Comments Add Comment

प्रवास

List Grid
एएनएचएसको अध्यक्षमा केदार तिम्सिना निर्बिरोध, महिलाको उपस्थिती बलियो

डिसी । डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजको अध्यक्षमा केदार प्रसाद तिम्सिना निर्वाचित भएका छन । नवनिर्वाचित समितिमा पुरुष भन्दा महिलाको सहभागिता धेरै छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा जानुकी ओझा, उपाध्यक्षमा रमेश ढकाल, महासचिवमा हरिराम भण्डारी, कोषाध्यक्षमा राम भक्त अधिकारी, सचिवमा आरती सिग्देल निर्वाचित भएका छन् […]

युएनएको सम्मेलन : कलाकार र एनआरएनको जमघट हुने

डिसी । न्यूयोर्कमा आगामी मे २५ र २६ तारिखमा हुने युनाइटेड नेप्लिज एशोसिएसन (युएनए) को चौथो सम्मेलनमा नेपाललगायत विभिन्न राष्ट्रहरुबाट विशिष्ट तथा समुदायका चर्चित व्यक्तित्वहरुले सहभागिता जनाउने भएका छन् । गतवर्ष मेमोरियल दिवस (स्मारक )को अवसरमा अमेरिकाको टेक्सस राज्यमा सफलता पूर्वक सम्पन्न भएको युएनएको सम्मेलनमा गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्वअध्यक्ष शेष घले आफ्नी […]

चलचित्र ‘बुलबुल’ प्रदर्शनको रकम पुस्तकालयलाई

क्यान्बेरा / चलचित्र ‘बुलबुल’ प्रदर्शन गरी बचेको पैसा पुस्तकालयलाई प्रदान गरिएको छ । लमजुगं घरभइ हाल अष्ट्रेलियाको राजधानी क्यानबेरा बस्दै आएका बिनायक अधिकारीले उक्त रकम आफैंले स्थापना गरेको पुस्तकालय भोटेवडार सार्वजनिक पुस्तकालयलाई प्रदान गरेका हुन । २२ हजार ५४७ रूपैयाँ पुस्तकालयलाई सहयोग गरिएको हो । हजुरबुवा स्व. दामोदर अधिकारिको सामाजिक प्रेरणाले आफूलाई सधैं समाजसेवामा प्रेरणा रहेको अधिकारीले बताए […]

प्रहरीले नियन्त्रणमा लिनु नियोजित घटना : अध्यक्ष श्रेष्ठ

युएई । गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठले व्यवसायिक लेनदेनलाई विषय बनाएर आफूलाई नियोजितरुपमा फासाइएको बताएका छन् । झापाका शंकर श्रेष्ठसँग व्यवसायिक लेनदेन रहेको र आर्थिक कारोबार सुल्झाउने प्रयासमा रहेको अवस्थामा घटना गराइएको उनको भनाइ छ । शुक्रबार धुर्मुस-सुन्लती साँझ कार्यक्रममा सहभागी भइरहेको अवस्थामा उनलाई यहाँको प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीको […]

क्रिकेट रंगशाला निर्माणका लागि युएईबाट २० लाखको प्रतिबद्धता

युएई । धुर्मुस-सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि युएईबाट २० लाख रुपैयाँ सहयोगको प्रतिवद्धता आएको छ । शुक्रबार दुबईमा भएको धुर्मुस-सुन्तली साँझ कार्यक्रमको खर्च कटाएर १९ लाख रुपैयाँ संकलन भएको हो । कार्यक्रममा सहभागी हुन छुटेका अन्य संस्थाबाट पनि सहयोगको प्रतिवद्धता आएको आयोजक संस्थाले जनाएको छ । सबै क्षेत्रको […]

डा. विष्णुमायालाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड’

अमेरिका । अमेरिकामा क्रियाशील नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड’बाट सम्मान गरिएको छ । ग्लोबल युथ पार्लियामेण्टले काठमाडौंमा आयोजना गरेको ‘ग्लोबल युथ लिडरसिप समिट २०१९’ मा डा. परियारलाई सम्मान गरिएको हो । डा. परियारलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्मान प्रदान गरेका थिए । डा. परियार जर्सी सिटीका मेयरका सल्लाहकार हुन् भने नेपालमा […]

