्सको एउटा टापुमा यो रोटेपिङ बन्न लागेको छ । यूएईको ब्लू वाटर्स टापुमा बन्न लागेको रोटेपिङको वजन ५ वटा जेट विमानजत्तिकै अर्थात् कुल ९ सय टन रहेको छ […]

चीनको सेन्जेनमा कुकुर र बिरालाको मासु प्रतिबन्ध

२१ चैत, बेइजिङ। चीनको सेन्जेन सहरमा कुकुर तथा बिरालोको मासु खान प्रतिबन्ध लागेको छ । योसँगै सेन्जेन कुकुर बिरालोको मासुलाई प्रतिबन्ध लगाउने चीनको पहिलो सहर बनेको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सहर प्रशासनले यस्तो कदम चालेको हो । हाल आतंक मच्चाइरहेको कोरोना भाइरसको उत्पत्तिको खास स्रोत अहिलेसम्म पनि पत्ता नलागेको भएतापनि जंगली जनावरको […]

सडकमा सुत्नेलाई कोरोनाबाट जोगाउन फाइभस्टार होटलमा राखिने

चीनबाट सुरु भएको कोरोना भाइरस महामारीको जगजगी अहिले संसारभरै फैलिइसकेको छ । संसारकै धनी युरोप तथा अमेरिकी देशहरू अहिले कोरोना महामारीबाट सबैभन्दा बढी प्रताडित बनिरहेका छन् । मुलुकहरूले आफ्ना नागरिकलाई कोरोनाबाट बचाउनका लागि अनेक खालका उपायहरू अपनाइरहेका छन् । यसैबीचमा एक देशमा कोरोनाविरुद्ध यस्तो गज्जबको काम सरकारले सुरु गरेको छ कि त्यस्तो काम हाम्रो देशमा […]

दुनियाँको यस्तो शहर, जहाँका मानिस एकाएक पत्थर बने

काठमाडौं । कुनै मान्छे तथा रुखलाई कसैले छुनेबित्तिकै ढुंगा बन्ने गरेका कहानीहरु कतिपय लोककथामा सुनिएको थियो । तर यो दुनियामा यस्तो शहर छ, जहाँ इतिहासको कुनै कालखण्डमा हजारौँ मानिस, जीवजन्तु तथा बोटविरुवाहरु एकाएक सर्वनाश भएर अन्ततः पत्थर बनेका थिए । मान्छे तथा सबै जीवजन्तु र वनस्पती ढुंगा बनेको शहर इटालीमा छ । उक्त शहरमा अहिले […]

लकडाउनमा पुलिसको नयाँ काइदा : भाटे कारबाहीपछि कोरोना हेलमेट

लकडाउनका बेला घरबाहिर निस्किएका मानिसहरूमाथि छिमेकी मुलुक भारतमा प्रहरीले लाठी वर्षाइरहेका भिडियोहरू इन्टरनेटमा छ्याप्छ्याप्ती पाइन्छन् । लकडाउन तोड्नेविरुद्ध भाटे कारबाहीको पनि केही जोर नचलेपछि प्रहरीले एउटा नयाँ जुक्ति लगाएको छ, मान्छे तर्साउने । भारतमा एकजना प्रहरी अधिकारी कोरोना भाइरस जस्तै आकृतिको हेलमेट लगाएर सडकमा ड्युटीमा निस्किन थालेका छन् । राजेश बाबु नामका ती पुलिस अधिकारी […]

सुपरमार्केटभित्र महिलाले खोकेपछि फ्याँकियो आधा करोडको सामान

अहिले कोरोना भाइरस भन्ने बित्तिकै मानिसहरु त्राहीमाम बनेको अवस्था छ । दुनियाँको आधाजसो जनसंख्या त यही भाइरसका कारण लकडाउनमा परेको छ । कोरोना भाइरसले मान्छेमा कतिधेरै त्रासको सिर्जना गरेको छ भन्ने कुरालाई पुष्टि गर्ने एउटा अनौठो घटना हालै अमेरिकामा भएको छ । अमेरिकाको पेन्सिल्भेनियामा एउटा सुपरमार्केटभित्र एकजना महिलाले खोकेपछि त्यहाँ भागदौड मात्र मच्चिएन सुपरमार्केटमा रहेका […]

यस्तो गाउँ, जहाँ केवल एकजना महिला मात्र बस्छिन्

आमरुपमा गाउँ जतिधेरै सानो होस् कम्तिमा सय दुईसय जना मानिस त बसेकै हुन्छन् । तर दुनियाँमा एउटा यस्तो गाउँ पनि छ जहाँको जनसंख्या केवल एकजना मात्र रहेको छ । अर्थात् उक्त गाउँमा केवल एकजना महिला मात्रै बस्दछिन् । र, ती महिला पनि निकै वृद्ध छिन् । एउटा गाउँमा सिँगै एक्लै बस्ने ती महिलाको कहानी निकै […]