वी केयरको स्थापना दिवसमा पर्थमा कलाकारहरूको सांगीतिक प्रस्तुति

सिड्नी / पर्थका नेपाली कलाकारहरुले एक कार्यक्रमका बीच एकल संगीतिक प्रस्तुति दिएका छन् । ४ वर्षअघि नेपालमा गएको महाभूकम्पमा परी मृत्यु भएका र घाइतेहरुको सम्झनामा आयोजित उक्त च्यारिटी कार्यक्रममा पर्थका झन्डै एक दर्जन भन्दा बढी नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिएका हुन् । पर्थको च्यारिटी संस्था वी केयर नेपाल इन्कले आफ्नो चौथो स्थापना दिवसका अवसर पारेर […]

एनआरएन युएई अध्यक्ष प्रहरी नियन्त्रणमा

१४ वैशाख, यूएई । गैरआवासीय नेपाली संघ (एनआरएन) युएईका अध्यक्ष रमेश श्रेष्ठलाई दुवई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार बरदुवईमा भइरहेको धुर्मुस–सुन्तली साँझ कार्यक्रममा सहभागी भइरहेका बेला श्रेष्ठलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो । श्रेष्ठलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले केही पनि खुलाएको छैन । तर, लेनदेन विवादमा उनी पक्राउ परेको हुनसक्ने अनुमान गरिएको छ । एनआरएन […]

पूर्वलडाकु के गर्दैछन् हेगमा ?

१४ वैशाख, बार्सिलोना । बहिर्गमित जनमुक्ति सेना नेपालका संयोजक लेनिन विष्ट एक महिनायता युरोपमा व्यस्त छन् । द्वन्द्वकालमा लडाकू बनाएका बालबालिकाहरुका बारेमा जानकारी दिँदै अन्तर्राष्ट्रियकरण गर्न उनी युरोप आएका हुन् । सशस्त्र द्वन्द्वका क्रममा भएको बालसैन्य प्रयोगबारे, अन्तर्राष्ट्रिय युद्व अपराध अदालत हेगमा समेत पुगेर छलफल गरेको विष्ट बताउँछन् । विष्टले एक साताअघि मात्रै बेल्जियम पुगेर […]

अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली उद्यमी सम्मेलन

सिड्नी/अष्ट्रेलियाको सिड्नीमा एक दिने गैरआवासीय नेपाली उद्यमी सम्मेलन सुरु भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आयोजना गरेको सम्मेलनमा अष्ट्रेलियामाम क्रियाशील नेपाली व्यवसायीहरु, विद्यार्थीहरु र सामाजिक नेताहरुको उपस्थित छन् । सम्मेलनमा युवा तथा विद्यार्थी सत्र, प्रत्यक्ष वैदेशिक लगानी सत्र, सामाजिक उद्यमशील सत्र गरी ३ वटा सत्रमा उद्यमशीलता सम्बन्धी बहस हुने छ । नेपाल, अष्ट्रेलिया, न्युजिल्याण्ड […]

अमेरिकाको भर्जिनियामा ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ घोषणा

डिसी । अमेरिकाको भर्जिनिया राज्यमा ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ (नेपाल-अमेरिका सम्पदा दिवस) घोषणा भएको छ । भर्जिनिया राज्यको हर्नडन शहरले हरेक वर्ष अपि्रल महिनाको तेस्रो साता ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ मनाउने निर्णय गरेको हो । भर्जिनिया राज्यमा सरकारी स्तरमा ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ घोषणा भएको यो पहिलोपटक हो । सन् २०१८ को चुनावमा नेपाली मूलका […]

युएईमा ४४ जनाले लिए एनआरएन सदस्यता कार्ड

युएई । युएईस्थित नेपाली दूतावासमार्फत ४४ जनाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सदस्यता कार्ड लिएका छन्। यो अहिलेसम्म सदस्यता लिनेहरुको तथ्याङ्क हो। तीनजना महिलासहित ४४ जनाले सदस्यता लिएको नेपाली दूतावास आबुधाबीकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले जानकारी दिइन् । आर्थिक वर्ष ०७३/७४ मा १ महिलासहित ११ जना पुरुष, ०७४/७५ मा २ महिलासहित ११ जना र ०७५/७६ को […]

युएईमा मृत्यु हुने नेपालीको संख्या बढ्यो, ०७५ मा गयाे १०३ काे ज्यान

युएई । युएईमा अघिल्लो वर्षको तुलनामा ०७५ सालमा मृत्यु हुने नेपालीको सख्या बढेको छ । ०७४ मा ८४ जनाको मृत्यु भएको थियो भने ०७५ मा १०३ जनाको मृत्यु भएको छ । नेपाली दूतावास आबुधाबीको तथ्यांक अनुसार ०७५ सालमा ८ महिला र ९५ जना पुरुषको मृत्यु भएको छ । यो ०७५ साल वैशाख १ देखि चैत […]

युएईमा साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

युएई । युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी विवाद सुरु भएको र विवाद बढ्दै […]

३ देशका मन्त्री भेटेर उद्योग मन्त्रीले भने- नेपालमा लगानी गर्नूस्

६ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा लगानी गर्न विभिन्न ३ देशका मन्त्रीहरुसँग आग्रह गरेका छन् । बहराइनका उद्योग मन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम मन्त्री सोमिलदुध भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन बनडारासँग भेटवार्ता गर्दै मन्त्री यादवले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । उद्योग […]

युएईमा कार्यरत घरेलु कामदारको प्रश्न–हामीलाई गरिखान नदिने हो सरकार ?

युएई । भैरवा अञ्चरपुकी सरिता गिरीको बुबाको अघिल्लो वर्षको माघमा निधन भयो । विदेशमा कार्यरत गिरी बुबाको निधन हुँदा तत्काल घर जान सकिनन् । कारण थियो, घरेलु कामदारलाई छुटि्टमा आएपछि पुनः र्फकन नपाउने सरकारी नीति । सरिता ५ वर्षदेखि युएईमा घरेलु कामदारका रुपमा कार्यरत छिन् । देशमा बसेर परिवार पाल्न कठिनाइ भयो । त्यसपछि उनी […]

नेकपा महासचिव पौडेल चीनमा, सियानमा अध्ययन केन्द्र उद्घाटन

२ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल चीन भ्रमणमा छन् । उनले आइतबार चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को उद्घाटन गरेका छन् । सियान नगर सरकार (सियान म्युनिसिपल गभरमेन्ट) द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका बारेमा अनुसन्धान गर्ने सियान विश्वविद्यालयका कार्यरत नेपाली प्राध्यापक तथा […]

हावाहुरी पीडितका लागि स्वीट्जरल्याण्डबाट साढे ३ लाख सहयोग

जुरिच । बारा र पर्साका हावाहुरी पीडितका लागि स्वीट्जरल्याण्डबाट ३ लाख ६० हजार रुपैयाँ (३ हजार २ सय ८८ स्वीस फ्रान्क) सहयोग संकलन भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको सहयोग अभियानमा राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डले पनि साथ दिदै उक्त रकम संकलन गरेको हो । संघले एक भाइबर ग्रुप (हाम्रो स्वीस […]

युएईमा नेपाली मजदुर क्याम्पमा दूतावासको सचेतना कार्यक्रम

२ वैशाख, युएई । नेपाली दूतावास आबुधाबीले यहाँ कार्यरत नेपाली मजदुर क्याम्पमा सचेतना कार्यक्रम सुरु गरेको छ । कामदार सचेतनासम्बन्धी जानकारी, युएईमा रहँदा अपनाउनुपर्ने कानुनी प्रक्रिया लगायतका बारेमा दुतावासको टोलीले कामदार कार्यरत स्थलमै पुगेर छलफल चलाइरहेको हो । नेपाली कामदारलाई आइपरेका समस्या बुझ्ने, समाधानको उपाय खोजीका साथै विभिन्न विषयमा जानकारी दिने अभिप्रायले जनतेचनामूलक अभियान चलाएको […]

मेलबर्नको नाइट क्लबमा गोली चल्दा १ को मृत्यु

मेलबर्न । अष्ट्रेलियाको मेलबर्न शहरको एक नाइट क्लबमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । घाइतेहरुको उपचार जारी छ । घटना शनिबार रातिको हो । सामान्य वादविवाद भएपछि दुई पक्षबीच झडप सुरु भएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उमेर […]

‘झण्डा दिवस’मा ३ सञ्चारकर्मी सम्मानित, प्रसाईको फोटो उत्कृष्ट

२ वैशाख, काठमाडौं । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले तीन नेपाली संचारकर्मीलाई सम्मानित गरेको छ । नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसका रुपमा मनाउँदै आएको प्रतिष्ठानले डायस्फोरामा रही नेपाली कला र संस्कृतिलाई योगदान दिएका सञ्चारकर्मीहरूलाई सम्मान गरेको हो। प्रतिष्ठानले पुरु जोशी, वसन्त रानाभाट र विजय थापालाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’को मानार्थ उपाधिबाट सम्मान […]